
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
गुलरिया, २५ फागुन । बर्दियाको गेरुवा गाउँपालिका ४ की भावना बस्नेत १२ वर्ष नपुग्दै सुत्केरी भइन् । ०६३ चैत १३ मा जन्मिएकी भावनाले ०७५ फागुन ७ गते माइतीकै छाप्रोमा छोरीलाई जन्माएकी हुन् । स्वास्थ्य संस्थामा समेत नपुगी उनी आमा बनेकी हुन् । आमा बन्दा उनको उमेर ११ वर्ष १० महिना २४ दिन मात्रै भएको थियो । गर्भ रहेको ९ महिनामा घरमै सुत्केरी भएकी भावना र उनकी छोरी पूर्णिमाको अवस्था सामान्य रहे पनि उमेरका कारण दुवैको स्वास्थ्य जोखिमपूर्ण अवस्थामा छ । भावनाको शरीर सुन्निएर ज्वरो आएको छ । गाउँकै सरस्वती आधारभूत विद्यालयको कक्षा ७ मा अध्यनरत १४ वर्षीय नन्दबहादुर रावतसँगको बालविवाहले…
काठमाडौं, २५ फागुन । पूर्व–पश्चिम रेलमार्गको बुटवल खण्डमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने विषयमा छलफल गर्न बसेको बैठकमा हातपात भएको छ । सो क्रममा स्थानीय ज्वोतीप्रसाद कुटिएका छन् । डिपिआर गर्न बाँकी रहेको सो क्षेत्रमा माटो परीक्षण गर्न पुगेको रेल विभागका कर्मचारी, चिनियाँ प्रतिनिधि, स्थानीय प्रतिनिधि र प्रभावित क्षेत्रका बासिन्दासहित बुधबार बुटवल उपमहानगरपालिका वडा नं. ११ कार्यालयमा बैठक बसेको थियो । उक्त बैठकमा सहमतिसहित डिपिआर गर्ने छलफल भइरहेको बेला आफ्नो क्षेत्रबाट रेल ल्याएको भन्दै प्रभावित क्षेत्रका तीन व्यक्तिले अर्याललाई कुटेका थिए । अर्याल पनि प्रभावित क्षेत्रकै बासिन्दा हुन् । ‘छलफलका क्रममा बिनाकारण आक्रमण भएको छ,’ सोही क्षेत्रका ज्येष्ठ नागरिक…
काठमाडौं, २५ फागुन । देशभरका ७५३ स्थानीय तहमध्ये ९३ ले नाम तथा केन्द्र परिवर्तन गरेका छन् । १७ तहले केन्द्र नचलाई नाम मात्रै फेरेका छन्, ५५ तहले नाम यथावत् राखी केन्द्र मात्रै सारेका छन् । २१ तहले भने नाम र केन्द्र दुवै परिवर्तन गरेका छन् । २२ पुस ०७३ मा स्थानीय तह पुनर्संरचना आयोगले देशभर ७ सय १९ तह हुने गरी सरकारलाई प्रतिवेदन बुझाएको थियो । तर, सरकारले पटकपटक थपेर स्थानीय तहको संख्या ७ सय ५३ बनाएको थियो । ८७ गाउँपालिका, १ महानगर, एक उपमहानगर र चार नगरपालिकाले परिवर्तनको निर्णय गरेका हुन् । केन्द्र फेर्नेमा गाउँपालिका धेरै केन्द्र (सदरमुकाम) फेर्नेमा…
विराटनगर, २५ फागुन । समुदाय(प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत शुक्रबर जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रंगेलीको आयोजनामा गरेको निःशुल्क स्वास्थ्य शिविर तथा समुदायसंग चिया कार्यक्रम सम्पन्न भएको छ । सुनवर्षी नगरपालिका–८ स्थित महेन्द्र आधारभुत बिद्यालय कुडेलीमा १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक केदार रिजालको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो । टाईम्स अस्पताल रंगेलीको सहकार्यममा आयोजना गरिएको उक्त १ दिने स्वास्थ्य शिविर तथा निःशुल्क औषधी वितरणमा कार्यक्रममा ११ सय जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराएका थिए । सोही अवसरमा १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख केदार रिजालले समुदायसँग चिया कार्यक्रम गर्नुका साथै स्थानीय जनप्रतिनिधी, समाजसेवी, बुद्धिजिवी,…
कनकाई, २५ फागुन । १०९ औँ नारी दिवसको अवसर पारेर झापाको कनकाई नगरपालिकामा चौथो जिल्लास्तरीय महिला फुटबल प्रतियोगिताको आयोजना गरिएको छ । कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा स्थानीय कनकाई माविको खेल मैदानमा गत फागुन १८ गतेदेखि सञ्चालित फुटबल प्रतियोगिताको फाइनल खेल नारी दिवसको अवसर पारेर शुक्रबार गरिएको हो । कनकाई नगरपालिका र शिवसताक्षी नगरपालिकाको महिला टिमबीच भएको फाइनल खेलमा कनकाई नगरपालिकाले शिवसताक्षीलाई ट्राइब्रेकरमा पराजित गर्दै उपाधि रक्षा गरेको हो । विजयी कनकाई नगरपालिकाले नगद ६० हजार र उपविजयी बनेको शिवसताक्षी नगरपालिकाले नगद ४० हजार पुरस्कार पाए । बिजयी तथा उपविजयी हुने टिमलाई कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, उपप्रमुख मन्जु प्रसाई लगायातले…
कनकाई, २५ फागुन । नेपालमा संस्थागत महिला आन्दोलनको नेतृत्वदायी भूमिका निर्वाह गर्नुहुने क्रान्तिकारी महिला नेत्री योगमाया न्यौपानेको शालिक आज झापाको कनकाई नगरपालिकामा अनावरण गरिएको छ । एक सय नवौँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा कनकाई–३ मा निर्मित योगमायाको अर्धकदको शालिक झापा क्षेत्र नं २ का सांसद पवित्रा खरेलले अनावरण गर्नुभएको हो । सांसद खरेलले ७७ वर्ष पहिले महिलामुक्तिका लागि योगमायाले थालेको आन्दोलनबाट महिलामुक्ति र समानताका लागि देशमा अवसर प्राप्त भएको बताउनुभयो । शालिक निर्माणमा कनकाई नगरपालिकाले रु १८ लाख, कनकाई सामुदायिक वनले रु ५१ हजार र स्थानीयवासी तुलाराज बस्नेतले रु ५० हजार सहयोग गरेको योगमाया शालिक निर्माण समितिका अध्यक्ष शर्मिला कुँवरले…
भद्रपुर, २४ फागुन । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले अब काम गरेर देखाउने बेला आएकाले बाटो छेक्न आउने असफल हुने बताउनुभएको छ । झापाको विर्तामोडमा आज अपराह्न नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको २६औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सरकारले काम गर्न नपाओस् भनेर बाटो छेक्ने असफल हुने बताउनुभयो । “कम्युनिष्ट पार्टीको दुई तिहाइ सरकारले राम्रो काम गरेको देख्न नचाहने देशभित्र र बाहिरका शक्ति कमी कमजोरी खोज्न पुल्ठो बालेर हिँडिरहेका छन्”, उहाँले भन्नुभयो, “हामी जनतासँग गरेका सबै वाचा पूरा गर्दै अघि बढेका छौँ, उनीहरु असफल हुने छन् ।”
झापा, २४ फागुन । नेपाल मानव धर्मका प्रणेता सद्गुरूदेव श्री सतपालजी महाराजले युग परिवर्तनका लागि मानिसको मन बदल्नुपर्ने बताउनुभएको छ । झापाको धुलाबारीमा शुक्रवार सम्पन्न ‘विराट सत्संग समारोह २०७५’ लाई सम्बोधन गर्दै सद्गुरूदेव महाराजले ढुंगा, माटो, पानी बदलेर युग परिवर्तन गर्न नसकिने बताउनुभयो । ‘युग परिवर्तनका लागि ढुंगा, माटो, पानी बदल्नु पर्दैन, युग परिवर्तनका लागि मानिसको मनलाई बदल्नुपर्छ,’ उहाँले भन्नुभयो । बिहीवारदेखि धुलाबारीमा शुरू भएको समारोहमा उहाँले सन्त तुलसीदासको भनाइ उदृत गर्दै अध्यात्ममा सन्त समागम र हरिकथा महत्वपूर्ण रहेको बताउनुभयो । ‘सत्संगमा आउँदा हाम्रो मनमा धेरै प्रश्न हुन सक्छन् । तर निर्मल मनले सत्संग सुनेमा सबै शंकाको समाधान हुन्छ,’ उहाँले…
बिर्तामोड, २४ फागुन । मगमग झापा गोल्डकपको पहिलो सेमीफाइनल खेलमा आयोजक झापा बिजयी भएको छ । झापाले रुस्लान थ्री स्टार क्लबलाई टाइब्रेकरमा ३–१ गोलअन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको हो । जितसँगै आयोजक झापाले कम्तिमा ६ लाख ५ हजार रुपैंयाँ पुरस्कार सुरक्षित गरेको छ । झापा गोल्डकपको चौथो सिजनसम्म आइपुग्दा आयोजक झापा लगातार चौथो पटक फाइनलमा प्रवेश गरेको छ । यद्यपी झापाले हालसम्म उपाधी रक्षा भने गर्न सकेको छैन । निर्धारित ९० मिनेटको खेल बराबरी भएपछि १५ मिनेट समय थप गरिएको थियो । थपिएको १५ मिनेटमा पनि कुनै गोल हुन नसकेपछि टाइब्रेकरबाट खेलको निर्णय गरिएको थियो । टाइब्रेकरमा थ्री स्टारका रजिन…
काठमाडौँ, २४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सुशासन र समृद्धिको यात्रा शुरु गरेका बेला ‘स्वतन्त्र मधेस गठबन्धन’सँगको राजनीतिक सहमतिसँगै अब मुलुकमा हिंसाको बाटो अन्त्य भएको बताउनुभएको छ । नेपाल सरकार र सो गठबन्धनबीचको राजनीतिक सहमति घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सुशासन र विकास लहर चलिरहेका बेला उक्त सहमतिले देश टुक्र्याउने नाममा स्वार्थको रोटी सेक्नेहरुको रोटी काँचो पल्टिएर जाने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “नेपाल एउटा सार्वभौम राष्ट्र हो । यसको जमीन एक इञ्च पनि कसैलाई छुट्याउन, टुक्र्याउन वा दिन मिल्दैन । त्यसका नाममा कुनै सहमति हुन सक्दैन ।” नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले संविधानले…