
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौँ, ९ चैत । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले राजनीतिक परिवर्तनले मात्र समाज परिवर्तन नहुने बताउनुभयो । महिला अधिकार तथा विकास केन्द्रको २५औँ रजत जयन्तीका आवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री थापाले समाजमा विद्यमान लैङ्गिक भेद्भाव, विकृति र विसङ्गतिको अन्त्य गर्न महिला स्वयं लाग्नुपर्ने बताउनुभयो । “समाजमा महिला हिंसालगायत बलात्कारका घटना बढ्दै गइरहेका छन्, त्यसको अन्त्यका लागि महिला आफैँ क्रियाशील र सशक्त भएर लाग्नु आवश्यक छ”, थापाले भन्नुभयो । महिलाको सोच, चिन्तन र व्यवहारमा अझै परिवर्तन आवश्यक रहेकोमा मन्त्री थापाले जोड दिनुभयो । सरकारले संविधानको मर्मबमोजिम झण्डै १६४ कानूनलाई संशोधन गरेको उहाँले जानकारी दिनुभयो । अखिल नेपाल महिला…
काठमाडौँ, ९ चैत । काठमाडौँका विभिन्न स्थानबाट लागुऔषधसहित प्रहरीले तीनलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गास्थित सडकमा जाँचका क्रममा लागुऔषधसहित आज एक जनालाई पक्राउ गरेको छ । महोत्तरीबाट काठमाडौँ आउँदै गरेको ना५ख १२०९ नंको यात्रुवाहक बसलाई जाँच गर्ने क्रममा बसमा सवार महोत्तरी गौशाला नगरपालिका–७ बस्ने अन्सु चौधरीलाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ । उनको साथबाट अवैध लागुऔषध नाइट्राभेट १६५ ट्याब्लेट बरामद गरिएको छ । यस्तै महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–३२ कोटेश्वर महादेवस्थानबाट झापा चन्द्रगढीका सुशान्त गुरागाँई र सिन्धुलीमाडी घर भई जडीबुटी बस्ने १९ वर्षीय रोहित मैनालीलाई…
विराटनगर, ९ चैत । प्रदेश नं १ को सरकारले जिल्लास्थित अस्पतालको सेवा सुविधा प्रभावकारी बनाउने कार्य शुरु गरेको छ । प्रदेश सरकारअन्तर्गत रहेका तीन जिल्लाका चार वटा अस्पतालमा ५० श्ययामा स्तरवृद्धि र सेवा सुविधा थप गर्ने कार्य सामाजिक विकास मन्त्रालयले शुरु गरेको हो । मन्त्रालयले मोरङको रङ्गेली जिल्ला अस्पताल, मङ्गलबारेको स्वास्थ्य केन्द्र, झापाको दमक जिल्ला अस्पताल र उदयपुर जिल्लाको कटारी अस्पताललाई स्तरोवृद्धि गर्ने कार्य शुरु गरेको हो । सामाजिक विकास मन्त्री जीवन घिमिरेले मोरङ, झापा र उदयपुुरअन्तर्गतका चार वटा अस्पतालको स्तरोन्नतिका लागि आवश्यक बजेट विनियोजन गरी कार्य अगाडि बढाइएको बताउनुभयो । उहाँले श्यया थप गरी जनतालाई उपचारका लागि आवश्यक पर्ने…
काठमाडौँ, ९ चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आमसञ्चारमाध्यमलाई हिंसालाई प्रोत्साहन गर्ने गरी समाचार सम्प्रेषण नगर्न आग्रह गर्नुभएको छ । सामुदायिक रेडियो प्रसारण सङ्घ ९अकोराब०को १८औँ स्थापना दिवसको अवसरमा ‘सामुदायिक रेडियो ः नीतिगत बहस’ कार्यक्रममा आज उहाँले सञ्चारमाध्यमले हिंसालाई अभिप्रेरित गरेर विषयवस्तु समाचार सम्प्रेषण हुन थालेको भन्दै हिंसा गलत बाटो भएकाले त्यस्ता समाचार सम्प्रेषण नगर्न आग्रह गर्नुभएको हो । उहाँले हिंसालाई प्रोत्साहन हुने गरी समाचार सम्प्रेषण गर्ने सञ्चारमाध्यमलाई प्रेस स्वतन्त्रतासँग नभई सरकारको घोषित कानूनअनुसार अघि बढ्ने बताउनुभयो । “हिंसा प्रोत्साहन नगरौँ, हिंसा गर्नका लागि कसैले साथ सहयोग नगरौँ, हिंसालाई त्यो बाटो गलत हो भनेर सञ्चारमाध्यमबाट अभिप्रेरित गरौँ”, उहाँले…
लहान, ९ चैत । सिरहाको कल्याणपुर नगरपालिका–७ मा आज बिहान भएको आगलागीमा परेर एक महिलाको मृत्यु भएको छ । बिहान अचानक घरमा सल्केको आगोमा परी ६५ वर्षीया बनारसीदेवी सदाको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । घरभित्रै सुतिरहेकी बनारसीदेवीको जलेर मृत्यु भएको प्रहरीको भनाइ छ । सो आगलागीबाट सदाको घर पूर्णरुपमा जलेर नष्ट हुँदा करीब रु एक लाख मूल्य बराबरको क्षति भएको जनाइएको छ ।
चितवन, ९ चैत । नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले काङ्ग्रेस बलियो नभए सङ्घीयता खतरामा पर्ने बताउनुभएको छ । नेपाली काङ्ग्रेस रत्ननगर नगर समितिले आज रत्ननगरमा आयोजना गरेको अगुवा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले लामो सङ्घर्षपछि प्राप्त सङ्घीयतालाई सफल बनाउन आफ्नो पार्टी सजग हुनुपर्ने बेला आएको बताउनुभयो । उहाँले भन्नुभयो,“गणतन्त्र र सङ्घीयता धरापमा परेको छ, त्यसको संरक्षणका लागि काङ्ग्रेस लड्नुपर्छ ।” मुलुकमा दण्डहिनता बढ्दै गएको बताउँदै उहाँले अहिलेको समयमा लगानीको वातावरण बन्न नसकेको आरोप लगाउनुभयो । राजनीतिक स्थिरता भए पनि वित्तीय संस्था धराशाही बन्दै जानु, व्यापार घाटा बढ्दै जानु दुःखद् रहेको उहाँको भनाइ छ । फरक प्रसङ्गमा नेता कोइरालाले पार्टीलाई…
काठमाडौँ, ९ चैत । नेपाली काङ्ग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले व्यवहारिक, उपयोगी र गुणस्तरीय शिक्षामा लगानी गर्नुपर्नेमा जोड दिनुभएको छ । शंकरदेव क्याम्पस स्टुडेण्ड अल्मुनाइले आज यहाँ आयोजना गरेको ‘नेपालमा उच्च शिक्षाको व्यवस्थापनमा नयाँ दृष्टि’ विषयक एक दिवसीय गोष्ठीको उद्घाटन गर्दै उहाँले विश्वविद्यालय वा क्याम्पस स्थापना गर्न पाउनुपर्ने माग गर्दैगर्दा गुणस्तरीय शिक्षाका बारेमा समेत बहस गर्नुपर्ने बताउनुभयो । “नेपालमा धेरै विश्वविद्यालय छन्, त्रिभुवन विश्वविद्यालयमा नै गुणस्तरीय अध्ययन नभइरहेको अवस्थामा विश्वविद्यालयको माग गरिएको छ, अझै खुल्दैछन्, जबसम्म गुणस्तरीय शिक्षा हुँदैन तबसम्म जति विश्वविद्यालय खोेले पनि अर्थ छैन”, उहाँले भन्नुभयो । अहिले पनि पोखरा, विराटनगर, सुर्खेतलगायत विभिन्न क्षेत्रमा विश्वविद्यालय भए पनि…
कारकास, ९ चैत । दुई बस एक आपसमा ठोक्किँदा शुक्रबार घानामा कम्तिमा ६० जनाको मृत्यु भएको छ । प्रहरी अधिकारीहरूका अनुसार यो दुर्घटना देशकै पहिल्लो समयको सवैभन्दा धेरै मानवीय क्षति भएको दुर्घटना हो । राजधानी कारकासदेखि ४३० किलोमिटर टाढा पर्ने बोनो पूर्वी क्षेत्रमा स्थानीय समय अनुसार राती २ बजे दुर्घटना भएको हो । सवारी साधनहरू गलत ठाउँमा गुडेकाले दुर्घटना भएको स्थानीय प्रहरी प्रमुख जोसेफ अन्तवी ग्यावुले जानकारी दिनुभयो । “दुर्घटनामा पनि कम्तिमा ६० जनाको मृत्यु भएको पुष्टी भएको छ, एक आपसमा ठोक्किएका बस मध्ये एउटा जलेर पूर्ण रुपमा नष्ट भएको छ भने अर्को क्षतिग्रस्त भएको छ,” उहाँले भन्नुभयो । एक…
पानामा सिटी, ९ चैत । पानामाका पूर्व राष्ट्रपति रिकार्डो मार्टिनेल्लीलाई २१ वर्षको जेल सजायको फैसला सुनाइएको छ । गोप्य सुचनाहरु चुहाएको, शक्तिको दुरुपयोग गरेको, राजनीतिज्ञ, पत्रकार, व्यापारी, व्यवसायी लगायतसँग गलत सम्वन्ध राखेको अभियोग लगाइएको छ । अभियोग लगाउने पक्षका वकिल रिकार्ट गोन्जालेजले सन् २००९ देखि २०१४ सम्म राष्ट्रपति हुदा उहाँले एउटा छुट्टै निकाय बनाएर त्यसमार्फत् अनियमितता गरेको पाइएको बताउनु भयो । उहाँसँगै अरु १५० जनालाई पनि यही अभियोगमा लक्षित गरिएको छ । तर उनीहरुका बारेमा अदालतले अहिलेसम्म कुनै आदेश दिएको छैन ।
गलकोट, ९ चैत । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कृषि प्रधान मुलुकमा स्थानीय उत्पादनलाई उद्यमशीलतामार्फत बजारीकरण गर्दा समृद्धि आउने बताउनुभयो । बागलुङ र पर्वत जोड्ने गरी निर्माण गर्न थालिएको झोलुङ्गे पुलको आज बागलुङतर्फ शिलान्यास गर्दै तिमिल्सिनाले पुललाई आउजाउका रुपमा मात्र प्रयोग नगरेर उत्पादन आयात–निर्यातसँग जोड्नुपर्ने बताउनुभयो । उहाँले पुल निमार्णले समेत समृद्धिको यात्रामा सहयोग पु¥याउने बताउनुभयो । बागलुङ नगरपालिका–१ रामरेखादेखि पर्वतको कुश्मा नगरपालिका–१ पाङको अदुवारी जोड्ने गरी निर्माण थालिएको झोलुङ्गेपुल ५६७ मिटर लामो र १३८ मिटर उचाइको हुने सस्पेन्सनब्रिज डिभिजन कार्यालयका महानिर्देशक रामचन्द्र श्रेष्ठले बताउनुभयो । कालीगण्डकी नदीमाथि निर्माण गर्न लागिएको उक्त पुल दुई वर्षभित्र सक्ने गरी हिमशिखर कन्स्ट्र«क्सनले रु सात…