झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौँ, २५ भदौ । मुलुकमा विभिन्न प्रकारका सवारीसाधन (अटो मोबाइल्स) करीब पाँच खर्ब बराबरको कारोवार हुने गरेको छ । नेपाल अटो मोबाइल्स डिलर्स सङ्घले मङ्गलबारदेखि शुरु हुन लागेको यस वर्षको ‘नाडा अटो सो’ का बारेमा जानकारी दिन आज यहाँ आयोजना गरेको कार्यक्रममा प्रत्येक वर्ष नयाँ ब्रान्डका दुईपाङ्ग्रे र चारपाङ्ग्रे, ठूला सवारीसाधनको कारोवारमा वृद्धि हुँदै गएको जनाएको छ । यही भदौ २६ देखि ३१ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा प्रदर्शनी गरिने भएको छ । उक्त कार्यक्रममा सङ्घका कावा अध्यक्ष कृष्णप्रसाद दुलालले यस क्षेत्रले कूल गार्हस्थ्य उत्पादनमा वार्षिक करीब २५ प्रतिशत योगदान गर्दै आएको जानकारी दिनुभयो । उहाँले हरेक वर्ष हुँदै आएको अटोमोबाइल्सको प्रदर्शनीमा…

Read More

ताप्लेजुङ, २५ भदौ । गएरातिदेखि परेको अबिरल वर्षाका कारण पहिरो झरेपछि ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–१ र २ लाई जोड्ने मोटरेवल पुल जोखिममा परेको छ । सिनाम र आम्बेगुदिनको सिमानामा पर्ने नेउखोलाको उक्त पुलको दुबै तर्फका जीपको आसपास माथिबाट पहिरो झरेपछि उक्त पुल जोखिममा परेको हो । पहिरोले दुबै तर्फको ग्याबिङ जाली बगाएको स्थानीयवासी भीम थेवेले जानकारी दिनुभयो । बाटोसमेत पहिरोले अवरुद्ध बनेपछि आम्बेगुदिन, तेल्लोक लगायतका ठाउँबाट जिल्ला र जिल्ला बाहिर जाने सवारी साधनबीच बाटोमा नै रोकिएका छन् । अन्यत्र ठाउँबाट आम्बेगुदिन तर्फ जाने दर्जनांै सवारी साधनसमेत सिमानामै रोकिएको बताइएको छ । सो क्षेत्रमा तत्काल बाटो खुल्ने सम्भावना न्यून रहेको स्थानीयवासीको भनाइ…

Read More

स्याङ्जा, २५ भदौ । श्रीमान् श्रीमतीको सहमतिमा सम्बन्ध विच्छेद स्वभाविक हो तर यहाँ श्रीमतीलाई थाहा नै नदिइ सम्बन्ध विच्छेद गरेको घटना सार्वजनिक भएको छ । आफूलाई थाहा नै नदिइ श्रीमान्ले सम्बन्ध विच्छेद गरेको भन्दै आज स्याङ्जा जिल्ला अदालतमा ५० वर्षीया मीनाकुमारी क्षेत्रीले उजुरी दिनुभएको हो । उहाँले रुँदै भन्नुभयो, “मलाई थाहा नै नदिइ कसरी सम्बन्ध विच्छेद भयो, मलाई न्याय चाहियो ।” भिरकोट नगरपालिका– ३ निवासी श्रीमान् मोहनकुमार क्षेत्रीले जालसाजी गरेर सम्बन्ध विच्छेद गराएको भन्दै मीनाकुमारीले उक्त अदालतमा तीन वटा मुद्दा दर्ता गराउनुभएको छ । उहाँले हक कायम गराउन, जालसाजी र गाली बेइज्जतीको मुद्दा दर्ता गराउनुभएको स्रेस्तेदार नन्दप्रसाद आचार्यले बताउनुभयो ।…

Read More

वासिङ्गटन, २५ भदौ । न्युजिल्याण्डको दुर्गम क्षेत्रमा पर्ने केर्माडेक द्वीपमा सोमबार ६.९ म्याग्नीच्युडको भूकम्प गएको छ । तर यस भूकम्पपछि सुनामीको चेतावनी भने नदिएको अधिकारीहरुले जानकारी दिएका छन् । स्थानीय समयानुसार सोमबार बिहान ४ः१९ बजे न्युजिल्याण्डको अकल्याण्डबाट ७० किलोमिटर उत्तरपूर्वमा १११ किलोमिटर गहिराइमा उक्त भूकम्पको केन्द्रविन्दु रहेको अमेरिकी भौगर्भिक संस्था (युएसजिएस) ले जानकारी दिएको छ । अहिलेसम्म प्राप्त भौगर्भिक तथ्यहरुको आधारमा हेर्दा हाल यहाँ सुनामीको चेतावनी दिनुपर्ने कुनै कारण देखा नपरेको प्रशान्त महासागरीय सुनामी चेतावनी केन्द्रले जानकारी दिएको छ । गैरआवाद रही आएको केर्मादेक द्वीप ज्युजिल्याण्डको सुदुरउत्तरमा पर्दछ । न्युजिल्याड भूकम्प र ज्वालामूखीजस्ता प्राकृतिक प्रकोपले सताइएको देश हो ।

Read More

राजकुमार राव र श्रद्धा कपूर स्टारर फिल्म ‘स्त्री’ रिलिज भएको एक हप्ता भइसकेको छ । फिल्म अहिले पनि बक्सअफिसमा सानदार रफ्तारमा दौडिरहेको छ । यो फिल्मको पहिलो हप्ताको कलेक्सन रिपोर्ट सार्वजनिक भएको छ । ट्रेड एक्सपर्ट तरण आदर्शको ट्विट अनुसार, फिल्मले प्रदर्शनको सात दिनमा घरेलू बजारबाट कुल ६० करोड ३९ लाखको कलेक्सन गरेको छ । यो हरर कमेडी फिल्मले आफ्नो ओपनिङ डे शुक्रवार ६ करोड ८३ लाखको कमाई गरेको थियो । शनिवार १० करोड ८७ लाख, आइतवार १४ करोड ५७ लाख, सोमवार ९ करोड ७० लाख, मंगलवार ६ करोड ३७ लाख, बुधवार ६ करोड ५५ लाख र बिहीवार ५।५० लाखको…

Read More

आगामी ९१ औं एकेडेमी अवार्डस् (द अस्कर अवार्ड) मा सहभागी हुनका लागि नेपाली फिल्मलाई आह्वान गरिएको छ । आफ्नो फिल्म अस्कर अवार्डमा सहभागी गराउन चाहनेले भदौ २९ गते शुक्रबारसम्म दर्ता गरिसक्नुपर्ने नेपालको अस्कर अवार्ड समितिले जनाएको छ । अस्कर अवार्ड समारोह सन् २०१९ फेब्रुअरी २४ तारिख आइतबारका दिन अमेरिकाको लस् एन्जेलसको डल्बी थिएटरमा आयोजना हुँदैछ । प्रतियोगितामा नेपालको फिल्मले बेस्ट फरेन ल्यांग्वेज (गैरअंग्रेजी भाषी फिल्म) विधामा प्रतिस्पर्धा गर्न पाउनेछ । प्रतिस्पर्धामा भाग लिन चाहेको फिल्म २०७४ असोज १५ गतेभन्दा पछि तथा २०७५ साल असोज १४ गतेभन्दा पहिला नै सार्वजनिक प्रदर्शन गरिएको हुनु पर्नेछ । अमेरिकाको एकेडेमी अफ मोसन पिक्चर आर्ट्स…

Read More

अर्जुनधारा, २५ भदौ । घर परिवार र चेलीमाइतमा मात्र सीमित तीज पर्वलाई विभिन्न संघसंस्थाहरुले महत्वका साथ आ–आफ्नो तरिकाले मनाउँदै आएका छन् । संस्थाका सदस्यहरु बीच रकम संकलन गरी विभिन्न तीज गीतमा नाच्दै तडकभडकका साथ तीज मनाउने चलन समाजमा व्याप्त छ । तर, अर्जुनधारा–५ स्थित फूलबारीमा भने फरक शैलीमा तीज पर्वलाई मनाइएको छ । स्थानीय युवाहरुको सक्रियतामा यस ठाउँका महिला दिदीबहिनीहरुलाई चेली मानी सामूहिक रुपमा दर खुवाउँदै तीज मिलन कार्यक्रम मनाइएको हो । गाउँमै गाउँकै चेलीहरुलाई भेला गरी सामूहिक रुपमा तीज मनाउँदै दर खुवाउँदा खुशी लागेको स्थानीय टीका प्रसाई बताउँछिन् । ‘अहिले चाड पर्वको नाममा विकृति फैलिएको छ,’ प्रसाईं भन्छिन्, ‘त्यस्तो…

Read More

नेपालगञ्ज, २५ भदौ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा एकता हुन नदिने मूल प्रवृति नै अन्तरघात भएको बताउनुभएको छ । जननायक बिपी कोइरालाको १०५औँ जयन्तीका अवसरमा आज यहाँ आयोजित ‘नेतृत्व विकास तथा सामूहिक सौदाबाजी’ विषयक अन्तक्र्रिया एवं प्रशिक्षण कार्यक्रमको उदघाटन गर्दै सभापति देउवाले पार्टी भित्रको अन्तरघात प्रवृतिलाई सबै मिलेर निरुत्साहित गर्नुपर्नेमा जोड दिनुभयो । “ बिपी कोइरालाले थिति बसाएको पार्टीमा अहिले बेथिति बढेको छ, अनुशासनमा नबस्ने प्रवृति मौलाएको छ, स्वार्थी जमातको वर्चश्व क्रमशः हाबी हुँदै गएको छ, म अब चुप लागेर बस्दिन । यस्ता प्रवृति भएका कार्यकर्तामाथि निष्काशनसम्मको कारवाही हुन्छ ।” सभापति देउवाले भन्नुभयो, ‘हामी अरुका कारणले चुनाव हारेका…

Read More

बिर्तामोड, २५ भदौ । नेपाल दशनामी जिल्ला महिला समिति झापाले हिन्दू नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर तीज मिलन कार्यक्रम तथा दोस्रो जिल्ला अधिवेशन सम्पन्न गरेको छ । महिला समितिले काँकडभिट्टामा शनिवार तीज मिलन कार्यक्रमको आयोजना गरी दशनामी समाजका चेलीवेटीलाई सामूहिक दर खुवाउनुको साथै ५ जना आमाहरुलाई दोसल्ला ओडाई सम्मान समेत गरेको थियो । महिला समाज झापाकी अध्यक्ष पार्वता गिरीको अध्यक्षतामा सम्पन्न तीज मिलन तथा अधिवेशनको प्रमुख अतिथि नेपाल दशनामी समाजका पुर्व उपाध्यक्ष तथा सल्लाहकार केदार प्रसाद गिरी रहेका थिए । अधिवेशनले नयाँ नेतृत्व समेत चयन गरेको छ । समितिको अध्यक्षमा पुःन पार्वता गिरीलाई नै चयन गरेको छ…

Read More

काठमाडौँ, २५ भदौ । बङ्गलादेशको राजधानी ढाकामा जारी साफ च्याम्पियनसिपको सेमिफाइनलमा बुधबार नेपालले माल्दिभ्ससँग खेल्ने भएको छ । गोलाप्रथाद्वारा माल्दिभ्स समूह ‘बी’को उपविजेता बनेपछि नेपालको भिडन्त माल्दिभ्ससँग हुने भएको हो । समूह ‘ए’बाट नेपाल समूह विजेता बन्दै सेमिफाइलन प्रवेश गरेको हो । त्यसैगरी भारत समूह ‘बि’ को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ । भारतले समूह ‘ए’को उपविजेता पाकिस्तानसँग खेल्नेछ । समूह ‘बी’ मा रहेका माल्दिभ्स र श्रीलङ्काले एक खेलमा पराजय र एकमा बराबरी खेलेपछि गोलाप्रथाद्वारा समूह उपविजेता छानिएको थियो । अब नेपालले फाइनल प्रवेशका लागि माल्दिभ्ससँग आगामी बुधबार ३ः४५ बजे ढाकास्थित बङ्गबन्धु रङ्गशालामा प्रतिपर्धा गर्नेछ । दोस्रो सेमिफाइनलमा सोही…

Read More