झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

मङ्गलबारे, ९ चैत । इलामको देउमाई नगरपालिकाको चमैतामा स्थानीयवासीलाई एम्बुलेन्स प्रदान गरिएको छ । ‘चमैता सरोकार समाज’को संयोजनमा देश तथा विदेशमा रहेका चमैतावासीले आर्थिक सहयोग सङ्कलन गरी उक्त एम्बुलेन्स खरीद गरिएको हो । समाजको अगुवाइमा एक वर्षदेखि फेसबुक, ट्विटर, फोनमार्फत देश तथा विदेशमा रहेका चमैतावासीबाट रु १४ लाख ५० हजार सङ्कलन गरी एम्बुलेन्स खरीद गरिएको समाजका सचिव कमल श्रेष्ठले जानकारी दिनुभयो । १० लाखमा एम्बुलेन्स खरीद गरिएको हो । “बाँकी रकमले समाजको भवन निर्माण गर्ने योजना छ”, उहाँले भन्नुभयो । सो एम्बुलेन्स सेवाको नगरपालिकाका प्रमुख सूर्यप्रसाद पोखरेलले उद्घाटन गर्नुभयो ।

Read More

उर्लाबारी, ९ चैत । मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित पूर्र्व–पश्चिम राजमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन् । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ३ ख ६९१८ नं को कन्टेनरलाई सोही दिशातर्फ आउँदै गरेको बा ११ च ७९४८ नं को टाटा सुमो गाडीले पछाडिबाट ठक्कर दिएको थियो । दुर्घटनामा सुमोमा सवार झापा अर्जुनधारा नगरपालिका–४ बस्ने ४७ वर्षीय रामकुमार आछामी र गौरादह नगरपालिकाका ३५ वर्षीय प्रकाश मगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगार्इंले जानकारी दिनुभयो । सुमोमा सवार गौरादह बस्ने योगेश न्यौपाने, बबिता मगर, प्रविका मगर, दुर्गा मगर, काभ्रे बस्ने…

Read More

उर्लाबारी, ९ चैत । खसी चोरेको अभियोगमा मोरङ, मिक्लाजुङका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । चोरीमा सम्लग्न दुईजना फरार छन् । यसरी पक्राउ पर्नेहरुमा मिक्लाजुङ–४ का २७ वर्षिय अनिल धमला, २५ वर्षिय मिलन देवान र २७ वर्षिय पदम मगर रहेका छन् । चोरीमा सम्लग्न २४ वर्षिय दिपेन्द्र तामाङ र २५ वर्षिय विक्रम तामाङ भने फरार रहेका छन् । स्थानीय २४ वर्षिय युवराज पोखरेलले दर्जीको खसी चोरेर झापाको दमक पशुबजारमा बिक्री गर्न लागेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । गाउँका अन्य व्यक्तिको पनि खसी हराएको सूचना आएको प्रहरीले जनाएको छ । कति जनाको र ककसको खसी हराएको भन्ने बिषयमा निश्चित…

Read More

सिन्धुली, ९ चैत । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको कम्युनिष्ट सरकार शक्ति केन्द्रीकरण गर्नतर्फ लागेकाले लोकतन्त्र खतरामा परेको बताउनुभएको छ । सरकार बहुमतको आडमा शक्ति केन्द्रीकरण गर्न अग्रसर भएकाले यसको प्रतिवाद गरिने उहाँले बताउनुभयो । नेपाल प्रेस युनियन सिन्धुलीले आज सिन्धुलीमाढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले अहिलेको सरकार एक वर्षको अवधिमा पूर्ण असफल भएको बताउनुभयो । “ठूला आयोजना, सेनाको अधिकार र न्यायिक निकायको अधिकार आफ्नो साथमा लिँदा लोकतन्त्र नै खतरामा परेको छ”, उहाँले भन्नुभयो । शान्ति, सुरक्षा, सुशासन, विकास र समृद्धिका आधारमा सरकार असफल भएको उहाँको आरोप छ । विप्लव समूहलाई सरकारले प्रतिबन्ध लगाउनु गलत भएको…

Read More

काभ्रेपलाञ्चोक, ९ चैत । प्रहरीले प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का मध्य कमाण्ड इञ्चार्ज सुदर्शन भनिने हेमन्तप्रकाश वलीसहित नौ जना नेता कार्यकर्तालाई आज बिहान काभ्रेपलाञ्चोकबाट पक्राउ गरेको छ । खानीखोला गाउँपालिका–७ मिल्चेस्थित बोरेनी नजिकै काभे्रपलाञ्चोक र ललितपुरको सिमानाबाट बा१७च ४८९३ नं को स्कारपियो गाडीमा वलीसहितका नेता कार्यकर्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेल स्रोतले जनाएको छ । उनीहरुलाई दुई जिल्लाको सिमाना दुर्लङखोला पार गरेलगत्तै प्रहरीको विशेष ब्यूरो, महानगरीय अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले ‘सर्च÷अप्रेशन’का क्रममा पक्राउ गरेको हो । प्रहरी स्रोतका अनुसार वलीसहितको टोली काभे्रपलाञ्चोकबाट बिहान ललितपुर हुँदै काठामाडौँ जाँदै थियो । गाडीमै रहेको…

Read More

काठमाडौं, ९ चैत । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरियाको भाषा परीक्षामा सहभागी हुन पहिलो दिन साँझ ७ बजेसम्म ५५ हजार ९४ युवाले आवेदन दिएका छन् । ईपीएसले जेठ २५ र २६ गते हुने भाषा परीक्षाका लागि शुक्रबारदेखि चत्रै १७ गतेसम्म आवेदन दिन सकिने जनाएको छ । ईपीएस शाखा प्रमुख कृष्ण खनालले अनलाइनबाटै फाराम र शुल्क बुझाउने व्यवस्था गरेकाले विगतमा जस्तो बैंकमा भीड नलागेको बताए । ग्लोबल बैंकको शाखासहि आईएमई पे र ई सेवामार्फत शुल्क बुझाउने व्यवस्था गरिएको उनले बताए । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Read More

काठमाडौं, ९ चैत । राजनीतिक गतिविधिमा चासो राख्दै आएका पूर्वराजा ज्ञानेन्द्र र नेपालका लागि भारतीय राजदूत मञ्जीसिंह पुरीबीच गोप्यरुपमा भएको भेटलाई नेपाल सरकारले अवैधको संज्ञा दिएको छ । मधेसलाई केन्द्रबिन्दु बनाएर मध्य तथा पूर्वी तराईको भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र र राजदूत पुरीबीच जनकपुरमा भएको भेटप्रति परराष्ट्र मन्त्रालयले असन्तुष्टि जनाएको छ । तराई भ्रमणमा रहेकै बेला राजदूत पुरीले कुटनीतिक मर्यादाभन्दा बाहिर गएर भेट गरेको भन्दै राजदूतसँग सोधनी गर्ने निर्णयमा सरकार पुगेको बताइएको छ । आजको नेपाल समाचार पत्रमा खबर छ ।

Read More

काठमाडौं, ९ चैत । प्रतिबन्धित नेपला कम्युनिस्ट पार्टी ९नेकपा० का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ पक्राउ परेमा प्रचलित कानुनअनुसार उनीमाथि जन्मकैद सजाय हुने भएको छ । फागुन २८ को मन्त्रिपरिषद् बैठकले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाउँदै उनका सबै गतिधिधि नियन्त्रणमा संगठित र फौजदारी अपराधसम्बन्धी कानुन आकर्षित हुने घोषणा गरिसकेको छ । ‘सरकारले विप्लव समूहका गतिविधि विध्वंसात्म र आपराधिक भएको घोषणा गरिसकेको अवस्थामा हामीले प्रचलित संगठित अपराध ऐन २०७० र फौजदारी अपराध ९संहिता० ऐन, २०७४ अनुसार कारबाही अघि बढाएको छौँ,’ प्रहरी स्रोत भन्छ, ‘देशभरका युनिटमा पनि सोहीअनुसार कारबाही गर्न सर्कुलर भइसकेको छ ।’ आजको नागरिक दैनिकमा खबर छ ।

Read More

काठमाडौं, ९ चैत । सरकारले स्वास्थ्य बिमाप्रति नागरिकको आकर्षण बढाउन ७० वर्ष पुगेपछि थप एक लाख रुपैयाँको सेवा उपलब्ध गराउने भएको छ । बिमाको प्रिमियम रकम पनि २५ सयबाट बढाएर ३५ सय पुर्‍याइएको छ । बिमाका विद्यमान प्रणालीमा केही परिवर्तनसहितको ‘स्वास्थ्य बिमा नियमावली, २०७५’ सरकारले स्वीकृत गरेको छ । नियमावलीमा ६९ वर्षसम्म मात्रै परिवारले प्रिमियम तिर्ने र ७० वर्ष पुगेपछि स्वास्थ्य बिमाको सबै जिम्मा सरकारले लिने व्यवस्था छ । ७० वर्षमाथिकालाई छुट्टै इकाइ मानेर थप १ लाख रुपैयाँसम्मको सेवा दिने भएको छ । प्रिमियम रकम पनि प्रतिपरिवार ५ जनासम्मका लागि ३५ सय तोकिएको छ । तर, ७० वर्षमाथिका ज्येष्ठ नागरिक…

Read More

काठमाडौँ, ९ चैत ।मलेसियामा अलपत्र परेका नेपालीलाई सरकारी खर्चमा स्वदेश फर्काइएको छ । हवाई टिकटको खर्च व्यहोर्न नसकी घरफिर्ती केन्द्रमा अलपत्र रहेका १६ नेपालीलाई दूतावासले विभिन्न चरणमा उद्धार गरी स्वदेश फर्काएको हो । गत फागुन ३० गते जुरु घरफिर्ती केन्द्रबाट छ र बिहीबार जोहरवारु घर फिर्ती केन्द्रबाट १० जना नेपालीको उद्धार गरी नेपाल पठाइएको दूतावासले जनाएको छ । अलपत्र नेपालीको उद्धार गर्ने बहानामा पीडितको परिवारबाट ठूलो रकम उठाउने र रकम लिई सम्पर्कविहीन हुने घटना बढेको भन्दै दूतावासले अपरिचत र अनधिकृत व्यक्तिलाई आफन्त उद्धार गर्ने नाममा नेपालमा रकम नबुझाउन अनुरोध गरेको छ । कारागारमा परेका व्यक्तिको कानूनी उपचारमा लाग्ने खर्च नेपालबाट…

Read More