
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौँ, २४ चैत । नेपालको बारा, पर्सामा आएको ‘टोर्नाडो’को नेपाली नाम राख्न विज्ञहरू बहसमा जुटेका छन् । यसरी भूमरी जसरी सोली आकारमा आएकाले यसको नेपाली नामकरण स्थानीय परिचय दिने गरी राखिनुपर्ने बहस चलेको छ । सोही अनुसार नै जल तथा मौसम विज्ञान विभाग, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, त्रिभुवन विश्वविद्यालय स्थित वातावरण विभागलगायत मौसमको क्षेत्रमा काम गरिरहेका विज्ञहरू नामकरणमा जुटेका हुन् । वरिष्ठ मौसमविद् मदनलाल श्रेष्ठले भने, “बारा, पर्सामा अध्ययन गर्न गएको टोलीले ल्याउने विवरणसँगै नामका बारेमा थप छलफल हुनेछ, स्थानीय पहिचान दिनेगरी नाम राख्न जरुरी हुन्छ ।” सेन्टिनियल स्याटलाइटले १० मिटर ‘स्प्याटुअल रिजोलुसन’मा खिचेको तस्बिरको अध्ययनपश्चात् नेपालमा टोर्नाडो…
काठमाडौँ, २४ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका अठोट अनुसार अत्यन्त जोखिम र बाध्यात्मक प्रयोगका रूपमा रहेका तुइनलाई झोलुङ्गे पुलबाट विस्थापित गरेर मुलुकलाई तुइनमुक्त बनाउने कार्य अन्तिम चरणमा पुगेको छ । तुइनको पहिचान भई झोलुङ्गे पुल बनाउन सम्भव भएका स्थानहरुमा आगामी आर्थिक वर्षभित्र तुइन विस्थापित गर्ने कार्य पूरा हुने भएको छ । प्रधानमन्त्री ओलीले अघिल्लो कार्यकालमा सिंहदरबारमा पदभार ग्रहण गर्दै मुलुकमा रहेका तुइन दुई वर्ष्भित्रमा झोलुङ्गे पुलले विस्थापित गरिने सरकारको पहिलो निर्णयमा हस्ताक्षर गरेका थिए । उनले पदभार ग्रहण गरेलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय अनुमोदन गरेको थियो ।
काठमाडौँ, २४ चैत । कांग्रेस केन्द्रीय कार्यसमितिको शनिबार बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको छ । कांग्रेस उपसभापति विमलेन्द्र निधिले केन्द्रीय कार्यसम्पादन समिति सदस्यको नम दुवै पक्षबाट टुंगो लगाउने गृहकार्य बाँकी रहेकाले सहमतिमै बैठक स्थगित भएको बताए । सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समिति गठनको एजेन्डा राखेर बैठक बोलाएका थिए । यो समिति केन्द्रीय कार्यसमितिपछिको शक्तिशाली संरचना हो । २९ सदस्यीय समितिमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलाई ४० प्रतिशत दिन सभापति देउवा तयार भएका छन् । देउवाले शुक्रबार आफ्नै निवास बुढानिलकण्ठमा राखेको शीर्ष नेताहरुको छलफलमा पौडेल पक्षलाई ४० प्रतिशत दिने सैद्धान्तिक सहमति जुटेको हो । आजको कान्तिपुर दैनिकमा खबर छ…
काठमाडौँ, २४ चैत । मुआब्जा दिएर सरकारले अधिग्रहण गरेको बालुवाटारस्थित ललितानिवासले चर्चेको जग्गामा भाटभटेनी सुपरमार्केट र गैरआवसीय नेपाली संघ (एनआरएनए) का भौतिक संरचना निर्माण गरिएको तथ्य खुलेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो स्रोतका अनुसार डिल्लीबजार मालपोत कार्यलयका कर्मचारीसँग मिलेर ललितानिवासका तत्कालीन भोगाधिकारीले भूमाफिया र व्यापारीलाई अनधिकृत रुपमा बिक्री गरेको जग्गामा भाटभटेनी र एनआरएनएले भौतिक संरचना बनाएका हुन् । स्रोतका अनुसार ती दुवै संरचना र त्यससँग जोडिएको जग्गा पुनः सरकारका नाममा ल्याउने तयारी भइरहेको छ । आजको नागरिक दैनिकमा खबर छ ।
काठमाडौं, २३ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले पार्टी एकीकरण नटुङ्गिएकाले सरकारका राम्रो कामको प्रचार हुन नसकेको बताएकी छन्। नेपाल निर्माण व्यवसायी सङ्गठन प्रदेश नं ३ को भेलामा आज उनले समयमा नै पार्टी एकीकरण नटुङ्एिकाले सरकारको राम्रा कामको प्रचार गर्ने नेता कार्यकर्ता नभएको बताइन्। “एकीकरण तल्लो तहसम्म नभएकाले नेता, कार्यकर्ता बेरोजगार हुनुपरेको छ”, उनले भनिन्, “तल्लो तहमा निराश मेटाउन चाँडै एकता प्रक्रियालाई टुङग्याउनु पर्दछ ।” उनले पार्टी एकता नहुँदा पार्टीमा अहिले राजनीतिक र वैचारिक पद्दति नभएको समेत स्पष्ट पारिन्। उनले ठूलो पार्टी भए पनि एकीकरण नसकिँदा निर्वाचनमा गरिएका प्रतिबद्धता पूरा गर्न नसकिएको धारणा राखिन्। उनले…
सन्तोष शर्मा बनियानी, २३ चैत । झापाको मेचीनगर नगरपालिकामा केन्द्रीय कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) ले आजदेखि ‘एनएमसी स्मार्ट’ मोबाइल बैंकिङ ‘एप्स’ सञ्चालनमा ल्याएको छ । संस्थामा आबद्ध सदस्यलाई प्रविधियुक्त वित्तीय सेवा प्रदान गर्ने उद्देश्यले उक्त एप्स सञ्चालन ल्याइएको संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले जानकारी दिनुभयो । ‘सहकारीमा आबद्ध सदस्यलाई प्रविधि मैत्री बनाउने उद्देश्यले स्मार्ट मोबाइल बैंकिङ सेवा सञ्चालनमा ल्याएका हौँ’, आज बिर्तामोडमा एप्स उद्घाटन गर्दै उहाँले भन्नुभयो, ‘आधारभूत बैंकिङ सुविधा जुनसुकै समयमा जहाँबाट पनि प्राप्त गर्न सकियोस् भन्ने उद्देश्यले एप्स सञ्चालन गरिएको हो ।’ मोबाइल बैंकिङबाट प्राप्त हुने छुट र ‘क्यास ब्याक’ सदस्यकै खातामा जम्मा हुने समेत उहाँले…
इलाम, २३ चैत । नेपाल कम्युनिष्ट पार्टीका उपनेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले मुलुकमा तीव्र रूपमा विकासको काम भइरहेको बताएका छन् । इलाम देउमाई नगरपालिकाको ‘पर्यटन र साहित्य महोत्सव’को आज उद्घाटन गर्दै उनले भने, “सरकार सुखी नेपाली समृद्ध नेपालको नारा लिएर मुलुकको विकास निर्माणमा लागेकाले यसमा सबैले सहयोग गर्नुपर्छ । ” नेता नेम्वाङले नेकपा नाम रहेको ‘विप्लव’ समूहले अहिले मुलुकमा विध्वंश र त्रास फैलाउन लागिपरेको बताउँदै राष्ट्र निर्माणका लागि अब बन्दुक बोकेर हिँड्न सम्भव छैन भने । देउमाईको मङ्गलबारेमा भएको यो महोत्सवले यहाँको पर्यटन प्रवद्र्धनमा धेरै सहयोग गर्ने विश्वास व्यक्त गर्दै उनले इलाम आफैंमा एक पर्यटकीय जिल्ला भएकाले यहाँका पर्यटकीयस्थलको प्रवद्र्धन…
काठमाडौं, २३ चैत । ओलम्पिक महिला छनोट फुटबलमा नेपाल चिरप्रतिद्वन्द्वी भारतसँग पराजित भएको छ । शनिबार भएको खेलमा भारतले नेपालमाथि ३–१ गोल अन्तरको जित निकालेको हो । एक महिनाभित्र भारतसँग नेपालको यो दोस्रो हार हो । विराटनगरमा सम्पन्न साफ महिला फुटबलको फाइनलमा पनि नेपाल भारतसँगै पराजित भएको थियो । ओलम्पिक छनोटमा बराबरी खेलेको नेपालले भारतमै भएको हिरो गोल्डकपमा हराएको थियो । लगातारको दुई नजिताले नेपालमाथि भारतको दबदबा तोडिने अनुमान गरिएको थियो । तर, घरेलु मैदानमै भएको साफ च्याम्पियनसीपमा नेपालले भारतलाई रोक्न सकेन । ओलम्पिक छनोटमा पनि भारतले नेपालमाथि आफ्नो प्रभाव कायमै राख्यो । म्यानमारमा भएको खेलमा भारतले उपहार गोलबाट अग्रता…
तेहरान, २३ चैत । इरानमा बाढीका कारण मृत्यु हुनेको संख्या ७० पुगेको छ। केही हप्तादेखि लगातार परेको पानीका कारण इरानको पूर्वी प्रान्तहरु बाढीका कारण धेरै प्रभावित भएका छन् भने लाखौै मानिसहरु विस्थापित भएको बीबीसीले जनाएको छ। उनीहरुलाई अस्थायी शिविरमा ल्याउने प्रयास भइरहेको छ। केजेस्टान प्रान्तको सुसानएगर्डमा मात्रै पचास हजार भन्दा धेरै मानिसहरुलाई स्थानातरण गर्ने प्रक्रिया अघि बढाइएको अधिकारीहरुले बताएका छन्। गत हप्तामात्रै उक्त प्रान्तका ७० गाउँका मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको थियो। अधिकारीहरुका अनुसार बाढीका कारण १९ सय भन्दा बढी शहर र गाउँहरु प्रभावित भएका छन्। हजारौं सडक,पुल र भवनहरुमा क्षति पुगेको छ।इरान सरकारले बाढीबाट विस्थापितहरुलाई राहत उपलब्ध गराउने र उद्धारको…
चन्द्रकला भण्डारी भद्रपुर, २३ चैत । जन्मका आधारमा नागरिकता पाएका विर्तामोड–७ गरामनीका कैले टुडूका दुई सन्तानले शुक्रबार झापा जिल्ला प्रशासन कार्यालय चन्द्रगढीबाट वंशजका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र पाएका छन् । वंशजका आधारमा नागरिकता प्रमाणपत्र पाउनेमा २२ वर्षीय समीर टुडू र १७ वर्षीय सन्दिप टुडू रहेका छन् । दुबै जनाका बाबुआमाले २०६३ सालमा नागरिकता वितरण टोलीबाट जन्मका आधारमा नेपाली नागरिकता प्रमाणपत्र पाएका थिए । जन्मका आधारमा नागरिकता पाएकाको सन्तानलाई वंशजका आधारमा नागरिकता प्रदान गरिनुपर्ने माग विगत लामो समयदेखि उठाउँदै आएको भएपनि त्यो पूरा हुन सकेको थिएन । गृह मन्त्रालयले यही चैत १९ गते देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरी…