
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
धम्बोझी, ८ चैत । बर्दियाको बारबर्दिया नगरपालिका–६ सोनपुरदेखि जोगनपुरसम्म सडक खन्ने क्रममा चाँदी र तामाका सिक्का फेला परेको छ । प्रहरी नायब उपरीक्षक मदनजित महराले माटोको घैंटोमा राखिएको ५४ मिलिग्राम बराबरको पाँच थान चाँदीका सिक्का र सात केजी दुई सय ग्रामको तामाको सिक्का फेला परेको बताउनुभयो । सडकलाई स्काभेटरबाट खन्दा करीब तीन फिट गहिराइमा चाँदीका सिक्का र तामाका सिक्का फेला परेको प्रहरीेले जनाएको छ । ती सिक्का १३ औँ देखि १७ औँ शताब्दीको मुगलकालीन शासनकालका सिक्का हुनसक्ने प्रहरीले जनाएको छ । ‘नयाँ मुलुक’ बर्दियामा मुगल शासनकालमा चोरी डकैतीका त्रासले माटोमुनि ती सिक्का गाडिएको हुनसक्ने अनुमान गरिएको छ । सडक खन्ने…
काठमाडौँ, ८ चैत । पछिल्लो समयमा ‘लिभिङ टुगेदर’को परम्परा देखिएसँगै राष्ट्रिय महिला आयोगमा त्यससँग सम्बन्धित उजूरी पनि बढ्न थालेका छन् । आर्थिकसँग सम्बन्धित नभई सम्बन्ध स्थापित गरी पाउँ भन्ने खालका उजूरी बढ्न थालेको आयोगका सूचना अधिकारी धु्रवराज क्षेत्रीले जानकारी दिनुभयो । “दुई जनाको सहमतिमा सँगै बस्न थालेपछि पुरुषले आफ्नो स्वार्थ पूरा गरेर बेपत्ता भइसकेपछि मात्र महिला आयोगमा आइ पुग्छन्”, क्षेत्रीले भन्नुभयो । उहाँका अनुसार सामान्य नागरिकका उजूरीका सवालमा चित्तबुझ्दो नतिजा आए पनि सुरक्षाकर्मीका सवालमा भने अहिलेसम्म चित्तबुझ्दो नतिजा आउन सकेको छैन । आयोगले त्यस्ता खाले उजूरीको तथ्याङ्कलाई छुट्टै राख्ने भन्दा पनि घरेलु हिंसाअन्तर्गत नै राख्ने गरेको छ । आयोगको तथ्याङ्कअनुसार…
काठमाडौँ, ८ चैत । रोजगार अनुमति प्रणाली ९इपिएस० अन्तर्गत कोरियाली भाषा परीक्षाको आवेदन दस्तुर सेवाग्राहीको सहजताका लागि अनलाइनबाटै बुझाउन सकिने व्यवस्था मिलाइएको छ । विद्युतीय भुक्तानी सेवा प्रदान गर्दै आएका संस्था इ–सेवा, आइएमई–पे, फोन–पे, ग्लोबल अनाइन, ग्लोबल स्मार्टलगायत प्रणालीबाट आवेदकले कुनै लाइन नबसी दरखास्त दस्तुर बुझाउन सक्ने इपिएस कोरिया शाखाले जनाएको छ । शाखाका निर्देशक कृष्णप्रसाद खनालले गतवर्षदेखि आवेदन फाराम भर्ने प्रक्रिया अनलाइनबाटै बनाइएको र यस वर्षदेखि परीक्षा दस्तुर अनलाइनबाटै बुझाउन सकिने व्यवस्था मिलाइएका बताउनुभयो । उहाँले भन्नुभयो, “गत वर्ष परीक्षा दस्तुर बुझाउने क्रममा आवेदकले निकै सास्ती खेप्नुपरेको थियो, बैंकमा निकै लामो लाइन थियो, तर यसपटकदेखि अनलाइन प्रणालीबाट तिर्न सकिने…
बिर्तामोड, ८ चैत । झापाको भद्रपुर नगरपालिका–९ घोडामारा चियाबगानबाट लागुऔषध सहित १ जना पक्राउ परेका छन । बिहिबार साँझ साढे ७ बजेको समयमा प्रहरी चौकी घोडामाराबाट गस्तीमा खटिएको प्रहरीको टोलीले शंका लागी चेकजाँच गर्ने क्रममा झापाको भद्रपुर नगरपालिका–९ का ३० वर्षीय नरेन राजवंशीले शरीरका विभिन्न भागमा लुकाइ छिपाइ राखेको कोरेक्स ४ बोतल, नाइट्रोजन ट्याब्लेट ६३० पिस, मोबाइल १ थान र नगद २९ हजार ६५० रुपैयाँसहित निजलाई नियन्त्रणमा लिएको थियो । लागुऔषध सहित पक्राउ परेका राजवंशीलाई जिल्ला प्रहरी कार्यालय झापामा राखि थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।
काठमाडौं, ८ चैत। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारबाट भएका भ्रष्टाचारको पोल खुल्दै जाने बताएका छन्। उनले सरकारको गलत कामका कारण जनताको चित्त बुझाउन जनप्रतिनिधिहरुलाई गाह्रो भएको गुनासो गरे। शुक्रबार चाबहिलमा आयोजित कार्यक्रममा नेता सिंहले भने, ‘केपी ओलीजी के भन्नुहुन्छ भने म पनि भ्रष्टाचार गर्दिनँ, अरुलाई पनि गर्न दिन्नँ । तर, मेलम्चीको ठेकेदार काम छाडेर हिँड्नुको पोल विस्तारै खुल्दै छ । किनभने मन्त्रीले, सचिवले कमिसन माग्दा रहेछन् ।’ उनले विकास निर्माणको काममा सरकारले बाधा पुर्याएको आरोप लगाए। सरकारको गलत रवैयाका कारण प्रदेश र स्थानीय सरकारले पनि विकासको काम गर्न नसकेको उनको भनाइ छ। ुदुई तिहाई प्राप्त सरकारले के गरेको…
काठमाडौं, ८ चैत । नेपाल चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराई नियुक्ति गर्न सरकारले निर्णय गरेको छ । चैत ४ गते बसेको मन्त्रिपरिषदको बैठकले उनलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । गत माघ २२ गते अध्यक्ष पदबाट निकिता पौडेलले राजिनामा दिएसँगै पद खाली रहँदै आएको थियो । केशव फिल्म निर्माणमा सक्रिय छन् । उनको निर्माणमा बनेको फिल्म ‘यात्रा अ म्यूजिकल भ्लग’ प्रदर्शनको तयारीमा छ। निर्देशक तुलसी घिमिरेको सहायकका रुपमा फिल्म निर्माण क्षेत्रमा जुटेका उनले केही फिल्ममा अभिनय पनि गरेका छन् ।
काठमाडौँ, ८ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग बुद्धनगरमा कार्यरत नायब सुब्बा रामकुमार फुयाँललाई रु ६० हजार घुस लिएको आरोपमा रकमसहित नियन्त्रणमा लिएको छ । वैदेशिक रोजगारको लेनदेनको कागजमा साक्षी बसेका सेवाग्राहीलाई निजविरुद्ध उजुरी परेको र निजको नाममा पक्राउ पूर्जी जारी गरिदिन्छु भन्दै पटकपटक कार्यालयमा बोलाएर डरधम्की देखाई सेवाग्राहीसँग घुस मागेको अख्तियारले आरोप लगाएको छ । नासु फुयाँलले सेवाग्राहीसँग रु ६० हजार घुस लिएर जोरपाटी चोकमा फलफूल पसल गर्ने ध्रुव खड्कालाई राख्न दिई केही समयपछि उनै खड्कासँग उक्त घुसबापतको रकम लिँदै गर्दा उनीहरु दुवै जनालाई गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी चोकस्थित सापकोटा मिठाइ भण्डारबाट बिहीबार साँझ नियन्त्रणमा लिइएको हो…
चीन, ८ चैत । पूर्वी चीनको जिआङसु प्रान्तको याङचेङ जिल्लामा रहेको एउटा रासायनिक मल उद्योगमा ठूलो विस्फोट हुँदा ४४ जनाको मत्ृयु हुनको साथै अन्य ९० घाइते भएका छन् । उद्धारकार्यको प्रमुख कार्यालयले शुक्रबार सो जानकारी दिएको छ । यद्यपीमा यस विस्फोटमा परी घाइते भएका करिब ६ सय ४० व्यक्ति उपचारार्थ अस्पताल पुगेका थिए । ती मध्य ३२ जनाको स्थिति गम्भीर रहेको र ५८ जनाको नराम्ररी घाइते भएका बताइएको छ । पाँच सय भन्दा बढी व्यक्ति उपचारपछि घर फर्किसकेका छन् । चीनमा केही वर्षमा यता भएका घातक औद्योगिक दुर्घटना मध्येको यो पनि एक भएको बताइएको छ । आगलागी भएपछि भएको विस्फोटको…
भैरहवा, ८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा चन्द समूह आपराधिक गतिविधि छाडेर संवैधानिक दायराभित्र रही सार्वभौमसत्ता रक्षा र स्वाधीनताको पक्षमा लाग्नुपर्ने बताउनुभएको छ । उहाँले सो समूहलाई आपराधिक गतिविधि नगर्न आग्रह गर्दा विरोध गरिनु आश्चर्यको विषय हो भन्नुभयोे । उहाँले सिके राउत समूह विखण्डनको राजनीति छाडेर मूलधारको राजनीतिमा आएकैले उक्त समूहसँग सरकारले सम्झौता गरेको पनि स्मरण गराउनुभयो । उहाँ पत्रकारसँग गौतमबुद्ध विमानस्थलमा कुरा गर्दै हुनुहुन्थ्यो । पत्रकारले सोधेको प्रश्नका जवाफमा उहाँले लुम्बिनी विकास कोषमा अब छिट्टै पदाधिकारी नियुक्त गरी गुरुयोजना पूरा गर्न जिम्मा दिइने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “लुम्बिनीमा गुरुयोजनाभन्दा बाहिर हुने गतिविधि र प्रदूषण रोकिने छ,…
विराटनगर, ८ चैत । नेपालमा पहिलो पटक आयोजना भएको पाँचौ महिला साफ फुटबल प्रतियोगितामा नेपाल समूहले बिजयी प्राप्त गरेमा प्रदेश नं १ सरकारले जनही रु दुई लाख पुरस्कार दिने घोषणा गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश नं १ को आज भएको निर्णयअनुसार सो पुरस्कार दिने घोषणा भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार धु्रव सुवेदीले जानकारी दिनुभयो । मन्त्रिपरिषद्को निर्णयअनुसार नेपाल समूह दोस्रो विजेता भएमा खेलाडीको हौसला बढाउन जनही रु एक लाख प्रदान गर्ने निर्णय भएको छ । फागुन २८ गते शुरु भएको सो प्रतियोगिताअन्तर्गत नेपाल र भारतबीच आज अन्तिम खेल हुने भएको छ । यसैगरी, नेपाल समूह विजेत भएमा विराटनगर…