झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

सुरुङ्गा, २४ असोज । झापाका विभिन्न मदरसाहरुमा अध्यापन गराउँदै आएका शिक्षक मोलबीहरुका लागि तीन दिने आधारभूत उर्दू नेपाली पाठ्यक्रमका बारेमा प्रशिक्षण सम्पन्न भएको छ । झापा गाउँपालिकास्थित टाघनडुब्बा स्रोत केन्द्रमा भएको तालिममा जिल्लाका २५ मदरसाका शिक्षक मौलबीहरुको सहभागिता रहेको थियो । जिल्ला मदरसा समिति झापाको आयोजनामा सम्पन्न तालिममा सहभागी शिक्षकहरुलाई नसरुल्लाह मुनादी नेपाल शिक्षक महासंघ झापा गाउपालिकाका अध्यक्ष जगन्नाथ राजवंशी डिल्लीराज माविका प्रअ भगदेव राजवंशी स्रोत व्यक्ति खड्गप्रसाद खरेल, मुस्लिम शिक्षाविद वासेद अली, पशुपतिलाल गणेश, समाउल हक र कलाम शेख लिगायातका शिक्षाविदहरुले सहभागि मदरसा शिक्षकलाई पाठ्यक्रम र समसामयिक विषयका बारेमा प्रशिक्षण दिनुभएको थियो । यस क्षेत्रमा रहेका मुस्लिम बालबालिकाहरुका लागि…

Read More

भद्रपुर, २४ असोज । दशैं लक्षित गरी भद्रपुरमा मिनी महोत्सव सुरु भएको छ । एक्टिभ मिडिया काठमाडौँको आयोजनामा भद्रपुर दशैं महोत्सव’ नाम दिएर कामेश्वर मार्केट भद्रपुरमा मिनी मेला सुरु गरिएको हो । असोज २४ गतेदेखि ३० गतेसम्म चल्ने सो महोत्सवमा नेवारी परिकार तथा संस्कृतिलाई बढी महत्व दिने गरी विभिन्न २५ प्रकारका खानाका परिकार, स्थानीय कलाकारद्वारा साँगीतिक कार्यक्रम, लत्ताकपटा, सुनचाँदी, टि भी फ्रिज, भाँडावर्तन लगायतका स्टल रहने छन् । आयोजक संस्थाकी प्रबन्धक उमा श्रेष्ठका अनुसार भद्रपुरको व्यापार चहल पहलका लागि महोत्सव फलदायी हुने छ । भरत केन्द्रित स्थानीय नागरिकको सोच परिवर्तनमा यो महोत्सव फलदायी बनी भद्रपुरमा वयापारिक कारोवार बढ्ने आयोजकको दाबी…

Read More

भद्रपुर, २४ असोज । देवी पञ्चकन्या मन्दिर भद्रपुर–१० देउनियाँको व्यवस्थापन समितिको अध्यक्षमा यादवप्रसाद भट्टराई सर्वसम्मत चयन भएका छन् । जमरे औंसीको अवसरमा आयोजित साधारणसभाले दोस्रो कार्यकालका लागि भट्टराईको नेतृत्वमा १३ सदस्यीय कार्य समिति सर्वसम्मत चयन भएको हो । समितिको उपाध्यक्षमा प्रमिला थापा, सचिव उत्तम सुवेदी, सहसचिव कृष्ण दाहाल र कोषध्यक्ष विष्णुकुमार कोइरालालाई तीन वर्षे कार्यकालका लागि सर्व सम्मत चयन गरिएको हो । यसैगरी समितिको सदस्यहरूमा क्रमशः अशोक रोक्का, राम चौधरी, भिम राई, तुलसा राय, आज्ञा रोक्का, चन्द्रभण्डारी र हेमसागर सुवेदी रहेका छन् । समितिका अध्यक्ष यादवप्रसाद भट्टराईको अध्यक्षता तथा भद्रपुर नगर कार्यपालिका सदस्य भक्तबहादुर भुजेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा मन्दिरका…

Read More

बनियानी, २४ असोज । नेपालकै होचो स्थानमा रहेको झापाको कचनकवल गाउँपालिका बुधबार खुला दिसामुक्त घोषणा गरिएको छ । ५ हजार ६ सय ६३ घरधुरीमा पछिल्लो एक वर्षको अवधिमा चर्पी बनाई गाउँपालिका खुल्ला दिसामुक्त घोषणा गरिएको हो । ९ हजार ६६ घरधुरी रहेको कचनकवलमा अभियान थालनी हुनुअघि ३ हजार ४ सय ३ घरमा सुरक्षित चर्पी रहेका थिए । जिल्ला समन्वय समिति झापाका प्रमुख एवम् जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेलले गाउँपालिका खुल्ला दिसामुक्त भएको घोषणा गरे । उनले समितिको तर्फबाट गाउँपालिकालाई खुल्ला दिसामुक्त घोषणाको प्रमाणपत्र समेत प्रदान गरे । घोषणा समारोहमा प्रमुख अतिथि पोर्तेल र गाउँपालिकाका…

Read More

सन्तोष शर्मा झापा, २४ असोज । नेपालीहरुको महान चाडपर्व दशैं, तिहार र छठ नजिकिएको छ । अखाद्यवस्तु बिक्री वितरण, मिसावट, कालोबजारी, कृत्रिम अभावजस्ता कार्य हुने समय पनि यही हो । यस्ता कार्यको नियन्त्रण र नियमन गर्न बजार अनुगमन गर्ने गरिन्छ । तर, चाडपर्व संघारमै आइपुग्दा पनि झापामा प्रभावकारी रुपमा बजार अनुगमन हुन सकेको छैन । जिल्लाका १५ स्थानीय तहमध्ये अधिकांश स्थानीय तहमा बजार अनुगमन भएको छैन । केही स्थानीय तहमा बजार अनुगमन भए पनि त्यो प्रभावकारी हुन सकेको छैन । जसका कारण उपभोक्ता न्यूनगुणस्तरीय सामग्री उपभोग, वस्तु तथा सेवाको अधिक मूल्य तिर्न बाध्य भएका छन् । झापाको कचनकवल गाउँपालिकाका अध्यक्ष…

Read More

अर्जुनधारा, २४ असोज । अर्जुनधाराका प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडालाई एक समारोह बिच बिदाइ गरिएको छ । खतिवडा जनप्रतिनिधि निर्वाचित भएर आएपछि अर्जुनधारा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भई कार्य गरेको १९ महिना पछि बिदा हुनुभएको हो । खतिवडाले प्राप्त जिम्मेवारी कुसलतापूर्वक निर्भाह गरेको भन्दै शनिश्चरे श्रोत समूह विद्यालय, नेपाल शिक्षक महासंघ र अर्जुनधारा नगर प्याब्सनले मायाको चिनो तथा सम्मान पत्र प्रदान गरेको छ । खतिवडा बडुवा हुँदै राष्ट्रिय पुनर्निर्माण प्राधिकरण मन्त्रालयमा सरुवा हुनु भएको छ । कार्यक्रममा प्रअ रुपक दाहाल, नेपाल शिक्षक महासङको अध्यक्ष पुन्य सुवेदी, प्याब्सनका मोहन सुब्बा, रुद्र सिटौला ,अर्जुनधारा शिक्षा प्रमुख जानुका गुरागाइ लगायतले शुभ कामना मन्तव्य…

Read More

विराटनगर, २४ असोज । नाम र स्थायी राजधानीको टुंगो नलगाई प्रदेश १ सभाको वर्षे अधिवेशन मंगलबारबाट सकिएको छ । प्रदेश सभाको पहिलो अधिवेशन गत १७ जेठमा सुरु भएको थियो । सभामुख प्रदीपकुमार भण्डारीले मंगलबार प्रदेश सभाको ५२औँ बैठकमा प्रदेश प्रमुख गोविन्दबहादुर तुम्बाहाङको पत्र पढेर अधिवेशन अन्त्य भएको जानकारी दिए । प्रदेश प्रमुखको पत्र पढेर सुनाउँदै सभामुख भण्डारीले भने, ‘चालू वर्षे अधिवेशन आज राति १२ बजेबाट विधिवत् अन्त्य भएको घोषणा गर्दछु ।’ आजको नयाँपत्रिका दैनिकमा खबर छ ।

Read More

काठमाडौं, २४ असोज । यूएईको सर्वोच्च अदालतले फिलिपिनो सहकर्मीको हत्या गरेको ठहर गर्दै तेह्रथुमका खडबहादुर जोशीलाई ५ वर्ष सजाय र २ लाख दिराम ब्लडमनिको फैसला सुनाएको छ । जोशीलाई आबुधाबीको केन्द्रीय कारागारमा राखिएको छ । यूएईको राजधानी आबुधाबीस्थित नेपाली दूतावासका अनुसार जोशीले जेल सजाय भुक्तान गरी पीडित परिवारलाई २ लाख दिराम ब्लडमनि बुझाएपछि मात्रै स्वदेश फिर्न पाउने छन् । फिलिपिनोको हत्या २० अगस्ट २०१४ मा भएको थियो । सर्वोच्चको पूर्ण इजलासले फैसला सुनाएको हो । ‘जोशी सुपरभाइजर थिए । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Read More

काभ्रे, २४ असोज । जिल्लाको बेथानचोक गाउँपालिका ४ चलान गणेश्वरस्थास्थित कालिका माविका शिक्षक ३१ बर्षीय गणेश पहरीमाथि दुई छात्रालाई यौन शोषण गरेको आरोप लागेको छ । आफुले पढाउने दुई छात्रालाई यौन शोषण गरेको अभियोगमा पहरी पक्राउ परेका छन् । कक्षा ५ मा अध्ययनरत ९ बर्षीया दुईजना बालिकालाई शिक्षक पहरीले एक बर्षदेखि बलात्कार गर्दै आएका अभिभावकले बताएका छन् । पीडित बालिका अभिभावकको उजुरीको आधारमा प्रहरीले पहरीलाई पक्राउ गरेको हो । जिल्ला अदालत काभे्रेबाट सात दिनको म्याद थपेर उनीमाथि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । आजको नयाँ पत्रिकामा यो खबर छ ।

Read More

काठमाडौँ, २४ असोज । देशमा चार हजार आठ सय चिकित्सक बेरोजगार हुँदाहुँदै पनि डाक्टरको अभावमा नागरिकले उपचार पाउन सकेका छैनन् । दरबन्दीअनुसार सरकारले चिकित्सक पदपूर्ति नगर्दा देशमा बेरोजगार चिकित्सक बढिरहेको र नागरिकको उपचारमा समस्या भएको हो । देशभर एक हजार ६५० सरकारी चिकित्सकको दरबन्दी रहेकामा आधा पनि पदपूर्ति भएको छैन । नौँ सय ५० चिकित्सकको दरबन्दी खाली छ । देशभरका सरकारी अस्पतालमा अहिले दरबन्दीका सात सय चिकित्सक मात्रै छन् ।, आजको नयाँ पत्रिकामा खबर छ ।

Read More