
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
मिलान (एजेन्सी) । पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोका वकिलले उनीविरुद्ध लगाइएको बलात्कारका सम्पूर्ण कागजात कपोलकल्पित भएको दाबी गरेका छन् । ३३ बर्षे रोनाल्डोले २००९ मा लास भेगासको एक होटलमा पूर्वमोडल क्याथरिन मायोर्गामाथि बलात्कार गरेको भन्ने आरोपको खण्डन गर्दै आएका छन् । मायोर्गाले सो समयमा रोनाल्डोले माफूमाथि होटलमा जबरजस्ती गरेको दाबी गर्दै आएकी छन् । रोनाल्डोका वकिल पिटर क्रिस्टियानसेनले रोनाल्डोमाथि लागेको बलात्कारको मुद्दा आधारहीन भएको भन्दै त्यसको खण्डन गरेका हुन् । यसअघि रोनाल्डोले जर्मनीको डेर स्वेजल साप्ताहिकमा छापिएको आफूमाथि लागेको बलात्कारको आरोप झूटो भएको बताएका थिए । वकिल पिटरले सो पत्रिकाविरुद्ध मानहानिको मुद्दा हाल्ने तयारी भएको बताए । आजको नागरिक दैनिकमा खबर…
काठमाडौं, २६ असोज । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको योनीबाट संकलित भेजिनल स्वाब परीक्षण पद्धतिमाथि नै राष्ट्रिय मानवअधिकार आयोगले शंका गरेको छ । आयोगले बलात्कारपछिको हत्यापछि गरिएका चिकित्सकीय जाँच तथा सबुतहरूको वैज्ञानिक परीक्षणका विषयमा शंका राखेर प्रहरीलाई भेजिनल स्वाब सुरक्षित राख्न निर्देशन दिएको हो । आयोगले बिहीबार सो विषयमा कानुनी चिकित्सा क्षेत्रका विज्ञसहित डीएनए विज्ञहरूसँग परामर्शसमेत गरेको छ । त्यसक्रममा प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा गरिएको डीएनए परीक्षणप्रति आयोगले शंका जनाएको हो । आयोगले परीक्षणको रिपोर्ट नै मगाएर विज्ञहरूसँग छलफल गरेको हो । आयोगका कार्यवाहक अध्यक्ष प्रकाश वस्तीले प्राविधिक रूपमा विश्वस्त हुन आयोगले भेजिनल स्वाब सुरक्षित राख्न प्रहरीलाई निर्देशन…
दमक, २६ असोज । झापाको दमक र आसपासको क्षेत्रमा बालबालिकाहरुमा भाइरलको प्रकोप देखिन थालेको छ । बिरामी भएर बालबालिकाहरुको उपचारका लागि अभिभावक अस्पताल तथा क्लिनिकहरुमा आउने क्रम बढेको छ । लाइफलाइन अस्पतालका बाल रोग बिशेषज्ञ डा. रजनिश मिश्रका अनुसार भाइरलको संक्रमण भएका बालबालिकाहरु अधिकतम रुपमा उपचारका लागि आउने गरेकाछन् । उनीहरुलाइ आवश्यक उपचारसंगै परामर्श समेत दिइने गरेको मिश्रले बताए । लाइफलाइन अस्पतालमा पनि धेरैको संख्यामा भाइरलको संक्रमणमा परेका बालबालिकाहरु उपचारका लागि आइरहेको मिश्रको भनाइ छ । मिश्र पछिल्लो समयमा दमकमा बालबालिकाको लागि राम्रो डाक्टर मानिन्छन् । बद्लिदोे मौसम, वायु प्रदुषण तथा दुषित पानीका कारण बालबालिकामा भाइरलको संक्रमण ज्यादा हुन्छ । यो हावाबाट…
मङ्गलबारे, २६ असोज । इलामको देउमाई नगरपालिका–७ सिद्धिथुम्कामा तीन दिने पर्यटन महोत्सव हुने भएको छ । ‘आन्तरिक पर्यटन प्रवद्र्धनमा जुटौँ’ नाराका साथ आगामी कात्तिक २५, २६ र २७ गते महोत्सव हुने भएको छ । खान्द्रुङ गुफा, अजम्वरे डाँडा, झुल्केघाम हेर्ने चुली, फुङफुङे झरना, मन्दिर, देवीस्थान यहाँका पर्यटकीय आकर्षण हुन् । स्थानीय व्यावसायिक कृषि प्रणाली र मौरीपालन व्यवसाय यहाँ राम्रोसँग फस्टाएको छ । महोत्सवमा कृषि प्रदर्शनी र मौरीको समेत कक्ष राखिने महोत्सव आयोजक समितिका अध्यक्ष गोविन्द गुरागाईँले जानकारी दिनुभयो । यसअघि यहाँ दुई पटक महोत्सव आयोजना गरिएको थियो ।
दमक, २६ असोज । झापाको दमक स्थित पूर्वपश्चीम राजमार्ग क्षेत्र विभिन्न संरचनाका कारण अतिक्रमणमा परी साँघुरो बन्दै गएको गुनासो आएपछि दमकमा हालै गठन भएको यातायात व्यवस्थापन समितिको अगुवाईमा फराकिलो बनाउन थालिएको छ । सो अन्तर्गत दमकको पश्चीम बस स्टैण्ड र आसपास क्षेत्रमा रहेका झाडी तथा अन्य भौतिक संरचनाहरु हटाएर फराकिलो बनाइएको छ । समितिका अध्यक्ष प्रजापति सापकोटाको नेतृत्वमा इलाका प्रहरी कार्यालय दमकका डिएसपी श्यामल सुब्बा, सडक डिभिजन कार्यालय दमकका इञ्जिनियर जिल्ला ट्राफिक प्रहरी प्रमुख राजेश राईसहितको निगरानीमा जेसीवि लगाएर सो ठाउँमा रहेका संरचनाहरु हटाइएपछि बिहिबारदेखि राजमार्ग क्षेत्र फराकिलो बनेको छ । सो सम्बन्धमा समितिले यस अघि विभिन्न सञ्चारमाध्यमबाट सार्वजनिक सूचना…
उर्लाबारी, २६ असोज । मोरङका दुई छुट्टाछुट्टै स्थानमा गए राति भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । बेलवारी नगरपालिका–४स्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना५ख १९२० नं को ट्रकले बिपरीत दिशाबाट जाँदै गरेको को१२प ९६८२ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक बेलवारी– ११ का ४० वर्षीय मनकुमार राई र पछाडि सवार सोही ठाउँका ४५ वर्षीय वर्णकुमार राईको मृत्यु भएको हो । ट्रकको ठक्करबाट गम्भीर घाइते दुई जनाको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, मोरङका प्रमुख प्रहरी निरीक्षक शिवकुमार…
मनोज दाहाल विराटनगर, २६ असोज । के तपार्इं मादक पदार्थ सेवन ९मापसे० गरी सवारी साधन चलाउने गर्नुहुन्छ ? छ भने अब मोरङ प्रहरीले लिने ट्राफिक परीक्षा दिन तयार हुनुहोस् । जिल्ला प्रहरी कार्यालय, मोरङ र जिल्ला ट्राफिक प्रहरीले मापसे गरी सवारी साधन सञ्चालनका कारण हुने दुर्घटना नियन्त्रण गर्न यो नयाँ अभियान सञ्चालन गरेको हो । मापसे गरी सवारी साधन सञ्चालन गर्दा चेकजाँचमा पक्राउ पर्दा प्रहरीले सवारी चालक अनुमतिपत्र लिन्छ र चिट (पूर्जी) दिन्छ । त्यही चिटकोे नम्बरको आधारमा ट्राफिकसम्बन्धी परीक्षा दिनुपर्ने हुन्छ । विभिन्न मूल र शाखा सडकलगायत अन्य स्थानमा गत मङ्गलबारसम्ममा आकस्मिक चेकजाँचका क्रममा मादक पदार्थ सेवन गरी सवारी…
धरान, २६ असोज । प्रदेश नं १ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले ‘मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र’ कार्यक्रमअन्तर्गत १४ जिल्लाका ७० गाउँपालिकालाई एम्बुलेन्स उपलब्ध गराउने भएको छ । विपद्, स्वास्थ, सुरक्षा सेवालाई एकसाथ प्रत्येक स्थानीय तहमा सञ्चालन गर्ने उद्देश्यले ‘मुख्यमन्त्री अत्यावश्यक सेवा’ कार्यक्रमअन्तर्गत पहिलो चरणमा ती गाउँपालिकालाई एम्बुलेन्स वितरण गर्न लागिएको हो । सो मन्त्रालयका अनुसार सडक पहुँच भएका गाउँपालिकालाई प्रदेश सरकारको लोगो अङ्कित एउटै रङ्गका एम्बुलेन्स वितरण गर्न लागिएको हो । “पाँच वर्षभित्र सबै गाउँपालिकालाई एम्बुलेन्स उपलब्ध गराउँछौँ,” आन्तरिक मामिला तथा कानूनमन्त्रीको सचिवालयका रवि खनालले भन्नुभयो, “एम्बुलेन्स खरिद प्रक्रिया शुरु भइसकेको छ । आगामी पुसभित्र एम्बुलेन्सको साँचो हस्तान्तरण गछौँ…
झापा, २६ असोज । नवरात्रको तेस्रो दिन शुक्रबार दसैँघर तथा शक्तिपीठमा नवदुर्गामध्येकी चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदैछ। चन्द्रघण्टाको स्वरूप स्वर्णमय, शान्त र सौम्य भएको बताइएको छ। शिरमा घण्टा आकारको चन्द्रमा भएकाले यिनको नाम चन्द्रघण्टा भनिएको हो। सिंहमाथि बसेकी यिनको १० हातमा खड्ग, तरवार, गदा, ढाल चक्र धनुषलगायत शस्त्र अस्त्र छन्। भयनाश, दुष्टप्रवृत्तिको नाश र आध्यात्मिक तथा आत्मिक शान्तिका लागि चन्द्रघण्टा देवीको आराधना गरिन्छ। विधिपूर्वक आराधना गर्नाले काममा आइपर्ने बाधा व्यवधान हट्ने पनि विश्वास गरिन्छ। नवरात्रमा भगवती दुर्गाका नौ स्वरूपको पूजा आराधना गरिन्छ। प्रत्येक दिन एक एक देवीको आराधना गरी नौ दिनमा नवरात्र अनुष्ठान पूरा गरिन्छ। पुराणअनुसार विभिन्न समयमा भगवती पार्वतीले…
भोजपुर, २५ असोज । जिल्लाका सार्वजनिक सवारी साधनका चालकले अनिवार्य जुत्ता लगाउनुपर्ने नियम लागु गरिएको छ । चप्पल लगाएर सवारी साधन चलाउँदा दुर्घटना बढेको भन्दै दुर्घटना न्यूनीकरण गर्नका जुत्ता लगाउनुपर्ने नियम लागू गरिएको हो । जिल्ला प्रशासन कार्यालयमा यातायात व्यवसायी, ट्राफिक प्रहरीलगायतको छलफलपछि यस्तो निर्णय गरिएको हो । जुत्ता नलगाई सवारी साधन चलाएमा सवारी अनुमतिपत्र निर्देशिकाअनुसार रु दुई हजार देखि पाँच हजारसम्म जरिवाना गर्न सक्ने ट्राफिक प्रहरीले जनाएको छ । त्यस्तै भोजपुरबाट लेगुवासम्मको ट्याक्सी भाडा घटाएर रु पाँच सयबाट चार सय कायम गरिएको छ । त्यसैगरी बसमा राख्ने गरिएका हर्न दुई वटा मात्र राख्न पाइने, एक महिनाभित्र सार्वजनिक सवारी साधनले…