
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २ चैत । सरकारले २०७६ सालमा १५ दिन सार्वजनिक बिदा दिने घोषण गरेको छ । शुक्रबार राजपत्रमा सूचना प्रकाशित गरी गृह मन्त्रालयले देशैभर १५ दिनमात्र सार्वजनिक बिदा हुने सार्वजनिक गरेको हो । वैशाख महिनामा सरकारले नयाँ वर्षका दिन वैशाख १ गते आइतबार र विश्व मजदुर दिवसका दिन वैशाख १८ गते बुधबार देशभर सार्वजनिक बिदा दिने जनाएको छ । जेठ महिनामा एक दिनमात्र ४ गते शनिबार सार्वजनिक बिदा दिइएको छ । असार, साउन र भदौ महिनामा एक दिन पनि देशभर लागू हुने गरी सार्वजनिक बिदा दिइएको छैन । असोज ३ गते शुक्रबार संविधन दिवसको दिन सार्वजनिक बिदा दिइएको छ भने…
काठमाडौं, २ चैत । पछिल्लो सन्तान हुर्कदै गरेको देख्दा झापाकी कविता ९नाम परिर्वतन० को मन पटक्कै खुसी हुँदैन । बच्चाको अनुहार हेर्दै जाँदा जब विगत सम्झिन्छिन्, उनको तनाव झनै बढ्छ । घरपरिवार र आफन्तले स्वीकृति नदिँदानदिँदै वैदेशिक रोजगारीमा गएकाले कतिपय बेला गल्ती गरिएको पनि लाग्छ उनलाई । वैदेशिक रोजगारीमा जान उनको रहर त कहाँ हो र ? १० कक्षासम्म अध्ययन गरेकी उनको चहना सकेसम्म स्वदेशमै केही गरौँ भन्ने थियो । स्वदेशमा बस्दा चाहाना पूरा हुन नसकेपछि ६ वर्षअघि उनको साहारा बनेको थियो वैदेशिक रोजगार । त्यही वैदेशिक रोवगार उनको लागि ‘ताँवाको माछो भुङ्ग्रोमा…’ परे जस्तै भएको छ । त्यो पनि…
काठमाडौं, २ चैत । छोरा मोहका कारण महिलाले छोरीको भ्रूणहत्या गर्ने क्रम बढेको छ । लिंग पहिचान गर्न महिला स्वास्थ्य संस्थामा गएर अल्ट्रासाउन्ड गर्छन् र छोरी भए हत्या गरिदिन्छन् । सीमावर्ती क्षेत्रका महिला भने भारतीय सहरमा पुगेर लिंग परीक्षण गराउँछन् । हालै गरिएको एक अध्ययनमा सहभागी महिलामध्ये १७ प्रतिशतलाई अल्ट्रासाउन्ड सेवा प्रदायकले भ्रूणको लिंगबारे बताएका थिए । ‘गर्भमा छोरी रहेको थाहा पाएपछि भ्रूणहत्या गर्ने गरेको पाइयो’, अध्ययनमा संलग्न वातावरण स्वास्थ्य र जनसंख्या कार्यक्रम अनुसन्धान केन्द्र ९कृपा० का निर्देशक आनन्द तामाङले भने । भ्रूणको लिंग पहिचान गर्नु गैरकानुनी हो । नेपालमा वार्षिक तीन लाख २३ हजार ९४ जनाले गर्भपतन गराउँछन् ।…
धनुषा, १ चैत । नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले देशमा महङ्गी बढेपनि सरकार यसलाई नियन्त्रण गर्न उदासिन भएको आरोप लगाउनुभएको छ । नेपाल विद्युत् प्राधिकरण कर्मचारी सङ्घको आज यहाँ आयोजित दशौँ केन्द्रीय परिषद् भेलामा बोल्दै उपसभापति निधिले जनताको हितमा सरकारले केही गर्न नसकेको बताउनुभयो । सरकार लोकतन्त्र, किसान र मजदुर विरोधी भएको उपसभापति निधिले आरोप लगाउनुभयो । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगन थापाले भ्रष्टाचार भएको प्रमाण सरकारले थाहा पाएपनि कारवाही गर्न नसकेको आरोप लगाउनुभयो । “भ्रष्टाचारको कुरा आम नागरिकलाई थाहा छ तर सरकार मौन छ । हत्या बलात्कारका दोषीलाई सरकार समाउन सक्दैन”, थापाले भन्नुभयो ।
काठमाडौँ, १ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पछिल्लो समय राष्ट्र विखण्डनको आवाज उठन थालेकाले राष्ट्रिय अखण्डताका लागि परिवर्तनकारी शक्ति र परम्परागत शक्तिबीच एकता र सहकार्य आवश्यक रहेको बताउनुभएको छ । पार्टीले गत फागुन १५ गतेदेखि सञ्चालन गरेको मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्राको आज समापन समारोहमा अध्यक्ष थापाले केही समूहले अहिले विखण्डनको आवाज उठाउएर गतिविधि गरिरहेकामा त्यसतर्फ सरकारलाई चनाखो रहन आग्रह गर्र्दै जनताको अधिकारका लागि देशमा धेरै पटक राजनीतिक आन्दोलन भएको भए पनि विखण्डनको पक्षमा पहिलोपटक आवाज उठेकामा चिन्ता व्यक्त गर्नुभयो । स्वतन्त्र मधेशको अभिव्यक्ति दिएर विगतमा गतिविधि गरिरहेका सिके राउतको विचार परिवर्तन गरी शान्तिपूर्ण अवतरण गराएकामा सरकारको सराहाना…
विराटनगर, १ चैत । पाँचौँ साफ महिला फुटबलअन्तर्गत आज भएको खेलमा श्रीलङ्काले माल्दिभ्सलाई २–० ले पराजित गरेको छ । विराटनगरको शहीद रङ्गशालामा भएको समूह बीअन्तर्गतको खेलमा श्रीलङ्का विजयी भई अन्तिम चारमा पुगेको छ । श्रीलङ्काको जितमा दुवै गोल आरएम चलानीकुमारी इकानायाकेले गरिन् । इकानायाकेले खेलको ४० औँ मिनेटमा पहिलो गोल गरिन भने दोस्रो गोल खेलको ५० औँ मिनेटमा गरी आफ्नो टोलीलाई तीन अङ्क दिलाउल सफल भएकी छिन् । श्रीलङ्काले खेल अवधिभर बल आफ्नो नियन्त्रणमा राखेको थियो भने माल्दिभ्सका खेलाडीले केही गोल गर्ने अवसर गुमाएका थिए । अन्तिम चारमा पुग्ने ‘ए’ समूहअन्तर्गत नेपाल र बङ्गलादेश तथा बी समूहअन्तर्गत श्रीलङ्का र भारतका…
काठमाडौँ, १ चैत । प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता विपरीत समाचार सम्प्रेषित गरेको भन्दै अनलाइन आवास डटनेटलाई स्पष्टीकरण सोधेको छ । बिहीबार सम्पे्रषित ‘शृङ्खलाबद्ध बम विष्फोट, २२ को मृत्यु’ शीर्षकमा अनलाइन डटनेटमा लिबियाको बम विष्फोटको घटनाको समाचारलाई अनलाइन आवाज डटकमको फेसबुक पेजमा ‘भर्खरै काठमाडौँमा डरलाग्दो बम विष्फोट, ३३ भन्दा बढीको ज्यान गयो, बाँकी विवरण आउन बाँकी’ शीर्षकको समाचारले आचारसंहिता उल्लङ्घन गरेको भन्दै काउन्सिलले २४ घण्टे स्पष्टीकरण सोधेको हो । काउन्सिलका उप–प्रशासकीय अधिकृत रामशरण बोहराले आज विज्ञप्ति जारी गरी सो समाचार आचारसंहिता विपरीत के, कति कारणले सम्प्रेषण गर्नुपरेको हो, २४ घण्टाभित्र स्पष्टीकरण दिन सम्पादकको नाममा स्पष्टीकरण माग गर्नुभएको हो । अन्यथा…
सान नेपाल गौरादह, १ चैत । गौरादह खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नयाँ पदाधिकारी छनौटको लागि आगामि चैत्र १६ गते निर्वाचन हुने भएको छ । निर्वाचनका लागि निर्वाचन कार्यतालिका प्रकाशित भएसँगै चुनावी सरगर्मी बढ्दै गएको छ । निर्वाचनमा प्रजातान्त्रिक र प्रगतिशिल प्यानलका बीच प्रतिस्पर्धा हुने देखिएको छ । प्रजातान्त्रिक प्यानलमा नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी एक ठाउँमा उभिएका छन् भने नेकपा पक्षधरको प्रगतिसिल प्यानल रहने वताईएको छ । शुक्रवार विहान गौरादह ३ स्थित चिरन्जिवी दाहालको निजि निवासमा भएको कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाली कांगे्रसको संयुक्त भेलामा चुनावी एकवद्धता गर्ने प्रतिवद्धता प्रकट गरका छन् । भेलाले आप्mनो पक्षमा रहेका…
भद्रपुर, १ चैत । झापाको कनकाई नगरपालिका–२ मा हात्तीको आक्रमणमा परी ज्यान गुमाएका होमनाथ खनालको परिवारलाई आज काजकिरियावापत रु ५० हजार दिइएको छ । डिभिजन वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरेले कनकाई–२ स्थित माझी गाउँमा रहेको खनालको घरमै पुगी परिवारलाई सो रकम हस्तान्तरण गर्नुभएको हो । खनाललाई गत फागुन २८ गते कनकाईस्थित जामुनखाडी सामुदायिक वनको हाताभित्र घाँस काट्ने क्रममा जङ्गली हात्तीले कुल्चेर मारेको थियो । पहिलो चरणमा किरिया खर्चवापत सो रकम उपलब्ध गराइएको प्रमुख घिमिरेले बताउनुभयो । उहाँले बाँकी रकमपछि उपलब्ध गराउन काजजात मिलाएर कोशी टप्पु वन्यजन्तु आरक्षमा पठाउने तयारी गरिएको जानकारी दिनुभयो । हाल सरकारले हात्तीको आक्रमणमा परेर ज्यान गुमाउनेका…
काठमाडौँ, १ चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले एक हप्ताभित्र उपलब्धिमूलक कार्यक्रम बनाएर ल्याउन प्रेस काउन्सिल नेपाललाई आग्रह गर्नुभएको छ । प्रेस काउन्सिल नेपालको आज सम्पन्न वार्षिक समीक्षा बैठकमा मन्त्री बाँस्कोटाले नियम र कानून कुनै पनि प्रस्ताव नरोकी यथाशीघ्र कार्यान्वयनमा ल्याइने बताउनुभएको हो । काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले काउन्सिललाई अझ प्रभावकारी ढङ्गले अगाडि बढाउनुपर्नेमा जोड दिँदै तयार भएका ऐन, विनियमावली, निर्देशिका यथाशीघ्र स्वीकृत हुनुपर्ने, आगामी वर्ष स्वर्ण जयन्ती वर्ष भएकाले भव्य रुपमा सम्पन्न गर्ने बताउँदै आइपरेका समस्या, समाधानका उपाय र मन्त्रालयबाट गरेको अपेक्षाबारे धारणा राख्नुभएको थियो । प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुसालले कार्यप्रगति प्रस्तुत गर्दै…