झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

पोखरा, ४ भदौ । गण्डकी प्रदेश सरकारले सोमबारदेखि ‘हेल्लो मुख्यमन्त्री’ टेलिफोन सेवा प्रारम्भ गरेको छ । सेवा शुरु भएसँगै टेलिफोन नं १०९४ मा फोन गरेर सर्वसाधारणले समस्या एवं गुनासो मुख्यमन्त्रीसमक्ष पु¥याउन सक्नेछन् । गण्डकी प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रममा सर्वसाधारणको गुनासोको सुनुवाइ र सम्बोधनका लागि ‘हेल्लो मुख्यमन्त्री’ विद्युतीय प्रणालीलाई स्थानीय तहसम्म विस्तार गरिने छ । प्रदेश सरकारका काम कारवाहीका साथै सुझाव, प्रतिक्रिया, गुनासो सम्बोधनका लागि हेल्लो मुख्यमन्त्री कार्यक्रम सञ्चालन गरिएको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताउनुभयो । सेवाको प्रभावकारिता र सुशासनका लागि यो कार्यक्रम महत्वपूर्ण बन्ने विश्वास व्यक्त गर्दै उहाँले यसले जनता र नेताबीचको सम्बन्ध अझै नजिक र प्रगाढ बनाउने बताउनुभयो…

Read More

बलिउड फिल्म उद्योगमा अहिले रणविर सिंह र दीपिका पादुकोणको विवाहको चर्चा चलिरहेको छ । दीपिका रणवीर यही वर्षको नोभेम्बर २० मा इटालीको कोमो लेकमा विवाह गर्ने र विवाहका लागि यि दुवैले किनमेल समेत सुरु गरिसकेको खबरहरु आइरहेका बेला दीपिकाले यस्तो फोटो सेयर गरेकी छिन् जसका कारण अहिले उनी चर्चामा छिन् । दीपिकाले उनको इन्स्टाग्राममा एक फोटो सेयर गरेकी छिन । जुन फोटोमा उनी रणवीर कपूरका साथ पोज दिइरहेकी देखिन्छिन् । रणविर सिंहका साथ विवाहको तयारी गरिरहेकी दीपिकाले अर्का अभिनेता रणवीर कपूरको फोटो सेयर गर्नुलाई यतिबेला सबैले अचम्म मानेका छन् । उनी केही समय अघि रणवीर कपूरसँग गहिरो प्रेममा थिइन् ।…

Read More

भद्रपुर, ४ भदौ । केही समययता यौनजन्य दुव्र्यवहार र अपराधका घटना वृद्धि भएकाले त्यसको नियन्त्रण तथा रोकथामका लागि जिल्ला प्रहरी कार्यालयले विशेष सुरक्षा नीति अपनाएको छ । अपराधका घटनामा प्रभावकारी रूपले अनुसन्धान गरी कानूनी दायरामा ल्याउन, अपराध तथा आपराधिक प्रवृत्तिलाई निरुत्साहित गर्न र आम नागरिकलाई सुरक्षाको प्रत्याभूति दिनका लागि एक महिने विशेष सुरक्षा नीति अपनाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उक्त नीति कार्यान्वयनका लागि २८५ प्रहरी खटाइएको जानकारी दिँदै प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले भन्नुभयो, “यौनजन्य घटना र त्यसका कारक तत्वबारे विवरण सङ्कलन गरी विश्लेषण गर्ने, घटना हुने वा हुनसक्ने ठाउँ पहिचान गरी निगरानीका जनशक्ति परिचालन गर्ने हाम्रो उद्देश्य हो…

Read More

काठमाडौं, ४ भदौ । प्रा.डा. गोविन्द केसीसँग यसअघि भएको सहमति अनुरुप काठमाडौं बाहिर मेडिकल कलेज खोल्ने विषयमा शिक्षा मन्त्रालयले कार्यदल गठन गरेको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले मन्त्रीस्तिरिय निर्णय गर्दै डा केसीसँग साउन १० गते भएको ९ बुँदे सहमति अनुसार सरकारले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक मधुसुदन सुवेदीको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरेका हुन । समितिमा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा शैलेशमणि पोखरेल, शिक्षा मन्त्रालयका सहसचिब डा हरि लम्साल, सुदूर पश्चिम विश्वविद्यालयका उपप्राध्यापक डा शंकर भट्ट, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट सहसचिव स्तरको एक जना सदस्य र नेपाल मेडिकल काउन्सिलको प्रतिनिधि सदस्य रहेका छन् ।

Read More

आपराधिक क्रियाकलापको अनुसन्धानका लागि तालिम प्राप्त कुकुरको प्रयोग गरिएको हुन्छ । तर अब यस्ता तालिम प्राप्त कुकुरको विकल्प खडा भएको छ । वास्तवमा यी कुकुरलाई अब मुसाले विस्थापन गर्नेछन् । नेदरल्याण्डका वैज्ञानिकहरुले यस्ता तालिमप्राप्त मुसाको जमात तयार गरेका छन् जसले अपराध अनुसन्धानमा सहयोग पूराउन सक्छन् । यी मुसाहरुले गन्ध सुँघेर सम्बन्धित घटनाको विषयमा दशी फेला पार्न मद्दत गर्नेछन् जसका कारण अनुसन्धान अधिकारीहरु अपराधीको नजिक पुग्न सकून । यी पाँच थान जासूस मुसाको नाम म्याग्नम राखिएको छ । यी मुसाले एक प्रयोगशालामा आफ्नो क्षमता प्रदर्शन गरिरहेका छन् । गोलाबारी भएको स्थानमा यी मुसालाई छाडेपछि यी मुसाले यो कुरा पत्ता लगाउनेछन् की…

Read More

चितवन, ४ भदौ । चितवनका छुट्टा छुट्टै स्थानमा दुई किशोरी सामुहिक बलात्कृत भएका छन् । प्यूठान जिल्ला घर भइ भरतपुर ११ मा बस्ने १७ वर्षीया किशोरीलाई गत साउन ३० गते सामुहिक बलात्कार गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् । बलात्कारको आरोपमा भरतपुर महानगरपालिका–११ का २० वर्षीय आकाश थापा, वडा–२९ का ३५ वर्षीय अर्जुन विक, नवलपुर गैंडाकोट नगरपालिका–४ का २१ वर्षे युवराज सारुमगर, सोही नगरपालिका–२ का १९ वर्षीय सैन्थिल धिमाल र अर्का १७ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरु भरतपुरको एक पानी उद्योगमा काम गर्ने युवाहरु हुन् । घटना साउन ३० गतेको भए पनि पीडितका आफन्तले भदौ १…

Read More

बलिउडका चर्चित निर्माता तथा निर्देशक करण जोहर सन् २००८ मा बनेको चलचित्र ‘दोस्ताना’को सिक्वेल बनाउने तयारीमा छन् । यो चलचित्रको अहिले कथा लेख्ने काम भैरहेको छ । यो चलचित्र करण यसअगाडि नै बनाउन चाहन्थे । तर, कथावस्तु राम्रो नपाएकाले उनले चलचित्र नबनाएका हुन् । अब भने उनले कथा राम्रो पाएका छन् र चलचित्र बनाउने मुडमा पुगेका हुन् । यो चलचित्रलाई ‘दोस्ताना’का निर्देशक तरुन मन्सुखानीले नै निर्देशन गर्नेछन् । भारती मिडियाका अनुसार करणले यो चलचित्रका २ मुख्य कलाकार फाइनल गरेका छन् । यो चलचित्रका लागि नायक सिद्धार्थ मल्होत्रा र नायिका जान्भी कपुरलाई फाइनल गरिएको हो । एक जना लिड नायक अझै…

Read More

बिर्तामोड, ४ भदौ । बाम विधार्थी नेतृहरुले पूर्ण सुरक्षाको माग गर्दै जिल्लाका सरोकारवालालाई ध्यानाकर्षण पत्र बुझाएका छन् । ३३ प्रतिशत अधिकार दिएको राज्यले एक सय प्रतिशत सुरक्षाको माग गरिएको नेतृहरुको भनाई छ । युवा संघ र अनेरास्ववियूको महिला विभागले जिल्लाको सबै स्थानीय तहमा पुगेर यौनहिंसा न्यूनिकरणका लागि माग गरेका छन् । उनीहरुले जिल्ला समन्वय समिति,जिल्ला प्रहरी कार्यलय र जिल्ला प्रशासन कार्यलयमा समेत ध्यानाकर्षण पत्र बुझाएको अनेरास्ववियू केन्द्रीय सदस्य निता घतानीले जानकारी दिइन् । बढ्दै गएको यौनहिंसा र बलात्कारजन्य घटनाले समाजमा डर, त्रास फैलिएको भन्दै उनीहरुले सामाजिक सुरक्षा ग्यारेण्टीको माग गरेका हुन् । १९ औं विश्व युवा दिवसको अवसरमा शुरु भएको…

Read More

बिर्तामोड, ४ भदौ । अलैँचीको अध्यनन गर्न नेपाल आएको चिनियाँ टोलीले झापामा व्यवसायीसँग छलफल गरेको छ । झापाको बिर्तामोडमा चिनियाँ टोलीले अलैँची व्यवसायीसँग छलफल गरेको हो । टोलीले छलफलमा अलैँचीको मूल्यमा हुने उतार–चढाव, गुणस्तर मापन, प्याकेजिङ र निर्यात गर्ने देशका विषयमा चासो राखेको अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईले बताउनुभयो । ‘बैठकको आयोजना गरेर चिनियाँ टोलीसँग छलफल गरेका हौँ’, अध्यक्ष भट्टराईले भन्नुभयो, ‘हामी अलैँची नमुना दिएका छौँ ।’ नेपाली अलैँची खरीदको विषयमा चिनियाँ टोली सकारात्मक रहेको उहाँको भनाइ छ । ताप्लेजुङ पुगेर अलैंची बगानको अवलोक गरेर फर्किएको उक्त टोली आइतबार बिर्तामोडमा अलैंची व्यवसायी महासंघसँग छलफल गरेको हो । चीनको सिचुआन…

Read More

भद्रपुर, ४ भदौ । पछिल्लो समय बिरामीले आयुर्वेद उपचार पद्धतिलाई भरपर्दो उपचार सेवाका रुपमा लिन थालेका छन् । झापामा आयुर्वेद स्वास्थ्य संस्थामा उपचार गराउनेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । खासगरी नसर्ने रोगका बिरामी आयुर्वेद उपचार पद्धतिप्रति आकर्षित हुँदै गएका छन् । आव २०७४÷७५ मा ४१ हजार ४५ बिरामीले आयुर्वेद स्वास्थ्य संस्थाबाट सेवा लिएका छन् । आव २०७३÷७४ मा ३० हजार ४८२ जनाले मात्र सो सेवा लिएका थिए । जिल्लाका सात आयुर्वेद औषधालयले बिरामीलाई सेवा उपलब्ध गराउँदै आएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा केनिन राईले बताउनुभयो । गत आवदेखि पञ्चकर्म, क्षारसूत्र, फिजियोथेरापी, अक्युपञ्चर सेवा प्रदान गरिँदै आएको छ ।…

Read More