झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २४ भदौ । नेपाल ५ वर्षपछि साफ च्याम्पियनसिपको सेमिफाइनल पुगेको छ । नेपालले शनिबार बंगलादेशको ढाकास्थित बंगबन्धु रंगशालामा भएको खेलमा बंगलादेशलाई २(० ले हराउँदै नेपालले सेमिफाइनलको बाटो तय गरेको हो । जितसँगै नेपाल समूह ‘एु’ को बिजेता पनि बन्यो । नेपालको लागि सेमिफाइनल पुग्न यो जित अनिवार्य थियो । पाकिस्तान विरुद्ध सुरुको पहिलो खेल गुमाएर ठूलो दबाबमा आएको नेपालले त्यस यताका दुई खेल जितेर प्रतियोगितामै उत्कृष्ट पुनरागमन गर्‍यो । नेपालको जितमा ३३ औं मिनेटमा बिमल घर्तीमगर र ९० औं मिनेटमा नवयुग श्रेष्ठले गोल गरे । नेपाल साफ च्यम्पियनसिपको इतिहासमा सेमिफाइनल पुगेको यो चौथोपटक हो । यसअघि सेमिफाइनल पुगेको तीन…

Read More

नुवाकोट, २४ भदौ । नुवाकोटमा शनिबार भएको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएकाको शव आज बिहान विदुर ल्याइएको छ । दुर्गम स्थानमा भएका कारण शव ल्याउन कठिनाइ भएको र रातभरि प्रहरी र स्थानीयवासीको सक्रियतामा शवको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले जानकारी दिनुभयो । शवलाई काठमाडौँ पठाउने तयारी रहेको छ । हेलिकोप्टरमा पाइलट निश्चल केसीसहित सात जना सवार रहेका थिए । अन्य यात्रुमा जापानी नागरिक हिरोमी कोमात्सु (राहदानी नम्बर टिके७१३६१२०६८), रामेछापका ४० वर्षीय दिल्लीबहादुर गुरुङ, दोलखाका ३७ वर्षीया हिरा शेर्पा, गोरखाको चुमनुब्री गाउँपालिका–२ का ल्हो आनी डोल्पा डिकी, चुमनुब्री गाउँपालिका–१ सम्दोका छोवाङ नुर्वु र सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ…

Read More

काठमाडौँ, २४ भदौ । शिक्षा दिवस समारोहको निर्धारित समय शनिबार दिउँसो १ बजे । तर प्रधानमन्त्री केपी ओली ३ बजे मात्रै कार्यक्रमस्थल पुगे । प्रमुख अतिथि प्रधानमन्त्रीलाई दुई घण्टा कुरेर बस्नेमा अधिकांश स्कुले बालबालिका थिए । राजधानीको प्रज्ञा प्रतिष्ठानस्थित सभा हलमा उनीहरुका लागि यो अवधि निकै छटपटीपूर्ण थियो । १ बजे समारोह उद्घाटनको कार्यतालिकाअनुसार विद्यार्थीलाई १२ बजे नै हलमा प्रवेश गराइयो । प्रधानमन्त्री आउने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको थियो । हलमा खचाखच भरिएका विद्यार्थीले सहजै पानी पिउन र शौचालय जान पनि पाएनन् । ढोकाढोकामा सादा पोशाकका सुरक्षाकर्मी खटिएका थिए । उनीहरुले सुरक्षा जाँचपछि सहजै भित्र छिर्न दिन्थे तर निस्कन…

Read More

काठमाडौँ, २४ भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको सम्बन्धलाई भारतले उच्च प्राथमिकता दिएको बताउँदै वर्तमान सरकारले थालेको समृद्धिको एजेन्डामा पूर्ण सहयोग गर्ने बताएका छन् । नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शनिबार भएको भेटमा मोदीले नेपाल र भारतबीच भएका सबै सम्झौता कार्यान्वयनको वचन दिएका छन् । मोदीले पछिल्ला उच्च तहका अन्तरक्रियाले दुई देशबीचको सम्बन्धको गति उच्च भएको समेत बताए । ‘दुई नेताबीच नेपाल–भारत सम्बन्धमा भएका प्रगति र आपसी हितका विभिन्न इस्युमा छलफल भयो । प्रधानमन्त्रीले प्रचण्डसँग भएका विगतका संवाद स्मरण गर्नुभयो र नेपाल–भारत सम्बन्ध सुदृढ बनाउन गर्नुभएको मूल्यवान् योगदानप्रति प्रचण्डलाई धन्यवाद दिनुभयो,’ भेटवार्तापछि मोदीको सचिवालयद्वारा जारी विज्ञप्तिमा भनिएको…

Read More

काठमाडौँ, २४ भदौ । आफ्नै पार्टीका अर्का अध्यक्ष केपी ओलीको प्रतिरक्षा नगरी मौन बस्ने गरेका प्रचण्ड अब भुराजनीतिक निसाना लगाउँदै । एउटै हेलिकप्टरमा जनकपुर पुगेका थिए, प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड २ भदौमा । त्यस दिन प्रधानमन्त्री ओलीको प्रदेश २ संसदलाई सम्बोधन गर्ने कार्यक्रम थियो । खासगरी धनुषाको बर्मझियामा २४ बर्षअघि हत्या गरिएका माओवादी नेता रामवृक्ष यादवको स्मृतिसभालाई सम्बोधन गर्न गएका थिए प्रचण्ड । त्यहा ओलीले प्रचण्डको प्रशंसामा केही शब्द पनि खर्चिए । उनले भने प्रचण्डजी परिआए युद्ध गर्न पछि नपर्ने, फेरि आवश्यकता अनुसार शान्तिमा पनि आउन सक्ने बहादुर नेता हो । प्रचण्डलाई पुलकित बनाउने शब्दको…

Read More

पर्वत, २४ भदौ । अनौठो सर्प गाउँमा पसेपछि यहाँको एक गाउँका स्थानीयवासी त्रसित बनेका छन् । पर्वत जिल्लाको कुश्मा नगरपालिका–१० पिपलटारीस्थित सिमखेतमा यस क्षेत्रमा हालसम्म नदेखिएको सर्प अर्को सर्पलाई खाँदै गरेको अवस्थामा देखिएको हो । साना र सामान्य खालका सर्पमात्र देखिने गरेको पर्वतमा ठूलो प्रजातिको सर्प गाउँमा पसेर पशुचौपायालाई समेत आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित बनेका हुन् । सर्पले दुईवटा भैँसी र एक गोरुलाई समेत घाइते बनाएको थियो । झण्डै साढे चार मिटर लम्बाइ रहेको कालो रङ्गको सर्प शनिबार दिउँसो देखिएको थियो । स्थानीय युवा राजेश सुवेदीका अनुसार ठूलो सर्पले अर्को सर्पलाई झण्डै चार घण्टा लगाएर खाएको थियो । त्यसलगत्तै…

Read More

झापा, २४ भदौ । सहरमा एउटा यस्तो जमात छ, जो बलात्कारीलाई फाँसी दिनुपर्ने चर्को नारा लगाउँछन् । मृत्युदण्डले बलात्कारीलाई निमिट्यान्न पार्ने ठोकुवा गर्छन् ।ससदमै बलात्कारीलाई नपुंसक बनाउनुपर्छ भन्नेसम्मका आवाज उठे । साँच्चै मृत्युदण्ड समाधानको बुटी हो त ? समाजशास्त्री, अपराधशास्त्रीदेखि मनोविज्ञसम्म एकै स्वरमा भन्छन्, हुँदै होईन । बरु मृत्युदण्डले प्रतिशोध बढाउने खतरा औल्याउँछन् । मारेर होईन, महिलालाई सम्मान गर्ने मानसिकताचाहिँ निर्माण गर्नुपर्छ, मनोविज्ञ गंगा पाठक भन्छिन्, कठोर दण्ड दिनुपर्छ, सचेत बनाउनुपर्छ । उनी रचनात्मक र व्यावहारिक समाधान खोज्नुपर्ने बताउँछिन् । आजको नेपाल साप्ताहिकमा खबर छ ।

Read More

काठमाडौँ, २४ भदौ । स्वदेशमा रोजगारी नपाएर बिदेसिने धुनमा रहेका बेरोजगार युवासँग दैनिक ५० लाख रुपैंयाँको हाराहारी ठगी हुने गरेको छ। वैदेशिक रोजगारीमा गए ‘पैसा टिप्न’ पाइन्छ भन्ने प्रलोभनमा परेका युवासँग मेनपावर र तिनमा एजेन्टले ठूलो रकम ठगिरहँदा सरकारी निकाय भने रमितेजस्तै देखिन्छन्। जसरी पनि विदेश जानुपर्छ भन्ने सोच पालेका बेरोजगार युवासँग ठूलो रकम असुली हुँदा समेत ठगी गर्नेलाई कारवाही भने नगन्य मात्रामा हुने गरेको छ। वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको सुरुको साउनमा मेनपावर र तिनका ऐजेन्टले १० करोड ८९ लाख रुपैंयाँ ठगेको भन्दै उजुरी परेको छ। बेरोजगार ठग्ने मेनपावरको तुलनामा एजेन्ट अगाडी छन्। साउन मेनपावर९संस्थागत० ठगेको भन्दै…

Read More

अर्जुनधारा, २३ भदौ । युवा संघ र वाइसिएल झापाले यस वर्षको तीज अनाथ आश्रममा मनाएका छन । अर्जुनधारा ६ मा अवस्थित अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रमा रहेका बालबालिकालाई तीजको दर खुवाउनका साथै उक्त केन्द्रका बालबालिकाको शिक्षा र खानाका लागि नगद २५ हजार समेत नगद सहयोग हस्तानतरण गरिएको वाइसिएल झापाका उपाध्यक्ष कुमार आचार्यले बताउनुभयो । कार्यक्रममा युवा संघका केन्द्रिय सदस्य पर्वत भण्डारी , जिल्ला अध्यक्ष शंम्भु भण्डारी , महिला विभाग प्रमुख निरु आचार्य , वाइसिएलका जिल्ला उपाध्यक्ष कुमार आचार्य , महिला विभाग प्रमुख कल्पना मुखिया लगायातको सहभागिता रहेको थियो । युवाले उक्त रकम सरोकार केन्द्रका संञ्चालक कृष्ण दुलाललाई हस्तानतरण गर्नुभएको थियो…

Read More

विर्तामोड, २३ भदौ । नारायण गोपाल स्मृति प्रतिष्ठान झापाको शनिबार सम्पन्न प्रथम अधिवेशनले मोहन सिवाकोटीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिका उपाध्यक्ष भीष्म उप्रेती, सचिव रुद्रप्रसाद सिटौला, सहसचिव नारायण शिवाकोटी र कोषाध्यक्ष पर्शुराम सिटौला रहेका छने भने सदस्यहरुमा श्याम गुरुङ, टीकाराम ढकाल, अर्जुनकुमार पाठक, अम्विका कटुवाल, सुरभी गुरुङ र यशोदा दाहाल भण्डारी रहेका छन् । कार्यक्रम उद्घाटन समारोहमा बोल्दै विर्तामोड नगरपालिका, वडा नं. ३ का अध्यक्ष भोजराज सिटौलाले स्वयंसेवी भावनाको कमी हुँदै गएको अवस्थामा प्रतिष्ठानले संगीतको उत्थान र समाज सेवामा अग्रसर भएकोमा खुशी व्यक्त गरे । संगीत, कला र साहित्यको समृद्धिका लागि वडा र नगरपालिका तहबाट आवश्यक…

Read More