
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काबुल, १५ चैत । अफगानिस्तानका दुई वटा प्रान्तमा विद्रोही तालिबान समूहले गरेको पछिल्लो आक्रमणमा १४ जना प्रहरी अधिकृत सहित कम्तीमा २४ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले बताएका छन् । प्रहरी चेकपोस्टमा गरिएको उक्त आक्रमणबाट अरु धेरै व्यक्ति घाइते समेत भएका छन् । समाचार अनुसार घाज्नी प्रान्तको राजधानी शहर घाज्नीको बाहिरी इलाकामा रहेको प्रहरी चेकपोस्टमा तालिबान समूहले गरेको आक्रमणमा जिल्ला प्रहरी प्रमुख सहित नौ जना प्रहरी अधिकृत मारिएका छन् । आक्रमणमा अरु छ जना प्रहरी घाइते भएका छन् । स्थानीय प्रशासनका अनुसार धेरै जना तालिबानी लडाकू समेत जवाफी कारबाहीमा मारिएका छन् । यसैगरी, उत्तरी बडाखासान प्रान्तमा भएको भिडन्तमा पाँच जना प्रहरी,…
काठमाडौँ, १५ चैत । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विदेशी लगानीकर्तालाई आकर्षित गर्न सरकारले मुलुकमा लगानीयोग्य वातावरण सिर्जना गरेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय लगानी सम्मेलनअन्तर्गत ‘नेपालमा लगानीको अवसर’ विषयको पहिलो सत्रको अध्यक्षता गर्दै उहाँले लगानीमैत्री वातावरण निर्माण गर्ने क्रममा विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, सार्वजनिक निजी साझेदारी लगानीसम्बन्धी ऐनलगायत लगानीसम्बन्धी कानूनलाई पूर्णता दिइएको बताउनुभयो । उहाँले नेपाल लगानीका लागि भर्जिन ल्याण्ड भएको उल्लेख गर्दै राजनीतिक वातावरण सहज बनेको, लगानीमैत्री ऐन, नियम तथा नियमावली बनाइएको, मेहनती युवा जनशक्ति र सस्तो श्रम शक्ति उपलब्ध भएकाले पनि स्वदेशी तथा विदेशी लगानीकर्तालाई थप सहज हुने प्रष्ट पार्नुभयो । लगानीकर्तालाई सहजीकरणका लागि एकल बिन्दु सेवा केन्द्र…
काठमाडौँ, १५ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई व्यापारको केन्द्रका रूपमा विकास गर्न अन्तर्राष्ट्रिय लगानीकर्तासँग आग्रह गर्नुभएको छ ।राजधानीमा आजदेखि शुरु भएको नेपाल लगानी सम्मेलनलाई प्रमुख वक्ताका रुपमा सम्बोधन गर्दै उहाँले देशको सामाजिक–आर्थिक रुपान्तरणका निम्ति बाह्य लगानी अपरिहार्य भएको बताउनुभयो । नववर्ष २०७५ को पहिलो दिन रारातालबाट नेपाली जनतालाई सम्बोधन गर्ने क्रममा आफूले कोरेको नेपालको आर्थिक विकासको खाकाबारे अवगत गराएको र देशलाई उन्नतिको बाटोमा डो¥याउन सकिने आशावादी सोच त्यतिबेला पनि प्रस्तुत गरेको स्मरण गर्दै प्रधानमन्त्रीले मित्र र शुभचिन्तकसँगको साझेदारीबाट नेपालको विकास प्रक्रियालाई द्रुतगतिमा अघि बढाउन सकिने बताउनुभयो । “गाढा मैत्री तथा पारस्परिक लाभका लागि साझेदारीको विकास, यो साझेदारीबाट नेपालमा…
काठमाडौँ, १५ चैत । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भेगमा आगामी तीन दिनसम्म बदली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आगामी तीन दिनसम्मको मौसम पूर्वानुमानसम्बन्धी बुलेटिन जारी गर्दै मध्य र पश्चिमी भेगमा आंशिकदेखि सामान्य बदली रहने तथा पूर्वी पहाडी, मध्य र पश्चिमी पहाडी क्षेत्रका केही स्थानमा मेघ गर्जनसहित वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना औँल्याएको हो । पश्चिमी न्यून चापीय प्रणालीका साथ स्थानीय वायुको समिश्रणले मौसम बदली र वर्षा गराएको महाशाखाका मौमसविद् सुवास रिमालले बताउनुभयो । उहाँका अनुसार आज रातिबाट देशको पश्चिमी भेगबाट प्रवेश गर्ने पश्चिमी न्यूनचाँपीय प्रणालीले बदली र वर्षा गराउनेछ…
काठमाडौँ, १५ चैत । नेपाल पत्रकार महासङ्घको ६४औंँ स्थापना दिवसको अवसरमा आयोजना गरिएको ‘मिडिया कप फुटसल प्रतियोगिता २०७५’ को उपाधि प्रेस सङ्गठन नेपालले जितेको छ । आज यहाँ भएको फाइनल खेलमा नेपाल प्रेस युनियनलाई ६ –१ को गोल अन्तरले हराउँदै प्रेस सङ्गठनले उपाधि जितेको महासङ्घका सचिव तथा फुटसल प्रतियोगिताका संयोजक प्रकाश थापाले बताउनुभयो । विजेता र उपविजेता टिमलाई महासङ्घका अध्यक्ष गोविन्द आचार्यले ट्रफी र मेडल हस्तान्तरण गर्नुभएको थियो । प्रतियोगितामा विजेता समूह प्रेस सङ्गठनले १० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेताले प्रेस युनियनले सात हजार नगद ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । त्यस्तै तेस्रो स्थान हासिल…
केशवराज भण्डारी झापा, १४ चैत । सवारी दुर्घटना न्युनिकरण महाअभियान २०७५ फाल्गुण ३० गते सुरु भएर चैत्र १४ गते समापन भएको छ । जिल्ला ट्राफिक कार्यालय झापाले पनि सो महाअभियान सञ्चालनको अवधिमा विभिद कार्यक्रमको आयोजना गरेर कार्यक्रम सफल वनाएको छ । जिला ट्राफिक कार्यालय झापाको प्रांगढमा आयोजना गरिएको समापन कार्यक्रममा जिल्ला ट्राफिक कार्यालय झापाका प्रमुख होम अधिकारीले सो अवधिमा सञ्चालित तिविधिहरु प्रश्तुत गरेका थिए । विर्तामोड उद्योग वाणिज्य संघ झापाका अध्यक्ष कुमार भट्टराईको प्रमुख आथित्यतामा सञ्चालन भएको समापन कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष भट्टराईले सो अभियानको समयमा जिल्ला ट्राफिक कार्यालय झापाले उद्योग वाणिज्य संघ लगायत सञ्चार क्षेत्र समेतलाई सहभागिता गराएकोमा खुलेरै…
इस्लामाबाद, १४ चैत । पाकिस्तानमा हालैका दिनहरुमा पक्राउ परेका व्यक्तिहरुसँग भारत नियन्त्रित काश्मिरको पुलवामामा गत महिना भएको आत्मघाती आक्रमणबीच कुनै सम्बन्ध नरहेको पाकिस्तान सरकारले जनाएको छ । उक्त आक्रमणपछि भारतले पाकिस्तानी अधिकारीहरुलाई शंकास्पद ९० जना व्यक्ति तथा २२ वटा शंकास्पद तालिम केन्द्रहरुको सूची पठाएको थियो । तर पाकिस्तानी विदेश मन्त्रालयले भारतले उपलब्ध गराएका व्यक्ति तथा स्थानसँग पुलवामा घटनाको कुनै सम्बन्ध नपाइएको जनाएको छ । “हामीले ५४ जनालाई पक्राउ गरी सोधपुछ र अनुसन्धान ग¥यौं तर पुलवामा घटनामा ती कसैको संलग्नता पाइएन,” विदेश मन्त्रालयले जनाएको छ । “यसैगरी, भारतले दिएका २२ वटा ठाउँको पनि अनुसन्धान गरियो, तर त्यस्तो केन्द्र कतै पाइएन ।”…
भक्तपुर, १४ चैत । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले देशले नयाँ पहिचान खोजिरहेको बताउनुभएको छ । आज मध्यपुरथिमि नगरपालिकाको २३औँ स्थापना दिवसको उद्घाटनमा उहाँले देशले शान्ति, सद्भाव, विकाससँगै नयाँ पहिचान खोजिरहेको बताउनुभयो । सधैँ अरुसँग हात थाप्नुपर्ने कमजोर मुलुक कसैलाई पनि स्वीकार्य नहुने भन्दै उहाँले त्यसैले देशलाई आर्थिकरुपमा समेत मजबुद बनाउन राजनीतिक सद्भाव विकास र सहकार्य आवश्यक रहेको भनाइ राख्नुभयो । मन्त्री पण्डितले भन्नुभयो, “शान्ति, सद्भाव र एकता भएन भने देशको विकास सम्भव छैन, राजनीतिक द्वन्द्वले देश लामो समय गुज्रियो, अब पनि उसले जित्यो, मैले हारे, म केही गर्दिन, उसैले गरोस् भन्ने होइन, आफ्नो ठाउँको विकास गर्न जित्ने…
दाङ, १४ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं ५ का इञ्चार्ज तथा मुख्यमन्त्री शङ्कर पोखरेलले विगतका क्रान्तिलाई सिरानीमा राखेर नेत्रविक्रम चन्द नेतृत्वको समूहले अराजनीतिक गतिविधि गर्न नमिल्ने बताउनु भएको छ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० तुलसीपुर उपमहानगर कमिटीको शपथग्रहण तथा कार्यकर्ता भेला कार्यक्रममा उहाँले विगतका क्रान्तिसँग अहिले सो समूहको अराजनीतिक गतिविधिलाई तुलना गर्न नहुने बताउनुभयो । “२००७ सालमा काङ्ग्रेसले हुकुमी शासन अन्त्य गरी लोकतान्त्रिक अधिकारका लागि हतियार उठाएको थियो, तत्कालीन मालेले पञ्चायती तानाशाहीविरुद्ध झापा आन्दोलनका क्रममा हतियार उठाएको थियो भने तत्कालीन नेकपा माओवादीले राष्ट्रप्रमुख राजा रहने व्यवस्थालाई अन्त्य गरी लोकतान्त्रिक प्रणालीबाट जनताको छोरो राष्ट्रप्रमुख रहने, धर्म निरपेक्ष नेपाल…
विराटनगर, १४ चैत । ‘प्रदेश पर्यटन विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ माथि आज पनि सैद्धान्तिक छलफल जारी छ । सो विधेयकमा प्रदेशसभा सदस्य जयराम यादव, झलकसिंह दर्लामी, बलबहादुर साम्सुहाङ, शान्ता पौडेल, शिवनारायण गनगाईं र शेखरचन्द्र थापाले आर्थिक स्रोतको प्रमुख आधार बनाउन सकिने पर्यटन क्षेत्रलाई व्यवस्थित एवं वैज्ञानिक बनाउने विधेयकलाई सङ्कुचित बनाउन नहुनेमा जोड दिनुभयो । उहाँहरुले प्रदेश पर्यटन विकास बोर्ड स्थापना र पर्यटन क्षेत्रको पहिचान गरी निजी तथा सरकारी साझेदारीको अवधारणाबाट अघि बढ्न विधेयकलाई सहयोगी भूमिका निर्वाह गर्न सक्ने खालको बनाउनुपर्नेमा जोड दिँदै यहाँका धार्मिक स्थल, प्राकृतिक एवं एतिहासिक धरोहरको प्रचार गरी पर्यटन भित्र्याउन सक्ने खालको विधेयक बन्नुपर्छ…