झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौँ, ११ फागुन । बसुन्धरामा बसको ठक्करबाट एक शिक्षकको मृत्यु भएको छ । आज बिहान ७ः१५ बजे महाराजगञ्जबाट नयाँ बसपार्क आउँदै गरेको बा४ख ८४०७ नंको सार्वजनिक यातायात प्रालिले ठक्कर दिँदा बा५५प २९९ नंको मोटरसाइकलमा सवार ३९ वर्षीय प्रदीप न्यौपानेको मृत्यु भएको हो । लमजुङ सुन्दरबजार नगरपालिका–४ धारापानी घर भई हाल वनस्थली बस्ने घाइते न्यौपानेको उपचारका क्रममा ग्रिनसिटी अस्पताल बसुन्धरामा निधन भएको महानगरीय ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कका प्रमुख झलकबहादुर थापामगरले जानकारी दिनुभयो । नेपाल मोडल माध्यामिक विद्यालय बसुन्धराका अध्यक्षसमेत रहनुभएका मृतक न्यौपानेले साउथ वेस्र्टन कलेज बसुन्धरामा भौतिक विज्ञान तथा गणित विषयमा लामो समयदेखि शिक्षण गर्दै आउनुभएको थियो । दुर्घटना गराउने…

Read More

ईलाम, ११ फाल्गुन । जिल्ला प्रहरी कार्यालय ईलामले बिद्यार्थीहरुलाई लक्षित गरी ‘प्रहरीसँग एक दिन’ (ONE DAY WITH POLICE) कार्यक्रमको थालनी गरेको छ । “समुदाय–प्रहरी साझेदारी” कार्यक्रम अन्तरगत बिद्यार्थीहरुलाई लक्षित गरी यो कार्यक्रमको थालनी गरिएको हो । यो कार्यक्रम अन्तर्गत जिल्लाका बिभिन्न बिद्यालयका बिद्यार्थीहरुलाई प्रहरी कार्यालयमा भ्रमण गराई प्रहरी कार्यालयमा प्रबेश देखि जनतासँग प्रत्यक्ष सरोकार राख्‍ने शाखाहरु, नागरीक सहायता कक्ष, प्रहरी कन्ट्रोल रुम, महिला तथा बालबालिका सेवा कक्ष, हिरासत कक्ष लगायतको अवलोकन भ्रमण गराई प्रहरीका बिबिध बिषयहरुमा जानकारी दिईने छ । आम नागरीकहरुको सेवा र सुरक्षामा २४ सै घण्टा खटिने प्रहरी जनताको सेवक हो शासक होईन भन्ने कुराको जानकारी गराउने उदेश्य…

Read More

ताप्लेजुङ, ११ फागुन । ताप्लेजुङमा कर्तव्य ज्यान र लागुऔषध मुद्दाका दुई प्रतिवादीलाई कारागार चलान गरिएको छ । कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका ताप्लेजुङको मिक्वाखोलास्थित साँवाका वर्ष २७ वर्षीय चतुरमान साँवा लिम्बू र लागुऔषध खैरो हिरोइन मुद्दामा पक्राउ परेका इलामको सूर्योदय नगरपालिका–७ घर भई फुङलिङ नगरपालिकामा डेरा बस्दै आएका सहदेव राईलाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो । चतुरमानले झापाको गौरीगञ्ज घर भई ताप्लेजुङ सदरमुकाममा होटल व्यवसाय गर्दै आएका ३५ वर्षीय दिलकुमार राई, निजकै चार महीनाकी गर्भवती श्रीमती २८ वर्षीषा शान्ता राईलाई छुरा प्रहार गरी घाइते बनाएका थिए । घाइते श्रीमान, श्रीमती र गर्भमा रहेको चार महीनाको बच्चाको समेत ज्यान गएपछि…

Read More

मङ्गलबारे, ११ फागुन । इलामको फाकफोकथुम गाउँपालिकामा माटोमा अम्लीयपना बढी भएको पाइएको छ । जिल्ला प्रशासन कार्यालयले यहाँ सञ्चालन गरेको एकीकृत घुम्ती शिविरमा कृषि ज्ञान केन्द्रमा किसानले ल्याएको माटोको नमूना परीक्षण गर्दा अम्लीयपना बढी भेटिएको हो । असी किसानको माटोको नमूना परीक्षण गर्दा अम्लीयपनाको मात्रा पाइएको कृषि विकास शाखा फाकफोकथुमका कुशेश्वर यादवले बताउनुभयो । यस गाउँपालिकाको वडा नं १, २, ३ र ६ को माटो परीक्षण गरिएको थियो । “बलौटे, दुमोट, पाँगो, चिम्ट्याइलो माटोको पिएच, नाइट्रोजन, फस्फोरस र पोटासको मात्रा नमूना परीक्षण गर्दा यस क्षेत्रको माटोमा बढी पिएच भेटियो”, यादवले भन्नुभयो, “यसको सबैभन्दा उत्तम विधि कृषि चुनको प्रयोग नै हो…

Read More

काठमाडौं, ११ फागुन । सन् १९५७ मा सोभियत संघले पहिलोपटक स्याटलाइट सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको थियो । त्यसको ६ दशकपछि नेपालले आफ्नो पहिलो नानो स्याटलाइट अन्तरिक्षमा पठाउँदै छ । जापानमा अध्ययनरत नेपाली वैज्ञानिक आभास मास्के र हरिराम श्रेष्ठले बनाएको ‘नेपाली स्याटलाइट–१’ लाई अमेरिकाको एक निजी अन्तरिक्ष कम्पनीले ४ वैशाखमा प्रक्षेपण गर्दै छ । यसको निर्माण र प्रक्षेपणमा नेपालले झन्डै दुई करोड रुपैयाँ खर्चेको छ । स्याटलाइटले अन्तरिक्षबाट पठाएको तस्बिरका आधारमा जलवायु परिवर्तन तथा मौसम र विपद्सम्बन्धी पूर्वजानकारी पाइनेछ । प्रक्षेपण गर्ने अमेरिकी कम्पनी जापानी क्युटेक विश्वविद्यालयको प्राविधिक सहयोगमा नेपाली वैज्ञानिक आभास मास्के र हरिराम श्रेष्ठले करिब डेढ वर्ष लगाएर नानो…

Read More

कैलाली, ११ फागुन । सीमा नजिकै भारतीय पक्षले एकतर्फी रुपमा ड्याम निर्माण गर्न थालेको छ । भारतीय पक्षल सन्धिसम्झौताविपरीत सीमामा आफूखुसी ड्याम निर्माण गर्न थालेपछि यस क्षेको बस्ती डुबानको उच्च जोखिममा परेको छ । भारतीय पक्षले कैलारी गाउँपालिकाको ३, ५ र ७ वडाको सीमामा ड्याम निर्माण गर्न थालेको हो । वर्षातमा डुबानमा परिरहने यो बस्ती नजिकै भारतीय पक्षले ड्याम निर्माण गर्दा झनै जोखिममा परेको कैलारी ३ का वडाध्यक्ष कैलाश चौधरीले बताए । उनले भने, ‘अब वर्षातमा करिब १३ सय घरधुरी डु्बानमा पने निश्चित छ ।’ अग्लो ठाउँमा पानी निकास हुने स्थानमै १२ फिट अग्लो माटोको ड्याम निर्माण गर्न थालिएको छ…

Read More

पोखरा, १० फागुन । बिहीबारदेखि जारी नेपाल पत्रकार महासङ्घको केन्द्रीय साधारणसभा एवम् विधान अधिवेशन महासङ्घको नेतृत्व प्रत्यक्ष निर्वाचन प्रणालीबाट चयन गर्ने व्यवस्था गर्दै आज सम्पन्न भएको छ । साधारणसभाले केन्द्र, प्रदेश र जिल्ला शाखाको नेतृत्व प्रत्यक्ष निर्वाचित गर्ने गरी सर्वसम्मत विधान संशोधन गरेको हो । पोखरा सभागृहमा भएको बन्दसत्रले गरेको प्रस्तावमा नेपाल प्रेस सङ्गठन, प्रेस युनियन, मिडिया नेपाल, जन पत्रकार सङ्गठन, मिडिया नेपाल, आदिवासी जनजाति पत्रकार महासङ्घ ९फोनिज०, सञ्चारिका समूहलगायत पत्रकारसँग सम्बन्धित सम्पूर्ण सङ्गठनले समेत सहमति जनाएकाले सर्वसम्मतको वातावरण बनेको हो । महासङ्घ प्रत्यक्ष निर्वाचन प्रणालीमा गएसँगै आगामी दिनमा केन्द्र, प्रदेश र जिल्ला शाखाको निर्वाचन अब एकैदिन हुनेभएको छ ।…

Read More

भीमदत्तनगर, ११ फागुन । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया निर्मला पन्तका बुबाआमाले लामो समयदेखि बस्दै आएको धर्ना कार्यक्रम स्थगन गर्नुभएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै उहाँहरूले धर्ना स्थगन गर्नुभएको हो । गत कात्तिक २५ गतेदेखि स्थानीय नागरिक सङ्घर्ष समितिको पहलमा उहाँहरू जिल्ला प्रशासन कार्यालयको मूल गेटमा धर्ना बस्नुभएको थियो । छोरीको हत्या भएको सात महीना बितिसक्दा पनि सरकार गम्भीर नदेखिएको निर्मलाका बुबा यज्ञराज पन्तले गुनासो पोख्नुभयो । कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी शङ्कर विष्टलाई ज्ञापनपत्र बुझाउँदै पन्तले घटनाको प्रमाण मेटाउने प्रहरी कर्मचारीलाई उन्मुक्ति दिने वातावरण सिर्जना गर्ने गिरोह सक्रिय रहेको बताउनुभयो । “प्रमाण मेटाउनेलाई विभागीय…

Read More

झापा, ११ फागुन । मोरङ जिल्लामा हात्तीपाइले रोग नियन्त्रणका लागि आगामी फागुन १५ गतेदेखि अभियान सञ्चालन शुरु गरिने भएको छ । विराटनगर महानगरपालिका र जिल्ला स्वास्थ्य कार्यालयको संयुक्त अभियानअन्तर्गत महानगरपालिकाले २९२ केन्द्रबाट औषधि सेवनको कार्यक्रम सञ्चालन गर्ने भएको शुक्रबार पत्रकार सम्मेलनमा जानकारी दिइयो । महानगपालिकाका प्रमुख भीम पराजुलीले प्रमुख, उपप्रमुख, वडाध्यक्ष, सदस्यसहित सबैले औषधि सेवन गरी अभियानलाई सफल बनाउने कार्यको शुरुआत गरिने बताउनुभयो । जिल्ला जनस्वास्थ्य प्रमुख ज्ञानबहादुर बस्नेतले हात्तीपाइले रोग सबै उमेरलाई लाग्ने बताउनुभयो । महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख लजिता योञ्जनले दक्ष स्वास्थ्यकर्मीको निगरानीमा औषधि सेवन गराइने बताउनुभयो । मोरङ जिल्लामा आव २०७३र७४ मा २१३ र ०७४र७५ मा नौ…

Read More

बनियानी, ११ फागुन । झापाको कनकाई नगरपालिकाले प्रदेश नं १ मै पहिलो पटक आन्तरिक कोषबाट युवा स्वरोजगार कार्यक्रम सञ्चालनमा ल्याएको छ । विभिन्न पेशा व्यवसाय गरेर आत्मनिर्भर हुन चाहने युवाका लागि नगरपालिकाले आन्तरिक कोषबाट युवा स्वरोजगार कार्यक्रम सञ्चालनमा ल्याएको नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिनुभयो । “केन्द्रीयस्तरबाट यो कार्यक्रम लागू भए पनि स्थानीय तहले आफ्नै कोष खडा गरेर युवालाई स्वरोगार बनाउन तालीम र ऋण दिने कनकाई पहिलो स्थानीय तह हो”, उहाँले भन्नुभयो, “कार्यविधि बनाएर काम अघि बढाएका छौँ, यो कार्यक्रम निरन्तर अघि बढाइने छ ।” नगरपालिकाले चालू आर्थिक वर्ष २०७५÷०७६ बाट शुरु गरेको युवा स्वरोगार कार्यक्रमका लागि रु ५२ लाख…

Read More