
बिर्तामोड, ४ भदौ । बाम विधार्थी नेतृहरुले पूर्ण सुरक्षाको माग गर्दै जिल्लाका सरोकारवालालाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।
३३ प्रतिशत अधिकार दिएको राज्यले एक सय प्रतिशत सुरक्षाको माग गरिएको नेतृहरुको भनाई छ । युवा संघ र अनेरास्ववियूको महिला विभागले जिल्लाको सबै स्थानीय तहमा पुगेर यौनहिंसा न्यूनिकरणका लागि माग गरेका छन् । उनीहरुले जिल्ला समन्वय समिति,जिल्ला प्रहरी कार्यलय र जिल्ला प्रशासन कार्यलयमा समेत ध्यानाकर्षण पत्र बुझाएको अनेरास्ववियू केन्द्रीय सदस्य निता घतानीले जानकारी दिइन् ।
बढ्दै गएको यौनहिंसा र बलात्कारजन्य घटनाले समाजमा डर, त्रास फैलिएको भन्दै उनीहरुले सामाजिक सुरक्षा ग्यारेण्टीको माग गरेका हुन् । १९ औं विश्व युवा दिवसको अवसरमा शुरु भएको अभियानले पहिलो चरणको अभियान पुरा गरेको युवा संघका प्रवक्त भुपाल शिवाकोटीले जानकारी दिए ।
अभियानका क्रममा अभियान्ताले यौनहिंसा विरुद्ध लाग्न अझै चेतनास्तर बृद्धि गर्नुपर्ने बताएका छन् । युवा संघ महिला विभाग प्रमुख निर्मला आचार्यले यौनहिंसा न्यूनिकरणका लागि स्थानीय सरकारले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताइन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

