झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

भद्रपुर, २० असोज । वडा प्रहरी कार्यालय भद्रपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र भद्रपुरले शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । वडा दशैं, दिपावली तथा छठ पर्वको अवसर पारेर सम्युक्त रूपमा नगरबासीका प्रतिनिधिहरूसित शुभकामना आदान प्रदान गरेको हो । सामुदायिक प्रहरी सेवा केन्द्रकी अध्यक्ष शिला खड्काको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जनप्रतिनिधिहरू, उद्योगी व्यापारी, सामाजिक अगुवा, विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

Read More

नेपालगञ्ज, बाँके, २० असोज । बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित शम्शेरगञ्जमा यात्रुबाहक हायस (माइक्रोबस) र ट्रक आज बिहान एकापसमा ठोक्किँदा छ जनाको मृत्यु भएको छ । दाङको तुलसीपुरबाट अमिलिया हुँदै नेपालगञ्ज आउँदै गरेको रा१ख १६६२ नम्बरको हायस र नेपालगञ्जबाट दाङतर्फ जाँदै गरेको लु१ख ७७२९ नम्बरको ट्रक आज बिहान करीब ९ः१५ बजेतिर राप्ती सोनारी गाउँपालिका–९ मुगुवा खोला नजिक ठोक्किएका थिए । दुर्घटनामा चारको घटनास्थलमै मृत्यु भएको र दुईको शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका इन्चार्ज प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहले जानकारी दिनुभयो । दुर्घटनामा घाइते १७ को शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ…

Read More

चोरले के–के चोर्लान् ? जवाफ हुन्छ– नगद, गरगहनालगायत बहुमुल्य सामग्री । तर, झापामा एक व्यक्ति अनौठो प्रकारको चोरीमा पक्राउ परेका छन् । सदरमुकाम भद्रपुरमा महिला तथा युवतीका ब्रा र पेन्टी अत्याधिक चोरी हुन थालेको गुनासो आएपछि वडा प्रहरी कार्यालय, भद्रपुरले अनुसन्धान थाल्यो । त्यस क्रममा प्रहरीले भद्रपुर–४, मन्त्रीचोकका २५ वर्षीय युवकलाई पक्राउ गर्‍यो । ब्रा र पेन्टी चोरेरे भाग्दाभाग्दै प्रहरीले उनलाई पक्राउ गरेको थियो । ‘रंगेहात पक्राउ गरेको भए पनि सुरुमा पत्याउन गाह्रो भइरहेको थियो’, प्रहरी निरीक्षक प्रकाश जबेगुले भने, ‘त्यसपछि हामीले उनलाई कार्यालयमा ल्याएर केरकार गर्‍यौं ।’ उनको बयान सुनेर सबै आश्चर्य चकित भएका थिए । विवाहित ती युवकले…

Read More

काठमाडौं, २० असोज । सन्दीप लामिछाने र कप्तान पारस खड्काको उत्कृष्ट प्रदर्शनसँगै नेपालले टी २० विश्वकप एसिया छनोट बीमा मलेसियामाथि ८ विकेटको जित हात पारेको छ । प्रतियोगितामा नेपालको यो दोस्रो जित हो । क्वालालम्पुरमा घरेलु टोलीले दिएको १०१ रनको लक्ष्य नेपालले १२–४ ओभरमा मात्र २ विकेट गुमाएर भेट्टायो । कप्तान पारस खड्का ५२ रनमा अविजित रहे भने उपकप्तान ज्ञानेन्द्र मल्लले नटआउट २७ रन बनाए । नेपालले पहिलो विकेट भने सस्तैमा गुमाएको थियो । ओपनर अनिलकुमार साह एक रनमा आउट भए, जतिबेला टिमको स्कोर मात्र २ रन थियो । विनोद भण्डारीले १२ रन बनाए । यसअघि पहिले ब्याटिङ गरेको मलेसियाले…

Read More

भद्रपुर, २० अशोज । चन्द्रगढी वन उपभोक्ता समितिले वन डिभिजन प्रमुख वोधराज सुवेदीलाई एक कार्यक्रम गरी विदाई गरेको छ । २ वर्ष अगाडि झापा वन कार्यालयको नेतृत्व गर्न आएका प्रमुख सुवेदीको ७ नम्बर प्रदेश अनर्तगत कञ्चनपुर सरुवा भएपछि समितिले सम्मान सहित विदाई गरेको हो । समितिका अध्यक्ष हिराप्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समितिका पूर्व सचिव सन्तोष पोखरेल, डिभिजन वन झापाका सहायक वन अधिकृत राजन राई, विष्णु शिवाकोटी लगायतले विदाई मन्तव्य राख्दै सुवेदीको नेतृत्वले झापाको वन रक्षामा असल अभिभावकत्व प्रदान गरेको धारणा राखेका थिए भने डिभिजन प्रमुख सुवेदीले झापामा वैज्ञानिक वन व्यवस्थापनमा समूहको सहयोगको प्रशंसा गरेका थिए ।

Read More

काठमाडौँ, २० असोज । काठमाडौँ उपत्यकामा सञ्चालित माइक्रोबसका चालक तथा सहचालकले मङ्सिर १ गतेदेखि अनिवार्यरुपमा फ्लोरेसेन्ट ज्याकेट लगाउनुपर्ने भएको छ । शुक्रबार महानगरीय ट्राफिक प्रहरी महाशाखामा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको टोलीसँग बसेको बैठकले मङ्सिर १ गतेदेखि अनिवार्यरुपमा उक्त ज्याकेट लगाउनुपर्ने निर्णय गरेको हो । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले चालकले सुन्तला र सहचालकले हरियो रङ्गको ज्याकेट लगाउनुपर्ने निर्णय भएको जानकारी दिनुभयो । तत्कालीन प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनालको समयमा फ्लोरेसेन्ट ज्याकेट लगाउन शुरुवात गरिए पनि माइक्रोबसका चालक तथा सहचालकले अटेर गर्दै आएका थिए । महासङ्घका महासचिव सरोज सिटौलाले उक्त ज्याकेटले चालकको पहिचान हुने, रातिको समयमा चम्किलो…

Read More

काठमाडौँ, २० असोज । कागेश्वरी मनहरा–६ स्थित जुवा खेलाइरहेको एक भवनको तेस्रो तल्लाबाट हाम फाल्दा शुक्रबार राति दुईजनाको उपचारका क्रममा बि एण्ड बी अस्पतालमा मृत्यु भएको छ । काठमाडौँ महानगरीय प्रहरी परिसरले राति १० बजेको समयमा जुवाखालमा छापा मारेको थियो । घर बाहिरको च्यानल गेटमा ताला लगाएर जुवा खेलाइएकोे टेण्डी शेर्पाको घरमा प्रहरीले छापा मार्दा भाग्ने क्रममा  ठेगाना नखुलेका ४१ वर्षीय सरोज घले र सोमलाल तामाङको मृत्यु भएको हो । प्रहरीले जुवाखालबाट एक महिलासहित २३ जनालाई पक्राउ गर्नाका साथै रु चार लाख ५८ हजार र केही थान सुनका गरगहना बरामद गरेको महानगरीय प्रहरी परिसरका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक वसन्त…

Read More

कावासोती, २० असोज । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको अरुणखोलामा एक यात्रु बस दुर्घटना हँुदा नौ यात्रु घाइते भएका छन् । आज बिहान ५ बजेको समयमा मध्यबिन्दु नगरपालिका–१० अरुणखोलास्थित जङ्गलमा काँकडभिटृाबाट नेपालगञ्जका लागि छुटेको मे१ख २२०१ नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टेको थियो । दुर्घटना परी बसमा सवार नौ घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको बसमा सवार अन्य १६ यात्रु भने सकुशल रहेको दुम्किबास इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक घजिन्द्रबहादुर कार्कीले बताउनुभयोे ।

Read More

पशुपतिनगर, इलाम, २० असोज । विभिन्न प्रकारका विषादीको प्रयोगबाट मानव स्वास्थ्यमा असर पर्नथालेपछि सूर्योदय नगरपालिकाले विषादी नियन्त्रण अभियानलाई तीव्रता दिएको छ । गत साउन १ गतेबाट विषादी न्यूनीकरण अभियान शुरु गरेको नगरपालिकाले अहिले टोलटोलमा चेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ । नगरपालिकाले विभिन्न टोलटोलमा सञ्चालन गर्दै आएको प्राङ्गारिक कृषि प्रवद्र्धन र विषादी न्यूनीकरणसम्बन्धी अभियानमा पशुपतिनगर प्राथमिक स्वास्थ्यचौकीका डा दिवस सुनुवारले विषादीकै कारण मानव स्वास्थ्यमा परिरहेको असरबारे र वातावरणीय क्षेत्रमा परेको असरबारे कृषिविद् ज्योति अधिकारीले सहजीकरण गर्दै आउनुभएको छ । नगर प्रमुख रणबहादुर राईले नगरलाई समृद्ध बनाउनका लागि कृषिको महत्वपूर्ण भूमिका भएकाले विषादीरहित समाज निर्माणका लागि सक्दो सहयोग गर्ने बताउनुभयो प्राङ्गारिक खेतीका…

Read More

उर्लाबारी, १९ असोज । सुनसरीको इटहरीका युवा व्यवसायी शिशिर खड्काले मोरङको उर्लाबारीस्थित नमूना बालगृहमा रु एक लाख ५५ हजार बराबरको सामग्री सहयोग गर्नुभएको छ । खड्काले आमा गीता खड्काको सम्झनामा खाद्यान्न, शैक्षिक सामग्री, खेलकूद, लत्ताकपडा, जुत्ता, खसीलगायत सामान सो गृहका सचिव जीवन घिमिरेलाई हस्तान्तरण गर्नुभयो । गृहमा ४८ बालबालिका आश्रित रहेको गृहका अध्यक्ष मीना बरालले जानकारी दिनुभयो ।

Read More