
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौँ, १५ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले अष्ट्रियाका लागि नेपालको आवासीय राजदूत तथा संयुक्त राष्ट्रसङ्घीय कार्यालय, भियनाका स्थायी प्रतिनिधि प्रकाशकुमार सुवेदीलाई क्रोएसियाका लागि पनि गैरआवासीय नेपाली राजदूतमा नियुक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम उहाँलाई नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजेलीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
धादिङ, १५ फागुन । उक्षिणी धादिङको बेनिघाट रोराङ गाउँपालिका–२ ताल्तीमा दक्षिण एशियाकै सबेभन्दा ठूलो सिमेन्ट उद्योग सञ्चालनको अन्तिम तयारी गरिएको छ । सरकार वैदेशिक लगानी भित्र्याई मुलुकलाई आर्थिकरुपमा समृद्ध पार्नका लागि चिनियाँ कम्पनी ह्वासिनले सिमेन्ट उद्योग सञ्चालनमा ल्याउन लागेको हो । ह्वासिनसँग प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको बेला नेपालमा १५ अर्बको लगानीमा सिमेन्ट उद्योग सञ्चालनमा ल्याउने सहमतिअनुसार धादिङको ताल्तीलाई आफ्नो उत्पादनस्थल तय गरी उत्पादनको अन्तिम तयारी गरेको हो । रु १४ अर्ब ८२ करोड ६० लाख कूल पूँजी रहेको ह्वासिन दैनिक ६० हजार बोरा सिमेन्ट उत्पादन गर्ने लक्ष्यसहित सञ्चालन गर्न लागिएको सिमेन्ट उद्योगका सूचना अधिकारी तुलसीजङ्ग थापाले जानकारी दिनुभयो ।…
विराटनगर, १५ फागुन । प्रदेश नं। १ का आन्तरिक मामिला तथा कानूनमन्त्रालयले विगत एक वर्षमा निकै महत्वपूर्ण काम सम्पन्न गरी थप काम गर्ने तर्फ अग्रसर देखिएको छ । मन्त्रालयले पाँचथर, तेह्रथुम र धनकुटाका विभिन्न सातवटा स्थानीय तहमा भएको सुख्खा प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरी प्रदेश सरकारको तर्फबाट तीन हजार ७९० प्रभावित परिवारमा रु एक करोड ८९ लाख ५० हजार राहत वितरण गरको छ । वितरण गरिएको राहतमा पाँचथरको तुम्वेवा गाउँपालिकाको ७६९ परिवारमा रु ३८ लाख ४५ हजार, कुम्मायक गाउँपालिकाको ३११ परिवारमा रु १५ लाख ५५ हजार, तेह्रथुमाको छथर गाउँपालिकाको ८५४ परिवारमा रु ४२ लाख ७० हजार, म्याङलुङ नगरपालिकाका २०४ परिवारमा…
काठमाण्डौ, १५ फागुन । ताप्लेजुङमा एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना भएको छ । पाथिभरा क्षेत्रमा हेलिकप्टर दुघर्टना भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । ‘हामीले धुवाँ उडेको ठाउँ देखेका छौँ, हिउँ पन्छाउँदै जानुपर्ने भएकाले समय लाग्छ’, ताप्लेजुङ प्रहरीले उज्यालोलाई जानकारी दिएको छ । दुघर्टनामा परेको हेलिकप्टर पाथिभरामा ल्यान्डिङ गरेर फर्किँदै थियो । पाथिभरा जाँदा त्यो हेलिकप्टरमा संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारी पनि सवार हुनुहुन्थ्यो । घटनाको विस्तृत विवरण आउन बाँकी छ । मन्त्री अधिकारीसहितको टोली त्यस हेलिकप्टरमा रहेको वा नरहेको भन्ने अहिलेसम्म केही जानकारी आएको छैन ।
मङ्गलबारे, १५ फागुन । इलामको फाकफोकथुम गाउँपालिका–१ लुङसुङदाङको छायाँदेवी माविबाट प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पाँच जना कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला कमिटी इलामका सदस्य विमल बस्नेत, भोेजपुरका अमृत मगर, धनकुटाका विक्रम राई, झापाका बाबा लिम्बू र ताप्लेजुङका केबी लिम्बू छन् । मङ्गलबार शहीद परिवारलाई सम्मान गर्न भन्दै विद्यालयको खेलमैदानमा चन्द समूहले आयोजना गरेको एक कार्यक्रमबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । केही दिनयता विभिन्न ठाउँमा भएका विष्फोटको जिम्मा चन्द नेतृत्वको पार्टीले लिएसँगै प्रहरीले उनीहरूमाथि निगरानी बढाएको उहाँले बताउनुभयो । पक्राउ परेका उनीहरूमाथि प्रहरीले सार्वजनिक शान्ति सुरक्षाविरूद्धको…
काठमाडौँ, १५ फागुन । वैदिक र आधुनिक विज्ञानका बारेमा तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन शुक्रबारदेखि काठमाडौँमा हुने भएको छ । नेपाल महर्षि वैदिक फाउन्डेशन, नेपाल महर्षि फाउन्डेशन फर वैदिक कल्चर र महर्षि फाउन्डेशन फर वैदिक इण्डियाको संयुक्त आयोजनामा हुने सम्मेलनमा वैदिक विज्ञानका विभिन्न विषयमा कार्यपत्र प्रस्तुत हुनेछ । सम्मेलनमा वेद र विज्ञानका अन्तर्राष्ट्रियस्तरका विद्वान्को सहभागिता रहने जनाइएको छ । कार्यक्रममा वैदिक र आधुनिक विज्ञानका बारेमा छलफल हुने फाउन्डेशनका अध्यक्ष दीपकप्रकाश बाँस्कोटाले जानकारी दिनुभयो । सम्मेलनमा वेदलाई आधुनिक विज्ञानले प्रमाणित गरेका सन्दर्भमा वैज्ञानिकले कार्यपत्र प्रस्तुत गर्नुहुने छ । कार्यक्रममा वैदिक शिक्षा, स्वास्थ्य, कृषि, वास्तुलगायत विषयमा पनि छलफल हुनेछ । कार्यक्रममा विश्वशान्तिका लागि…
काठमाडौँ, १५ फागुन । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) टी–२० महिला विश्वकप क्रिकेटअन्तर्गत एशिया क्षेत्र छनोटअन्तर्गत नेपालले आफ्नो अन्तिम खेल अहिले कुवेतसँग खेल्दैछ । थाइल्याण्डको बैंककमा जारी प्रतियोगितामा नेपाल आठ अङ्कसहित तेस्रो स्थानमा रहेको छ भने कुवेतले अहिलेसम्म कुनै पनि खेल जित्न सकेको छैन । ग्लोबल छनोटमा स्थान बनाउन नेपालका लागि कुवेतविरुद्धको खेल महत्वपूर्ण रहेको छ । सात राष्ट्र सम्मिलित छनोटमा शीर्षस्थानमा रहने टोलीले ग्लोबल छनोटमा स्थान बनाउनेछ । प्रतियोगितामा नेपालसहित आयोजक थाइल्याण्ड र युएई गरी तीन टोलीले ग्लोबल छनोटका लागि दावी पेश गरिरहेका छन् । विश्वकपको ग्लोबल छनोटमा पुग्ने नेपाललाई अन्तिम खेल जित्नै पर्ने बाध्यता छ । त्यति मात्र नभई…
मङ्गलबारे, १५ फागुन । प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले आगामी हिउँदे अधिवेशनबाट प्रदेशको नामाङ्कन र राजधानी टुङ्गो लगाउने बताउनुभएको छ । इलामको फाकफोकथुम गाउँपालिका–७ एकतप्पाको रूपाटारमा निर्माण गरिएको सिद्ध किराँत हाङसाम युमा माङहिम ९मन्दिर० को मङ्गलबार उद्घाटन गर्दै मन्त्री आङ्बोले प्रदेशको नामाङ्कन र राजधानी सहमति र समझदारीमा टुङ्गो लगाउने बताउनुभएको हो । पहिचानको आधारमै प्रदेशको नामाङ्कन गर्दा किराँत प्रदेश हुनुपर्नेमा आफूले जोड दिएको बताउनुभयो । प्रदेश सरकार अहिले हिउँदे अधिवेशनबाट आगामी वर्षका लागि बजेट, नीति तथा कार्यक्रम बनाउने काममा लागिपरेको जनाउँदै उहाँले आगामी वर्षको बजेटमा यस क्षेत्रको विकासका लागि प्रदेश सरकारबाट बजेट विनियोजन गर्ने प्रतिबद्धतासमेत…
काठमाडौँ, १५ फागुन । पश्चिमी वायुको प्रभावले आज देशका अधिकाश भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको छ । आइतबार भित्रिएको पश्चिमी वायुले प्रभावले देशको पश्चिमी भूभागका अधिकांश स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् गङ्गा नगरकोटीले यस वर्ष लगाातार रुपमा भित्रिएको पश्चिमी वायुको प्रभावले देशका अधिकांश ठाउँमा बदली र वर्षा भइरहेको बताउनुभयो । पश्चिमी वायु एकपछि अर्को निरन्तर भित्रिरहँदा लामो समयसम्म घाम लाग्न सकेको छैन । आज पहाडी जिल्ला बैतडी, बझाङ, डोटी, बाजुरा र दार्चुलालगायत उच्च हिमाली भेगमा वर्षासँगै हिमपात भइरहेको छ । मङ्गलबारदेखि नेपाल प्रवेश गरेको पश्चिमी वायु आज…
सुनसरी, १५ फाल्गुन । सुनसरीको धरान उप–महानगरपालिकाको विभिन्न स्थानबाट प्रहरीले मंगलवार प्रतिबन्धित लागूऔषध सहित ४ जनालाई पक्राउ गरेको छ । धरान उप–महानगरपालिका–८ तीनकुनेबाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित धरान–८ बस्ने ३० वर्षका निरज धामी र दिपेश श्रेष्ठलाई साँझ ६ बजे पक्राउ गरेको हो । अस्थाई प्रहरी पोष्ट तीनकुनेबाट खटिएको प्रहरी टोलीले इटहरीबाट धरान जाँदै गरेको को ३६ प ४००० नम्बरको मोटरसाईकल चेकजाँच गर्ने क्रममा मोटरसाईकलको पछाडी सवार दिपेश श्रेष्ठले लुकाई राखेको १ ग्राम ५ सयमिलीग्राम ब्राउन सुगर फेला पारी दुवै जनालाई नियन्त्रणमा लिईएको हो । त्यसैगरी राती ८ बजे सोही स्थानबाट प्रहरीले सुनसरी बराहक्षेत्र नगरपालिका–७ बस्ने ३६ वर्षका सन्देश श्रेष्ठलाई…