झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

सागर गौतम अर्जुनधारा, १२ असोज । अर्जुनधारा नगरपालिकाकाले आफ्ना क्षेत्र भित्रका सामुदायिक वनहरुसँग दीगो विकासका लागि एकीकृत रुपमा कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले नगर प्रमुख हरिकुमार रानाले सल्लाह, सुझाव लिएका छन् । प्राकृतिक रुपमा वातावरणीय नगर बनाउने लक्ष्यले नगरपालिकाले सामुदायिक वनका पदाधिकारी र राजनीतिक दलका प्रतिनिधिसँग प्रमुख रानाले सल्लाह, सुझाव लिएका हुन् । छलफलको सुरुवातमा नगर प्रमुख हरिकुमार रानाले आगामी दिनमा प्राकृतिक स्रोतको न्यायोचित वितरण गरी नियमन गरिने धारणा राखे । प्रमुख रानाले सामुदायिक वनको केही प्रतिशत छुट्याइ पशु विकास, कृषि र शिक्षाका लागि समेत कार्यक्रम तय गर्ने आग्रह गरे । त्यसमा वनले गर्ने सक्ने विकासको काममा नगरसगँ साझेदारी गरी अघि…

Read More

भोजपुर, ११ असोज । बलात्कारमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी आवश्यक कारवाही शुरु गरेको छ । पक्राउ पर्नेमा भोजपुर साल्पासिलिछो गाउँपालिका–४ मेम्पाङका १६ वर्षीय सन्देश राई भनिने सविन, भोजपुर नगरपालिका–१ डाँडा बोखिमका २५ वर्षीय मदन राई र हतुवागढी गाउँपालिका–६ माटोखानी टोलका २५ वर्षीय छत्रमान राई रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार, भोजपुरका साल्पासिलिछो गाउँपालिका–४ मेम्पाङकी पाँच वर्षीया बालिकालाई असोज ६ गते करणी गरेको अभियोगमा सन्देशलाई पक्राउ गरेको छ । त्यस्तै असोज २ गते १५ वर्षीया बालिकालाई स्थानीय पञ्चमाया राईको कोदोबारीमा लगेर बलात्कार गरेको अभियोगमा मदन राईलाई र असोज २ गते नै…

Read More

सङ्खुवासभा, ११ असोज । जबर्जस्ती करणीको आरोपमा दुई जना प्रहरी निलम्वित भएका छन् । इलाका प्रहरी कार्यालय आँखीभुईमा कार्यरत प्रहरी सहायक निरीक्षक धनराज खतिवडा र इलाका प्रहरी कार्यालय हेदाङ्नामा कार्यरत प्रहरी जवान मिक्मा शेर्पा निलम्बनमा परेका हुन् । उनीहरुमाथि १६ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गर्ने प्रयास गरेको आरोप छ । प्रहरी सहायक निरीक्षक खतिवडालाई जिल्ला अदालतबाट तारेखमा छाडिएको र प्रहरी जवान शेर्पा हिरासतमा रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायव उपरीक्षक श्यामकुमार सारुमगरले जानकारी दिनुभयो ।

Read More

काठमाडौँ, ११ असोज । आगामी  कार्तिक दोस्रो साता पोखरामा हुने पोखरा प्रिमियर लिग (पिपिएल) टि–२० क्रिकेट प्रतियोगितामा भाग लिने छ टोली, स्वामित्व र मार्की (रणनीतिक) खेलाडीको टुङ्गो लागेको छ । क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले आज पत्रकार सम्मेलन गरी प्रतियोगिता आगामी कात्तिक ९ देखि २० गतेसम्म हुने जानकारी दिएको छ । पिपिएल पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा हुनेछ । पिपिएलका लागि महत्वपूर्ण मानिएको मैदानसहित पिच निर्माण कार्य भइरहेको सो अवसरमा जानकारी दिइयो । आज घोषणा गरिएको टोलीमा चितवन राइनोज, विराटनगर टाइटन्स्, बुटवल ब्लास्टर्स, पोखरा पल्टन, एक्पर्ट धनगढी ब्लुज र हुलास काठमाडौं रोयल्स छन् । चितवन राइनोजको टोली स्वामित्व युवा व्यावसायी राहुल महरासहितको…

Read More

धनकुटा, ११ असोज । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश राजधानी र नामाङ्कन सबैको सहमतिमा टुङ्ग्याउने बताउनुभएको छ । आज आयोजित पत्रकार भेटघाटमा मुख्यमन्त्री राईले हतारमा बहुमतले राजधानी तोक्न तथा नामाङ्कन गर्न ठीक नहुने भन्दै केही ढिला भए पनि प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलका सदस्य र प्रदेशका जनताको भावनालाई सम्बोधन हुने गरी नाम तथा राजधानी तोकिन्छ भन्नुभयो ।सरकारको उद्देश्य प्रदेश नं १ लाई सबल र समृद्ध बनाउने भएकाले दुई तिहाइको बलबाट टुङ्गो लगाउने कसरतमा आफू नलागेको बताउँदै उहाँले चालू प्रदेशसभाबाट नै सहमतिमा नामाङ्कन र राजधानी तोकिने बताउनुभयो । प्रदेशको राजधानी कहाँ हुने र नामाङ्कन के हुने भन्ने कुराले…

Read More

काठमाडौँ, ११ असोज । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सरकार भ्रष्टाचार न्यूनीकरण गर्न चुकेको बताउनुभएको छ । सत्ता पक्ष दलको प्रमुखको हैसियतले आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै नेता नेपालले जनता भ्रष्टाचारमुक्त प्रशासन चाहन्थे तर सात महीनामा जनतालाई सुशासनको अनुभूति हुन नसकेको बताउनुभयो । उहाँले विकास निर्माणमा ठेकेदारले गुणस्तरहीन काम गरेको तथा जनताको जनजीविकासँग जोडिएको गाँस, बास कपास, शिक्षा, स्वास्थ्य र सुरक्षामा सन्तोषजनक उपलब्धि प्राप्त हुन नसकेको बताउनुभयो । चालू दोस्रो अधिवेशनको ७९औँ बैठकलाई सम्बोधन गर्दै नेता नेपालले ‘विकास निर्माणमा आबद्ध ठेकेदार बेपत्ता हुनु, कालोसूचीमा परेका भ्रष्टहरु पुरस्कृत हुनु र महिला हिंसा बढ्दै जानु’ सरकारप्रतिको जनविश्वास गुम्दै गएको बताउनुभयो । संसद्का बैठकमा…

Read More

सुमन घिमिरे उर्लाबारी, ११ असोज । जथाभावी रुपमा खोला उत्खनन भएकाले त्यसलाई रोक्न मोरङ उर्लाबारीस्थित मावा खोला आसपासका बासिन्दाले माग गरेका छन् । अनियन्त्रित र मापदण्ड विपरीत नदीजन्य पदार्थ निकासीका कारण उर्लाबारी मुख्य चोक नै जोखिममा परेको भन्दै स्थानीयवासीले उत्खनन रोक्न माग गरेका हुन् । स्थानीयवासीले मोहनप्रसाद भण्डारीको संयोजकत्वमा मावा खोला उत्खनन नियन्त्रण संयुक्त समिति नै निर्माण गरेर जथाभावी भइरहेको उत्खनन रोक्न माग गरेका हुन् । सो समितिले उर्लाबारी नगरपालिका–६ का साथै सीमामा रहेको झापाको दमक नगरपालिका–३ र ४ वडा कार्यालय तथा उर्लाबारी नगरकार्यपालिका र दमक नगर कार्यपालिकामा पनि जथाभावी रुपमा भइरहेको खोला उत्खनन रोक्न माग गरेता पनि चासो नदिएको…

Read More

पाँचथर, ११ असोज । जिल्लाका किसान अदुवाको उचित मूल्य पाएपछि उत्साहित भएका छन् । सिकानले यसपालि अदुवाको बेचेर पोहोरभन्दा दोब्बर आम्दानी लिएका छन् । पोहोर यहाँका किसानले माउ अदुवा सरदर प्रतिकिलो रु २५ मा बेचेका थिए । यस वर्ष चरणचरण गरेर प्रतिकिलो रु ४० देखि रु ७५ सम्ममा बिक्री गरेका छन् । सरदर प्रतिकिलो रु ५० मा माउ अदुवा बिक्री भएको फिदिम–२, अर्खौलेका सरस्वती ढुङ्गानाले बताउनुभयो । माउ अदुवाबाट तेब्बर आम्दानी गरेको उहाँले बताउनुभयो । “पोहोर मन (चालिस किलो) रु ७०० मा बेचे । यस वर्ष रु दुई हजार ४०० मा आठ मन बेचे,” उहाँले भन्नुभयो । चैत– वैशाखमा रोपिने…

Read More

अर्जुनधारा, ११ असोज । नेपाली आमा झापाले बुधबार अर्जुनधारा–६ को मनकामना क्लिनिक परिसरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । शिविरमा ६० जना महिलाको स्वास्थ्य परीक्षण गरियो । प्रजनन् स्वास्थ्य सुधार अभियान अन्र्तगत पहिलो चरणमा आङ्खस्ने समस्याका बारेमा सचेतना सहित त्यस्ता समस्या भएका महिलाको स्वास्थ्य परीक्षण गरिएको छ । कार्यक्रममा अर्जुनधारा नगरपालिकाका प्रमुख हरीकुमार रानाले खप्नै नसक्ने भएपछि मात्र महिलाको प्रजनन् समस्या बाहिर आउने गरेको बताए । उनले समस्या देखिनासाथ उपचार गराए धेरै मलिाले पीडाबाट मुक्ति पाउने भए पनि जनचेतनाको कमी र लजाउने प्रवृतिकै कारण समस्या बढेको दाबी गरे । कार्यक्रममा पीएसआई नेपालका अर्जुन सुवेदीले पीएसआईले मुलुकका ३० वटा जिल्लामा…

Read More

गौरादह, ११ असोज । झापा गौरादह नगरपालिका–४ की मिर्गौला पीडित बालिका पोखरेल स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ । आर्थिक अभावका कारण उपचार हुन नसक्दा पोखरेलको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको हो । बिगत ८ वर्षदेखि मिर्गौला सम्बन्धी रोगले ग्रसित बालिका उपचारको पर्खाइमा हुनुहुन्छ । बाबुले नहेरेको र आमा पनि अर्कैसँग विवाह गरी गएकाले मिर्गौला पीडित पोखरेल आफ्नो हजुरबुवा–हजुरआमासँग बस्दै आउनुभएको छ । स्थानीय डोरामारी मावि, कक्षा–२ मा अध्ययनरत् पोखरेल पढाइमा अब्बल रहेको सोही विद्यालयका शिक्षक युवराज रेग्मीले बताउनुभयो । हाल उहाँ धरानस्थित वीपी कोइरालाला स्वास्थ्य तथा विज्ञान प्रतिष्ठानमा नियमित स्वास्थ्य परीक्षण र औषधि सेवन गरिरहनुभएको छ । तर, औषधि…

Read More