
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
सान नेपाल गौरादह, १३ असोज । धान पोटाउने समयमा युरिया मल नपाउँदा किसानहरु समस्यामा परेका छन् । धान रोप्ने समयमा डि.ए.पी. मल नपाएर समस्यामा परेका किसानहरु अहिले युरिया नपाउँदा थप समस्यमा परेका हुन् । किसानहरुले खेती गर्ने समयमा पटक–पटक मलको समस्या खेप्तै आएका छन् । मुलुक भित्र वसोवास गर्ने अधिकांस मानिसहरुको प्रमुख पेसा कृषी नै हो । अन्य आम्दानीको श्रोत नभए पछी गाउँघरमा वसेर खेती किसानी गर्ने गरेका छन् । कृषी प्रधान देश भनिएता पनि किसानहरुले कृषीमा कुनै प्रकारको राहात पाएका छैनन् । धान रोप्ने समयमा डि.ए.पी. नपाँउदा मलको हाहाकार मच्चिएको थियो भने, अहिले युरिया मल नपाउँदा किसानहरु निरास भएका…
काठमाडौँ, १३ असोज । बालकै देखिन्छिन् उनी । शरीरले किशोरावस्थाको आकार समेत लिइसकेको छैन । गहुँगोरो वर्ण, होचो कद र पातलो शरीर ! गामबेसी गर्दाको पहिरन ! फुंग उडेको मुहार ! बैंसालु उमेरमा आउनुपर्ने चमक छैन । माइती इन्डियाकी इन्चार्ज इन्दिरा पाण्डे र नेपाली जनसम्पर्क समिति, भारतका अध्यक्ष बालकृष्ण पाण्डेको पहलमा कान्छी (नाम परिवर्तन) भारतको नयाँ दिल्लीस्थित जिबीरोडबाट हवाई मार्ग भएर नेपाल फर्काइँदै थिइन्। असोज ६ गते दिउँसो नेपाल एयरलाइन्सबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रँदा उनका वृद्धावस्थाका बाबु पनि सँगै थिए । बाबुछोरीका मनभित्रका असन्तुष्टि मुहारमा झल्कन्थ्यो। उतै बसेर अझ पैसा कमाउने महत्वाकांक्षाले नछाडेकाले भनिन्, ‘फर्काएर के भो म फेरि गइहाल्छु…
सुरुङ्गा, १३ असोज । झापाको सुरुङ्गामा जारी प्रथम टिभिएस टि–ट्वान्टीको उपाधि युथ एकाडेमी राजविराजले हासिल गरेको छ । शुक्रवार भएको फाइनल खेलका विराटनगरको क्रिकेट क्लबलाई २ विकेटलले हराउँदै नगद ५१ हजार सहितको उपाधि राजविराजले हात पारेको हो । उपविजयी भएको विराटनगरले ३१ हजार नगद सहित ट्रफी हात पारेको छ । पहिलो टच जितेर राजविराजले विराटनगरलाई ब्याटिङ्गको निम्तो दिएको थियो । जसमा विराटनगरले आफ्नो ९ विकेटको क्षतिमा १ सय ३२ रनको मध्यम स्तरको स्कोर बनाएको थियो । विराटनगरका तर्फबाट राष्ट्रिय टिमका सदस्यसमेत रहनुभएका सिद्धान्त लोहनीले सर्वाधिक ३३ रन जोड्नुभयो भने अमर राउटेलाले २५ रन जोड्नुभयो । राजविराजका तर्फबाट फिरदोज अन्सारीले ३…
काठमाडौँ, १३ असोज । विषाक्त मदिरा सेवनका कारण मलेसियामा मृत्यु भएका नेपाली कामदारको शव नेपाल ल्याइँदै छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार सर्लाहीका आइतसिं गोलेको शवको बिहीबार नै नेपाल ल्याई परिवारजनको जिम्मा लगाइएको छ । सुनसरीका संजय उराव र इलामका बलबहादुर कुलुङको शव परिवारको पहलमा नेपाल ल्याइसकिएको बताइएको छ । रुपन्देहीका रामकुमार यादवको शव आज राति नेपाल ल्याइँदैछ । थाई एयरलाइन्सको नियमित उडानबाट यादवको शव नेपाल ल्याइने बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै सर्लाहीका शेरबहादुर ठकुरीको शव शनिबार नेपाल ल्याइने बोर्डले जनाएको छ । बोर्डका अनुसार यही असोज १४ गते भीमबहादुर घले, १६ गते विशाल बुढाथोकी,…
काठमाडौँ, १२ असोज । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले संसद्को वर्षे अधिवेशनबाट चिकित्सा शिक्षा विधेयक पारित नभए पनि सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । शिक्षा पत्रकार सञ्जाल ९इजोन० को आठौँ वार्षिक साधारणसभा तथा पाँचौँ अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले चिकित्सा विधेयक आउँदो दशैँपछि शुरु हुने हिउँदे अधिवेशनमा पारित गरिने बताउनुभयो । “अहिले हामी संविधानमा उल्लेख गरिएका मौलिक हकसम्बन्धी ऐन बनाउनका लागि व्यस्त भयाँै”, उहाँले भन्नुभयो, ‘‘जसले गर्दा चिकित्सा विधेयक पारित हुन सकेन । अब अर्को अधिवेशनमा पारित गराउँछौँ ।” मन्त्री पोखरेलले अनिवार्य तथा निःशुल्क शिक्षा ऐन समाजवादोन्मुख भएको पनि बताउनुभयो । उहाँले सार्वजनिक शिक्षा सबलीकरणका लागि निजी…
बिर्तामोड, १२ असोज । नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण भएर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्वद्ध झापाका व्यावसायीहरुले आफ्ना संगठनहरुको एकीकरणका लागि आज कार्यदल गठन गरेका छन् । विगतमा नेकपा एमाले निकट व्यावसायीहरुले नेपाल राष्ट्रिय वाणिज्य संघको ब्यानरमा र नेकपा माओवादी केन्द्र निकट व्यावसायीहरुले नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको नाममा आफ्ना संगठन चलाएका थिए । दुईवटा पार्टी हुँदा बनाइएका आ–आफ्ना संगठनहरु पार्टी एकीकरण पछि स्वतः एकीकरण गरिएकाले आगामी अधिवेशन सम्पन्न गर्ने तथा अन्य प्रक्रिया पूरा गर्नका लागि कार्यदल गठन गरिएको हो । विगतमा फरक–फरक संगठनको ब्यानरमा काम गर्दै आएका दुवै राजनीतिक व्यावसायिक संगठनहरुका जिल्ला नेताहरुको आज बिर्तामोडमा भएको…
काठमाडौँ, १२ असोज । पछिल्लो एक तथ्याङ्कअनुसार गत भदौ महिनामा मुलुकभर १७० महिला हिंसाका घटना भएका छन् । महिला पुनःस्थापना केन्द्र (ओरेक)ले सार्वजनिक गरेको ‘महिलामाथि भएको हिंसाको मासिक प्रतिवेदन’ मा १७० महिला हिंसाका घटना अभिलेखीकरण भएका छन् । महिला हिंसाका घटनामध्ये सबैभन्दा बढी ४८ महिला तथा बालिकामाथि बलात्कार भएको पाइएको छ भने ३५ जनामाथि कुटपिट, १८ जनालाई खानलाउन नदिने, विवाह दर्ता, जन्मदर्ता तथा नागरिकताजस्ता स्रोत सुविधाबाट बञ्चतीकरण गरिएको छ । त्यस्तै १७ जनामाथि गालीगलौज, धम्की, चरित्र हत्याका कारण मानसिक हिंसा भएको, १३ जनामाथि यौन दुव्र्यवहार र १२ महिलाको हत्या भएका तथ्याङ्क सङ्कलन गरिएको छ । हिंसा प्रभावित महिलामध्ये सबैभन्दा बढी…
विराटनगर, १२ असोज । नेपाल प्रेस युनियन मोरङ शाखाको आठाँै जिल्ला अधिवेशन तथा पुरस्कार समर्पण समारोहमा आज यहाँ पाँच पत्रकार पुरस्कृत भएका छन् । पत्रकार भारती उपाध्यायद्वारा स्थापित अम्वे–मुरारी महिला पत्रकारिता पुरस्कारबाट सुशीला पाठक, शैलेजा आचार्य स्मृति पुरस्कारबाट मदनबाबु प्रसाईं, शैलेजा आचार्य स्मृति युवा पुरस्कारबाट नरेन्द्र बस्नेत, शैलजा आचार्य स्मृति महिला पुरस्कारबाट रञ्जिता पोखरेल र मायादेवी रिजाल स्मृति पुरस्कारबाट कुमोद अधिकारी पुरस्कृत हुनुभएको छ । पुरस्कारको राशी जनही रु ११ हजार रहेको छ । सो अवसरमा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुङ्गानाले प्रजातन्त्र र लोकतन्त्रलाई बलियो बनाउन पत्रकारिता क्षेत्र बलियो हुनुपर्ने बताउनुभयो । उहाँले परिवर्तनका संवाहक सञ्चार क्षेत्रले आफ्नो भूमिकालाई…
पाँचथर, १२ असोज । पदमार्ग बन्न नसक्दा धार्मिक तथा पर्यटकीयस्थल ‘तिम्बुङ पोखरी’ जाने तीर्थयात्री र पर्यटकले सास्ती खेप्नुपरेको छ । पाँचथरको याङवरक, ताप्लेजुङको सिदिङवा गाउँपालिका र भारत सिक्किम राज्यको त्रिकोणात्मक सङ्गमस्थलमा अवस्थित तिम्बुङ पोखरीको भ्रमण गर्न ठूलो सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गर्छन् । सदरमुकाम फिदिमदेखि १८ कोश उत्तरमा रहेको तिम्बुङ पुग्न मेची राजमार्ग हुँदै पाँचथरको गणेशचोकबाट मध्यपहाडी लोकमार्ग प्रयोग गरेर पाँचथरको फलैँचा वा ताप्लेजुङको कालीखोला हुँदै पुग्न सकिन्छ । मध्यपहाडी लोकमार्गको चिवाभञ्ज्याङ भएर पनि तिम्बुङ पुगिन्छ । इलामको पशुपतिनगरबाट सन्दकपुर–फालोट रुट प्रयोग गरेर पनि तिम्बुङको यात्रा तय गर्न सकिन्छ । सानो गोरेटो बाटो पछ्याएर यात्रा गर्नुपर्दा निकै गाह्रो…
इटहरी, १२ असोज । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले स्थानीय तहमा निर्वाचित पदाधिकारीको काँधमा सङ्घीयताको सफल कार्यान्वयन गर्दै जनतालाई समृद्धिको बाटोतर्फ अघि लैजाने महत्वपूर्ण जिम्मेवारी रहेको बताउनुभएको छ । मुख्यमन्त्री राईले गाउँपालिका महासङ्घ नेपालको प्रदेश नं १ को इटहरीमा आज आयोजित प्रथम अधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री राईले सङ्घीयता सफल तुल्याउने जिम्मेवारीलाई ध्यान दिएर काम गर्नुपर्नेमा जोड दिनुभयो । मुख्यमन्त्री राईले सङ्घीय, प्रादेशिक सरकारदेखि स्थानीय तहसम्म धेरै ऐन कानूनी एवं विधि विधान बनाउन बाँकी रहेको विषय तर्फ सचेत गराउनुहुँदै मौजुदा उपलब्धिलाई अधिकतम सदुपयोग गर्नुपर्ने धारणा व्यक्त गर्नभयो । प्रदेश सामाजिक विकासमन्त्री जीवन घिमिरेले जननिर्वाचित प्रतिनिधिबाट हुने लापर्वाही वा कमजोरी…