
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौँ, २१ चैत । निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम भोलि आइतबारदेखि पुनः सञ्चालन गर्दैछ । आयोगको यही चैत १८ गतेको बैठकले उक्त कार्यक्रम पुनः थाल्ने निर्णय गरेको हो । राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार राष्ट्रिय परिचयपत्र नबनाएकाले आयोगको ‘प्रि–इन्रोलमेन्ट’ प्रणालीमार्फत अनलाइन फाराम भरी फोटो तथा औँठाछापसहितको जैविक विवरण प्रविष्ट गर्नुपर्ने छ ।रासस
झापा, २१ चैत । ट्राफिक नियम उल्लङ्घन गर्दै ध्वनी प्रदूषण गर्ने ८ वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ। गए राति साढे ११ बजेको समयमा इलाका प्रहरी कार्यालय दमकका डीएसपी किशोर लम्सालको कमान्डमा खटिएको प्रहरी टोलीले दमक नगरपालिका–७ पशुहाट क्षेत्रबाट ती मोटरसाइकलहरू नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार दमक नगर क्षेत्रमा ट्राफिक नियम विपरीत साइलेन्सर पाइप (मोडिफाई) गरी चर्को ध्वनी प्रदूषण गर्ने, पड्काउँदै हिँड्ने मोटरसाइकलहरू चलाइरहेको पाइएपछि विशेष निगरानी गर्दै कारबाही गरिएको जनाइएको छ । नियन्त्रणमा लिइएका मोटरसाइकलहरू प्र १.०२.०४८ प ५९०३, प्र १.०२.०५७ प ८५६१, प्र १.०२.०४५ प १९३६, को २२ प ६८००, बा ९८…
झापा, २१ चैत । तीन तला घरको रेलिङ विनाको झ्यालबाट खसेर बिर्तामोडमा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका–४ निवासी मनोज आचार्यको ५ वर्षीया छोरी मनस्वी आचार्य रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार बिर्तामोड नगरपालिका– ५ भद्रपुर रोड नजिकै बस्ने मञ्जु उप्रेतीको घरमा डेरा गरी बस्ने ताप्लेजुङ जिल्ला फुङलिङ नगरपालिका–३ घर भएको हेमसागर भट्टराई (बुढो मामली) मा ती बालिका पाहुना आएकी थिइन् । आज बिहान साढे ८ बजेको समयमा घरको तीन तला माथि कोठामा खेल्ने क्रममा बालिका झ्यालबाट खस्दा गम्भीर घाइते भएकी थिइन् । बालिकालाई तत्काल उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पुर्याएको थियो…
काबुल, २१ चैत । अफगानिस्तानमा शुक्रबार साँझ ५.८ म्याग्निच्युडको भूकम्प गएको छ । अफगानिस्तान राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता मोहम्मद युसुफ हम्मादका अनुसार यस भूकम्पमा कम्तीमा आठ जनाको मृत्यु भएको छ । भूकम्पको झड्का काबुल प्रान्तमा पनि महसुस गरिएको थियो । यहाँ एक घर पूर्ण रूपमा भत्किएको थियो, जसमा आठ बासिन्दा मृत्यु भएका थिए भने एक बच्चा घाइते भएको थियो । कम्पनको तीव्रता शहरमा पनि महसुस गरिएकोले स्थानीय बासिन्दा ठूलो डरमा परेका थिए । भूकम्पको केन्द्रबिन्दु १८६.४ किलोमिटर गहिराइमा रहेको पाइएको छ । प्रारम्भिक तथ्याङ्क अनुसार एपिसेण्टर ३६.५५ डिग्री उत्तर अक्षांश र ७०.८५ डिग्री पूर्व देशान्तरमा रहेको थियो । गहिरो…
झापा, २० चैत । झापाको भद्रपुर नगरपालिका–९ मिलचोकमा आज लक्ष्मी प्रसाद चौलागाईको परालको कुन्युमा आगलागि भएको छ। स्थानीयले फोहोरको झ्यास जलाउने क्रममा आगो परालमा सल्किँदा पराल पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ। यस घटनामा मानवीय क्षति भने भएको छैन। भद्रपुर नगरपालिकाको दमकल तथा प्रहरीको सहयोगमा आगो बिहान ११ः४० बजे पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो। आगलागिबाट करिब रु. ५,००० बराबरको क्षति भएको अनुमान गरिएको छ। प्रहरी चौकी घोडामाराबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो।
झापा, २० चैत । अख्तियारले घुस रकमसहित धनुषाको लालगढबाट एक जना सशस्त्र प्रहरीका इन्स्पेक्टर पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रहरी इन्स्पेक्टर ओकिल अधिकारी छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बर्दिबासको टोलीले उनलाई आज बिहान लालगढबाट घुससहित पक्राउ गरेको जनाएको छ । अख्तियारका अनुसार कमला–ढल्केवर–बाग्मती सडक निर्माण खण्डअन्तर्गत माटो तथा ग्राभेल फिलिङ कार्यमा प्रयोग हुने सवारी साधनहरू रोक्ने, अनावश्यक अवरोध सिर्जना गर्ने र घुस माग्ने गरेको उजुरीको आधारमा अख्तियारको टोलीले निगरानी गर्दै आएको थियो । सोही क्रममा उनलाई ४० हजार रुपैयाँ घुससहित पक्राउ गरेको अख्तियार स्रोतले जनाएको छ । उनीमाथि थप अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ ।
धरान, २० चैत । पिपलको छहारीमुनि बिछ्याइएका प्लास्टिकका म्याट र बोरा । पिपलको रुखमा अड्याइएको बोर्डमा लेखिएको छ– ‘श्री पिपलबोटे खुला विद्यालय ।’ जहाँ नर्सरीदेखि कक्षा ७ सम्म पढ्ने ३०–३५ जना बालबालिका दिनहुँ बिहान ७ः०० बजे किताब, कापी र कलम च्यापेर ट्युसन पढ्न आइपुग्छन् । चन्द्र सर अर्थात् चन्द्र भण्डारीले ती बालबालिकालाई लेखपढमा सहायता गर्छन् । उनी विद्यालयमा पढ्दा नबुझेका पाठ बुझाउँछन् । गृहकार्य गर्न सहजीकरण गर्छन् । यो दृश्य हो– इटहरीको व्यस्त सडक पूर्वपश्चिम राजमार्ग पर्ने इटहरीस्थित टेङ्ग्रा खोलाको किनार छेवैको गल्ली । नामजस्तै यस खुला आकाशमुनि पठनपाठन सञ्चालन हुन थालेको तीन दशक बढी भइसकेको छ । पिपलको रुखमुनि…
झापा,२० चैत । झापा र मोरङ जिल्लाको विभिन्न स्थानहरुबाट लागू औषधसहित ४ जनालाईपक्राउ गरिएको छ । झापाको गौरादह नगरपालिका–१ स्थितमा इलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको प्रहरी टोलीले प्र.१.०१.००२ ह ८६३१ नम्बरकोअटोलाई चेकजाँच गर्दा चालक बिर्तामोड नगरपालिका–२ का भवानी प्रसाईलाई १ ग्राम ७९० मिलिग्राम ब्राउन सुगरसहित र मोरङको इलाका प्रहरी कार्यालय रानी र लागु औषध नियन्त्रण ब्युरो विराटनगरको संयुक्त प्रहरी टोलीले विराटनगर महानगरपालिका–१६ का अजय कुमार राय र ग्रामथान गाउँपालिका–६ का निरञ्जन माझीलाई २ ग्राम ९१० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ ।
काठमाण्डौ, १९ चैत । राष्ट्रिय परीक्षा बोर्डले आजदेखि शुरू भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण पनि आजैदेखि शुरू गरेको छ । बोर्डले एसईई सञ्चालन, व्यवस्थापन तथा उत्तरपुस्तिका परीक्षण निर्देशिका २०८२ अनुसार उत्तरपुस्तिका परीक्षणको काम शुरू गरेको हो । परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सकिए लगत्तै परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण शुरू भएको छ । केन्द्राध्यक्षको नेतृत्वमा परीक्षण हुने व्यवस्था छ । जुन विद्यालयको विद्यार्थी हो, त्यही विद्यालयको शिक्षकले उत्तरपुस्तिका परीक्षण गर्न पाउँदैनन् । केन्द्रमै परीक्षण गर्न समस्या भएमा त्यही दिन उत्तरपुस्तिका शिक्षा विकास तथा समन्वय इकाइमा पठाउनुपर्छ । कुनै पनि विषयको परीक्षा भएको…
जीरा भान्सामा मसलाको रुपमा मात्रै प्रयोग गर्दै आएका छौ तर हामीलाई जीराका लाभदायी गुणका बारेमा तथा कुन कुन रोगको औषधीको रुपमा प्रयोग गर्न सकिन्छ भनेर थाहा नै नभएको हुनसक्छ । त्यसैले आउनुस् हेरौं जीराका के – के लाभदायी गुणहरु रहेछन् जीराको धूलो र मिस्रीको धूलो बराबर मिसाएर बिहान र बेलुका १–१ चम्चा पानीसँग खाने गर्नाले पत्थरी हुन लागेको वा पिसाब सम्बन्धी समस्याबाट मुक्ति मिल्छ । जीराको धूलो, धनियाँ गेडाको धूलो र मिस्री बराबर मिसाएर १–१ चम्चा बिहान र बेलुका पानीसँग खानाले अमलपित्त भएकाहरुका लागि लाभदायी हुन्छ । जीराको धूलो, ५० ग्राम, सिदेनूनको धूलो ५० ग्राम र घ्यूमा फुराएको हिङ १०…