
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
सान नेपाल गौरादह, ३ असोज । क्रिएटिभ नेप्लीज युथ क्लब सम्पर्क केन्द्र गौरादहले सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । क्लबले गौरादह–४ मा रहेको जनता प्रावि मिलनचोकमा रहेको विद्यालयका ५५ जना विद्यार्थीलाई पाठ्यसामग्रीका रुपमा कापी, कलम, पेन्सिल वितरण गरेको छ । गौरादहमा रहेको प्रजिना कन्स्ट्रक्सन र ममता मेडिकल हलले पाठ्यसामग्री सौजन्य गरेका थिए । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सिकाइ कार्यमा सहजताका लागि वर्णमाला चार्टहरु विद्यालयलाई वितरण गरेको छ । गौरादह नगरपालिकाका नगरप्रमुख रोहितकुमार साहले सामुदायिक विद्यालयमा गरीब तथा विपन्न परिवारका छोराछोरीहरु अध्ययन गर्न आउने भएकाले पाठ्यसामग्रीको अभावमा विद्यालय आउन अन्कनाउने बताए । उनले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पाठ्यसामग्री वितरण…
बिर्तामोड, ३ असोज । झापाको बिर्तामोड–भद्रपुर सडक खण्डको निर्माण कार्य शुरु भएको छ । चार लेनको बन्न लागेको उक्त २७ करोड लागतमा निर्माण हुन लागेको हो । सडक निर्माणको प्रदेश संसद एकराज कार्की, बिर्तामोड नगरपालिका प्रमुख ध्रुवकुमार सिवाकोटी र उपप्रमुख मञ्जु महतरा प्रसाईंले संयुक्त रुपमा डोजर चलाएर शुभारम्भ गरेका छन् । सडक निर्माणका लागि डिभिजन सडक कार्यालय दमकले टेन्डर आह्वान गरेको थियो । उक्त सडक निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले २७ करोड रुपैयाँ विनियोजन गरेको डिभिजन कार्यालयका इन्जिनियर माधव पौडेलले जानकारी दिए । उनले सडक निर्माणको काम अब सुरु भएको र १८ महिना भित्र सक्ने गरी ठेकेदार कम्पनीले…
झापा, ३ असोज । झापा गाउँपालिका झापा जिल्लाको नवौं स्थानीय तहको रुपमा खुल्ला दिसामुक्त घोषणा भएको छ । जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति झापाका अध्यक्ष एवम् जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले हरियो झण्डा अनावरण गर्दै झापा गाउँपालिकालाई खुल्ला दिसामुक्त घोषणा गरे । ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमको सहयोगमा साविक शरणाामतीमा सहारा नेपाल र साविक कुमरखोद तथा टाघनडुब्बामा सगरमाथा सामुदायिक विकास केन्द्रले खुल्ला दिसामुक्त अभियान सहजीकरण गरेका थिए । ७ हजार २ सय २९ घरधुरी रहेको झापा गाउँपालिकामा खुल्ला दिसामुक्त अभियान सहजीकरण गर्नुअघि ३ हजार ४ सय ४६ घरधुरीमा सुरक्षित चर्पीको पहुँच रहेको थियो भने ३ हजार ७…
सन्तोष शर्मा झापा, ३ असोज । सदियौंदेखि दलीत समुदायले उत्पीडन सहँदै आएका छन् । जातीय विभेदसँगै शोषण र दमनका कारण उनीहरु दोस्रो दर्जाको नागरिक सरह बने । लामो समयको संघर्षपछि नयाँ संविधान–२०७२ जारी भयो । नयाँ संविधान जारी भएपछि उनीहरु उत्साहित भए । तर, संविधान जारी भएको तीन वर्ष बित्न लाग्दा पनि कार्यान्वयन नहुँदा उनीहरु निराश भएका छन् । मुक्ति समाज नेपाल, केन्द्रीय अनुशासन कमिटी सदस्य सोमनाथ पोर्तेलले दलीतमैत्री संविधान निर्माण भए पनि कार्यान्वयन हुन नसकेको बताउनुभयो । संविधानमा दलीतका लागि निःशुल्क आवास, शिक्षा, स्वास्थ्य, जमिन लगायतको व्यवस्था भएको उहाँले बताउनुभयो । ‘मौलिक हकको धारा १६ देखि धारा ४७ सम्म…
काठमाडौँ, २ असोज । भारतको लखनउमा सम्पन्न उन्नाइस वर्षमुनिको एकदिवसीय क्रिकेट शृखलामा नेपालले चौथो स्थान हासिल गरेको छ । लखनउस्थित एकान अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको तेस्रो स्थानकोे भिडन्तमा नेपाल अफगानिस्तानसँग ७१ रनले पराजित भएसँगै चौथो स्थान हासिल गरेको हो । त्यस्तै प्रतियोगिताको उपाधि भने भारतको बि टोलीले हात पारेको छ । आजै भएको फाइनल खेलमा भारतको बि टोलीले भारतकै ‘ए’ टोलीलाई १० रनले पराजित गर्दै उपाधि जितेको हो । टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले नेपाललाई २४५ रनको लक्ष्य दिएको थियो । अफगानिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै २४४ रनको योगफल बनायो । जवाफी व्याटिङमा उत्रेको नेपालले ४५ ओभरमा…
विराटनगर, २ असोज । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवले असोज ३ गते संविधान दिवसको विरोध गर्ने आफ्नो दलको कुनै कार्यक्रम नरहेको बताउनुभएको छ । यहाँ आज सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष यादवले संविधानलाई मानेर विभिन्न निर्वाचनमा भाग लिइसकेको र संविधानबारे रहेको असहमतिलाई सम्बोधन गरी संशोधन र परिमार्जन गर्दै लैजाने प्रक्रिया शुरु भइसकेकाले संविधानको विरोध गरिरहनु नपर्ने बताउनुभयो । उहाँले केही व्यक्तिले बाटाबाटामा निकालेको विज्ञप्तिको कुनै औचित्य नरहेको पनि स्पष्ट गर्नुभयो । एक प्रश्नका जवाफमा स्वास्थ्यमन्त्री यादवले स्वास्थ्यकर्मीको सरुवामा केही त्रुटि देखिएकाले मन्त्रालयले छानबिन समिति बनाएको र यसको प्रतिवेदनका आधारमा दोषीलाई कारवाही गरिने जानकारी दिनुभयो ।
बनियानी, झापा, २ असोज । झापाका रू १ अर्ब रुपैयाँको लागतमा चाउचाउ उद्योग सञ्चालनमा आएको छ । झापाको मेचीनगर–१४ स्थित दुवागढीमा रू १ अर्बको लगानीमा मनषा थाई फुड्स प्रालि सञ्चालनमा आएको हो । झापाको बिर्तामोडमा आज पत्रकार सम्मेलनको आयोजना गरी प्रालिले आफ्नो उत्पादन सार्वजनिक गरेको छ । उद्योगमा पर्शुराम अग्रवाल, ओमप्रकाश अग्रवाल, गणेश प्याकुरेल र अजय अग्रवालले संयुक्त लगानी गर्नुभएको छ । मनषा थाई फुडस् मेची अञ्चलमै पहिलो तयारी चाउचाउ उद्योग रहेको सञ्चालक पर्शुराम अग्रवालले जानकारी दिनुभयो । ‘झापामा औद्योगिक क्षेत्रको विकास गर्ने उद्देश्यले हामीले चाउचाउ उद्योग सञ्चालनमा ल्याएका हौँ’, अर्का सञ्चालक अजय अग्रवालले भन्नुभयो, ‘सरकारले एक घर एक रोजगारीको…
सान नेपाल गौरादह, २ असोज । गौरादह १ स्थित डिट्ठा चोक निवासी बबिना ताजपुरिया रगत सम्बन्धि आई. टी. पी नामक गम्भिर समस्या वाट ग्रस्त भएकी छिन् । आर्थिक अवस्था दयनिय भएको ताजपुरिया परिवारले छोरीको स्वास्थ्य उपचारको लागी सवै संग सहयोगको लागी याचना गरिरहेको छ । यसै विच गौरादह उद्योग वाणिज्य संघका अध्यक्ष तथा टि.भि.एस. शोरुम गौरादहका प्रोपाइटर जीवनकुमार राईको अग्रसरतामा विभिन्न क्षेत्रबाट सहयोग जुट्ने क्रम जारी रहेको छ । पछिल्लो समय राईको सामाजिक क्षेत्रमा योगदान निकै प्रसंसनिय वन्दै गएको पाइएको छ । हरेक पिडित परिवारलाई भेटेर आर्थिक तथा अन्य आवश्यक सहयोग गर्दै आएका राईको पहलमा सञ्चालित अभियानहरु सफल हुदैँ आएको…
बिर्तामाड, २ असोज । झापाको बिर्तामोड नगरपालिकाले अग्र्यानिक नगर बनाउने अभियान अन्तरगत किसानलाई निमका बिरुवा वितरण गरेको छ । नगर क्षेत्रका किसानलाई चार वर्षमा चार लाख निमका बिरुवा वितरण गर्ने अभियान आजदेखि शुभारम्म गरिएको हो । कार्यक्रममा नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटी, उपप्रमुख पवित्रा महतारा प्रसाईं, प्रमुख कार्यकारी अधिकृत पशुपति खतिबडा, कृषि अधिकृत राजेन्द्र खरेलले लगायतले किसानलाई निमको बिरुवा वितरण गर्नुभयो । नगरपालिकाले किसानहरुलाई यसपटक ४० हजार निमका बिरुवा निःशुल्क बितरण गर्नेछ भने क्रमशः चार वर्षभित्रमा चार लाख बिरुवा बाँड्ने कार्यक्रम रहेको कृषि अधिकृत कडरियाले जानकारी दिनुभयो । यसअघि नगरपालिकाले १० हजार फलफूलका बिरुवा वितरण गरेको थियो ।
उर्लाबारी, २ असोज । नेपाल रेडक्रस सोसाइटी उर्लाबारी उपशाखाले यहाँ पहिलो पटक रक्तसञ्चार सेवा ९ब्लड बैंक० शुरु गरेको छ । गत साउन पहिलो साता नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष सञ्जीव थापाले सो सेवाको उद्घाटन गर्नुभएको थियो । आवश्यक पूर्वाधार नहुँदा झण्डै दुई महिनापछि मात्र उपशाखाले सोमबारदेखि उक्त सेवा दिन थालेको हो । नेपाल रेडक्रस सोसाइटी मोरङ शाखाको प्राविधिक सहयोगमा शुरु भएको सो सेवाले पूर्वी मोरङका बिरामी लाभान्वित हुने उर्लाबारी उपशाखाका सभापति मदनबाबु प्रसार्इंले बताउनुभयो । सेवा सञ्चालनका लागि उर्लाबारी नगरपालिका, सगरमाथा बचत तथा ऋण सहकारी संस्था, पवित्र बचत तथा ऋण सहकारी संस्थालगायतले सहयोग गर्दै आएका छन् । बिरामीले स्थानीय अस्पतालमा…