झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौँ, २६ चैत । दिपकराज गिरी र रोहित अधिकारीले चलचित्र छ माया छपक्कै निर्माण गर्ने भएका छन्। चलचित्र ‘वडा नम्बर ६’ देखि निर्माणमा सक्रिय आमा सरस्वती मुभिजले यसपटक पनि लक्की मानिएको ‘छ’ अक्षरलाई नै निरन्तरता दिएको छ। आउँदो दशैंमा प्रदर्शन गर्ने भनिएको चलचित्रको नाम ‘छ माया छपक्कै’राखिएको र चलचित्र विकास बोर्डमा नाम दर्ता भएपछि मात्र सार्वजनिक गरिएको निर्माण पक्षले जनाएको छ। नयाँ चलचित्र छ माया छपक्कै दिपेन्द्र लामाले निर्देशन गर्ने भएका छन्। बैशाख पहिलो साताबाट छायांकनमा जाने तयारी भएको उक्त चलचित्रमा कलाकार दिपकराज गिरी र केदार घिमिरले अभिनिय गर्ने पक्का भएको र अन्य कलाकार टुँगिन बाँकी रहेको निर्माण पक्षले जनाएको…

Read More

गाईघाट, २६ चैत । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा। शेखर कोइरालाले काङ्ग्रेसभित्रको गुटबन्दीले पार्टीको भविष्य सङ्टकमा परेको बताएका छन् । उदयपुरको सदरमुकाम गाईघाटस्थित गिरिजाप्रसाद कोइराला फाउण्डेशन (जिपी फाउण्डेशन)को नयाँ कार्यालय स्थापनाको अवसरमा उनले पार्टीको मूल नेतृत्वकर्ताहरु नै गुटउपगुटमा लागेकाले केन्द्रदेखि जिल्लासम्म काङ्ग्रेस कमजोर बन्ने अवस्था आएको बताएका हुन् । केन्द्रीय सदस्य कोइरालाले हिजो पार्टीका संस्थापक नेता विपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाले देखाएको बाटोहरु बिर्सेर केन्द्रीय नेतृत्व एक्लै हिँड्न खोज्दा पार्टी कमजोर बन्न पुगेको बताए । अहिलेको जस्तो अवस्था रहिरहे आगामी दिनमा काङ्ग्रेसको भविष्य सङ्कटमा पर्ने र देश नै अराजकतर्फ जाने उनले बताएका छन् । जिपी फाउण्डेशनको…

Read More

रूपेन्द्र शेर्माउर्लाबारी, २६ चैत । प्राणघातक रोग क्यान्सरसम्बन्धी तीन दिने स्वास्थ्य शिविर सोमबारदेखि मोरङको उर्लाबारीमा सुरु भएको छ । बी.पी.कोइराला मेमेरियल क्यान्सर अस्पताल भरतपुरको प्राविधिक सहयोगमा अरनिको अस्पताल उर्लाबारी र उर्लाबारी नगरपालिकाको संयुक्त आयोजनामा भएको सो शिविरमा विशेषगरी महिलाहरुको पाठेघर, स्तन र मुखको क्यान्सर रोगसम्बन्धी निदान गरिनेछ । सो शिविरको उद्घाटन प्रदेश–१ का प्रदेश प्रमुख प्रा.डा.गोविन्द तुम्बाहाङले गरे । शिविर उद्घाटन गर्दै प्रा.डा.तुम्बाहाङले यो शिविर उपयोगी र महत्वपूर्ण भएको विचार व्यक्त गरे । क्यान्सरका कारण रोगीलाई अत्यन्तै पीडादायी हुने र रोग निको हुन नसकी रोगीले मृत्युवरण गर्ने उल्लेख गर्दै प्रा.डा.तुम्बाहाङले यो रोग लाग्नु पूर्व सावधानी अपनाउनु बुद्धिमानी हुने बिचार व्यक्त…

Read More

मोरङ, २६ चैत । मोरङको धनपालथान गाउँपालिका–३ टिटैयाबाट प्रहरीले सोमवार लागूऔषध सहित १ जनालाई पक्राउ गरेको छ । लागूऔषध सहित इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले मोरङ कानेपोखरी गाउँपालिका(५ बस्ने वर्ष २२ को इन्द्र निरौलालाई पक्राउ गरेको हो । भारतबाट नेपाल तर्फ आउँदै गरेको को २० प ८९९४ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा प्रहरीले निरौलाको साथबाट लागूऔषध नाईट्राजेपाम(३० चक्की बरामद गरेको हो । बरामद लागूऔषध सहित निरौलालाई इलाका प्रहरी कार्यालय रंगेलीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Read More

काठमाडौं, २५ चैत । उपराष्ट्रपति नन्दबहादुर पुनले व्यापार घाटा न्यूनीकरण गर्दैै फालाम तथा स्टीलजन्य सामग्रीमा आत्मनिर्भर बन्न स्वदेशमै फालम र स्टीलको उत्पादन गर्नुपर्नमा जोड दिएका छन्। ग्रील तथा स्टील व्यवासयी महासङ्घ नेपालको सोमबार राजधानीमा भएको २५ औँ वार्षिक साधारणसभा तथा आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले अपार सम्भावना रहेको फलाम खानीको उत्खनन् गरेर फलाम र स्टीलको आयात प्रतिस्थापन गरिनुपर्ने बताए। उनले भने, “ग्रील तथा स्टीलजन्य सामग्रीमा आत्मनिर्भर बन्दैछौँ भन्ने सुन्दा मलाई गौरवको अनुभूति भइरहेको छ, तर यथार्थ के हो भने फलाम र स्टील भने हामीले आयात गरिरहेका छौँ। हाम्रा पूर्खाले सञ्चालन गरेका तामा र फलाम खानी अहिले इतिहास बनेका छन्।…

Read More

काठमाडौँ, २५ चैत । विश्व साईकल यात्री खगबहादुर खत्री काठमाडौं आइपुगेका छन् । आइतबार काठमाडौँ ओर्लिएका खत्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको थियो । विमानस्थलमा खत्रीलाई स्वागत गर्न उनको विश्व साईकल यात्रा अभियानमा विशेष सहयोग पुर्‍याइरहेका विभिन्न व्यक्ति तथा प्रायोजकहरू पुगेका थिए । खत्रीको स्वागतमा एनआरएनए आइसीसी सदस्य मनोज गोरखाली, एनआरएनए मध्यपूर्व उपसंयोजक प्रविण गुरुङ, एनआरएनए मलेसियाका अध्यक्ष खगेन्द्र न्यौपाने, जनसवाल राष्ट्रिय दैनिककासम्पादक रामजी बगाले, हिमालयन इभेन्टस प्रालिका अध्यक्ष सविन घिसिङ लगायतका व्यक्तित्वहरू विमानस्थल पुगेका थिए । विश्वलाई शान्तिको सन्देश दिने र विश्वभर नेपाली माटोको सुगन्ध छर्ने अभियानमा विगत लामो समयदेखि निरन्तर सक्रिय अभियन्ता एवं शान्तिदूत विश्व साईकल यात्री खगबहादुर…

Read More

काठमाण्डौ, २५ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापासहित केही नेतालाई प्रहरीले केहीबेर नियन्त्रणमा लिएर छाडेको छ । २२ सूत्रीय माग राख्दै धर्नामा बस्न जाँदै गर्दा अध्यक्ष थापा, दीपक बोहरा, बुद्धिमान तामाङ, भाष्कर भद्रासहितका नेता कार्यकर्तालाई प्रहरीले केहीबेर नियन्त्रणमा लिएर छाडेको राप्रपाका प्रचार विभाग प्रमुख तथा सह–प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो । हिन्दू राष्ट्र पुनःस्थापना, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचार नियन्त्रण, बेरोजगारी समस्या समाधानलगायतका मागमा दबाब दिन राप्रपाले आज काठमाण्डौलगायत सातै प्रदेशका राजधानी, ७७ वटै जिल्ला सदरमुकाममा एक घण्टा धर्नाको कार्यक्रम तय गरेको थियो । शान्तिपूर्ण धर्ना कार्यक्रमकै क्रममा प्रदर्शनी मार्गमा आउने क्रममा पद्मोदय मोडमा प्रहरीले हस्तक्षेप गरेको…

Read More

काठमाडौं, २५ चैत । विशेषगरी तराई–मधेशमा गर्मीको जोखिम शीतलहरको तुलनामा उच्च हुँदै गएको छ। गर्मीका कारण नै गत केही दिनअघि पर्सा र वारा जिल्लाका केही स्थानमा हावाहुरीले अकल्पनीय क्षति पुगेको नेपालमा पहिलो पटक सम्पन्न ‘नेपालमा तातो हावा (लु) र त्यसले स्वास्थ्यमा पार्नसक्ने प्रतिकूल प्रभाव’ विषयको अध्ययनले देखाएको छ। विश्व स्वास्थ्य सङ्गठनको आर्थिक एवं प्राविधिक सहयोगमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सोमबार सार्वजानिक गरेको प्रतिवेदनमा गर्मी बढ्ने क्रममा रहेको र देशको दक्षिणी भेगमा गर्मी रात, अग्रिम मनसुन र मनसुनको समयमा वर्षा धेरै हुनेगरेको प्रारम्भिक निष्कर्ष निकालिएको छ। जल तथा मौसम विभागको सहयोगमा सन् १९८७ देखि २०१६ सम्मको तथ्याङ्क अध्ययन गरिएको थियो। तीन…

Read More

कुमार चौलागाईं काठमाडौं, २५ चैत। प्रदेश नंं ५ का विभिन्न जिल्लामा आगामी वैशाख ५ देखि ११ गतेसम्म हुने आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा प्याराग्लाइडिङतर्फ ५५ खेलाडीको सहभागिता रहने भएको छ। आठौँ राष्ट्रिय खेलकूद प्रदेश नं. ५ मा हुने भए पनि पूर्वाधार नभएकाले प्याराग्लाइडिङका खेल गण्डकी प्रदेशको राजधानी पोखरामा आगामी वैशाख ६ गतेदेखि शुरु हुने राष्ट्रिय खेलकूद परिषद् ९राखेप०ले जनाएको छ। नेपालको राष्ट्रिय खेलकूदको इतिहासमै पहिलोपटक राष्ट्रिय खेलकूदमा प्याराग्लाइडिङ खेल समावेश गर्न लागिएको हो। कुल छ स्वर्ण पदकका लागि विभागीय टोली नेपाली सेना र प्रदेशका तर्फबाट ४६ पुरुष र नौ महिला खेलाडी सहभागी हुने नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ सङ्घ (नेफा)का महासचिव शैलेन्द्र…

Read More

रामचन्द्र नेपाल क्वालालम्पुर, २५ चैत । मलेसियामा भएको सवारी दुर्घटनामा दुई नेपालीसहित ८ जनाको मृत्यु भएको छ । क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्पनीमा काम गर्ने श्रमिकहरु चढेको बस सेलागरमा दुर्घटना हुदाँ दुई नेपालीको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा बर्दियाका रामु चौधरी र सर्लाहीका जगनाथ सिंह थारु छन् । यद्यपि नेपाली दूताबासले यसको पुष्टि गरेको छैन । घाइतेहरुको पुत्राजया, सेरडाग, वान्तिग अस्पतालमा उपचार भइरहेको छ । उनीहरु मध्ये तीन जना नेपालीको अवस्था गम्भीर छ ।

Read More