झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौँ, २४ फागुन । झापाबाट काठमाडौं अवतरणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओली सवार विमान होल्ड भएको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ५ सदस्यीय छानबिन समिति गठन गरेको छ । मन्त्रालयले गठन गरेको छानबिन समितिको संयोजकमा मन्त्रालयका सहसचिव सुरेश आचार्य रहेका छन् । प्रधानमन्त्री सवा विमान किन, होल्ड भयो यस वारेमा बिहीबारबाट काम शुरु भएको संयोजक आचार्यले जानकारी दिएका छन् । ‘राडरको रेकर्ड हेर्दा ३ पटक उपत्यका परिक्रमा भएको देखिन्छ,संयोजक आचार्यले भने–‘किन कसरी यस्तो भयो समितिले एयर ट्राफिक कन्ट्रोलर, पाइलटको बयान र बस्तु स्थीतिको अध्ययन गरि प्रतिवेदन बुझाउने छ।’ मंगलबार प्रधानमन्त्री ओली यति एयलाईन्स विमान मार्फत झापाबाट काठमाडौं अवतरण…

Read More

इलाम, २४ फागुन । इलाम नगरपालिका–४ सिम्लेमा बिहीवार पिकअप दुर्घटनामा परि १ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । बिहिवार दिउँसो ताप्लेजुङबाट ईलाम तर्फ आउँदै गरेको सडक बिभाग ताप्लेजुङको बा १ झ ९८९८ नम्बरको जिप ब्रेक फेल भई सडकबाट १०० मिटर तल खसेर दुर्घटना हुँदा जिपमा सवार ५ जना नै गम्भीर घाईते भएका थिए । घाईतेहरुलाई घटनास्थलमा खटिएको प्रहरी टोलीले तत्काल उद्धार गरी उपचारको लागि झापा स्थित बि.एण्ड.सी. अस्पताल पठाएकोमा उपचारको क्रममा तेह्रथुमकी ५० बर्षीया जानुका योङहाङको राती ८ बजे मृत्यु भएको हो । सोही दुर्घटनामा परी फुङलिङ नगरपालिका(५ का ७४ बर्षीया धनमाया लिम्बु, नुवाकोट ककनी…

Read More

कञ्चनपुर, २४ फागुन । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया निर्मला पन्तको प्रमाण नष्ट गर्ने र यातना दिने कार्यमा संलग्न भएको अभियोगमा आठ जनाविरुद्ध जिल्ला अदालत कञ्चनपुरमा मुद्दा दायर गरिएको छ । गत पुस ३ गते निर्मलाकी आमा दुर्गादेवी पन्तले प्रमाण नष्ट गरेको र दिलीपसिंह विष्टका दाजु खडकसिंह विष्टले भाइ दिलीपलाई यातना दिएको अभियोगमा तत्कालीन कञ्चनपुरका प्रहरी उपरीक्षक डिल्लीराज विष्टसहित आठ जनाविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए । सरकारी वकिल कार्यालयले निर्मलाकी आमा दुर्गादेवी र खडकाको जाहेरीका आधारमा अदालतमा गत बुधबार छुट्टाछुट्टै मुद्दा दायर गरेको हो । यातना दिइएको अभियोगमा तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक डिल्लीराज…

Read More

ललितपुर, २३ फागुन । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले निजामती कर्मचारीलाई यसअघि दिँदै आएको कुनै पनि सेवासुविधा कम नगर्ने भएकाले ढुक्क भएर कार्यक्षेत्रमा जान कर्मचारीलाई निर्देशन दिनुभएको छ । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले आज प्रतिष्ठानमा आयोजना गरेको ३३औँ आधारभूत प्रशासन प्रतिष्ठान समापन समारोहमा उहाँले कर्मचारीको वृत्तिविकासको ढोका सरकारले बन्द नगरेको प्रष्ट पार्नुभयोे । सङ्घले अहिले कर्मचारीलाई दिँदै आएको सेवासुविधा अरु प्रदेश र स्थानीय सरकारले घटाउन नसक्ने मन्त्री पण्डितले बताउनुभयोे । स्थानीय तहमा रहेर काम गरिरहेका कर्मचारीका लागि समेत विदेश भ्रमण र वैदेशिक अध्ययन दुवैको सम्भावना रहेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “स्रोत र आवश्यकताअनुसार सुविधा थप्ने…

Read More

विराटनगर, २३ फागुन । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आपूm कार्यकाल लम्ब्याउने पक्षमा नरहेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले पार्टीको अधिवेशन तोकिएको समयमा हुने जानकारी दिनुभयो । सभापति देउवाले हालै भएको चाक्सीबारी बैठक सामान्य कुरा भएको र साथीहरुबीच छलफल हुनु कुनै अनौठो नभएको प्रस्ट पार्नुभयो । पूर्वप्रधानमन्त्री देउवाले पार्टीका नेता डा शेखर कोइरालालाई पार्टी नेतृत्वका सम्बन्धमा जथाभावी नबोल्न आग्रह गरिएको र उहाँको सम्बन्धमा आफूले वीरगञ्जमा जवाफ दिएको बताउनुभयो । “पार्टीको नेतृत्वमा कोइराला आउन नपाउने वा चुनावमा उठ्नै नपाउने कुरा कहीँ कतै गरेको छैन”, उहाँले भन्नुभयो । कोइरालालाई बोलेको आधारमा अनुशासनको कारवाही नहुने सभापति देउवाको भनाइ…

Read More

काठमाडौँ, २३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली चढ्नुभएको विमान आकाशमा केहीबेर ‘होल्ड’ गरिएको सम्बन्धमा छानबिन हुने भएको छ । सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यही फागुन २१ गते झापाको चन्द्रगढीबाट काठमाडौँ अवतरण गर्ने क्रममा यती एयरलाइन्सको विमान ‘होल्ड’ गरिएकाबारे छानबिन गर्न सहसचिव सुरेश आचार्यको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाएको हो । समितिमा पर्यटन मन्त्रालयका सहप्रवक्ता प्रकाशचन्द्र ढकाल, कानून मन्त्रालयका उपसचिव सूर्यवंश शर्मा कँडेल, नेपाली सेनाका क्याप्टेन सुवास थापा र नेपाल नागरिक उड्डयन प्राधिकरणका नवीना कर्माचार्य हुनुहुन्छ । विशिष्ठ व्यक्तिको उडान होल्ड भएको सम्बन्धमा छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेश गर्नेगरी जिम्मेवारी दिइएको पर्यटन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले जानकारी…

Read More

झापा, २३ फागुन । झापाको धुलाबारीस्थित नन्दागंगा नदी तटमा आजदेखि शुरू भएको विराट सत्संग समारोह–२०७५ लाई सम्बोधन गर्दै प्रमुख अतिथि शेरधन राईले नेपाली शान्ति र एकताको पक्षमा रहेको बताउनुभयो । ‘नेपाल तीब्र गतिमा बदलिरहेको छ । विश्व जनमत शान्ति र मानव एकताको पक्षमा उर्लिराखेको छ,’ उहाँले भन्नुभयो, ‘दुनियाँ समयको गतिसँगै युगको परिवर्तनसँगै सबै प्रकारका हिंसा, अशान्ति, द्वन्द्वहरूको विपक्षमा उभिएको छ ।’ ‘हामी नेपाली जहिल्यै शान्ति र मानव एकताको पक्षमा छौं । सिंगो नेपाल जनमत शान्ति र मानव एकताको पक्षमा एकढिक्का उभिएको छ । त्यसैले नेपाल छुट्टै अस्तित्व, पहिचान, स्वाभिमानका साथ शिर ठाडो पारेर उत्रिएको छ,’ उहाँले भन्नुभयो, ‘अहिले संसारको ध्यान…

Read More

झापा, २३ फागुन । नेपाल मानव धर्मका प्रणेता श्री सतपालजी महाराजले विश्व शान्तिका लागि नेपाल–भारतबीच सद्भाव हुनुपर्ने बताउनुभएको छ । झापाको धुलाबारीस्थित नन्दागंगा नदी तटमा बिहीबारदेखि शुरू भएको विराट सत्संग समारोह–२०७५ लाई सम्बोधन गर्दै महाराजले नेपाल–भारत धार्मिक रुपमा पनि सम्बन्धित रहेको बताउनुभयो । ‘बुद्ध जन्मिएको देश, जानकी माता जन्मिएको देश नेपाललाई प्रणाम छ,’ उहाँले भन्नुभयो, ‘नेपाल धार्मिक ज्ञानको खानी पनि हो ।’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालीको सन्दर्भमा भन्ने गरेको अभिव्यक्ति सम्झँदै महाराजले भन्नुभयो, ‘प्रधानमन्त्री नरेन्द्र मोदी ज्यू भन्नुहुन्छ कि जो मृत्युबाट डराउँदैन भन्छ, कि उ झूट बोल्दैछ, कि उ गोर्खाली हो ।’ गोर्खाली नेपालीले मृत्युबाट नडराएर विभिन्न युद्धमा निडर…

Read More

भद्रपुर, २३ फागुन । नेपाली कांग्रेसका पूराना नेता तथा पूर्व सांसद् जीतबहादुर पुरीको ७७ वर्षको उमेरमा निधन भएको छ । वि सं १९९८ साल माघ ९ गते खोटाङ जिल्ला सदरमुकाम दित्तेल ९ ताल खर्कमा जन्मिएका पुरीको गएराति भद्रपुर ८ स्थित आफ्नै निवासमा निधन भएको हो । प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याएका पुरी वि सं २०४८ साल २०५३ सालसम्म नेपाली काँग्रेसको तर्फबाट राष्ट्रिय सभा संसदको भूमिका निर्वाह गरेका थिए । वि सं २०१३ सालदेखि नेपाली काँग्रेसको सदस्यता लिएर प्रजातान्त्रिक आन्दोलनमा लागेका पुरीले पटक पटक जेल जीवन विताएका थिए । आठौं महाधिवेशनबाट नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिका रूपमा क्रियाशील पुरीको हृदयघातका कारण निधन…

Read More

बिर्तामोड, २३ फागुन । तीन वटा प्रतिष्ठित गोल्डकपको उपाधी हात पार्न सफल क्यामरुनको दाउफिन्स फुटबल क्लब मगमग झापा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । बिहीबारको खेलसँगै झापा गोल्डकपमा पहिलो चरणका खेलहरु सकिएका छन् । लाली रुपन्देही ११ सँग भएको प्रतिष्पर्धामा जीत हासिल गरेसँगै दाउफिन्सले सेमीफाइनलमा त्रिभुवन आर्मी क्लबसँग प्रतिष्पर्धा गर्ने छ । आर्मीले यसअघि शसस्त्र प्रहरीको एपीएफ क्लबलाई पराजित गर्दै सेमीफाइनलमा स्थान सुरक्षित गरिसकेको छ । पोखरामा भएको आहा रारा गोल्डकपको सेमीफाइनलमा आर्मीले दाउफिन्सलाई १−० गोलले पराजित गरेको थियो । दाउफिन्सले खेलको ३८ औं मिनेटमा अग्रता लिएको थियो । रुपन्देहीका पेपी अडामाले दाउफिन्सका मिसोउली इटिग्नेलाई डि बक्सभित्र फाउल गरेपछि दाउफिन्सले…

Read More