झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

रवीन्द्र काफ्ले फिदिम, ६ फागुन । पाँचथरमा रहेका जलविद्युत् आयोजनाले निर्माणका लागि खनिज पदार्थ प्रयोग गरेबापतको बिक्री कर तिर्न मानेका छैनन् ।यहाँ निर्माणाधीन पाँच जलविद्युत् आयोजनाले स्थानीय स्वायत्त शासन ऐन र नियमावलीबमोजिम बिक्री कर जिल्ला समन्वय समितिलाई बुझाउनुपर्ने भए पनि हालसम्म नबुझाएका हुन् । ती जलविद्युत् आयोजनामध्ये एउटा सञ्चालनमा आइसकेको छ भने तीन वटाको निर्माण अन्तिम चरणमा पुगेको छ । पाँचवटै आयोजनालाई जिल्ला समन्वय समितिले विगत दुई वर्षदेखि पत्र पठाउँदै आए पनि हालसम्म कुनै पनि आयोजनाबाट कर भुक्तानी नभएको निमित्त जिल्ला समन्वय प्रमुख प्रेमबहादुर काफ्लेले जानकारी दिनुभयो । पाँचथरमा हेवा ‘ए’ जलविद्युत् आयोजना दुई वर्षअघिदेखि सञ्चालनमा छ भने तल्लो हेंवाखोला…

Read More

काठमाडौँ, ६ फागुन । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले साफ च्याम्पियनशीप फुटबलको तयारीमा रहेको महिला राष्ट्रिय टोलीको बन्द प्रशिक्षण मङ्गलबारदेखि सुनसरीको इटहरीमा शुरु गर्ने भएको छ । नेपालले उक्त प्रतियोगिता आगामी फागुन २७ गतेदेखि चैत ७ गतेसम्म विराटनगरमा आयोजना गर्दैछ । एन्फा प्रवक्ता किरण राईका अनुसार शनिबार भारतमा सम्पन्न हिरो गोल्डकप फुटबलको उपविजेता बनेको नेपाल आज स्थलमार्गबाट झापा हुँदै इटहरी आउने र मङ्गलबारदेखि बन्द प्रशिक्षण शुरु हुनेछ । भारतको भुवनेश्वरमा भएको प्रतियोगितामा नेपालले भारत र इरान जस्ता बलिया टोलीलाई पराजित गर्दै फाइनल खेलेको थियो । साफलाई लक्षित गर्दै नेपाल फर्किएलगत्तै महिला टोलीलाई बन्द प्रशिक्षणमा राख्न लागिएको प्रवक्ता राईले जानकारी दिनुभयो…

Read More

मोरङ, ६ फाल्गुन । मोरङको मिक्लाजुङ गाउँपालिका–२ साखारे भन्ने स्थानमा आइतवार आफ्नै काकालाई धारिलो हतियार (खुर्पा) प्रहार गर्ने भतिजालाई प्रहरीले पक्राउ गरेको छ । राती साढे ८ बजे मादक पदार्थ सेवन गरेका भतिजा सोही स्थान बस्ने २५ वर्षका सुमन साउदेन लिम्बुले आफ्नै काका ४२ वर्षका खेम साउदेन लिम्बुलाई दाउ (खुर्पा) प्रहार गरेका थिए । हतियार प्रहारबाट घाइते लिम्बुलाई उपचारको लागि साझा अस्पताल मधुमल्ला पठाईएको घटनास्थलमा खटिएको इलाका प्रहरी कार्यालय मधुमल्लाले जनाएको छ । हतियार प्रहार गर्ने भतिजालाई प्रहरीको नियन्त्रणमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Read More

सुनसरी, ६ फाल्गुन । सुनसरीको गढी गाउँपालिका–१ शिव मन्दिर नजिक आइतवार पिताम्बर चौधरीको घरमा ट्याक्टरको ट्रलीले किचेर चालकको मृत्यु भएको छ । चौधरीको घरको आगनमा को २ त ६७५० नम्बरको ट्याक्टरमा सिमेन्ट र रड अनलोड गर्ने क्रममा ट्याक्टरको हाईड्रोलिक बिग्रिएर बनाउन खोज्दा ट्याक्टरको ट्रली खसेर किच्दा सोही ट्याक्टरका चालक (साहुजी) दुहबी नगरपालिका–११ तनमुना बस्ने वर्ष ४० को धिरेन्द्र चौधरीको घटना स्थलमा नै मृत्यु भएको हो । घटनास्थलमा तत्काल इलाका प्रहरी कार्यालय दुहबीबाट प्रहरीको टोली खटि गई कानूनी प्रकृया पश्चात शव परिक्षणको लागि पठाईएको उक्त कार्यालयले जनाएको छ ।

Read More

झापा, ६ फाल्गुन । झापाको मेचीनगर नगरपालिका–७ सतिघट्टाबाट प्रहरीले ४ लाख मुल्य बराबरको अबैध कपडा बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय काकड्भिट्टाबाट खटिएको प्रहरी टोलीले राती ९ बजे भन्सार छली भारतबाट नेपाल तर्फ ल्याउदै गरेको उक्त मुल्य बराबरको अबैध लत्ता कपडा बरामद गरेको हो । बरामद भएको अबैध लत्ता कपडा आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय बुझाउने तयारी भईरहेको ईलाका प्रहरी कार्यालय काकड्भिट्टाले जनाएको छ ।

Read More

सुनसरी, ६ फाल्गुन । सुनसरीको दुहबी नगरपालिका–३ फुटानी चौकमा सोमवार यात्रु बाहक बसको ठक्करबाट १ जना पैदलयात्रीको मृत्यु भएको छ । कोशी राजमार्ग अन्तर्गत बिहान साढे ९ बजे यात्रु बोकेर बिराटनगरबाट धरान तर्फ जाँदै गरेको ना ४ ख ७४२७ नम्बरको बसले पैदल हिडिरहेकी सप्तरी भारदह मधुवापुर–५ घर भई हाल दुहबी नगरपालिका–३ फुटानी चौकमा डेरा गरी बस्ने २७ वर्षकी रेखा झालाई ठक्कर दिएको थियो । बसको ठक्करबाट झाको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ । घटनास्थलमा तत्काल प्रहरी टोली खटि गई कानूनी प्रकृया पश्चात शव परिक्षणको लागि जिल्ला अस्पताल ईनरुवा पठाएको छ भने वस र चालकलाई प्रहरीको…

Read More

काठमाडौँ, ५ फागुन । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले युवापुस्ता देशभक्तिको भावना र स्वाभिमानी विचारबाट अभिप्रेरित हुन आवश्यक रहेको बताउनुभएको छ । आज ललितपुरमा आयोजित राष्ट्रिय सेवा दलको १४औँ सिनियर डिभिजन तालीम दीक्षान्त कवाज कार्यक्रममा उहाँले युवा पुस्ताले राष्ट्रवादी भावनालाई उच्च महत्व दिएर काम गर्न सुझाव दिनुभयो । उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो, “सामाजिक सद्भावको बलमा राष्ट्रिय भावनालाई बलियो तुल्याउने कार्यमा सहभागी हुँदै ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने सरकारको सङ्कल्पलाई अघि बढाउन तपाईंहरुले योगदान पु¥याउनुहोस् ।” राष्ट्रिय सेवा दलले युवा पुस्तालाई अनुशासित, मर्यादित, संस्कारयुक्त, राज्यका संस्थाप्रति सम्मान र समर्पित हुँदै राष्ट्रियताप्रति बफादार भई नेतृत्व व्यक्तित्व विकासमा योगदान पु¥याउने उद्देश्यले २०२२ बाट…

Read More

काठमाडौँ, ५ फागुन । शिक्षाविद् केदारभक्त माथेमा सरकारले शिक्षा क्षेत्रमा लगानी बढाएर कुखुराको ‘पोथीले चल्ला छोपेजस्तो’ गरी संरक्षण दिनुपर्ने बताउनुभएको छ । शिक्षा पत्रकार समूहको १९औँ वार्षिकोत्सव कार्यक्रममा त्रिविका पूर्वउपकुलपति माथेमाले सामुदायिक विद्यालयको गुणस्तर खस्कनु र विज्ञान, गणित तथा अङ्ग्रेजीजस्ता विषयमा सिकाइ उपलब्धि न्यून हुनुमा राज्यले प्राथमिकता दिन नसकेकाले हो भन्नुभयो । उहाँले भन्नुभयो, “हुन त सरकारको पर्याप्त स्रोत छैन तर शिक्षाको मौलिक हक कार्यान्वयनका लागि सरकारले सामुदायिक विद्यालयलाई पूर्ण संरक्षण दिनुपर्छ ।” शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले एउटै ढाँचाको सिकाइबाट नभई विविध प्रयोगका माध्यमबाट शैक्षिक रुपान्तरण सफल हुने भन्दै निःशुल्क शिक्षाको कार्यान्वयनका लागि वैकल्पिक स्रोतको खोजी…

Read More

काभ्रेपलाञ्चोक, ५ फागुन । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मुलुकको समृद्धिको संवाहक तीनै तहका सरकार भएको बताउनुभएको छ । धुलिखेल नगरपालिकाको २३औँ स्थापना दिवस तथा साक्षर नगरपालिका घोषणा कार्यक्रममा मन्त्री बाँस्कोटाले भन्नुभयो, “सुखी नेपाली र समृद्ध नेपालको संवाहक केन्द्र सरकार मात्र हैन, प्रदेश सरकार र स्थानीय तह पनि हुन् ।” उहाँले तीनै तहका सरकार समृद्धिको अभियानमा दत्तचित्त रहनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले तीनै तहका सरकारले जनताको जीवनस्तरमा आमूल परिवर्तन ल्याउने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘हरेक दिन एक पाइला अघि बढ्नुपर्छ’ भन्ने मान्यतालाई सरकारका प्रतिनिधिले अंगाल्नुपर्ने मन्त्री बाँस्कोटाले बताउनुभयो । “प्रमको मान्यतालाई अंगाल्दै तीव्र…

Read More

सान नेपाल गौरादह, ५ फागुन । गौरादह न.पा. वार्ड नं. २ मा रहेको निजी क्षेत्रबाट सञ्चालित सुरज शिक्षा प्रतिष्ठान त्रिभद्र सदनले छैठौं स्थापना दिवस विशेष कार्यक्रमका साथ आइतवारबाट मनाउन सुरु गरेको छ । विद्यालयले प्रजातन्त्र दिवसको अवसरमा विविध कार्यक्रम आयोजना गरि वार्षिक उत्सव सहित अभिभावक दिवस समेत मनाउन शुरु गरेको हो । विद्यालय परिसरमा सुरु गरिएको कार्यक्रम ३ दिन सम्म सन्चालन हुने बताईएको छ । पहिलो दिनको कार्यक्रममा नगरपालिका भित्र रहेका संस्थागत र सामूदायीक विद्यालयका विद्यार्थीहरु बीच राष्ट्रिय गानमा नृत्य प्रतियोगिता हुने, दोस्रो दिन स्थानिय महिलाहरु बीच राष्ट्रिय गान प्रतियोगिता र तेस्रो दिन सुरज शिक्षा प्रतिष्ठानका विद्यार्थीहरु बीच नृत्य प्रतियोगिता…

Read More