झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

तेह्रथुम, ३ चैत । तेह्रथुमको लालीगुँरास नगरपालिका–६ सल्लेरी सामुदायिक वनमा लागेको आगो गाउँ पस्दा २ घर जलेर नष्ट हुँदा अन्दाजी साढे १० लाख मूल्य बराबरको क्षति भएको छ । शनिवार अपरान्ह ४ बजे बनमा आगलागी हुँदा नजिकै रहेको दुर्गा बहादुर कार्कीको ढुंगा, माटोले बनेको फुसको छानो भएको १ तले घर, घर नजिकै रहेको गाईगोठ, घर भित्र रहेको अन्नपात, भाडावर्तन, नगद २० हजार जलेर नष्ट हुँदा अन्दाजी २ लाख ५० हजार बराबरको क्षति भएको छ । त्यसैगरी टंक बहादुर खड्काको ढुंगा, माटोले बनेको फुसको छानो भएको १ तले घर, गाईगोठ, घर भित्र रहेको सम्पूर्ण सर(सामान र नगद ३ लाख जलेर नष्ट…

Read More

काठमाडौं, ३ चैत । प्रधानमन्त्री केपी शर्मा अ‍ोली मन्त्रीहरुको कामप्रति असन्तुष्टि जनाउँदै मन्त्रीमण्डल पुनर्गठन गर्ने गृहकार्यमा जुट्नु भएको छ । मन्त्री परिर्वतनका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग समेत छलफल गरिसक्नुभएको छ । मन्त्रीहरुले पेस गरेको कार्ययोजनाअनुसार परिमाण दिन असफल भएको निष्कर्ष निकाल्दै मन्त्री फेरेर सरकारको कामलाई गति दिने तयारीमा प्रधानमन्त्री रहनुभएको छ । मन्त्री फेरिने छलफलसँगै नेकपाका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्डको निवासमा मन्त्रीहरुले पद जोगाउन दौडधुप बढाएका छन् । बालुवाटार स्रोतका अनुसार फेरिने मन्त्री र नयाँ मन्त्रीको लिष्टमा प्रधानमन्त्री ओलीले तयारी गरिसक्नुभएको छ । लगानी सम्मेलनलगत्तै अध्यक्ष प्रचण्डको सहमति लिएर फेरबदल गर्ने तयारी रहेको स्रोतको…

Read More

काठमाडौँ, ३ चैत । प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीहरूको कामप्रति असन्तुष्टि जनाउँदै मन्त्रिमण्डल पुनर्गठन गर्ने गृहकार्यमा जुटेका छन् । मन्त्री परिवर्तनका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग समेत छलफल गरिसकेका छन् । मन्त्रीहरुले पेस गरेको कार्ययोजनाअनुसार परिणाम दिन असफल भएको निष्कर्ष निकाल्दै मन्त्री फेरेर सरकारको कामलाई गति दिने तयारीमा प्रधानमन्त्री रहेका छन् । ओली नेतृत्वको मन्त्रिपरिषद्मा केही समयअघि ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनमा परी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि नयाँ मन्त्री को हुने भन्ने छलफल पनि शुरु भएको छ । निर्वाचनको क्रममा प्रधानमन्त्री ओलीले ताप्लेजुङमा योगेश भट्टराईको निर्वाचन क्षेत्रमा पुगेर भाषण गर्दै उनलाई जिताएर पठाउने जिम्मेवारी ताप्लेजुङबासीको…

Read More

भद्रपुर, ३ चैत । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गत बिहीबार बन्द आह्वान गर्‍यो यसको प्रभाव मुलुकभरका विद्यालयमा पर्‍यो झापाको भद्रपुर नगरपालिका–३ सानोगाउँस्थित मेची आधारभूत विद्यालयमा भने त्यस दिन पूरै पढाइ भयो । विद्यार्थी ४ बजे छुट्टी भएपछि घर फर्किए । विद्यालयमा बन्दकर्ता हौं भन्दै कोही पुगेनन् । शिक्षक र विद्यार्थीले धम्कीपूर्ण व्यवहार पनि खेप्न परेन । मेची नदीपारि भारतीय भूमिसँगै सिमाना जोडिएको गाउँमा रहेको यो विद्यालयमा भयरहित वातावरणमा पठनपाठन भयो । भोलिपल्ट पनि विद्यालयको पठनपाठनमा अवरोध भएन । यसअघि पटकपटका बन्दहडतालमा पनि विद्यालयमा पठपाठन हुँदै आएको छ। सार्वजनिक बिदाबाहेक विद्यालय बन्द हुँदैन । यहाँका अभिभावक र शिक्षकले बन्दहडतालबाट शैक्षिक…

Read More

काठमाडौं, ३ चैत । अबको एक वर्षभित्र नेपालमै चारपांग्रे गाडी उत्पादन हुने भएको छ । किया र हुन्डाई गाडीका पार्टस् उत्पादन र भित्री प्रणाली जडान गर्दै आएको दक्षिण कोरियाली कम्पनी मोट्रेक्स कम्पनी लिमिटेडले नेपालमै चारपांग्रे गाडी उत्पादन गर्ने भएको हो । यसका लागि सो कम्पनीले नेपालमा १० अर्ब ५४ करोड रुपैयाँ लगानी स्विकृति पाएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बताए । मोट्रेक्स कम्पनीले प्रस्ताव गरेको भेइकल म्यानुफ्याक्चरिङ एन्ड एसेम्ब्ली प्लान्टका लागि लगानी बोर्डबाट स्वीकृत भएको छ,’ उनले भने, ‘सन् २०२० को जनवरीभित्र प्लान्ट स्थापना गर्ने सर्तसहित लगानी स्वीकृत भएको हो ।’ मोतीपुर औद्योगिक क्षेत्रमा प्लान्ट लगाउन अध्ययन कम्पनीले…

Read More

काठमाडौं, ३ चैत । नेत्रविक्रम चन्द (विप्लप) समूहका गतिविधि नियन्त्रण गर्न सुरक्षा व्यवस्था कडा बनाएको छ । केन्द्र र प्रदेशबाट थप सुरक्षाकर्मीसमेत खटाइएको छ । सुरक्षा निकायका अनुसार हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले तीन तरिकाले कारबाही गर्न निर्देशन दिएको छ । घुँडामुनी गोली हान्ने, नियन्त्रणमा लिएर सम्झाउने र गतिविधिका आधारमा कारबाही गर्ने । विस्फोट र आगजनीका घटना बढाएरका चन्द कार्यकर्ताले जनप्रतिनिधिलाई मुख्य तारो बनाउनसक्ने सुरक्षा संयन्त्रको निष्कर्ष छ । पहिलो चरणमा सुरक्षाकर्मीमाथि जाइलाग्ने उनीहरुको कुनै योजना नदेखिएको उनीहरुको विश्लेषण छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Read More

विराटनगर, १ चैत । प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदिशप्रसाद कुसियतले विराटनगरबाट प्रदेशमा रहेका १४ विमानस्थलमा हवाई उडान सञ्चालन गर्न पहल शुरु भएको बताउनुभएको छ । नेपाल एशोसिएशन अफ टुर्स एण्ड ट्राभल्स एजेण्ट९नाटा०को आठौँ प्रदेशस्तरीय वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले प्रदेशका पहाडी जिल्लामा हवाई उडानका लागि सङ्घीय सरकारका साथै निजी वायुसेवालाई अनुरोध गरिएकाले चाँडै सञ्चालन भई स्वदेशी तथा विदेशी पर्यटकको आगमनमा वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले पर्यटकको बसाइ छदेखि सात दिनसम्म लम्बाउन र यस क्षेत्रका जनताको आर्थिकस्तर वृद्धि गर्न विराटनगर–बुर्जुताल ९१५३ बिघा क्षेत्रफल०–इनरुवा–रामधुनी–चतराधाम–बराहक्षेत्र–धरान र इटहरीको तालतलैयासम्म सडक सर्किट निर्माण गर्न रु ४०…

Read More

राजाराम कार्की ÷सुशील दर्नाल काठमाडौँ, २ चैत । सरकारले भूमिहीन दलितका लागि एकपटक जमीन उपलब्ध गराउने कानून पारित गरे पनि हालसम्म कार्यान्वयनमा नआएकाले उनीहरुका लागि सो कानून ‘आकाशको फल आँखातरी मर’ जस्तै भएको छ । संविधानमा उल्लेखित मौलिक हक कार्यान्वयन गर्न ‘भूमिसम्बन्धी ९साताँै० संशोधन० ऐन, २०७५’ मा भूमिहीन दलितलाई एकपटक तोकिएबमोजिम जमीन उपलब्ध गराउने भनिएको छ । सङ्घीय संसदले पहिलो पटक संविधानको धारा ११३ को उपधारा १ बमोजिम सो ऐन पारित गरेको थियो । नामसारी र अंशबण्डाबाहेक अरु कसैलाई हक हस्ताणतरण गर्न नपाइने गरी सो ऐन पारित भएको थियो । सो ऐन बनेको तीन वर्षभित्र भूमिहीन दलितलाई जग्गा वितरण गरिसक्नुपर्ने…

Read More

काठमाडौँ, २ चैत । सङ्घीय समाजवादी फोरम, नेपालका सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले हालै सरकारले सिके राउतसँग भएको ११ बुँदे सहमतिमा नेपाल स्वतन्त्र, स्वाधीन, सार्वभौमसत्ता सम्पन्न, अभिभाज्य र अखण्ड भन्ने उल्लेख हुनु स्वागतयोग्य भएको बताउनुभएको छ । पार्टीको शिल्पी विशेष प्रदेश समितिको आयोजनामा ३ नम्बर प्रदेशको विशेष शिल्पी भेलामा सहअध्यक्ष श्रेष्ठले सम्झौताका कतिपय बुँदा अमूर्त रहेकाले सरकारले त्यसको व्याख्या गर्नुपर्ने धारणा राख्नुभयो । राजनीतिक मुद्दालाई राजनीतिक ढङ्गले नै हल गर्नुपर्नेमा जोड दिँदै नेता श्रेष्ठले नेकपा ९विप्लव० समूहसँग वार्ता गरी समस्या समाधान गर्नुपर्दछ भन्नुभयो । उहाँले शिल्पीको सम्मानजनक पहिचानका लागि आफ्नो पार्टीले व्यवहारमै शिल्पी विशेष प्रदेश बनाएर उदाहरणीय बनेको उल्लेख गर्नुभयो । कार्यक्रममा…

Read More

विराटनगर, २ चैत । पाँचौँ साफ महिला फुटबलअन्तर्गत आज भएको खेलमा नेपालले बङ्गलादेशलाई ३–० ले पराजित गरेको छ । विराटनगरको शहीद रङ्गशाला आज भएको समूह ‘ए’ अन्तर्गतको खेलमा नेपाल विजयी भई समूह प्रथम भएको छ । खेलको ६ मिनेटमा बङ्लादेशका खेलाडी मसुरा प्रभिनले आत्मघाती गोल गरी नेपाललाई अग्रता दिलाएकी थिइन् । यसैगरी खेलको २३औँ मिनेटमा सावित्रा भण्डारीले गोल गरी नेपाललाई २–० ले अगाडि बढाइन् । खेलको २८औँ मिनेटमा नेपाली खेलाडी मञ्जलीकुमारी योञ्जनले गोल गरी नेपाललाई ३–० ले अगाडि बढाउँदै विजय सुनिश्चित गराएकी थिइन् । खेल अवधिभर नेपालले गोल गर्ने अवसर धेरै गुमाएको थियो । बङ्गलादेशले दोस्रो हाफमा गोलको अवसर गुमाएको…

Read More