झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौं, २९ फागुन । नेपाल मेडिकल काउन्सिलले विशेषज्ञ चिकित्सकका लागि दिएको विशेष परीक्षामा सहभागी चिकित्साशास्त्रमा एमडी, एमएस, एमडीएस उत्तीर्ण १ सय ५० डाक्टरमध्ये १ सय १० जना फेल भएका छन् । चीनमा पढेर आएका ७३ प्रतिशतभन्दा बढी डाक्टर फेल भएका हुन् । नेपालमा चिकित्साकीय अभ्यासका लागि अनुमति प्रदान गर्न लिइने विशेष परीक्षामा उनीहरु उर्त्तीण हुन नसकेका हुन् । काउन्सिलले चीनको सरकारी विश्वविद्यालयकमा समस्या नरहे पनि निजीमा डाक्टरी पढाइका लागि विद्यार्थी नपठाउन शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई सुझाव दिएको छ । यो परीक्षामा नेपाल, भारत, चीन, पाकिस्तान, बेलारुस, जापान, किर्गिस्तान फिलिपिन्स, दक्षिण कोरिया, रुसी महासंघ, अमेरिका र बेलायतलगायत १२ मुलुकमा पढेर आएका विशेषज्ञ…

Read More

काठमाडौँ, २९ फागुन । चितवनका विशाल गिरी आफ्नी आमालाई इराकबाट उद्धार गराइपाउन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो धाउँदैछन् । उनको हातमा ४१ वर्षीया आमा इन्दुको तस्बिर र नागरिकताको प्रतिलिपिसहितको फाइल छ । इन्दु गत जेठको पहिलो साता भाउजू नाता पर्ने झापाकी लक्ष्मी ढकालसँग टर्कीका लागि भनेर हिँडेकी थिइन् । घरायसी कामदारका रुपमा इराकको कुर्दिस्तान पुगेकी उनले घरमा फोन सम्पर्क गरेपछि परिवार झसङ्ग भयो । उनले प्रत्येक साताजस्तो घरमा फोन गरेर रुँदै बिलौना गर्ने गरेकी छिन् । भनेजस्तो काम छैन र पैसा पनि भनेजति दिएको छैन । आफ्नी श्रीमतीलाई फर्काउने उपायस्वरुप जगन्नाथले इराक बस्ने ओमराज नामका एजेन्टलाई फोन गरे । इराकबाट…

Read More

बिर्तामोड, २८ फागुन । प्रदेश नं. १ मा सञ्चालित ‘सडक दुर्घटना न्यूनीकरण महाअभियान’ अन्तरगतको दोस्रो चरणको कार्यक्रम फागुन ३० गतेदेखि शुरु हुने भएको छ ।बिर्तामोडमा आज पत्रकार सम्मेलनको आयोजना गरी अभियानको आगामी कार्यक्रमबारे जानकारी दिइएको हो । अभियानका संयोजक महेन्द्रकुमार गिरीले फागुन ३० गतेदेखि चैत १४ गतेसम्म विभिन्न चार चरणमा कार्यक्रम गरिने बताए । पहिलो चरणमा ३० गते प्रभातफेरिको आयोजना गरिने भएको छ । प्रभातफेरिमा विभिन्न विद्यालय, कलेजका विद्यार्थीका साथै २५ वटाभन्दा बढी संघसंस्था सहभागी हुने भएका छन् । सोही दिन चालक र सहचालकलाई पोशाक वितरण गरिने संयोजक गिरीले बताए । कार्यक्रमको उद्घाटन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गर्ने आयोजकले जनाएको…

Read More

ललितपुर, २८ फागुन । शहरी क्षेत्रमा अङ्ग्रेजी माध्यममा पढाउने विद्यालयको सङ्ख्या बढिरहँदा ललितपुर महानगरपालिकाले नेपाल भाषाको विद्यालय खोल्ने तयारी गरेको छ । बालबालिकालाई मातृभाषामा पढाउने उद्देश्यले नेपाल भाषाको विद्यालय खोल्नका लागि छलफल भइरहेको महानगरपालिकाका शिक्षा अधिकारी महेन्द्रबहादुर क्षेत्रीले बताउनुभयो । महानगरले केही वर्ष पहिलेदेखि प्रारम्भिक बाल विकास (इसिडी) मा नेपाल भाषाबाट पढाउन शुरु गरेको थियो । हाल १० इसिडी सञ्चालनमा छन् । विद्यालयका तल्ला कक्षबाट शुरु गरेर नेपाल भाषालाई माथिल्लो कक्षासम्म पु¥याउने उद्देश्य रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “आधारभूत तहमा अभिभावकले चाहँदा आफ्नो भाषामा पढाउन पाउनेछन् ।” सामुदायिक विद्यालयले अभिभावकलाई आकर्षित गर्ने भन्दै अङ्ग्रेजी माध्यममा पढाइरहँदा महानगरपालिकाले भने मातृभाषामा…

Read More

जमुनावर्षा शर्मा चिप्लेढुङ्गा, २८ फागुन । तत्कालीन मन्त्री तथा नेकपाका नेता रवीन्द्रप्रसाद अधिकारीकी पत्नी विद्या भट्टराईले ताप्लेजुङ्गमा जहाज दुर्घटनामा निधन भएको दिन सामाजिक सञ्जालमा आफ्नो कविता र स्वर भनी सार्वजनिक गरिएको सामग्री आफ्नो नभएको स्पष्ट गर्नुभएको छ । “एउटा शोकको घडीमा कुनै पनि कुरा सम्झन नसक्ने विक्षिप्त अवस्था भएको मान्छेको कविता र स्वर भन्दै सामाजिक सञ्जालमा बिकाउन खोजिएको रहेछ । मलाई निकै दुःख लाग्यो”, भट्टराईले राससलाई भन्नुभयो । “भेट्न आउनेहरुले कविता(आकाश कालो दिनै धुम्म, आज फागुन पन्ध्र, बीच बाटोमै मलाई छोडी, गयौ किन रवीन्द्र…)को कुरा गर्नुहुन्थ्यो । म छक्क पर्थे, कहीँ कतै मैले कविता लेखेको छैन । म कविता लेख्दा…

Read More

काठमाडौँ, २८ फागुन । रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत सन् २०१९ का लागि प्रथम चरणको कोरियाली भाषा परीक्षा आगामी जेठमा हुने भएको छ । वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले आज एक सूचना जारी गर्दै भाषा परीक्षाका लागि आगामी चैत ८ देखि १७ गतेसम्म आवेदन दर्ता गर्न सकिने जनाएको छ । आवेदकको परीक्षा काठमाडौँ र पोखरा केन्द्रबाट सञ्चालन गरिनेछ । दरखास्त दर्ता गर्दा नै परीक्षार्थीले आफूले परीक्षा दिन चाहेको केन्द्र रोज्नुपर्ने इपिएस शाखाले जनाएको छ । पोखरा केन्द्रको हकमा पहिलो आउने १२ हजार मात्रले आवेदन फाराम भर्न सक्नेछन् । भाषा परीक्षाका लागि इपिएस शाखाको वेबसाइटबाट अनलाइनमार्फत फारम भर्न सकिने छ ।…

Read More

काठमाडौँ, २८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसाबाट आतङ्क मच्चाएर लुटपाट गर्ने समूहसँग सरकारले वार्ता नगर्ने बताउनुभएको छ प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको टोलीसँगको आजको भेटघाटमा उहाँले बम पड्काउने र पैसा असुल्नेसँग वार्ता गर्नुको औचित्य नभएको स्पष्ट पार्नुभयो । “कतिपयले वार्ता गर्नुप¥यो भन्छन् तर केका लागि वार्ता गर्ने रु उनीहरुले गरेका क्रियाकलाप राजनीतिक हुन् ? बम पड्काउने, आतङ्कित पार्ने, पैसा असुल्ने कुरा राजनीतिक हुन सक्दैनन् ”, उहाँले भन्नुभयो, “जहाँजहाँ धेरै पैसा छ भन्ने लाग्छ त्यहीँ बम हान्नेहरुसँग केको वार्ता ? उनीहरुलाई कानूनबमोजिम नियन्त्रणमा लिइन्छ ।” प्रधानमन्त्री ओलीले एउटा गिरोहले कम्युनिष्टका नाममा आतङ्कित पार्ने काम गरिरहेको उल्लेख…

Read More

काठमाडौँ, २८ फागुन । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले संविधानले समाजवादोन्मुख मुलुकको परिकल्पनासहित तीनखम्बे अर्थनीतिलाई स्वीकार गरेकाले निजी विद्यालयको अस्तित्व तत्काल समाप्त नहुने बताउनुभएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) को १४औँ राष्ट्रिय महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले निजी विद्यालयलाई नियमन र सामुदायिक विद्यालयलाई अझै स्तरीय बनाउने प्रक्रियामा भने सबैले साथ दिनुपर्ने बताउनुभयो । सभामुख महराले भन्नुभयो,“शिक्षा र स्वास्थ्यलाई राज्यको दायित्वभित्र पार्नुपर्छ तर यति छिटो निजी विद्यालयलाई अङ्कुश बनाउन सम्भव छैन । अहिले निजी क्षेत्रलाई पनि प्रोत्साहन गर्दै समृद्धिको दिशामा जानुपर्छ । समाजवादमा पुग्न धेरै समय लाग्छ, त्यसबेलाका लागि सोच्ने कुरा अर्कै हो ।” उहाँले सरोकार भएकासँग पर्याप्त…

Read More

बंगलादेशी स्पिनर मोश्रफ होसेन रुबेललाई ब्रेन ट्यूमर भएको छ । मोश्रफ अहिले आफ्नो थप उपचारका लागि सिंगापुर जाने प्रक्रियामा रहेका छन् । केही दिनअघि ढाका अस्पतालमा जाँचका क्रममा उनलाई ब्रेन ट्यूमर भएको पत्ता लागेको थियो । मोश्रफले आफूलाई चिकित्सकले अपरेसन गर्न सल्लाह दिएको र छिट्टै नै सिंगापुर जाने तयारीमा रहेको बंगलादेशी सञ्चार माध्यमलाई जनाएका छन् । मोश्रफका अनुसार उनको उपचारका लागि झण्डै ४० लाख बंगलादेशी टका(झण्डै ५० हजार अमेरिकी डलर) लाग्नेछन् । मोश्रफले बंगलादेशका लागि ५ ओडीआई क्रिकेट खेलेका छन् । घरेलु क्रिकेटमा १९२ खेलबाट उनले ३९० विकेट लिनुका साथै तीन हजार रन बनाएका छन् । एजेन्सी

Read More

काठमाडौँ, २८ फागुन । सरकारले यसवर्ष करीब चार हजार बेरोजगार युवालाई रोजगार बनाउनका लागि निःशुल्क तालीम सञ्चालन गर्ने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको व्यावसायिक शिक्षा तथा तालीम अभिवृद्धि परियोजना (इभेन्ट)ले यसवर्ष तीन हजार ६६० बेरोजगार युवालाई स्वरोजगार बनाउन निःशुल्क तालीम सञ्चालन गर्ने भएको इभेन्टका सूचना अधिकारी नेत्रनारायण पौडेलले जानकारी गराउनुभयो । उहाँले छोटो अवधिका तीन महीने उक्त तालीमपछि युवा आफैँ स्वरोजगार हुने बताउनुभयो । ३९० घण्टा सञ्चालन हुने तालीममा इलेक्ट्रेसियन, सिलाइकटाइ, जुनियर प्लम्बर, खाने पकाउने, कृषि, मोबाइल मर्मत, विभिन्न पहिरन निर्माण रहेका छन् । तालीमको लागि भृकुटीमण्डपमा आइतबारदेखि मङ्गलबारसम्म भौचर सङ्कलन गरिएको थियो । तालीममा प्रशिक्षार्थीलाई दैनिक…

Read More