
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
कञ्चनपुर, ३० भदौ । अपराध अनुसन्धानको सिद्धान्तले भन्छ, अपराधीले घटनास्थलमा केही न केही प्रमाण छोडेर जान्छ। तर निर्मला पन्तका हत्याराले घटनास्थलमा छाडेका सबै प्रमाण अपराध अनुसन्धानबारे जानकार प्रहरीले नै सुझबुझ ढंगले नष्ट गर्न खोजेको देखिन्छ । घुँडासम्म पानी जमेको उखुबारीमा घोप्टो परेको अवस्थामा निर्मलाको शव भेटिएको थियो । हत्याराले बालात्कारपछि निर्मलाको गुप्तांगबाट विर्य, रगत पखालियोस् भनेरै पानी जमेको उखुबारीमा घोप्टो पारेर शव फालेको हुनसक्ने एक प्रहरी अधिकारी बताउँछन्। पानीको आहाल भएको उखुबारीमा खुट्टाको छाप पनि देखिने भएन। शव घोप्टो पारेर पानीमा डुबाइएकाले शरीरका अन्य भाग र लुगामा पाइन सक्ने रगत, रांै, फिंगर प्रिन्ट, विर्यलगायत प्रमाण नष्ट हुन पुगे । शव…
झापा, २९ भदौ । नेपाल प्रहरीले सात प्रदेशमा प्रहरी आवासीय विद्यालय स्थापना गर्ने भएको छ । प्रहरी अधिकृत तथा जवानका छोराछोरीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न सातै प्रदेशमा आवासीय विद्यालय स्थापना गर्न लागिएको हो । पहिला पाँच विकास क्षेत्रमा स्थापना भएको प्रहरी विद्यालय देश सङ्घीयतामा गएपछि सातै प्रदेशमा हुने गरी बाँकी दुई प्रदेशमा थप गर्न लागिएको प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले जानकारी दिनुभयो । “जेठ २७ को मन्त्रिपरिषद्को बैठकअनुसार सबै प्रदेशमा प्रहरी विद्यालय पु¥याउने लक्ष्यअनुसार प्रदेश ३ को ९भरतपुर० चितवन र कर्णाली प्रदेशकोे ९छिन्चु० सुर्खेतमा प्रहरी विद्यालय स्थापना गर्न लागेका हौँ”, उहाँले भन्नुभयो । प्रदेश १ को धरान ९सुनसरी०, प्रदेश २…
बैतडी, २९ भदौ । सडक दुर्घटनामा परी मलेसियामा आज एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा बझाङ्गको केदारस्युँ गाउँपालिका– ५ बाँझका ३० वर्षीय मानबहादुर बोहोरा रहेका छन् । कोठाबाट कामका लागि कम्पनीतिर गइरहेका बेला जोहोरबारुमा सडक पार गर्ने क्रममा ट्याक्सीले ठक्कर दिएर गम्भीर भएका बोहोराको उपचारका क्रममा आज बिहान ७ बजे एक स्थानीय अस्पतालमा मृत्यु भएको मलेसियाबाट रमेश साउदले जानकारी दिनुभयो । बोहोरा विगत सात वर्षदेखि मलेसियाको सिनामो (सोफा) कम्पनीमा कार्यरत हुनुहुन्थ्यो । मृतक बोहोराको शव नेपाल ल्याउने तयारी गरिएको छ । मलेसियामा सडक पार गर्ने क्रममा धेरै नेपालीले अकालमै ज्यान गुमाउननुपरेको छ ।
चन्द्रकला भण्डारी भद्रपुर, २९ भदौ । अतिथिको स्वागत गर्दा दिइने फूलको गुच्छा होस् वा तिहारमा दिदीबहिनीहरुले लगाइदिने माला, सयपत्री फूलको थुङ्गाले दिने सौन्दर्यको तुलना नै हुन सक्दैन । न्वारानदेखि घाटसम्म र मन्दिरदेखि घरसम्म प्रयोग हुने फूलहरुमध्ये सयपत्रीलाई नेपालीहरुले अति मन पराउँछन् । सभा समारोहहरुमा सजाउन मात्र होइन, पाहुनालाई सम्मान गर्न पनि सयपत्री फूलको माला रोज्न थालिएको छ । यति धेरै महत्व र माग भएर पनि नेपालमा भारतबाट महङ्गोमा आयात गरेर सयपत्रीको माग धान्नु परिरहेको छ । सीमावर्ती प्रमुख नाकाहरुबाट वर्षेनी करोडौँको फूल भित्रिरहेको छ । भन्सार नाकाबाट भन्दा बढी मात्रामा अनधिकृत रुपमा खुला सिमानाबाट भित्र्याइने गरिएको छ । फूलमाथिको यही…
गोरखा, २९ भदौ । जिल्लामा नक्कली नोटको बिगबिगी बढेको छ । नक्कली नोट भेटिएपछि सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले जिल्लास्थित बैंक तथा बित्तीय संस्थालाई निर्देशन दिएको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बैंक तथा बित्तीय संस्थाका प्रमुख एवं प्रतिनिधिलाई कार्यकक्षमा बोलाइ अनिवार्यरुपमा नक्कली नोटको पहिचान गर्नसक्ने खालका मेशिनको प्रयोग गर्न निर्देशन दिनुभयो । यहाँको प्राइम बैैंक र सिद्धी गणेश बचत तथा ऋण सहकारी संस्थामा गत साता एक हजारका तीन नक्कली नोट फेला परेपछि प्रजिअ भट्टराईले सतर्कता अपनाउन निर्देशन दिनुभएको हो । “गोरखा र लमजुङमा भेटिएको नक्कली नोेटको नम्बर एउटै भएको जानकारीमा आएको छ,” प्रजिअ भट्टराईले भन्नुभयो । सूचना लुकाएर…
भद्रपुर, २९ भदौ । नजिकँदै गरेका चाडपर्वलाई मध्यनजर गर्दै झापाका बजार अब सातै बार खुला हुने भएका छन् । विजयदशमी, दिपावली तथा छठपर्वका अवसरमा आम उपभोक्ताको सुविधाका लागि सबै व्यवसायीले साप्ताहिक रुपमा एक दिन बन्द गर्दै आएका पसल÷व्यापारिक प्रतिष्ठान खुला गर्ने भएका हुन् । झापाको मेचीनगर बुधबार, विर्तामोड सोमबार, चन्द्रगढी शनिबार, भद्रपुर बिहीबार र दमक नगरपालिकामा शुक्रबार बजार बन्द हुँदै आएका थिए । नगरका उद्योग वाणिज्य सङ्घले सूचना जारी गरेर छठ पर्व पछि अर्थात कात्तिक २८ गतेसम्मको अवधिसम्म बजार सातै बार खुला गर्न अनुरोध गरेपछि बजार खुला हुने भएको हो ।
काठमाडौँ, २९ भदौ । भारतको लखनउमा जारी एकदिवसीय क्रिकेट सिरिजअन्तर्गत आज सम्पन्न दोस्रो खेलमा नेपालको यू–१९ टोली भारतको यू–१९ ‘ए’सँग पराजित भएको छ । लखनउस्थित एकाना अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा भएको खेलमा नेपाल आठ विकेटले हारेको हो । टस जितेर ब्याटिङ गर्दै नेपालले ४५ दशमलव पाँच ओभरमा सवै विकेट गुमाएर १५६ रन बनाएको थियो । एक सय ५७ रनको विजयी लक्ष्य भारतले २४ दशमलव १ ओभरमा दुई विकेट गुमाएर पुरा ग¥यो । भारतका लागि वाईभि राथोडले अविजित ५९ रन तथा प्रभासिमरन सिंहले अविजित ४६ रनको योगदान दिए । कप्तान अनुज रावतले ४७ रन बनाए । बलिङवर्फ नेपालका लागि कमलसिंह ऐरी र…
काडमाडौँ, २९ भदौ । सुत्केरी महिलाले एब बर्षसम्म बेतलबी बिदा पाउने भएका छन् । संसदको स्वास्थ्य शिक्षा समितिले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफावार छलफलपछि प्रसूति बिदा अपूग भए चिकित्सकको सिफारिसमा बढीमा एक बर्षसम्म बेतलबी बिदा पाउने व्यवस्था गरेको हो । आजको कान्तिपुरमा खबर छ ।
काडमाडौँ, २९ भदौ । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका बाबुआमासँगै यतिबेला ९ अधिकारकर्मी महिला पनि आफ्नो परिवार र कामकाज छोडेर राजधानीमा छन् । यी तिनै महिला हुन् जो अहोरात्र नखटिएका भए कञ्चनपुर घटना उतिबेलै सेलाउन सक्थ्यो । शव भेटिएकै दिन साउन ११ गते कञ्चनपुरका कांग्रेस, पूर्वमाओवादी र पूर्वएमालेका तीन पुरुष प्रतिनिधिको रोहवरमा कागज गराएर प्रहरीले निर्मलाको सद्गत गर्न खोजेको थियो । यिनै महिलाले यसमा कुनै राजनीतिक निर्णय हुन नसक्ने भन्दै पुरुषहरूको सहमतिविरुद्ध आन्दोलन सुरु गरेपछि त्यस दिन शव जलाउन रोकिएको थियो । आन्दोलनको केन्द्रमा थिइन् ३२ वर्षीया लक्ष्मी मल्ल । पुरुषहरूले गरेको कागजमा निर्मलाको हत्या भएको मात्र लेखिएको थियो,…
तेह्रथुम, २९ भदौ । तेह्रथुमको म्याङलुङ नगरपालिकाले जिल्ला अस्पतालमा प्रसूति हुन आउने नगर क्षेत्रका महिलालाई एम्बुलेन्स खर्च उपलब्ध गराउने भएको छ । अस्पतालमा प्रसूति हुन जाँदा आउँदा एम्बुलेन्सका लागि लाग्ने खर्च नगरपालिकाले बिलअनुसार भुक्तानी दिने निर्णय गरेको उपप्रमुख पार्वतीसानु डाँगीले बताउनुभयो । सरकारले स्वास्थ्य संस्थामा गएर सुरक्षित प्रसूति सेवा लिने महिलालाई यातायात खर्चबापत रु दुई हजार उपलब्ध गराउँदै आएको छ । नगर क्षेत्रका महिलाको समस्यालाई मध्यनजर गर्दै सुरक्षित प्रसूति सेवालाई थप प्रभावकारी बनाउन यो कार्यक्रमले सहयोग पु¥याउने उपप्रमुख डाँगीले बताउनुभयो ।