झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

फिदिम, १५ असोज । जिल्ला प्रहरी कार्यालयले दशैँ, तिहारलगायत नजिकिएका चाडपर्वलाई दृष्टिगत गरेर विशेष सुरक्षा योजना लागू गरेको छ । चाडपर्वमा हुनसक्ने आपराधिक घटना रोक्न प्रहरीले विशेष सुरक्षा योजना बनाइ लागू गरेको हो । चाडपर्वमा सडक सुरक्षालाई मुख्य प्राथमिकतामा राखेको र यसअन्तर्गत दुर्घटना रोकथाम, यात्रुका गुनासाको सुनुवाइ र यात्रु तथा सवारी साधनलाई सुरक्षा दिने प्रहरीको योजना छ । वडादशैँमा सडकमा यात्रुको अत्याधिक चाप हुने भएकाले चालकले लामोसमयसम्म सवारी साधन चलाउने र क्षमताभन्दा बढी यात्रु बोक्नेजस्ता कारणले दुर्घटनाको सम्भावना बढी हुने गरेको छ । यात्रुको चापको बाहना बनाएर बढी भाडा असुल्ने समस्या आउन नदिन प्रहरीले जिल्लाको राँके, पौवाभञ्ज्याङ, फिदिम, जोरपोखरी र…

Read More

काठमाडौँ, १५ असोज । बङ्गलादेशमा जारी एसिसी यु–१९ एशिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा नेपालले अफगानिस्तानलाई १३२ रनको लक्ष्य दिएको छ । बङ्गलादेशस्थित क्रिरा शिख मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३८ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १३१ रन मात्र जोड्यो । नेपालका लागि रोहितकुमार पौडेलले सर्वाधिक ४९ रनको योगदान दिए । यस्तै नेपालका राशिद खानले २९, कप्तान आसिफ शेखले २० तथा ऋत गौतमले १० रन जोड्नेबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन् । नेपाललाई १३१ रनमा समेट्ने क्रममा अफगानिस्तानका अजमातुल्लाह ओमरजाईले ४ विकेट लिए भने कैस अहमद र अब्दुल रहमानले दुई दुई विकेट झारे ।…

Read More

विराटनगर, १४ असोज । सिँचाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ सर्वसम्मतिले पारित भएको छ । प्रदेशसभाको आज बसेको बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सोसम्बन्धी प्रस्ताव पेश गर्नुभएको थियो । यसअघि प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम १०७९८० बमोजिम प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समितिले प्रस्तुत गरेको सिँचाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ को प्रतिवेदनमाथि भएको छलफलमा प्रदेशसभा सदस्य उमिता विक, राजकुमार ओझा र मोहम्मदताहिर मियाँले विधेयक सर्वोत्कृष्ट रहेकामा पूर्ण समर्थन जनाउनुभएको थियो । छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री कार्कीले ऐनलाई उत्कृष्ट बनाउन सात प्रदेशसभाका सदस्यले दर्ता गराएको संशोधन प्रस्तावपछि बनेको विधेयक…

Read More

विराटनगर, १४ असोज । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले देश टुक्र्याउन खोज्ने राष्ट्रघातीलाई सरकारले कारवाही गर्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले मुलुकलाई विखण्डन गरी अस्थिरता फैलाउने अभियानमा लाग्नेलाई सरकारकाले दण्डित गर्नेछ भन्नुभयो । गृहमन्त्री थापाले वर्तमान सरकार मुलुकको स्वाधिनताको रक्षाको पक्षमा रहेकाले शान्ति सुरक्षा खल्बल्याउने एवं अस्थिरता उत्पन्न गर्ने पक्षलाई कारवाही गर्ने बताउनुभयो । उहाँले नेपाली जनताले दिएको जनादेशअनुसार सरकारले जनताको आर्थिक समृद्धिका लागि काम गरिरहेको र विगत ६ महिनामा मुलुकमा शान्ति सुरक्षाको अवस्था सुदृढ भएको बताउनुभयो । मन्त्री थापाले विगतमा देशमा हुने गरेका बम विस्फोटन, बन्द हडताललगायत जस्ता कार्य नियन्त्रणमा आएको दाबी गर्दै वर्तमान सरकारले…

Read More

भीमदत्तनगर, १४ असोज । कञ्चनपुरको भीमदत्त नगरपालिकाका– २ की १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणमा निलम्बित प्रहरी उपरीक्षक डिल्लीराज विष्टसहित तीन जनाको डिएनए रिपोर्ट आएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं निर्मला हत्या काण्डका अनुसन्धान अधिकृत कृष्णराज ओझाले तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक विष्ट, उहाँका छोरा किरणराज विष्ट र भीमदत्तनगरका स्थानीय युवा आयुश विष्टको डिएनए रिपोर्ट आएको जानकारी दिनुभयो । प्रहरी नायब उपरीक्षक ओझाले तीनै जनाको रिपोर्ट मेल नखाएको बताउनुभयो । “हिजो काठमाडौँबाट प्राप्त भएको रिपोर्ट आज बिहान जिप्रकामै खोलेर हेर्दा नेगेटिभ देखियो,” उहाँले भन्नुभयो, “घटनाको सुक्ष्म अनुसन्धान तीव्र गतिमा हुदैछ ।” गत साउन १०…

Read More

उर्लाबारी, १४ असोज । विराटनगर महानगरपालिका– ४ स्थित भित्री सडक खण्डमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुईको मृत्यु भएको छ । गए राति पार्किङ गरेर सडक किनारमा राखिरहेको ना५ख ५८८६ नं को ट्रकमा को८प ७२१५ नं को मोटरसाइकल ठोक्किँदा मोरङ, पथरीशनिश्चरे नगरपालिका– ९ का २३ वर्षीय रोशन शेर्पा र विराटनगर–४ का १९ वर्षीय अनिश राजवंशीको मृत्यु भएको हो । शेर्पाको घटनास्थलमै र राजवंशीको नोबेल अस्पताल विराटनगरमा उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, मोरङका प्रमुख प्रहरी निरीक्षक शिवकुमार पोखरेलले जानकारी दिनुभयो । ट्रकलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएको र चालकको खोजी भइरहेको प्रहरीले…

Read More

झापा, १४ असोज । झापाको मेचीनगरबाट लागूऔषध ब्राउन सुगरसहित दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । ब्राउन सुगर लिएर भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा शनिबार मेचीनगर–६ बाट बिर्तामोड–७ का २१ वर्षीय अनिष उप्रेती र बिर्तामोड–३ का २४ वर्षीय आकाश राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उप्रेतीलाई चार ग्राम ब्राउन सुगरसहित मेची भन्सार गेटबाट इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले पक्राउ गरेको र उनकै बयानका आधारमा घटनामा संलग्न राईसमेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो । पक्राउ परेका उप्रेती र राईलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको…

Read More

बिर्तामोड, १४ असोज । झापाको मेचीनगरमा सुन सफा गर्न बहानामा नेपाली महिलालाई ठग्ने दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार राज्य भागलपुर १३ निवासी ४५ बर्षीय हरी शाह र सोही स्थानका ३६ बर्षीय केदार शाह रहेको प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक कुलप्रसाद चौधरीले जनाएको छ । प्रहरी अनुसार मेचीनगर ७ स्थित इटाभट्टा निवासी ४२ बर्षीय भुमिका घिमिरेको सुनको गरगहना सफा गर्ने वहानामा सुन ठगी गरेको पिडितले प्रहरीमा उजुरी दिएपछि दुवै भारतीय नागरिकलाई इलाका प्रहरी कार्यालय काकँडभिट्टाका खटिएका प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालयमा राखेर थप अनुसंन्धान गरिरहेको प्रहरीले…

Read More

बिर्तामोड, १३ असोज । नेपाल प्रेस युनियन झापाको अध्यक्ष पदमा पहिलोपटक पत्रकार महिला इन्दु पूर्वेली निर्वाचित हुनुभएको छ । युनियनको नवौँ जिल्ला अधिवेशनका क्रममा आज साँझ सम्पन्न निर्वाचनमा ६४ मत प्राप्त गरी पूर्वेली निर्वाचित हुनुभएको हो । अध्यक्ष पदका अर्का प्रतिष्पर्धी राजेन्द्र गौतमले ४१ मत प्राप्त गर्नुभएको थियो । इन्दु पूर्वेली विर्तामोडबाट प्रकाशित हुने जनआन्दोलन साप्ताहिककी सम्पादक हुनुहुन्छ । नेतृत्वका लागि सहमतिको प्रयास भए पनि अन्तिममा गौतम र पूर्वेलीबीच अध्यक्ष पदमा चुनावी प्रतिष्पर्धा भएको थियो । कूल मत १२७ मध्ये १०६ मत खसेको थियो भने एक मत बदर भएको थियो । यसैगरी कार्यसमिति सदस्यमा दिपक ढुंगाना, रोशन भट्टराई, राजन बाँस्कोटा,…

Read More

काठमाडौँ, १३ असोज । लेखक सङ्घर्ष क्षेत्रीद्वारा लिखित प्रेमकथामा आधारित उपन्यास ‘साकुरा’ सार्वजनिक गरिएको छ । क्षेत्रीको सो पहिलो कृतिको आज राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष एवं साहित्यकार हरिहर अधिकारी ‘श्यामल’ ले विमोचन गर्नुभएको हो । अध्यक्ष श्यामलले मानिसका सम्बन्ध र द्वन्द्वका परिणामलाई उपन्यासमा उतार्नु सजिलो नभए पनि लेखक क्षेत्रीले चुनौती मोलेर युवती साकुरा र राइटर (प्रभाकर) लाई मुख्य पात्र बनाएर प्रेमको आख्यानीकरणको प्रयत्न गरेको बताउनुभयो । उहाँले प्रेमलाई कोरारुपमा मात्र नहेरी यसको सामाजिकीकरण गरी हरेक झुपडीमा रुमल्लिएका पीडालाई कलापूर्ण र घनीभूतरुपमा प्रस्तुत गर्न सकेमा लेखकको सामाजिक उत्तरदायित्वसमेत पूरा हुने बताउनुभयो । पत्रकार रामकुमार एलनले उपन्यासको प्रभाकर पात्रले समाजमा उज्यालो छरेको…

Read More