झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

विराटनगर, १५ कात्तिक । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले सङ्घीयताको सफल कार्यान्वयन गर्ने जिम्मेवारी काङ्ग्रेसको काँधमा आएको बताउनुभएको छ । नेपाली काङ्ग्रेस मोरङ क्षेत्र नं ६ द्वारा आज बुढिगङ्गा गाँउपालिकामा आयोजित तिहार, नेपाल सम्वत् र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउने चाहना काङ्ग्रेसका पनि रहको बताउँदै तर वर्तमान सरकार जनभावनाअनुसार काम गर्न नसकेको आरोप लगाउनुभयो । पूर्वमन्त्री संजय गौतमले काङ्ग्रेसभित्र रहेको आन्तरिक गुटबन्दीका कारण गत निर्वाचनमा पराजय भोग्नु परेको भन्दै नेताहरुलाई सच्चिन आग्रह गर्नुभयो । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, नेका मोरङ सभापति डिगबहादुर लिम्बु, प्रदेशसभा सदस्यद्वय केदार कार्की र चुमनारायण तवदारलगायतले काङ्ग्रेसमा…

Read More

काठमाडौँ, १५ कात्तिक । झण्डै छ दशक लामो इजरायल र नेपालबीचको कूटनीतिक दौत्य सम्बन्धलाई सांस्कृतिक आदानप्रदानका माध्यमबाट अझ सुदृढ तुल्याउने उद्देश्यले आयोजित १२औँ इजरायली चलचित्र महोत्सव आज राजधानीमा प्रारम्भ भयो । त्रिदिवसीय महोत्सवको एक विशेष समारोहमा उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री रवीन्द्र अधिकारीले नेपालको विकास प्रयासमा आर्थिक एवं प्राविधिक सहायता उपलब्ध गराएकामा हार्दिक आभार व्यक्त गर्दै विशाल चुनौतीका बाबजुद आर्थिक, सामाजिक एवं प्रविधिका क्षेत्रमा इजरायलले हासिल गरेको प्रगतिबाट नेपालले सिक्नुपर्ने बताउनुभयो । कृषि क्षेत्रमा इजरायलले गरेको प्रगतिबाट अझ धेरै नेपालले सिक्न सक्ने र लाभान्वित हुने भन्दै उहाँले नेपाल भ्रमण वर्षलाई सफल तुल्याउन नेपालका पर्यटकीय गन्तव्यको इजरायलमा प्रचार हुनेमा…

Read More

शनिश्चरे, १५ कात्तिक । विवेचना दैनिकको २६औँ वार्षिकोत्सवको अवसरमा आयोजित झापा मिडिया कपको दोस्रो संस्करण बिहीबारदेखि सुरु भएको छ । अर्जुनधारा ११ स्थित झापा जिल्ला फुटबल संघको ग्रासरुट फुटबल मैदानमा आयोजित फुटबल प्रतियोगिताको सेमी समिकरण पनि पूरा भएको छ । अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार रानाले उद्घाटन गरेको पहिलो खेलमा विवेचना दैनिकले आम सञ्चार डटकमलाई २–० गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश पायो । खेलको म्यान अफ दी म्याच दिपेश मगरलाई फुटबल संघका अध्यक्ष भगिरथ आले ‘मामा’ले नगद १ हजारसहित ट्रफी प्रदान गरे । दोस्रो खेलमा सप्तरंगी एफएमलाई सडन डेथमा पराजित गर्दै सनराइज एफएम सेमिफाइनलमा प्रवेश गरेको छ । खेलमा ५–४ गोलबाट…

Read More

सुशील दर्नाल काठमाडौँ, १५ कात्तिक । ‘दलित प्रमाणपत्र’ लिन राष्ट्रिय दलित आयोग जावलाखेल पुग्नुभएकी गोरखाकी निता परियार रित्तै हात फर्किनुप¥यो । एक हप्तादेखि आयोगका सबै कोठाको ढोकामा ताल्चा लगाएपछि प्रमाणपत्र लिन जानुभएकी उहाँ रित्तै हात फर्किनुभएको हो । “आरक्षण कोटामा प्रहरीको जागिरमा भर्ना हुनका लागि दलित प्रमाणपत्र आवश्यकपर्ने भएकाले गोरखाबाट काठमाडौँ आएको तर कार्यालय बन्द रहेछ, अब कसरी प्राप्त गर्ने ?”, निताले प्रश्न गर्नुभयो । गोरखाकी निता मात्र होइन, कार्यालयमा ताल्चा लाग्दा धेरै सेवाग्राही मर्कामा परेका छन् । उपसचिव तथा आयोगका कार्यालय प्रमख ध्रुवप्रसाद कोइरालाले कुनै सूचनाविना गत कात्तिक ७ गतेदेखि कार्यालयमा ताल्चा लगाउँदा उनीहरु मर्कामा परेका हुन् । आयोग…

Read More

प्रकाश सिलवाल काठमाडौँ, १५ कात्तिक । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक, कर्मचारीको सामाजिक सञ्जाल र मोबाइल फोन दुरुपयोग नियन्त्रणका लागि मार्गनिर्देशन जारी गरेको छ । ‘सामाजिक सञ्जाल र मोबाइलको फोन सञ्चालन तथा प्रयोगसम्बन्धी मार्गनिर्देशन, २०७५’ जारी गर्दै मन्त्रालयले सामाजिक सञ्जालको बढोत्तरीसँगै सार्वजनिक सेवा प्रवाहका कामकारवाहीबारे नकारात्मक टीकाटिप्पणी रोक्न कानूनी प्रबन्ध गरेको हो । सामाजिक सञ्जालको सही प्रयोग नहुँदा त्यसको दुरुपयोगबाट राष्ट्रसेवक कर्मचारी र शिक्षकको आचरणासमेत प्रश्न उठ्ने सम्भावना रहेकाले त्यस्ता दुरुपयोग नियन्त्रण गर्न सो मार्गनिर्देशन जारी भएको हो । शिक्षा मन्त्रालय र मातहतका निकायका सार्वजनिक सेवा प्रवाहका क्रममा भए गरेका काम कारवाही, प्रस्तावित नीति तथा कार्यक्रमजस्ता विषयमा अमर्यादित भाषामा…

Read More

विराटनगर, १५ कात्तिक । विराटनगर महानगरपालिका–४, १२ र १४ लाई खुला दिशामुक्त क्षेत्र घोषणा गरिएको छ । महानगरपालिकामा १९ वडा रहेकोमा अब १८ र १९ मात्र खुला दिसामुक्त क्षेत्र घोषणा हुन बाँकी छ । दुई महीनामा सो वडा पनि खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने तयारीसाथ काम भइरहेको महानगरपालिका प्रमुख भीम पराजुलीले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा बताउनुभयो । विराटनगरमा हाल ९९।४ प्रतिशत चर्पी निर्माण भइसकेको छ । वडा नं ४ मा तीन हजार १४५, वडा नं १२ मा दुई हजार ७७४ र वडा नं १४ मा एक हजार ९११ घरधुरीमा शत्प्रतिशत चर्पी निर्माण भएपछि खुला दिसामुक्त वडा घोषणा भएको प्रमुख…

Read More

काठमाडौँ, १५ कात्तिक । जापानमा जान चाहने नेपालीले पहिलो पटक अनलाइनबाटै जापानी भाषा परीक्षा दिन पाउने भएका छन् । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा जापानको प्राक्टिकल जापानीज कम्युनिकेसन (पिजेसी) ब्रिजसँग सहकार्य गरी अनलाइनबाटै भाषा परीक्षा दिन पाउने व्यवस्था गर्न लागिएको जानकारी मोग सर्भिस प्रालिका अध्यक्ष प्रमुख कार्यकारी अधिकृत ओमहरि प्रजापतिले जानकारी दिनुभयो । कागजबाट लिखित परीक्षा दिँदा नतिजाका लागि तीन महीना पर्खनुपर्नेमा अनलाइनबाट परीक्षा दिनेबित्तिकै थाहा पाउन सकिन्छ । सोको प्रमाणपत्र १० दिनमा लिने पाइनेछ । परीक्षामा उपयुक्त लब्धाङ्क नआएको एक हप्तापछि अर्को परीक्षा दिन सकिने व्यवस्था छ । जापानको न्याय मन्त्रालय र अध्यागमन विभागले मान्यता दिएको पिजेसीले सन् १९७६…

Read More

काठमाडौँ, १५ कात्तिक । सरकारले राष्ट्रिय परिचयपत्र वितरणका लागि छपाइ शुरु गरेको छ । गृहसचिव प्रेम राईले आज सिंहदरबारस्थित राष्ट्रिय परिचयपत्र प्रशोधन केन्द्रमा छपाइको शुरुआत गर्नुभएको राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो । पहिलो चरणमा सचिव राईले बटम थिचेर ५० वटा परिचयपत्र छाप्नुभएको हो । पाँचथर र सिंहदरबारका कर्मचारीलाई पहिलो चरणमा परिचयपत्र वितरण गर्नका लागि केन्द्रले छपाइ शुरुआत गरेको हो । सूचना अधिकारी जोशीले पहिलो चरणमा वैयक्तिक र जैविक विवरण सङ्कलन गरिएका पाँचथरका २० हजार र सिंहदरबारका एक हजार कर्मचारीको परिचयपत्र छाप्ने जानकारी दिनुभयो । केन्द्रले पहिलो चरणमा पाँचथरका एक लाख १० हजार नागरिक र सिंहदरबारका…

Read More

पाँचथर, १५ कात्तिक । पाँचथर जिल्लाको नेपाल–भारत सीमा क्षेत्रको अनुगमन गरिएको छ । जिल्लाको उत्तर पूर्वक्षेत्र भारत र नेपालको सीमासँग जोडिएको स्थानीय तह याङवरक गाउँपालिकाको चिवाभञ्जाङ सिमाना अनुुगमन गरिएको हो । अनुगमनमा सांसद वसन्तकुमार नेम्बाङ, जिल्ला समन्वय समिति प्रमुख विष्णुप्रसाद सापकोटा, प्रजिअ प्रकाचन्द्र अधिकारी, गाउँपालिकाका प्रमुख लेखनाथ घिमिरे, तीनवटै सुरक्षा निकायका प्रमुखलगायतको टोलीले अनुगमन गरेको हो । सीमा क्षेत्रमा हुने अवैध र अपराध कार्यलाई न्यूनीकरण गर्न अनुगमन गरिएको पालिका अध्यक्ष लेखनाथ घिमिरेले जनाउनुभयो । अनुगमन टोली हालै सीमा क्षेत्र पुगेर अनुगमन गरिएको सांसद नेम्बाङले जानकारी दिनुभयो । नेपाल–भारत सीमा क्षेत्र ४७ नं सीमा स्तम्भआसपास अनुगमन गरिएको हो । सीमा क्षेत्रमा…

Read More

किड्नीमा भएको पत्थरीलाई प्राक्रितिक अर्थात् घरेलु उपचारद्धारा एक हप्तामै बाहिर ल्याउन सकिन्छ, तर कसरी ? किड्नीमा जम्मा भएको पत्थरीलाई प्राक्रितिक उपचार प्रक्रिया अपनाएर पूर्ण रुपले सफा पार्न सकिने बिधिका बारेमा जानकारी गराउँदै छौं । तर यदि किडनीमा भएको पत्थरी ठूलो आकारको छ भने सावधानी अपनाउनु पर्छ किनकि त्यस्ता ठूला पत्थरीबाट छुटकारा पाउने बेलामा केही अप्ठ्यारो पनि हुन सक्छ । आज हामीले जानकारी गराउन लागेको यो घरेलु प्राक्रितिक ओखतीको सहायताले किडनीमा भएको पत्थरीलाई एक हप्तामै बिदा गर्ने छ । यो घरेलु बिधि अपनाउनाले किडनीमा जम्मा भएको बालुवा तथा अनावश्यक थुप्रोलाई पनि बाहिर निकाल्न मद्धत पुग्छ । गहुँको दाना भन्दा ठूलो पत्थरीलाई…

Read More