
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौँ, १७ फागुन । गत मङ्गलबार प्रवेश गरेको पश्चिमी वायुको प्रभाव आज सकिएपछि मौसम सफा रहे पनि शनिबारबाट पुनः वर्षा शुरु हुनसक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार अर्कौ जलवाष्पयुक्त नयाँ प्रणाली प्रवेश हुने भएकाले वर्षाको सम्भावना रहेको मौसमविद् मीनकुमार अर्यालले बताउनुभयो । उहाँका अनुसार आज मौसममा केही सुधार भई घाम लागे पनि भोलिदेखि फेरि प्रभावित हुनेछ । देशको अधिकांश भू–भागमा मध्यमदेखि हल्का वर्षा र हिमपातको गतिविधि पुनः दोहोरिने मौसमविद् अर्यालले भन्नुभयो । राति देशको पहाडी भू–भागमा आंसिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै भोलि शनिबार देशको पश्चिमी…
दमक, १७ फागुन । विद्युत् जडान गर्ने क्रममा गत पुस २२ गते करेन्ट लागेर घाइते भएका पाँचथरका एक युवालाई स्वदेश तथा विदेशमा रहेका बेघा लिम्बू परिवारको सक्रियतामा रु दुई लाख ७३ हजार ७८० सङ्कलन गरी आज प्रदान गरिएको छ । करेन्ट लागेर लड्दा मेरुदण्डनै नचल्ने भएका पाँचथर याङवरक गाउँपालिका–२ तिमतिम्बु घर भई हाल झापा, कमल गाउँपालिका–७ मा बस्दै आएका २७ वर्षीय रमेश बेघालाई बेघा परिवारले नै सो सहयोग उपलब्ध गराएका हुन् । बिरामीलाई घरमै पुगेर अभियान टोलीले आज सो सहयोग हस्तान्तरण गरिएको स्थानीय भीम बेघाले बताउनुभयो । सोअभियानमा झापाबाट रु ६५ हजार ७८० र हङकङबाट रु दुई लाख आठ हजार…
भरतपुर, १७ फागुन । भरतपुर महानगरपालिका–११ बसेनीकी १५ वर्षकी आर्मिन्ता देवकोटा बाबुको किरिया बस्नुभएको छ । छोराले मात्रै बुबाआमाको काज–किरिया गर्ने परम्परालाई तोड्दै उहाँ हिन्दू संस्कारअनुसार आफै किरिया बस्नुभएको हो । उहाँका बाबु लक्ष्मण देवकोटाको फागुन ९ गते ३९ वर्षको उमेरमा हृदयाघातका कारण निधन भएको थियो । गोरखाको पालुङटार घर भई शिक्षक पेशामा आवद्ध बाबु लक्ष्मणको निधन भएपछि ठूली छोरी आर्मिन्ता किरियामा बस्नुभएको हो । कान्छी छोरी नौ बर्षकी हुनुहुन्छ । सङ्गीता बाबुले आफूलाई अनेक दुःख, समस्या भोगेर पनि स्याहार गरेकोप्रति कृतज्ञता जनाउन पनि किरिया बसेको बताउनुहुन्छ । बुबाले आफू नमर्दै तिमी मेरो छोरा हो, म मरे भने पनि तिमी…
काठमाडौँ, १७ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभयो । यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले पनि मन्त्री अधिकारीसहित सातैजनामा श्रद्धाञ्जलि अर्पण गर्नुभयो । दिवङ्गत मन्त्री अधिकारीसहित सातै जनाप्रति श्रद्धाञ्जलिका लागि उहाँहरुको शव आज बिहानदेखि टुँडिखेलमा राखिएकोे छ ।
खोटाङ, १७ फागुन । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका(११ खार्मी बस्ने जय प्रसाद तामाङको घरमा आगलागी हुँदा अन्दाजी २० लाख ९ सय ५० रुपैयाँ मूल्य बराबरको क्षति भएको छ । बिहीवार विहान ४ बजे अचानक भएको आगलागीबाट तामाङको ढुङगा माटोले बनेको टिनको छानो भएको २ तले घर, घर भित्र रहेको अन्नपात, भाडावर्तन, लत्ताकपडा, काठपात, कुखुरा १६ ओटा, नगद ३५ हजार ५ सय ५० र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर ११ खार्मीको नाममा रहेको मोटरसाईकल १ थान जलेर नष्ट भएको छ । उक्त आगलागी प्रहरी र स्थानीयवासीको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
काठमाडौँ, १७ फागुन । यातायात व्यवस्था विभागले प्रदेश सरकारसँग समन्वय गरी चालक अनुमतिपत्र नेपालीकरण गर्न यातायात व्यवस्था कार्यालयलाई पत्राचार गरेको छ । विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले केही दिन पहिले मात्रै चालक अनुमतिपत्र नेपालीकरणका लागि विभाग नपठाउन पत्राचार गरिएको बताउनुभयो । यसअघि नेपालीकरणको सेवा दिँदै आएका कार्यालयले समस्या आउँदा आवश्यक सूचनाका लागि विभाग पठाउने गरेका थिए । उहाँले भन्नुभयो, “कस्ता कागजात समेट्दा नेपालीकरण गर्नेरनगर्ने भन्ने निर्णय अब प्रदेशले नै गर्नेछ ।” यातायात व्यवस्था कार्यालय गत मङ्सिर २८ मा प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयमा हस्तान्तरण भएको थियो । नेपालीकरणमा कुनै पनि किसिमका समस्या आउँदा प्रदेशकै मन्त्रालयबाट समाधान खोज्नुपर्ने प्रवक्ता उपाध्यायले बताउनुभयो ।…
झापा, १७ फागुन । झापाको मेचीनगर नगरपालिका–६ बाट प्रहरीले बिहीवार अन्दाजी १ लाख ८६ हजार ५ सय रुपैयाँ मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको ४५ हजार मूल्य बराबरको बिभिन्न कपडा, खाने तेल र हार्डवेयरको सामान त्यसैगरी नेपालबाट भारत तर्फ लैजाँदै गरेको ५० किलो मरिच, सुपारी–४० किलो र २० लिटर घरेलु मदिरा बरामद गरेको हो । त्यसैगरी गए राती मेचीनगर–६ तुर्केनी खेल मैदानबाट प्रहरीले नेपालबाट भारत तर्फ लैजाँदै गरेको १ सय ५० किलो मरिच समेत बरामद गरेको छ । बरामद गरिएका उक्त सामान भन्सार कार्यालय मेचीमा बुझाइने…
काठमाडौँ, १७ फागुन । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आइसिसी०ले सार्वजनिक गरेको टि–२० नयाँ वरियतामा नेपालका तीन खेलाडी अटाएका छन् । आइसिसीले बिहीबार राति सार्वजनिक गरेको नयाँ वरियतामा कप्तान पारस खड्का, सोमपाल कामी र वसन्त रेग्मीले स्थान बनाएका छन् । वरियताको अलराउण्डरतर्फ कप्तान पारस ३८औँ स्थानमा उक्लिएका छन् । ७६ अङ्क पाएका कप्तान पारसको यो करिअरकै ठूलो वरियता हो । अघिल्लो महीना पारस ४०औँ स्थानमा रहेका थिए । उनी ब्याटिङतर्फ पनि दुई स्थान सुधार गर्दै ९२औँ स्थानमा उक्लिएका छन् । अघिल्लो महीना पारस ९०औँ स्थानमा थिए । यएईमा हालै सम्पन्न टि–२० अन्तर्राष्ट्रिय शृङ्खला जितेपछि नेपाली खेलाडीले वरियतामा सुधार गरेका हुन् । अलराउण्डरतर्फ…
बर्दिवास, १६ फागुन । मोहन वैद्य नेतृत्वको नेकपा ९क्रान्तिकारी–माओवादी० आबद्ध देशभक्त जनगणतान्त्रिक मोर्चाका राष्ट्रिय अध्यक्ष सिपी गजुरेलले अहिलेको मुख्य कार्यभार मुलुकको स्वाधीनता रक्षाको विषय भएको बताउनुभएको छ । मोर्चाले शुरु गरेको मेची–महाकाली जागरण अभियानको टोली महोत्तरीको बर्दिवास आइपुग्दा यहाँ आयोजित खुलासभालाई सम्बोधन गर्दै नेता गजुरेलले यसको अभिभारा संसद्वादी दलहरुले नभई क्रान्तिकारी जनताले मात्र गर्नसक्ने जिकिर गर्नुभयो । “जताततै मुलुकका सीमा मिचिएका छन्, सीमाक्षेत्रमा छिमेकी मुलुकले ठूलठूला ड्याम बनाएर सडक बनाउँदैछ,” गजुरेलले भन्नुभयो, “दुई तिहाइ बहुमतको सरकार र संसद्को प्रमुख प्रतिपक्षी दल ‘तैँ चुप मैँ चुप’ देखिन्छन्, तसर्थ अब मुलुकको स्वाधीनताको रक्षाका लागि जनता आफैँ उठ्नुपर्ने अवस्था आएको हो ।” अध्यक्ष…
काठमाडौँ, १६ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले नेकपाका केन्द्रीय सदस्य एवं संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको हेलिकप्टर दुर्घटनामा भएको निधनमा शोक प्रस्ताव पारित गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकले मृतक सबैप्रति श्रद्धाञ्जलि प्रकट गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको हो । बैठकले मन्त्री अधिकारीलगायत यति एयरलाइन्सका प्रबन्ध निर्देशक तथा स्थापित पर्यटन उद्यमी आङ्छिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक ध्रुवदास भोछिभया, प्रधानमन्त्रीे कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका चालक प्रभाकर केसी र मन्त्रीका अङ्गरक्षक नेपाली सेनाका जमदार अर्जुन घिमिरेप्रति श्रद्धाञ्जलि अर्पण गरेको छ । त्यस्तै पार्टीका सबै कार्यालयमा आज…