झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौँ, ३१ भदौ । भारतको लखनउमा भइरहेको उन्नाइस वर्षमुनिको एकदिवसीय क्रिकेट शृङ्खलामा नेपाल विजयी भएको छ । आज भएको खेलमा नेपालले अफगानिस्तानलाई २५ रनले हराउँदै प्रतियोगितामा पहिलो जित निकालेको हो । लखनउस्थित एकना अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशलामा भएको खेलमा नेपालले निर्धारित ५० ओभरको खेलमा सवै विकेट गुमाउँदै १८९ रन बनायो । एक सय ९० रनको विजयी लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानको यू–१९ टोलीले ४७ दशमलव चार ओभरमा एक सय ६४ रन मात्र बनायो । यसअघि टस हारेर ब्याटिङ गर्ने क्रममा नेपालका लागि पवन सर्राफले अविजित ७८ रन जोडे । उनले ९६ बल खेल्दै एक छक्का र १० चौका हाने । सन्दीप जोराले…

Read More

बलिउड अभिनेत्री सोनम कपुर आफ्नो मनको कुरा खुलेर भन्न हिच्किचाउँदिनन् । हालै एउटा च्याट शोमा प्रस्तुत भएकी उनले आफ्नो बेडरुमका सेक्रेटहरुसमेत खुलासा गरिदिइन् । सोनमका अनुसार उनलाई बत्ति निभाएर सुत्न मन पर्दैन । ‘हामी जे गर्छौं, बत्ति बालेरै गर्छौं,’ उनले भनिन् । बत्ति निभाउँदा आफूलाई सकस हुने उनको भनाई छ । उनलाई फोर प्ले (सेक्स अगाडिको यौनजन्य क्रियाकलाप) को विषयमा पनि प्रश्न गरियो । सोनमले आफूलाई फोर प्लेभन्दा डर्टी टक (अश्लिल गफ) मन पर्ने बताइन् । उनले भनिन्, ‘फोर प्लेमा जति रोमाञ्चित हुन्छु, त्यो भन्दा कयौं गुणा बेसी रोमाञ्चित फोहोरी कुरा गर्दा हुन्छु ।’ साथै उनले आफूलाई ह्यान्ड जब (हात…

Read More

काठमाडौं, ३१ भदौ । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको छानबिन गर्न अर्को ‘शक्तिशाली’ समिति गठन गरिएको छ । प्रहरी अतिरिक्त महानिरीक्षक (एजआईजी) बढुवामा सिफारिस भएका डीआइजी धिरु बस्नेतको संयोजकत्वमा अर्को समिति गठन गरिएको हो । घटनाको अनुसन्धानका क्रममा ६ जना प्रहरी नै निलम्बनमा परेपछि अनुसन्धान प्रभावकारी बनाउन डीआर्इजी बस्नेतको नेतृत्वमा समिति गठन गरिएको हो । यो समितिले सुरूमा अनुसन्धानमा खटिएका प्रहरीको अनुसन्धान गरी यथाशीघ्र प्रतिवेदन बुझाउने प्रहरी हेडक्वाटरका प्रवक्ता एसएसपी शैलेश थापाले जानकारी दिए । यसअघि पनि उत्तम सुवेदीको संयोजकत्वमा समिति गठन गरिएको थियो ।

Read More

पाँचथर, ३१ भदौ । जिल्लामा अलैँची जोन कार्यक्रमका लागि बजेट अभाव भएको छ । अलैँची उत्पादनको पकेट क्षेत्र फालेलुङ गाउँपालिका– १, २, ६ र ७ वडामा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई अलैँची जोन कार्यक्रम बजेट अभावले प्रभावित भएको छ । बजेट अभावका कारण अलैँची खेती विस्तार गर्न समस्या भएको अलैँची जोन कार्यक्रमका सूचना अधिकारी प्रकाश विश्वकर्माले बताउनुभयो । अलैँची जोन कार्यक्रम अघिल्लो आवदेखि शुरु भएको हो । “सरकारले आवश्यक बजेट व्यवस्थापन गर्न नसक्दा समस्या भएकहो छ,” उहाँले भन्नुभयो । सो क्षेत्रमा अहिले एक हजार ५०० हेक्टरमा अलैँची खेती विस्तार गरिएको छ । फालेलुङ गाउँपालिकाको चार वडामा सञ्चालित अलैँची…

Read More

सुखानी, ३१ भदौ । ज्येष्ठ नागरिक सामुदायिक मिलन समाज अर्जुनधाराले तेस्रो महाअधिवेसन सम्पन्न गरेको छ । कार्यक्रममा अर्जुनधारा नगरपालिकाका प्रमुख हरि कुमार रानाले जेष्ठ नागरिकहरुको भरोसा र आर्शिवादलाई शिरमा राखी नगरबासी जनतालाई केन्द्रमा राखेर अगाडि बढेँको बताए । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका रानाले अर्जुनधारालाई महाभारतीय इतिहासकालको झझल्को आउने गरी आफूले काम गर्ने खोजेको बताउँदै नगर केन्द्र शनिश्चरे बजारलाई मनमोहक स्थल बनाउन योजना अघि सारिसकेको बताए । श्रोत,साधनलाई इमान्दारितापूर्वक परिचालन गरी नगर क्षेत्र सुन्दर बनाउन उनले आग्रह समेत गरेँ । कार्यक्रममा झापा जिल्ला जेष्ठ नागरिक समाजका उपाध्यक्ष हरि ओलीले समाज गैर नाफामुलक र गैर राजनीतकि हुनुपर्नेमा आग्रह गरेका थिए ।…

Read More

काठमाडौँ ३१ भदौ । आर्थिक वर्ष २०७४/७५ मा तीन हजार ३८७ जना कर्मचारीले सम्पत्ति विवरण बुझाएनन् । निजामती किताबखानामा दर्ता भएका ८८ हजार आठ सय कर्मचारीमध्ये ८५ हजार ४१३ कर्मचारीले मात्र सो आवमा सम्पत्ति विवरण बुझाएको निजामती किताबखानाका प्रवक्ता राजेन्द्र पराजुलीले जानकारी दिनुभयो । कर्मचारीलाई आव २०७४÷७५ को सम्पत्ति विवरण बुझाउन यही साउन १ गतेदेखि भदौ २९ गतेसम्मको समयसीमा तोकिएको थियो । भ्रष्टाचार निवारण ऐन –२०५९ को दफा ५० अनुसार सार्वजनिक पद धारण गरेको व्यक्तिले ऐन प्रारम्भ भएको मितिले ६० दिनभित्र र त्यसपछि हरेक आर्थिक वर्ष समाप्त भएको मितिले ६० दिनभित्र आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा…

Read More

जाजरकोट, ३१ भदौ । यहाँका जनप्रतिनिधिले सदरमुकाममा रहेका आफ्नै घरमा स्थानीय सरकार चलाएका छन् । आफ्नै घरमा चलाएका कार्यालयको पनि आवास खर्चस्वरुप रकम झुक्तानी लिने गरेको पाइएको छ । जिल्लाको बारेकोट गाउँपालिकाले सदरमुकाममा कार्यालय राखेर काम गर्दै आएको वर्ष दिन बित्यो । उता लिम्सामा सम्पर्क कार्यालय भए पनि सबै काम सदरमुकामबाटै हुने गरेको छ । गाउँपालिकाका लेखापाल राजबहादुर सिंहको घरमा एक वर्षअघि देखि कार्यालय सञ्चालन हुँदै आएको छ । त्यस्तै कुशेगाउँपालिकाको कार्यालय पनि सदरमुकाममै छ । यो गाउँपालिकाको काम पनि सदरमुकाममै हुने गरेको छ । कुशेगाउँपालिकाकी उपाध्यक्ष रामछाया शाहीको सदरमुकामको घरमा कार्यालय सञ्चालन हुँदै आएको हो । गाउँमा पनि सम्पर्क…

Read More

झापा, ३१ भदौ । सरकारले किसानलाई प्रोत्साहन गर्न बर्सेनि ठूलो रकम अनुदानका लागि विनियोजन गर्ने गरेको छ । कृष कर्ममा लागेकाहरुलाई उक्त पेशामा लागि रहन प्रोत्साहन गर्ने हेतुले सरकारले विभिन्न क्षेत्रमा अनुदान उपलब्ध गराउँदै आएको हो । अन्नबाली, पशुपालन, फलफूल खेती, माछापालन लगायतका विभिन्न क्षेत्रमा सरकारले अनुदान उपलब्ध गराउने गरेको छ । जसको मुख्य उद्देश्यले किसानलाई सहुलियत र मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउनु हो । तर, सरकारको लगानी वास्तविक किसानसम्म पुग्न सकेको छैन । विभिन्न फर्म सञ्चालन गरेको भन्दै कागजी प्रक्रिया पूरा गरेर पहुँचवाला व्यक्तिले अनुदानमा रजगज गर्ने गरेका छन् । अब झापाका स्थानीय सरकारले त्यस्ता कागजी किसानले अनुदान पाउने अवस्थाको…

Read More

भद्रपुर, ३१ भदौ । नेपालकै शैक्षिक इतिहास बोकेको भद्रपुर माध्यमिक विद्यालय कमजोर प्रशासनिक नेतृत्वको व्यवस्थापकीय भुमरीमा पर्दा विद्यार्थी मैत्री बन्न सकेको छैन । वि सं २००२ सालमा स्थापना भएको सो विद्यालय भौतिक पुर्वाधार संरक्षणदेखि शैक्षिक वातावरणसम्म निर्माणमा कमजोर प्रशासनिक नेतृत्व भएको कारण विद्यार्थी मैत्री बन्न नसकेको हो । ६ सय १९ जना विद्यार्थी अध्ययनरत भद्रपुर माविमा शौचालय व्यवस्थापन नहुँदा मेची नदीको बगर धाउन बाध्य हुनु परेको विद्यार्थी गुनासो पोख्छन् । नगर शिक्षा कार्यालयसित जोडिएको सो विद्यालयमा शिक्षण वातावरण पनि विद्यार्थी मैत्री बन्न नसकेको गुनासो आउने गरेको छ । विगतमा निर्माण भएका शौचालयहरु उचित रेखदेख तथा मर्मतको अभावमा विद्यार्थीले प्रयोग गर्न…

Read More

गाईघाट, ३१ भदौ । नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द (विप्लव) पार्टीका नेता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)लाई राजधानी काठमाडौँबाट शनिबार उदयपुर प्रहरीमा ल्याइएको छ । काठमाडौँबाट खड्गबहादुरलाई काठमाडौँका प्रहरीले जिल्ला प्रहरी कार्यालय उदयपुरमा बुझाएको उदयपुरका प्रहरी उपरीक्षक चन्द्रदेव राईले बताउनुभयो । खड्गबहादुरले बम विस्फोटसम्बन्धी गतिविधि गरेका कारण आज म्याद थप गरी विस्फोटक पदार्थसम्बन्धी मुद्दा चलाउने तयारी भएको प्रहरी उपरीक्षक राईले बताउनुभयो । यसअघि नै आधा दर्जन सो पार्टीका नेतालाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेर विस्फोटक पदार्थसम्बन्धी मुद्दा चलाइसकेको प्रहरीले बताएको छ ।

Read More