
बंगलादेशी स्पिनर मोश्रफ होसेन रुबेललाई ब्रेन ट्यूमर भएको छ । मोश्रफ अहिले आफ्नो थप उपचारका लागि सिंगापुर जाने प्रक्रियामा रहेका छन् ।
केही दिनअघि ढाका अस्पतालमा जाँचका क्रममा उनलाई ब्रेन ट्यूमर भएको पत्ता लागेको थियो । मोश्रफले आफूलाई चिकित्सकले अपरेसन गर्न सल्लाह दिएको र छिट्टै नै सिंगापुर जाने तयारीमा रहेको बंगलादेशी सञ्चार माध्यमलाई जनाएका छन् ।
मोश्रफका अनुसार उनको उपचारका लागि झण्डै ४० लाख बंगलादेशी टका(झण्डै ५० हजार अमेरिकी डलर) लाग्नेछन् ।
मोश्रफले बंगलादेशका लागि ५ ओडीआई क्रिकेट खेलेका छन् । घरेलु क्रिकेटमा १९२ खेलबाट उनले ३९० विकेट लिनुका साथै तीन हजार रन बनाएका छन् । एजेन्सी
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

