झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ९ चैत । नेपाली झण्डा दिवसको तयारी गराँ, नेपाली हुनुमा गर्व गरौँ भन्ने मूल नाराका साथ वैशाख १ गतेलाई नेपाली झण्डा दिवसको रुपमा मनाउने तयारी भइरहेको छ । नेपालीपनलाई संरक्षण, प्रबद्र्धन र बिस्तार गरौँ, बैशाख १ गते लाई राष्ट्रप्रेम भावले मनाऔं भन्ने नाराका साथ विगत ५ वर्षदेखि वैशाख १ गतेलाई अन्तर्राष्ट्रिय नेपाली झण्डा दिवसको रुपमा मनाइँदै आइएको छ । नेपाली टोपी दिवस झैँ नेपाली झण्डा दिवस पनि ताईवानमा बसोबास गर्ने डा. लेखनाथ काफ्लेको अग्रसरतामा शुरु भएको हो । यसको निरन्तरता रोमानियाका लागि नेपाली अवैतनिक बाणिज्यदुत नवराज पोखरेलले गर्दै आएका छन् । नयाँ वर्ष वैशाख १ गते देश विदेशमा रहेका…

Read More

उर्लाबारी, ९ चैत । मोरङको उर्लाबारीमा एक युवतीमाथि सामूहिक बलात्कार भएको घटना सार्वजनिक भएको छ । मादक पदार्थ सेवन गराएर ती युवतीमाथि सामूहिक बलात्कार गरिएको हो । आफूमाथि सामूहिक बलात्कार भएको दाबी सहित २७ वर्षीया युवतीले इलाका प्रहरी कार्यालयमा जाहेरी दिएपछि घटना सार्वजनिक भएको हो । युवतीमाथि सामूहिक बलात्कार गरेको अभियोगमा पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । बलात्कारमा सम्लग्न एक युवा फरार छन् । सामूहिक बलात्कार गरेको अभियोगमा उर्लाबारी–४ का २७ वर्षिय दुर्गा शिवाकोटी, ३३ वर्षिय सुरेश राई, २२ वर्षिय बालकृष्ण खड्का, २० वर्षीय पपिन राई र २८ वर्षिय रिठ्ठे भन्ने लोकबहादुर लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो । बलात्कारमा सम्लग्नमध्ये…

Read More

राजेन्द्र गौतम बुधबार काठमाडौँ उपत्यका र पहाडी जिल्ला तथा बिहीबार तराईका जिल्लामा धुमधाम होली मनाइयो । रङ मनखुशी खन्याइयो । विभिन्न पहिरन र नक्कली कपाल लगाएर होली खेल्नेको संख्या पनि कम थिएन । आफ्नो स्वरुप नै परिवर्तन गरेर होली खेल्नुको मज्जा नै अर्कै रह्यो । पुरानो ‘इगो’लाई सद्भावमा बदलियो । सप्तरंगी रङले हरेकको तन रंगियो । तर,यस पटक मैले होली मनाइनँ,रंङ दलिनँ । बिहीबार बिहान ६.३६ बजे मेरो मोबाइलमा घण्टी बज्यो । बिर्तामोड–१० कि वडा सदस्य दिपिका शिवाले बोलिन्,‘ दाई होलीको शुभकामना !’ उनले निम्ता पनि गरिन् । भ्याउनु भयो भने १० नम्बर वडा पनि आउनु है । मैले भ्याए…

Read More

विराटनगर, ८ चैत । ‘षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार’ यस वर्ष नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय अध्यक्ष शिव गाउँलेलाई प्रदान गर्ने निर्णय गरिएको छ । पुरस्कृत छनोट समितिको आज बसेको बैठकले उक्त निर्णय गरेको हो । नेपाल पत्रकार महासङ्घ मोरङले महासङ्घ स्थापना दिवसको अवसर पारेर प्रदान गर्दै आएको सो पुरस्कारको राशि रु ५१ हजार छ । यसैगरी यस वर्षको ‘षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार’ नयाँ पत्रिका दैनिकका प्रदेश नं १ समाचारदाता गणेश लम्साललाई प्रदान गरिने भएको छ । पुरस्कारको राशि रु ११ हजार छ । दुवै पुरस्कार यही चैत १६ गते महासङ्घको ६४औँ स्थापना दिवसका अवसरमा प्रदान गरिने छ ।…

Read More

काठमाडौँ, ८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साता हुने लगानी सम्मेलनलाई सफल तुल्याउन सरकारी र निजी क्षेत्रबीच साझा धारणा बनाएर अघि बढ्नुपर्ने आँैल्याउनुभएको छ । उद्योग, वाणिज्य प्रवद्र्धन संवाद परिषद्को आज साँझ सिंहदरबारमा बसेको बैठकमा उहाँले सम्मेलनलाई सफल तुल्याउन सरकारी प्रयासको अतिरिक्त निजी क्षेत्रको पनि प्रभावकारी योगदानका आवश्यक रहेको बताउनुभयो । यही चैत १५ र १६ गते हुने लगानी सम्मेलनको तयारी जुट्न सरोकारवालालाई आग्रह गर्नुभएको उहाँलाई उद्धृत गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव शिशिरकुमार ढुङ्गानाले जानकारी दिनुभयो । केही तत्वहरुले देशमा अस्थिरता मच्चाउन प्रयास गरेको भए पनि सरकारले त्यसलाई नियन्त्रण गर्ने बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “चन्दा सङ्कलन र…

Read More

काठमाडौँ, ८ चैत । संयुक्त अरब इमिरेट्स (युएई)मा भएको ‘स्पेसल ओलम्पिक समर वल्र्ड गेम्स’का पदक विजेतासहितको नेपाली टोली आज स्वदेश फर्किएको छ । गत फागुन ३० देखि यही चैत ७ गतेसम्म फरक क्षमता भएका व्यक्तिको खेलमा नेपालले एथलेटिक्स, बोसी र फुटसलमा सहभागिता जनाएको थियो । नेपालले एथलेटिक्समा एक स्वर्ण र दुई कास्य तथा बोसीमा एक रजत पदक जितेको थियो । एथलेटिक्सको पुरुष सटफुटमा अजय तामाङले स्वर्ण तथा सागर शेरचनले कास्य पदक जितेका थिए । महिला लङजम्पमा एलिसा न्यौपानेले कास्य तथा महिला बोसीमा महिमा कोइरालले रजत पदक जितेकी थिइन् । फुटसल टोलीमा अनिश कार्की, महेन्द्र कार्की, ईश्वर लिम्बू, इसान श्रेष्ठ, धनबहादुर…

Read More

चन्द्रकला भण्डारी भद्रपुर, ८ चैत । झापा जिल्ला समन्वय समितिको सभाहलमा आज संसद्को बैठक बस्यो । बैठकमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, अर्थमन्त्रीलगायत संविधानबमोजिम निर्वाचित भएका राज्यका सबै महत्वपूर्ण अङ्गका प्रमुखहरुको सहभागिता थियो । जिससकै हलमा संसद् बैठक बस्ने भएपछि झापाका सहायक प्रजिअ माधव पोखरेल, भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी उमेश मैनाली, भद्रपुर वडा नं १० का वडाध्यक्ष काजी खड्का लगायतको दर्शकदीर्घामा उपस्थिति रहेको थियो । आज अपराह्न १२ः३० मा बैठकको शुरुमै संसद्मा राष्ट्रपतिले उपराष्ट्रपति र सभामुखलाई शपथग्रहण गराइएको थियो । त्यसपछि राष्ट्रपतिबाट प्रधानमन्त्री र मन्त्रीहरुलाई शपथ खुवाइएको थियो । यो दृश्य साँच्चैको संसद्को नभएर…

Read More

झापा, ८ चैत । १ नम्बर प्रदेश अन्तर्गत संखुवासभा र सुनसरी जिल्लामा बिहिबार धारीलो हतियार प्रहारबाट २ जनाको मृत्यु भएको छ । सुनसरीको धरान उप(महानगरपालिका–७ बगैचालाईनमा बिहीबार साँझ साढे ४ बजे होली पर्व मनाई फर्किने क्रममा वाद(विवाद भई छुरा प्रहार हुदा १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । धरान–८ सिद्धार्थमार्गका २० वर्षीय निमा तामाङ र सोही स्थानका १७ वर्षीय मिलन बिकलाई धरान–८ भोटेपुलका १७ वर्षीय सुमन तामाङ, सोही स्थानका १८ वर्षीय सुसान्त राई र धरान–७ आचार्यलाईनका १८ वर्षीय मनिस लिम्बुले विवादका कारण धारीलो हतियार छुरा प्रहार गरी फरार भएका थिए । घाईते दुबै जनाको बिपि…

Read More

सर्लाही, ८ चैत । सर्लाहीको व्यापारिक केन्द्र बरहथवा नगरपालिकामा गए राति श्रीमान्ले धारिलो हतियार खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । नगरपालिका–५ स्थित रामेश्वर सिग्देलको घरमा डेरा गरी बस्दै आएका उदयपुर जिल्लाको सुरुङ्गा नगरपालिकाका रामजी विश्वकर्माले आफ्नै ३३ वर्षीया श्रीमती सुनितालाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । मृतक सुनिता बरहथवाको चक्र जनता बहुमुखी क्याम्पसमा पढाउँदै आउनुभएको थियो । रामजीले श्रीमती सुनिताको घाँटी, हातखुट्टालगायत शरीरका विभिन्न भागमा खुकुरी प्रहार गरी हत्या गरेको सर्लाहीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिनुभयो । धारिलो हतियार प्रहारबाट सुनिताको घटनास्थलमै ज्यान गएको थियो । यता श्रीमतीको हत्या…

Read More

पशुपतिगनर, ८ चैत । प्रदेश नं १ का अस्पतालमा आउने बिरामीले आयुर्वेदिक, एलोपेथिक र होमियोपेथिक उपचार सेवा एकै ठाउँबाट पाउने भएका छन् । एउटै स्वास्थ्य संस्थामा तीनवटै पद्धतिको उपचार प्रदान गर्न प्रदेश सामाजिक विकास मन्त्रालयले ४० बढी चिकित्सक र स्वास्थ्यकर्मी थप गरी सेवा विस्तार शुरु गरेको हो । एकै स्वास्थ्य संस्थाबाट तीन पद्धतिको उपचार प्रदान गर्न प्रदेश सरकारले एकीकृत स्वास्थ्य सेवा शुरु गरेको प्रदेश १ का जडीबुटी आयुर्वेदविज्ञ समितिका सचिव तीर्थ आचार्यले जानकारी दिनुभयो । प्रदेश १ मा आयुर्वेदिक, एलोपेथिक र होमियोपेथिक पद्धतिको उपचार एकै ठाउँबाट कतिपय स्वास्थ्य संस्थामा शुरु भइसकेको छ भने कतिपयमा संरचना निर्माणको काम भइरहेको छ ।…

Read More