झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

सुरेन्द्र भण्डारी सुरुङ्गा, १४ कात्तिक । एउटा सामान्य परिवारका लागि डेढ दशकअघि एक लाख १५ हजार रुपैयाँ जुटाउन निक्कै हम्मेहम्मे पथ्र्यो एउटा सामान्य परिवारका लागि । त्यस्तै परिवारमा हुर्किएका व्यक्ति हुन् बाह्रदशी गाउँपालिका–३ राजगढका तुलसीप्रसाद ढकाल । आर्थिक अवस्था कमजोर भएकाले मेची बहुमुखी क्याम्पस भद्रपुरमा प्रवीणता प्रमाणपत्र तहमा अध्ययन गर्दागर्दै धन कमाउने रहरले उहाँ विदेशिनु भयो । ‘फ्याक्ट्री वर्कर’ कामका लागि उहाँले २०६० सालमा एक लाख १५ हजार रुपैयाँ ऋण लिएर मेनपावरलाई बुझाउँदै वैदेशिक रोगजारीका लागि मलेसिया पुग्नुभयो । चार वर्षसम्म मलेसियामा काम गर्नुभएका ढकालले मासिक ३० हजार रुपैयाँ मुस्किलले बचाउनुहुन्थ्यो । विदेशमा कडा मेहनत र परिश्रम गर्दा कमाइ सोचे…

Read More

डा सर्वेश्वर सौरभ पाइल्स, फिस्टुला र फिसर यी रोगहरुसँग प्रायः मानिसहरु परिचित हुन्छन्। किनकि धेरै मान्छेले आफू स्वयं, परिवारका सदस्य, साथीभाइ वा छर–छिमेकमा कोही न कोही यो रोगबाट आक्रान्त भएको देखेकै हुन्छन्। अझ सहरी परिवेश, अहितकर खानपान र अव्यवस्थित जीवनशैलीले यो रोग बढ्दो छ। यी तीनवटै रोग मलद्वारसम्बन्धी रोग हुन्। हुन त धेरै मानिस यी सबैलाई पाइल्स भन्दै झुक्किरहेका पनि हुन्छन्। तर यी तीन रोगमा भिन्नता छ। आयुर्वेदमा पाइल्स वा हेमोरहोइडलाई अर्स, फिस्टुला–इन–एनोलाई भंगन्दर र फिसर–इन–एनोलाई परिकर्तिका भनिन्छ। विभिन्न कारणले यी रोग हुने भए तापनि कब्जियत अर्थात् दिसा कडा हुनु नै यसका मुख्य कारण हुन्। रोग बल्झिने र निको नहुने…

Read More

विराटनगर, १४ कात्तिक । प्रदेश नं १ सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोग गठन गर्ने लगायत विभिन्न १२ वटा निर्णय गरेको छ । बैठकले आयोगका उपाध्यक्षमा विराटनगर निवासी मानवअधिकारकर्मी सुबोधराज प्याकुरेल तथा सदस्यमा मीना भण्डारी र पूर्ण लक्समलाई नियुक्त गरेको छ । बैठकपछि सरकारका प्रवक्ता हिक्मत कार्कीले प्रदेश नं १ को सार्वजनिक खर्च मापदण्ड र मितव्ययितासम्बन्धी निर्देशिका २०७५ तथा प्रदेशको आन्तरिक नियमावली कार्यविधि २०७५ लाई स्वीकृति दिने निर्णय गरेको बताउनुुभयो । बैठकले सुनसरी जिल्लाको कोशी गाउँपालिकास्थित कोशी कटान क्षेत्र नियन्त्रण परियोजना अघि बढाउन तथा मध्यपहाडी लोकमार्गअन्तर्गत तेह्रथुम र फिदिम दुई शहरलाई नयाँ शहरका रुपमा विकास गर्न स्वीकृति प्रदान…

Read More

काठमाडौँ, १४ कात्तिक । उखु किसानको भुक्तानी नदिएको आरोपमा प्रहरीले काठमाडौँको त्रिपुरेश्वरबाट आज उद्योगी राकेश अग्रवाललाई पक्राउ गरेको छ । अग्रवाल इन्दिरा सुगर मिल एण्ड एग्रो प्रालि नवलपरासी तथा अन्नपूर्ण सुगर मिल प्रालि सर्लाहीको सञ्चालक हुनुहुन्छ । इन्दिरा सुगर मिल एण्ड एग्रो प्रालि नवलपरासीले रु आठ करोड ५८ लाख ९६ हजार ४८१ तथा अन्नपूर्ण सुगर मिल प्रालि सर्लाहीले रु ३८ करोड ६८ लाख किसानको बक्यौता तिर्न बाँकी रहेको जनाइएको छ । कृषि मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आग्रहमा मङ्गलबार मात्रै गृहमन्त्रालयले पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएपछि उद्योगी अग्रवाललाई आज पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रमुख वसन्त…

Read More

काठमाडौँ, १४ कात्तिक । भ्रष्टाचार विरोधी अभियानमा संलग्न पत्रकार केदार खड्काकोे ‘नेपालः करप्सन कोनुन्ड्रम’ (नेपालः भ्रष्टाचारको समस्या) अनुसन्धानमूलक पुस्तक प्रकाशित भएको छ । नेपालमा भ्रष्टाचार बढ्नुमा राजनीतिक अस्थिरता मात्रै नभई भ्रष्टाचारविरुद्धका कानूनी तथा संस्थागत संरचनामा नै कमजोरी रहेको उजागर गरिएको उक्त पुस्तक यूरेका प्रकाशनले बजारमा ल्याएको हो । लेखकले नेपालमा पहिलोपटक सन् १८५४ को मुलुकी ऐनदेखि हालसम्म भ्रष्टाचार रोक्न भए गरेका कानूनी तथा संस्थागत प्रयासका बारेमा विश्लेषण गरिएको छ । नेपालमा १९ वटा भ्रष्टाचारविरुद्ध खबरदारी गर्ने संस्था, तिनको प्रभावकारिता तथा त्यस्ता संस्थाको अन्यौलतापूर्ण भूमिकालाई केलाउँदै राष्ट्रिय प्रयास र अन्तर्राष्ट्रिय अभ्याससँग दाँजेर लेखकले लेख्नुभएको छ । पुस्तकमा भ्रष्टाचारविरुद्ध समस्या केलाइ नीतिगत…

Read More

प्रेममा मान्छे पागल बन्छ भन्ने भनाई नै छ । मेक्सिकोमा एकजना युवतीले यो कथनलाई प्रमाणित गरिदिएकी छिन् । २३ वर्षकी ती युवतीले आफ्नो प्रेमीलाई खुसी पार्नका लागि यस्तो उपहार दिने सोँच बनाइन् जुन सुन्दैमा अनौठो लाग्दछ । ती युवतीले आफ्नो ब्वायफ्रेडको लागि उपहार भन्दै आफ्नो जिउको शल्यक्रिया गरी नाइटो नै हटाएकी छिन् । प्रेमीलाई प्रेमको प्रतिकको रुपमा नाइटो वीहिन पेट उपहार दिने उनको त्यो दुस्साहसलाई धेरैले अनौठो माने । तर विडम्बना प्रेमीका लागि नाइटो नै फ्याँक्ने ती युवतीको उनका प्रेमीसँग ब्रेकअप भैसकेको छ । मेक्सिकोको गुआडालाजारा क्षेत्रमा बस्ने ती युवतीको नाम पालिना क्यासिलास लेन्डरोस हो । उनले झण्डै तिन वर्षअघि…

Read More

बलिउड अभिनेता सलमान खान र अभिनेत्री प्रियंका चोपडाबीच केही समययता खटपट चलिरहेको छ । सलमानको फिल्म ‘भारत’ प्रियंकाले एकाएक छोडेपछि सम्वन्ध बिग्रिएको हो । प्रियंका चाँडै आफ्ना अमेरिकी प्रेमी निक जोनससँग बिहे गर्दैछिन् । उक्त विहेमा सलमानलाई उनले निम्ता नगर्न सक्ने अनुमान गरिएको थियो । तर, अनुमानलाई गलत सावित गर्दै उनले सलमानलाई चुल्है निम्तो पठाएकी छन् । बिहेमा सपरिवार निम्तो पठाएर प्रियंकाले सलमानलाई फकाउने प्रयास गरेको देखिन्छ । प्रियंकाकी बहिनी अर्पितालाई पनि उनले निम्ता गरेकी छन् । अर्पिता र प्रियंकाकी मिल्ने साथी हुन् । केहि दिन अगाडि अर्पिताका श्रीमान आयूष शर्माको जन्मदिनको पार्टीमा प्रियंका आमा मधु चोपडा सहभागी भएकी थिइन्…

Read More

तेह्रथुम, १४ कात्तिक । जिल्लाका स्थानीय तहले दुग्ध प्रशोधन उद्योग खोल्न चासो देखाएका छन् । विभिन्न स्थानमा उत्पादित दूध प्रशोधन गर्ने उद्योग सञ्चालन गरेर किसानलाई सहयोग गर्न जिल्लाका सबै स्थानीय तहका जनप्रतिनिधि सहमत भएका हुन् । कतिपय स्थानीय तहले चालू आर्थिक वर्षमा दुग्ध प्रशोधन उद्योगका लागि बजेट विनियोजन समेत गरेका छन् । राष्ट्रिय सहकारी महासङ्घ नेपालले म्याङलुङमा आयोजना गरेको ‘सहकारीमा प्रभावकारी दूध आपूर्ति शृङ्खला व्यवस्थापन गोष्ठी’ मा किसान र व्यवसायीसँग छलफल गर्दै स्थानीय तहका जनप्रतिनिधिले उनीहरुका समस्या सुल्झाउन प्रतिबद्धता जनाएका हुन् । लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुन माबुहाङले नगरपालिकाले सहकारी नीति बनाइसकेको र तिनको प्रवद्र्धन गर्दै दुग्ध क्षेत्रलाई व्यावसायिक बनाउन सहयोग गर्ने…

Read More

काठमाडौँ, १४ कात्तिक । ओलम्पिक छनोटको अन्तिम तयारीका लागि चीनमा रहेको नेपाली महिला राष्ट्रिय फुटबल टोलीले मैत्रीपूर्ण खेल जितेको छ । मङ्गलबार साँझ भएको मैत्रीपूर्ण खेलमा बेइजिङ स्पोर्टस् युनिभर्सिटीलाई नेपाली टोलीले ३–० गोलले पराजित गरेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । नेपाली टोलीको जितमा सावित्रा भण्डारी, दीपा न्यौपाने र इन्दिरा राईले एक÷एक गोल गरेका थिए । एन्फाका अनुसार खेलको १६औँ मिनेटमा सावित्राले गोल गरेकी थइन् । दीपाले ५५औँ तथा इन्दिराले ८२आँैं मिनेटमा गोल गरेका थिए । तीन मैत्रीपूर्ण खेलका लागि नेपाली टोली गत शुक्रबार चीन गएको हो । अन्तिम खेल नेपाली टोलीले बेइजिङ फोनिक्ससँग आज खेल्नेछ । त्यसपछि…

Read More

दमक, १४ कात्तिक । झापाको दमक नगरपालिकाले नगरका ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गरेको छ । ज्येष्ठ नागरिकको स्वास्थ्य उपचारमा पहुँच पु¥याउन यस वर्षदेखि नगरपालिकाले निःशुल्क उपचारको व्यवस्था गरेको हो । दमक अस्पतालमा ज्येष्ठ नागरिकलाई सबै किसिमको उपचार निःशुल्क गरिएको नगर स्वास्थ्य शाखाका प्रमुख इन्द्र अर्यालले जानकारी दिनुभयो । नगरपालिकाले नगरका गर्भवतीलाई आइरन र क्याल्सियम चक्की पनि निःशुल्क उपलब्ध गराउने भएको छ । नियमित स्वास्थ्य परीक्षणका लागि आउने गर्भवतीलाई सो औषधि निःशुल्क उपलब्ध गराउने भएको हो । चार पटक नियमित रूपमा परीक्षणका लागि आउने गर्भवतीले हरेक पटक रु १०० समेत यस वर्षदेखि पाउने व्यवस्था गरिएको अर्यालले बताउनुभयो ।…

Read More