
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
कञ्चनपुर, ३१ भदौ । बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धानले टुंगो पाएकै छैन । कञ्चनपुरमै बलात्कारको अर्को घटना सार्वजनिक भएको छ । बेल्डाँडी गाउँपालिकाका दुई जना बालिका बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । दुई साताअघि बलात्कार गरेको भन्दै बालिकाका आफन्तले उजुरी गरेपछि प्रहरीले शनिबार बेल्डाँडी–२ का ५७ वर्षीय राजेन्द्र विष्टलाई पक्राउ गरेको हो । ‘परिवारले दुईवटै बालिका दुई साताअघि बलात्कृत भएको जानकारी दिए’, इलाका प्रहरी कार्यालय बेल्डाँडीका प्रहरी निरीक्षक सुरेन्द्र बमले भने, ‘परिवारले दिएको जानकारीका आधारमा शनिबार नै आरोपित व्यक्तिलाई पक्राउ गरिसकिएको छ ।’ विष्टलाई घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ । विष्टले भदौ १५ गते शुक्रबार…
काठमाडौँ, ३१ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मनोहरा खोलाको बालुवा निकाल्न ‘सेटिङ’ मिलाइदिने भन्दै ठेकेदारसँग घुस लिएको आरोपमा नौ जना प्रहरीलाई नियन्त्रणमा लिएको छ । अख्तियारले प्रहरी सहायक निरीक्षक गोपाल श्रेष्ठ र सुवास ढुङ्गाना तथा प्रहरी हवल्दार दीपक भारती, उमेश यादव र अमन चौधरीलाई नियन्त्रणमा लिएको प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिनुभयो । प्रसनी श्रेष्ठले ठेकेदारसँग रु ३० हजार, प्रसनी ढुङ्गाना र प्रहरी हवल्दार भारतीले रु ४५ हजार, प्रहरी हवल्दार यादव र चौधरीले रु पाँच÷पाँच हजार घुस लिएको अख्तियारले जनाएको छ । त्यस्तै प्रहरी जवान रत्न रिजाल, मानसिंह रोका, दीपेन्द्र कुँवर र मुकेश पटेललाई पनि घुस लिएको आरोपमा अख्तियारले नियन्त्रणमा…
मोरङ, ३१ भदौ । रीता कार्की १४ वर्षकी भइन् । मोरङको बेलबारी नगरपालिका ११ लक्ष्मीमार्ग हो घर । नजिकैको लक्ष्मी माविमा कक्षा ९ मा पढ्छिन् । बिहान स्कुल जाने उनी दिनभरि सिटी सफारीको हेन्डिल घुमाउँदै यात्रु ओसार्छिन् । भन्छिन्, ‘पढाइ र परिवारको खर्च जुटाउन सिटी सफारी चलाउँछु ।’ घरछेउकै स्कुलमा बिहान ११ बजेसम्म पढेर फर्किएपछि सफारी चालकमा उनको भूमिका फेरिन्छ । पारिवारिक आर्थिक अवस्था कमजोर छ । सफारी चलाएर कमाएको केही पैसासँगै थकित मुहार लिएर साँझ घर फर्कनु उनको दैनिकी बनेको छ । यो दैनिकी बिहान–बेलुका घरको चुल्हो बाल्ने र आफू तथा भाइबहिनीका लागि पढाइखर्च जुटाउने उद्यम हो । दिनभरिको…
काठमाडौँ, ३१ भदौ । देशमा पहिलो पटकको प्रादेशिक सरकारको अभ्यास ६ महिना पुरा भएको छ । यस अवधिमा सात वटा प्रदेश सरकारले चालु आर्थिक बर्षको नीति तथा कार्यक्रम एवं बजेट पारित गरिसकेका छन् भने प्रदेशको न्युनतम भौतिक पुर्वाधार र कर्मचारी प्रबन्ध गरिएको छ । तर, विकास निर्माण, सेवा प्रवाह र शान्ति सुरक्षाजस्ता सरकारका प्राथमिक काममा भने सबै प्रदेश सरकार प्रभावकारी हुन सकेका छैनन् । कानुन् अवभा संघीय सरकारको अपेक्षा उच्च तहका कर्मचारीको अटेरी प्रवृत्ति प्रदेश सरकारलाई निकटमा बनाउन मुख्य जिम्मेवार देखिएका छन् । संविधानले प्रधानमन्त्री केपी ओलीलाई नै प्रदेशको झमेला सल्ट्याउने जिम्मेवारी दिएको छ । अन्तरप्रदेश समन्वय परिषद्को अध्यक्षको हैसियतमा…
फेसनको दुनियाँमा कहिले कुन ट्रेण्डको हावा चल्छ भन्ने कुराको अनुमान लगाउन पनि गाह्रो हुन्छ । अहिले ब्राजिलियन बट लिफ्ट अर्थात् बिबिएल फेसन यस्तो गरी बढिरहेको छ कि मानिसहरु आफ्नो ज्यानसम्म दाउमा लगाइरहेका छन् । एकजना महिला, जो ३ सन्तानकी आमा हुन् उनी यहीँ सर्जरीका लागि इंगल्याण्डबाट टर्की पुगिन् र उक्त ज्यानमारा सर्जरीका क्रममा उनको मृत्यु भयो । टर्कीको इजमिर सहरस्थित एक क्लिनिकमा नितम्ब बढाउने शल्यक्रियाका क्रममा उनलाई तीनपटक हृदयाघात भयो । अन्ततः उनको मृत्यु भयो । नितम्बको आकार बढाउने यो फेसनमा गरिने शल्यक्रियाका क्रममा पेटको बोसोलाई निकालेर नितम्बमा प्रत्यारोपण गरिन्छ । विज्ञहरुका अनुसार यस सर्जरीका क्रममा मृत्युको दर हर ३…
नुवकोट, ३० भदौ । नुवाकोटको तादी गाउँपालिका १ उर्लेनी काल्चेका तीन किशोरी हराएको १० दिन बितिसक्दा पनि परिवारले उनीहरुको खबरसम्म पाउन सकेको छैन । हराउनेमा १८ बर्षीया शर्मिला भन्ने आइती तामाङ, १७ बर्षीया सम्झना तामाङ र १७ बर्षकै हसिना भन्ने माया तामाङ रहेका छन् । उनीहरु श्रीकृष्ण जन्माष्टीका दिन रथयात्रा हेर्न भनी खरानीटार गएका थिए । जात्रा हेरेर साँझ फर्कने भनी घरमा जानकारी गराएर पनि अहिलेसम्म नफर्किएको शर्मिलाका बुवाले शुक्रबार बताए ।
काठमाडौँ, ३० भदौ । भक्तपुरको खरिपाटीस्थित नेपालको पहिलो कम्युनिष्ट विद्यालयका रुपमा स्थापना भएको मदन भण्डारी एशियाली विद्यालयमा विश्व कम्युनिष्टको इतिहासदेखि वर्तमान अवस्थासम्मका बारेमा विभिन्न देशका नागरिकले प्रशिक्षण लिएका छन् । विद्यालयमा पुष्पलाल व्याच नाम दिइएको उक्त कक्षामा विगत २१ दिनदेखि आवासीयरुपमा प्रशिक्षण लिँदै आएका १४ वटा देशका ४२ जनाले विश्व कम्युनिष्टको उदय, सङ्घर्ष र वर्तमान अवस्थाका बारेमा प्रशिक्षणमार्फत जानकारी लिएका हुन् । विश्वमा कम्युनिष्ट कमजोर हँुदै गएका बेला नेपालमा भने कम्युनिष्ट किन र कसरी माथि आउँदैछ भन्ने अध्ययन गर्न २१ दिनको प्रशिक्षणले टेवा पु¥याएको सहभागीले बताएका छन् । प्रशिक्षणमा सहभागी अल इण्डिया युथ लाइभका राष्ट्रिय सदस्य धर्मेन्द्र कुमारले २१ दिनको…
विराटनगर, ३० भदौ । उच्च अदालत विराटनगरले सनम शाक्य हत्या तथा साढे ३३ किलो सुनकाण्डमा संलग्न भएको आरोप लागेका वरिष्ठ प्रहरी उपरीक्षक दिवेश लोहनीलाई साधारण तारेखमा शुक्रबार रिहा गर्ने आदेश दिएको छ । उच्च अदालतका न्यायाधीश नागेन्द्रलाभ कर्ण र सारङ्गा सुवेदीको संयुक्त इजलासले मोरङ जिल्ला अदालतको आदेश उल्ट्याउँदै लोहनीलाई थुनामुक्त गर्ने आदेश दिएको हो । उक्त सुन प्रकरणमा वरिष्ठ उपरीक्षक लोहनीलाई गत वैशाख १९ गते सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिले पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय मोरङले नौ प्रहरीसहित ६३ जनाविरूद्ध सङ्गठित अपराध ऐनअनुसार मुद्दा चलाएको थियो ।
कञ्चनपुर, ३० भदौ । बलात्कारका घटनाको अनुसन्धानमा संवेदनशील नभएको आरोप खेपिरहेको नेपाल प्रहरीले बलात्कारीविरुद्ध देशव्यापी रूपमा तालिम दिने तयारी गरेकोछ । तालिममा बलात्कारीको आँखा फुटाउनेसम्मको ‘कोर्स’ समावेश छ । रोकथामका लागि पहल नगरेको आलोचनापछि प्रहरीले नयाँ अभियान सुरु गर्न लागको छ । हाल दैनिक औसत तीनवटा बलात्कारका उजुरी प्रहरीमा दर्ता हुन्छन्। गत आर्थिक वर्षमा एक हजार ४८० बलात्कारका उजुरी परेको प्रहरी तथ्यांक छ । घटना बढ्नुको विश्लेषण गरेर नयाँ अभियान सुरु गर्न लागिएको प्रहरी प्रवक्ता एसएसपी शैलेश थापाले बताए । एक महिनापछि बलात्कारविरुद्ध सचेतना तथा तालिम सुरु हुने थापाको भनाइ छ । यो अभियानमा प्रहरीले बलात्कारबाट कसरी जोगिने र कसैले…
काठमाडौँ, ३० भदौ । अधिकांश मन्त्रीले अपेक्षाअनुसार काम नगरेको निष्कर्षमा पुगेका प्रधानमन्त्री केपी ओली ‘डिजिटल सिस्टम’बाट उनीहरूको मूल्यांकन गर्ने तयारीमा छन् । असोजदेखि हरेक महिना कुन मन्त्रालय र मन्त्रीले कति समयमा के–कति काम गरे भन्ने मूल्यांकन सफ्टवेयरबाटै हुने भएको हो । अनलाइन मूल्यांकनकै आधारमा मन्त्रीलाई प्रोत्साहन र कारबाही गर्ने योजना प्रधानमन्त्रीको छ । सफ्टवेयर असोजको पहिलो साता सञ्चालनमा आएपछि प्रधानमन्त्री ओलीले सिंहदरबारस्थित कार्यकक्ष या बालुवाटारस्थित निवासमै बसेर ट्याबलेट, ल्यापटप वा मोबाइलबाट मन्त्री र मन्त्रालयहरूको कामको प्रगति विवरण हेर्न सक्नेछन् । कार्यतालिकाअनुसार प्रगति विवरणमा देखिएन भने किन काम भएन, के–के समस्याहरू आए, कुनै कानुनी वा नीतिगत अडचन, बजेट वा अरु कुनै…