झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

विराटनगर, ३० असोज । शान्तिसुरक्षा, आपराधिक गतिविधि नियन्त्रण र यातायात क्षेत्रमा देखिएको समस्या न्यूनीकरणका लागि नेपाल– भारत सीमावर्ती सुरक्षा बैठक भारतको अररियामा सम्पन्न भएको छ । बैठकमा सीमावर्ती भारतीय बजार जोगबनीमा हुने मालबाहक गाडीको चापलाई खुकुल्लो पार्न, मिरगञ्जस्थित जीर्ण पुलबाट ५०÷६० मेट्रिक टन बोकेको मालबाहक गाडी ओहोरदोहर गर्नबाट उत्पन्न समस्या समाधान गर्न, आइसिटी सञ्चालन र सीमा क्षेत्रमा हुने आपराधिक गतिविधिलाई न्यूनीकरण गर्ने सम्बन्धमा दुवै देशका स्थानीय प्रशासन र सुरक्षा निकायबीच सहमति भएको मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीले जानकारी दिनुभयो । सोमबार बसेको सो बैठकमा नेपालकोतर्फबाट मोरङका प्रमुख जिल्ला अधिकारी केसी, प्रहरी उपरीक्षक मनोज केसी र विराटनगर भन्सार प्रमुख निमांस…

Read More

रुकम, ३० असोज । रुकुम पश्चिम मुसीकोट नगरपालिका–१ सल्लेमा गाडी दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । मृत्युहुनेमा सल्लेका नौ वर्षीय प्रयास बिसी रहेको छ । सल्लेबाट धुनका लागि मूलखोला आउँदै गरेको बा ३ ख ७४६१ नम्बरको गाडी नियन्त्रण गुमाएर सडकभन्दा झण्डै १५० मिटर तल खसेर दुर्घटना हुँदा गम्भीर घाईते भएका बिसीकोे उपचारका क्रममा जिल्ला अस्पताल सल्लेमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । दुर्घटनामा परी अन्य दुई जना घाइते भएका छन् । घाइते हुनेमा सल्लेका आठ वर्षीय जेनिस बिसी र नाम नखुलेका गाडी चालक छन् । जेनिसको अवस्था गम्भीर रहेको छ भने गाडी चालकको पहिचान…

Read More

पशुपतिनगर, इलाम, ३० असोज । मेची अञ्चल आयुर्वेद औषधालय इलामको स्तरोन्नतिका लागि प्रदेश नम्बर १ का सरकारले स्वीकृति प्रदान गरेको छ । बिरामीलाई आधुनिक प्रविधिको आयुर्वेद उपचार र गुणस्तरीय औषधीसहितको सेवा सुविधा उपलब्ध गराउने उद्देश्यले सो औषधालयको स्तरोन्नति गर्न प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले स्वीकृत प्रदान गरेको हो । मन्त्रालयले सो औषधालयका लागि आवश्यक पर्ने दरबन्दी पनि थप गरिएको छ । यसका लागि चालु आर्थिक वर्षमा आवश्यक बजेटसमेत विनियोजन गरिएको मेची अञ्चल आयुर्वेद औषधालयका प्रमुख खगेन्द्र पौडेलले बताउनुभयो । स्तरोन्नतिपश्चात् बिरामीले ओपिडी सेवासँगै फिजियोथेरापी, सत्वाङ स्वेत, पायल्स, फिस्टुला र फिसरको उपचार, प्रयोगशालाको सुविधा, छारसुत्र प्रविधिबाट उपचार सेवा प्राप्त गर्ने छन्…

Read More

भद्रपुर, २८ असोज । प्रथम भद्रपुर दौडको उपाधि भद्रपुर–२ की सुस्मिता राई तथा भद्रपुर–१० का शरण गिरीले प्राप्त गरेका छन् । उपाधिसँगै उनीहरुले नगद २५ हजार प्राप्त गर्न सफल भएका छन् । सुस्त स्वरूपमा पुगेको ऐतिहासिक नगर भद्रपुरको चलायमान रूप स्थापित गर्ने लक्ष्य लिएर भद्रपुर ८ नम्बर वडाले आयोजना गरेको मिनी म्याराथुन प्रतियोगिता महिलातर्फ सुस्मिता तथा पुरुषतर्फ शरणले जित्न सफल भएका हुन् । प्रतियोगितामा महिला तर्फ दोस्रो स्थान भद्रपुर १ की आरजु भट्टराई तथा पुरुष तर्फ भद्रपुर १ कै सुमन सोरेनले लिन सफल भए । दुवै प्रतियोगिलाई नगद १५ हजारले पुरस्कृत गरिएको थियो । त्यस्तै महिलाबाट तेस्रो स्थान भद्रपुर ४…

Read More

झापा, २८ असोज । झापाली गायक यूएन तामाङको स्वर, जोनी तामाङको संगीत तथा भुवन तामाङको शब्द रहेको लोक तथा आधुनिक गीतको सम्मिश्रण युक्त नयाँ गीत हालै यूटुबमा अपलोड भएको छ । रोजगारीको खोजीमा विदेशमा दुःख गरिरहेका नेपालीहरुका मनोरञ्जनका लागि यो गीत सिर्जना गरिएको गीतका शब्दकार तामाङले बताए । विदेशमा रहेका नेपालीहरु कामले थाकेका बेला या काममै छँदा आप्mनो देशको दृष्य र नेपाली गीत सुनेर आफना थकान मेटुन र आप्mनो देशको मीठो सम्झना गरुन् भन्ने उद्देश्यले पनि यो गीत निर्माण गरिएको उनले बताए । डाँडा बजार जाउँ या माईबेनी मेलामा बोलको नयाँ नेपाली म्यूजिक भिडियो २०७५ सालको दशैँ तिहारको अवसरमा सार्वजनिक…

Read More

 सन्तोष शर्मा/ व्यङ्ग्य ‘ओ हो ! यस पटक त नेप्से ६६ प्रतिशत बढेछ’, मुहारमा तेज छायो र मन बोल्यो, ‘महँगी बढेका बेला पोहोरको जतिले नै कहाँ हुन्छ र समय अनुसार बढ्नु प¥यो ।’ सौखको भोक जागेर पत्रकारिता हाम फालेपछि जीवनको चर्खा चलाउन मुस्किल भएको समयमा खुसीको सँगैको आश्चार्य व्यक्त हुनु अनौठो होइन । भोकाएको कुकुरले हड्डी भेट्दा खुसी भएर पुच्छर हल्लाउँछ, त्यो स्वाभाविक पनि हो । आजभोलि जजमानीको जमाना छ । पण्डित–पुरुत्याइँ गर्नेहरुका जजमान घटे पनि मेरो घटेको छैन । त्यसमा म सन्तुष्टि छु । आखिर म त्यो पण्डित–पुरोहित लेभलको कहाँ हो र ! मेरो बेग्लै स्टाटस छ, बेग्लै रवाफ र…

Read More

सान नेपाल गौरादह, २८ असोज । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले नेपालमा औद्योगिक क्रान्ति गर्नु चुनौतिपूर्ण रहेको बताएका छन् । झापा गौरादह वडा नं. ५ मा रहेको साना किसान सहकारी संस्थाको १६औँ वार्षिक साधारण सभा तथा मकैको चिउरा बनाउने उद्योगको उद्घाटन गर्दै मन्त्री यादवले उक्त कुरा बताएका हुन् । साना किसान सहकारी संस्था महारानी झोडा नेपाल अधिराज्यमै नमूना सहकारी बनेको भन्दै सहकारीको प्रशंसा गरेका छन् । उनले महारानी झोडा साना किसान सहकारीजस्तै अन्य सहकारीले पनि सोही किसिमको काम गर्न सके मुलुकको आर्थिक विकासमा टेवा पुग्न सक्ने विश्वास व्यक्त गरे । महारानी झोडा सहकारीले नमुना खेती गरेर मुलुकभरि चर्चा…

Read More

सान नेपाल गौरादह, २८ असोज । गौरादह ७ ग्वालडुब्बा स्थित खेलकुद विकास समितिले बडादशैंको अवसरमा सञ्चालन गरेको वडा स्तरीय भलिवल प्रतियोगितामा शनिबार ३ खेल भएका छन् । वार्ड नं. ७ ‘ए’ र वार्ड नं. ९ का बिच भएको पहिलो खेलमा वार्ड नं. ७ ‘ए’, वार्ड नं. ७ ‘वी’ र वार्ड नं. २ बीच भएको दोस्रो खेलमा वार्ड नं. २ तथा वार्ड नं. ४ र ६ बिच भएको तेस्रो खेलमा वडा ४ विजयी भएको छ । विजया दशमीको अवसरमा वडा कार्यालय वार्ड नं. ७ द्वारा आयोजना गरिएको भलिवल प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने समूहलाई क्रमशः २२ हजार, १५ हजार र…

Read More

भद्रपुर, २८ असोज । झापा सामुदायिक बचत तथा ऋण सहकारी संस्था भद्रपुर–१० को १२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष विवेक पोखरेलको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभामा भद्रपुर–७ नम्बर वडाध्यक्ष विनोदप्रसाद पोखरेल, राष्ट्रसेवक सहकारीका अध्यक्ष वशिष्ठ अधिकारी, सहकारी संघ झपाका सञ्चालक सदस्य खडानन्द गुरागाईं, स्वर्गद्वारी सहकारीका गोपालबहादुर थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए । अध्यक्ष विवेक पोखरेलले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ७ सय ३० महिला तथा ७ सय १७ पुरुष गरी १ हजार ४ सय ४७ जना शेयर सदस्य सहित ७२ लाख २९ हजार ९ सय शेयर पूँजी…

Read More

काठमाडौं, २८ असोज । निर्धारण गरिएका सूचकहरूको ८० वा सोभन्दा बढी प्रतिशत प्राप्त गर्ने स्थानीय तहलाई बालमैत्री घोषणा गर्न पाइने व्यवस्था गरिने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति र बालमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधिमा परिमार्जन गर्दैछ । सो रणनीतिमा स्थानीय तहलाई बालमैत्री घोषणा गर्न नयाँ व्यवस्थाको प्रस्ताव गरिएको छ । मन्त्रालयका उपसचिव डिलाराम पन्थीले सूचकका बारेमा शिक्षा, गृह, स्वास्थ्य, बालबालिका लगायतका मन्त्रालयसँग सुझाव माग गरेको र उनीहरूले पठाइसकेको बताउँदै भने, “ती मन्त्रालयहरूको रायका आधारमा विभिन्न सूचकहरू तयार पारेका छौँ । स्वीकृतिका लागि छिटै नै मन्त्रिपरिषद्मा पठाउने तयारी गरेका छौँ ।” उहाँले सङ्घीयताको…

Read More