
चितवन, ४ भदौ । चितवनका छुट्टा छुट्टै स्थानमा दुई किशोरी सामुहिक बलात्कृत भएका छन् ।
प्यूठान जिल्ला घर भइ भरतपुर ११ मा बस्ने १७ वर्षीया किशोरीलाई गत साउन ३० गते सामुहिक बलात्कार गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् ।
बलात्कारको आरोपमा भरतपुर महानगरपालिका–११ का २० वर्षीय आकाश थापा, वडा–२९ का ३५ वर्षीय अर्जुन विक, नवलपुर गैंडाकोट नगरपालिका–४ का २१ वर्षे युवराज सारुमगर, सोही नगरपालिका–२ का १९ वर्षीय सैन्थिल धिमाल र अर्का १७ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरु भरतपुरको एक पानी उद्योगमा काम गर्ने युवाहरु हुन् ।
घटना साउन ३० गतेको भए पनि पीडितका आफन्तले भदौ १ गतेमात्र प्रहरीमा जाहेरी दिएका प्रहरीले जनाएको छ । ।
यता, चितवनकै माडी नगरपालिकामा १५ वर्षीय एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ। बलात्कारको आरोपमा प्रहरीले माडी नगरपालिका–३ का २३ वर्षे रामप्रताप महतो र सोही स्थानका २४ वर्षका नवराज महतोलाई पक्राउ गरेको छ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

