
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौँ, ६ चैत । काठमाडौँको बागबजार क्षेत्रमा नक्कली नोटलाई सक्कली भनेर ठगी गर्दै आएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसरको कार्यालयको टोलीले खोजतलास गर्दा बागबजारस्थित एक होटलबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा म्याग्दी बखरबोट बस्ने वर्ष ५२ का भीमबहादुर मल्ल र ओखलढुङ्गा दियालो घर भई हाल भक्तपुर बस्ने मानबहादुर सुवेदी रहेको परिसरले जानकारी दिएको छ । उनीहरुले रु एक हजार दरका सक्कली नोटलाई रसायन प्रयोग गरी नक्कली नोट बनाएर ठगी गर्ने गरेको प्रहरीले जनाएको छ । उनीहरुबाट १२ बण्डल नक्कली नोटजस्तो देखिने कागजको बण्डल सात बट्टा, विभिन्न रसायन, नोट बनाउन प्रयोग…
काठमाडौँ, ६ चैत । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त राष्ट्रका हामी नागरिक भाषा, कला, संस्कृतिले अत्यन्तै धनी रहेको बताउनुभएको छ । होली पर्वका अवसरमा आज उहाँले एक शुभकामना सन्देश दिँदै काठमाडौँ उपत्यकासहित पहाडी तथा हिमाली भेगमा फागु पूर्णिमाको दिन र तराई–मधेशमा भोलिपल्ट भव्यरुपमा मनाइने यस पर्वले सम्पूर्ण नेपालीमा सुख, शान्ति, सद्भाव, समृद्धि र निरन्तर प्रगतिको कामना गर्नुभएको छ । उपराष्ट्रपतिको सन्देशमा भनिएको छ, ‘शरद ऋतुबाट वसन्त ऋतुको आगमन भएको यस सुखद समयमा आउने यस पर्वले सप्तरङ्गी जस्तै रङ्गीन नेपाली समाजलाई एक सूत्रमा जोडेर आपसी सद्भाव, सहिष्णुता, प्रेम र भाइचाराको अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई बलियो…
झापा, ६ चैत । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व बुधबार हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रुपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ । सडकमा काम विशेषले हिँड्नेलाई इच्छा विपरीत रङ र लोला हान्ने क्रम बन्द हुँदै गएको छ । फागु पर्वको अघिल्लो दिन पनि राजधानीका सडकमा फोहर पानी छ्यापेको देखिँदैन । विशेषगरी युवतीलाई लोलामा पानी भरेर एक हप्ताअघिदेखि…
झापा, ६ चैत । झपाको कमल गाउँपालिकाले माटोमा अम्लियपन बढेपछि कृषकलाई कृषि चुन प्रयोगमा सहयोग गरेको छ । कृषि उपज उत्पादन बृद्धिका लागि विगत लामो समयदेखि प्रयोगमा ल्याइएको रसायनिक मलका कारण माटोको उत्पादन शक्ति क्रमशः ह्रास हँुदै अम्लियपन बढेपछि गाउँपालिकाले कृषक, कृषक समूह र सहकारीलाई ५० प्रतिशत अनुदानमा कृषि चुन वितरण गरेको कमल गाउँपालिका कृषि विकास शाखा प्रमुख प्रेम पोखरेलले जानकारी दिए । नगरपालिकाबाट ३ लाख २४ हजार बजेट निर्धारण गरी कृषकको पनि ३ लाख २४ हजार लागत सहभागिता गरी कुल ६ लाख ४८ हजार रुपैयाँमा प्रतिवोरा ५० केजी तौलका १६ सय २० वोरा कृषि चुन वितरण गरिएको हो ।
काभ्रेपलाञ्चोक, ६ चैत । रोशी गाउँपालिका–२ खहरेपाँगुस्थित काफलडाँडामा मङ्गलबार साँझ ‘सर्च’मा गएको प्रहरी टोलीलाई लक्षित गरी गोली प्रहार भएपछि प्रहरीले जवाफी फायरिङ गरी दुई व्यक्तिलाई गिरफ्तार गरेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुबाट प्रहरी उपरीक्षक सोमेन्द्रसिंह ठकुरीको नेतृत्वमा गएको प्रहरी टोलीलाई लक्षित गरी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादी समूहका कार्यकर्ताले गोली प्रहार गर्दा जवाफी फायरिङ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्ष रविराज खड्काले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “प्रहरी टोलीलक्षित गोली प्रहार हुँदा जवाफी फायरिङ मात्रै गरिएको हो, मानवीय क्षति÷हताहती केही भएको छैन ।” जवाफी फायरिङपछि भाग्ने क्रममा माओवादीका दुई कार्यकर्ता गिरफ्तार गरी प्रहरी टोली फर्किएको प्रहरी…
बिर्तामोड, ६ चैत । झापाको बिर्तामोड नगर क्षेत्रका करिब नौ हजार पशु–चौपायाको स्वास्थ्य परीक्षण गरिएको छ । बिर्तामोड नगरपालिकाको आयोजनामा नगर क्षेत्रका छ दिने अभियान अन्तरगत नपा क्षेत्रका ८ हजार ८७० पशु–चौपायाको स्वास्थ्य परीक्षण गरिएको नगरपालिका पशुपंक्षी विकास शाखाका प्रमुख सानुमाया श्रेष्ठले जानकारी दिनुभयो । अभियान अन्तरगत गाई र भैँसी एक हजार ७९० वटा, बाछाबाछी तथा पाडापाडी आठ सय ३१, बाख्रा दुई हजार १०५, बंगुर एक हजार १५७, कुखुरा दुई हजार ५८७ गरी जम्मा ८ हजार ८ सय ७० वटा पशु–चौपायाको स्वास्थ्य परीक्षणसहित औषधि समेत वितरण गरिएको उहाँले बताउनुभयो । नगरपालिकाको आर्थिक वर्ष २०७५÷०७६ को स्वीकृत क्लीनिकल उपचार सेवा शीर्षकबाट…
काठमाडौं, ६ चैत । बर्ड फ्लु कारण कुखुराको मासु खान हितकिचाउन नपर्ने चिकित्सकले बताएका छन् । राम्ररी पकाएको मासु आँदा बर्ड फ्लु भाइरसले कुनै असर नगर्ने उनीहरुको दाबी छ । स्वास्थ्य सेवा विभाग, इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा। विवेककुमार लालले मासु उपभोक्ता तुलनात्मक रुपमा सुरक्षित रहेको बताए । ‘काँचो मासु खानु हुँदैन्, पकाएर खानु पर्छ । पकाएर खाँदा बर्ड फ्लुको जोखिक हुँदैन,’ उनले भने । मासु उपभोग गर्नेभन्दा पशुपन्छीको स्याहारसुसार गर्ने किसान र कामदारको स्वास्थ्य जोखिममा छ । उनीहरुमा बर्ड फ्लु को संक्रमण हुने जोखिम रहेकाले सजग हुन चिकित्सकले सल्लाह दिएका छन् । आजको अन्नपूर्णमा खबर छ ।
काठमाडौं, ६ चैत । नेपाली सेनाभित्र हुने अनियमिततामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्न नपाउने भएकाले पूर्वाधार निर्माणका ठूला आयोजना सेनालाई दिने प्रवृत्ति बढ्दै गएको छ । पछिल्लो समय मेलम्ची आयोजनाको बाँकी काम र चुरे क्षेत्र संरक्षणको जिम्मासमेत सेनालाई दिनेबारे सरकारीस्तरमा छलफल सुरु भएको छ । सेनाले भने आफूले पाएका सबैजसो काम ठेक्का लगाएर गराउँदै आएको छ । संविधानमा अख्तियारले संवैधानिक अंग तथा नेपाली सेनाभित्रको भ्रष्टाचार र अख्तियार दुरुपयोगका घटना छानबिन गर्न नपाउने प्रावधान छ । संघीय संसदबाट महाभियोग पारित भएको या सैनिक विशेष अदालतले अझियुक्त ठहर्याएको व्यत्तिलाई मात्र अख्तियारले सार्वजनिक पद दुरुपयोग या भ्रष्टाचार गरेको अभियोगमा छानबिन गर्न पाउँछ…
बिर्तामोड, ६ चैत । केही वर्षदेखि झापालाई पहाडसँग गाभेर बिदा दिने गरिए पनि यसपटक तराई होलीकै दिन बिदा दिइएको छ । मंगलवार दिनभर प्रमुख जिल्ला अिधकारी जनकराज दाहालले गृहमन्त्रालयमा सम्पर्क गरेर र झापामा सरोकारवालाहरुसंग समेत छलफलपछि विहीबार बिदा दिनका लागि पहलकदमी गरेको बताएका थिए । निरन्तर केहि दिनयता बिदाको बिषयमा झापामा बहस चलेको थियो । जिल्ला प्रशासन कार्यालय झापामा केहि संघसंस्था तथा समुहले ज्ञापनपत्र समेत बुझाएका थिए । अन्ततः झापामा होलीको बिदा तराई होलीकै दिन अर्थात् चैत ७ गते तोकिएको छ ।
बिर्तामोड, ६ चैत । आर्थिक अभावका कारण उपचारबाट बन्चित भएकी झापा बुद्धशान्ति ४ की मृगौला पिढित नुमा बस्नेतको उपचारका लागि कनकाई कलेज स्वतन्त्र विद्यार्थी युनियनले नगद ११ हजार ३० रुपैंया प्रदान गरेको छ । दुवै मृगौला खराब भएपछि प्रत्यारोपण गर्ने रकम समेत जुटाउन नसकिरहेको अवस्थमा विद्यार्थीहरुको संस्थाले गरेको यो सहयोगले आफूँहरुलाई धेरै राहत मिलेको नुमाका बुबा इन्द्रध्वज लिम्बुले बताए । कनकाइ कलेज स्ववियु सभापति सन्जय राई र सचिव मिलन चापागाईको नेतृत्वको टोलीले कलेजका विद्यार्थीहरुबाट उठाएको रकम परिवारलाई हस्तान्तरण गरिएको थियो । स्थानीय मुनामदन एकाडेमीमा कक्षा ९ मा अध्ययनरत नुमा बिरामी भएपछि विद्यालय समेत जान सकेकी छैनन् । धेरै पढेर डक्टर…