झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बिहे हुनका लागि केवल सुन्दर देखिनुमात्र पर्याप्त छैन । यदि तपाइँ मरिससमा हुनुहुन्छ भने तपाइँ वजनदार पनि हुनुपर्नेछ । मरिसस यस्तो देश हो जहाँ जिउको वजन बढी भएका युवतीहरु बिहे गर्नका लागि तन्नेरीहरुको रोजाइमा पर्दछन् । त्यसैले मरिससमा अविवाहित केटीहरुका लागि जिउको वजन बढी हुनु खुसीको कुरा हुन्छ । तपाइँलाई लाग्नसक्छ महिलाहरुको हकमा जिउको मोटोपना तथा बढि वजन सुन्दरताको सबैभन्दा ठूलो सत्रु हो । तर मरिससको हकमा यो विल्कुलै लागू हुँदैन । उल्टै अविवाहित युवती स्लिम भए अर्थात् जिउमा बोसो लागेन भने तनाव सुरु हुन्छ । परिवारजनले नै धेरै खान र मोटाउन दबाब दिन्छन् । अविवाहित केटाहरुलाई पनि परिवारजनले यस्तै…

Read More

मोरङ, ६ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रलाई आफूले मागी खाने भाँडो नबनाउने दृढता व्यक्त गर्नुभएको छ । प्रदेश नं १ का विभिन्न कार्यक्रमका सिलसिलामा आज पथरीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पाटीका (नेकपा) अध्यक्ष ओलीले आफ्नो सरकार र पार्टी लोकतन्त्रलाई सजिव बनाउन इमान्दार र सक्रियरुपमा लाग्ने विश्वास व्यक्त गर्नुभएको हो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “समृद्धिको यात्रा अघि बढिसकेको छ, यो रोकिनेवाला छैन, यसमा सबैको सहयोग आवश्यक छ ।” कार्यक्रममा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, ऊर्जा, जलस्रोत र सिँचाइमन्त्री वर्षमान पुन, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Read More

काठमाडौँ, ६ भदौ । जकार्तामा जारी १८ औँ एशियाली खेलकूदअन्तर्गत भलिबलमा नेपाल चाइनिज ताइपेइसँग सोझो सेटमा पराजित भएको छ । भर्खरै सम्पन्न खेलमा नेपाल २५–२३ २५–२१ र २५–१५ ले पराजित भयो । समूह ‘डी’ मा नेपालसहित दक्षिण कोरिया र चाइनिज ताइपेइ छन् । नेपालले दोस्रो खेल भदौ ८ गते दक्षिण कोरियासँग खेल्ने त्यहाँ रहेका टोली प्रशिक्षक जगदीश भट्टले जानकारी दिनुभयो । हारका बाबजुद नेपालले उत्कृष्ट प्रदर्शन गरेको प्रशिक्षक भट्टले बताउनुभयो । “चाइनिज ताइपेइ हामीभन्दा निकै बलियो टोली हो, हारे पनि हाम्रो प्रदर्शन उत्कृष्ट रह्यो ।” एशियाडमा पुरुष भलिबलतर्फ २० राष्ट्र सहभागी छन् । नेपालको राष्ट्रिय भलिबल टोलीले ३२ वर्षपछि एशियाली…

Read More

पाल्पा, ६ भदौ । मलेसियामा पैसा कमाउन गएका पाल्पा जिल्लाको माथागढी गाउँपालिका–२, रुप्सेका दिनेश झेडी तीन वर्षदेखि बेपत्ता भएका छन् । दिनेश तीन वर्षदेखि घरपरिवारसँग सम्र्पकविहीन छन् । लामो समयदेखि सम्र्पक हुन नसक्दा घरपरिवार चिन्तित बन्दै गएका छन् । पैसा कमाउन गएको छोराले घरमा फोनसमेत नगर्दा परिवारका सबै पीडामा रहेको बुवा गुनबहादुर झेडीले बताउनुभयो । ऋण खोजेर पैसा कमाउन गएको तर घरपरिवारसँग सम्पर्क नहुँदा परिवारमा समस्या थपिएको छ । मलेसिया गएको पाँच वर्ष भइसकेको तर दुई वर्षको अवधिसम्म घरपरिवारसँग सम्पर्क हुने गरेपनि त्यसपछि सम्र्पक हुन नसकेको गुनबहादुरले बताउनुभयो । विदेशबाट छोराको फोन आँउछ की भन्दै टेलिफोनको आशामा दिनरात बितेको आमा…

Read More

धर्म गौतम दिनदिनै बढ्दै गएका बलात्कारका घटनाबाट जो कोही पनि चिन्तित हुनु, क्षुब्ध बन्नु स्वाभाविक हो । यस्ता जघन्य अपराधका घटना किन भइरहेका छन् भनेर जो कोहीका मनमा प्रश्न उठ्नु पनि स्वाभाविक हो । यसरी आप्mना मनमा उब्जिएका प्रश्नको उत्तर खोज्ने तरिका आ–आप्mनै किसिमको हुनसक्छ । एउटा भनाइ छ, हामी कुनै पनि कुरालाई तिनकै स्वरुपमा होइन आपूm अनुरुप देख्ने गर्छौं । यसको पछिल्लो र आश्चर्यजनक उदाहरण छ । नेकपाकी एक महिला सांसदले सार्वजनिक रुपमा भनिन्, बलात्कार कांग्रेसको सरकारले मलजल गरेको समस्या हो । शब्द उनका बेग्लै होलान् तर उनको अभिव्यक्तिको भाव यही थियो । अब भन्नुस्, यी भद्र महिलाको बुझाइ…

Read More

नेपालगञ्ज, ६ भदौ । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टीभित्रको गुटबन्दीले नेता, कार्यकर्तालाई विभाजित गरेको भन्दै यो अवस्था रहेसम्म पार्टी बलियो हुन नसक्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन, बाँकेले आज यहाँ गरेको पत्रकार सम्मेलनमा उहाँले पार्टी सङ्गठनलाई एकै ठाउँमा उभ्याउन सकिएन भने काँग्रेस झन कमजोर हुन्छ, काँग्रेस कमजोर हुनु भनेको लोकतन्त्र कमजोर हुनु हो, यो कुरा नेता, कार्यकर्ताले बुझ्नु पर्छ भन्नुभयो । पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफमा उहाँले वर्तमान सरकारको मूल्याङ्कन गरी हाल्नुपर्ने समय भइसकेको छैन । तर, सरकारले मुलुकका सही दिशा दिन सकेको छैन भन्नुभयो । यसैबीच, आजै नेपालगञ्जमा भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले सबैलाई मिलाएर…

Read More

भद्रपुर, ६ भदौ । झापाको उत्तर बाहुनडाँगीमा हात्ती धपाउने क्रममा करेन्ट लागेर आज बिहान एक जनाको मृत्यु भएको छ । करेन्ट लागेर मेचीनगर–३ धरधरेका ५८ वर्षीय डिल्ले गहतराजको मृत्यु भएको हो । उनको शव खेतमा भेटिएको वडाध्यक्ष हर्क बस्नेतले जानकारी दिनुभयो ।

Read More

बिर्तामोड, ६ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो गृह जिल्ला आइपुगेका छन् । प्रधानमन्त्री बनेपछि उनी दोस्रोपटक झापा आएका हुन् । उनलाई आज कमल गाउँपालिका र गौरादहमा नागरिक अभिनन्दन गरिने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओलीले कमल गाउँपालिका–७ मा ५० शैय्याको आयुर्वेद चिकित्सालय भवनको शिलान्यास गर्ने भएका छन् । उनले आजै गौरादहमा क्षेत्र नं ५ को क्षेत्रीय कार्यकर्ता भेलालाई सम्बोधन गर्ने तथा अगुवा कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ भने ओली आजै काठमाडौँ फर्कने जनाइएको छ ।

Read More

मोरङ, ६ भदौ । आफ्नो नामको जमिन कित्ताबाट भएर सुटुक्क नामसारी हुन थालेपछि रंगेली १ बबियाबिर्ताका झन्डै डेढ सय परिवार सुकुम्बासी हुने अवस्थामा छन् । अदालतको आदेश भन्दै मलपोतले २० बर्षअघि जग्गा बेच्नकै नाममा कित्ताकाट गरेर नामसारी गरिरहेको छ । जग्गा खरिद गरेक सबै परिवारले नियमित मालपोत तिरिरहेक छन् । आजको नयाँ पत्रिकामा खबर छ ।

Read More

झापा, ६ भदौ । खाडीमा श्रम गरेर कमाएको पैसा अलि सुविस्तारको काम र धेरै तलब पाउने आशमा तस्करलाई बुझाएर फस्नेको संख्या बढेको छ । साउदी, कतार, मलेसियामा ५, १० बर्ष काम गरेपछि टर्की, ग्रिस वा मकाउजस्ता राम्रो कमाई हुने देश पस्ने लोभमा युवा फस्ने गरेका हुन् । यी ठाउँमा गतिलो काम पाइने आशमा वैदेशिक रोजगारीमा रहेका युवाले तस्करलाई २ लाख ५० हजारदेखि ७ लाखसम्म बुझाउने गरेका छन् । तर, पैसा बुझाईसकेपछि ती ठाउँमा जान नपाएका वा अवैध तरिकाले पुगेर फर्किनेको संख्या बढेको प्रहरीको भनाई छ । प्रहरीमा आएका उजुरीले पनि त्यहि देखाउँछ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Read More