
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौँ, २७ भदौ । निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा प्रहरीद्धारा अभियुक्त बनाइएका दिलीपसिंह विष्ट रिहा भएपछि अनुसन्धानमा संलग्न सबै प्रहरी अधिकृतमाथि छानविन हुने भएको छ । मंगलबार राति गृह मन्त्रालयमा बसेको आकस्मिक बैठकले घटना अनुसन्धानमा संलग्न सबै प्रहरी अधिकृतमाथि छानविन गर्ने निर्णय गरेको हो । गृह मन्त्रालयको ठहर गर्दै उनीहरुमाथि छानविन गर्ने निर्णय भएको मन्त्रालय श्रोतले बतायो । सिआईबी अनुसन्धानमाथि नै प्रश्न ? निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयमा अनुसन्धान गर्न खटिएको नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सिआईबी टोलीमाथि गम्भीर प्रश्नचिह्न उठेको छ । टोलीको सहयोगमा कञ्चनपुर प्रहरीले निर्मला हत्याको आरोपमा ४१ बर्षीय दिलीपसिंह विष्टलाई पक्राउ गरेको थियो । दिलीपको…
झापा, २७ भदौ । कतारमा निर्माण क्षेत्रमा कार्यरत कामदारका लागि प्रतिघण्टा ३० रियाल छुट्याएर पनि उनीहरुको हातमा भने जम्मा ६ रियाल मात्रै पर्ने गरेको छ । कतार सरकारका आयोजनामा काम गर्ने कामदारका लागि प्रतिघण्टा ३० रियाल ज्याला छुट्याईएको हो । आयोजनाको मुख्य ठेकेदार कम्पनीलाई कामदारको लागि कतार सरकारले यो रकम उपलब्ध गराउँछ । तर, ठेकेदार कम्पनीले भने विभिन्न कामदार सप्लाई कम्पनीबाट कामदार ल्याउँदा ज्याला घटेर ६ रियाल पुग्ने गरेको छ । मैले कतारक धेरै उच्च अधिकारीहरुसँग भेट गर्दा प्रतिघण्टा ३० रियालसम्म कामदारका लागि दिएको पाएँ । तर कमदारको हातमा भने ६ रियाल मात्रै परिरहेको स्थिति छ, कतारका लागि नपाली राजदुत…
बाजुरा, २६ भदौ । स्थानीय त्रिवेणी नगरपालिका–७ मा ४५ वर्षीय धनबहाुदर ऐडीले आफ्नै छोरीको हत्या गरेका छन् । ऐडीले पाँच वर्षीया छोरी रबिनाको हत्या गरेको प्रहरी नायब उपरीक्षक सागर बोहोराले जानकारी दिनुभयो । हत्या गर्ने बाबु धनबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घरभन्दा बाहिर करीब २० मिटर पर हत्या गरेको अवस्थामा बालिकाको शव भेटिएको छ । आमा तीज मनाउन त्रिवेणी नगरपालिका–९ स्थित माइतीघर ताम्सुमा गएको अवस्थामा हत्या भएको हुन सक्ने प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार छोरीको हत्या करीब चार÷पाँच दिनअगाडि भएको देखिएको छ । हत्याको कारणबारे अनुसन्धान गर्न प्रहरी टोली घटनास्थ पुगिसकेको प्रमुख नायब उपरीक्षक बोहोले बताउनुभयो ।…
विराटनगर, २७ भदौ । मोरङको बुढीगंगा गाउँपालिकाकी एक महिलाले आफ्ना नाबालक दुई छोरालाई झुन्ड्याएर सोमबार बिहान आत्महत्या गरेकी छन् । बुढीगंगा–२ अमाहीकी २९ वर्षीया कविता यादवले छोराहरू १० वर्षीय निशान यादव र ५ वर्षीय अमन यादवलाई झुन्ड्याएर आफूले आत्महत्या गरेकी हुन् । दुबै छोरालाई डोरीको पासो लगाएर झुन्ड्याएपछि कविताले घरको बलोमा डोरीको पासो लगाएर झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ। बिहान ६ बजेतिर सुरुमा दुबै छोरालाई डोरीले झुन्ड्याएपछि उनी झुन्डिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरी घटनास्थलमा पुग्दा बिहान साढे १० बजे कान्छो छोरा अमन र आमाको शव घरको बलोमा झुन्डिएको अवस्थामा फेला परेको थियो भने जेठो छोरा निशानलाई झुन्ड्याएको डोरी…
श्रीनगर, २६ भदौ । प्रायः अशान्त भइरहने भारत नियन्त्रित काश्मिरमा मङ्गलबार भएको दोहोरो गोली हानाहानमा दुई आतङ्ककारीको मृत्यु भएको छ । भारत अधीनस्थ काश्मिरमा सशस्त्र विद्रोह गरिरहेको लस्कर–ए–तोएबालाई भारत सरकारले आतङ्ककारी घोषणा गरेको छ । सोही समूहका लडाकूले प्रहरीमाथि आक्रमण गरेको बताइएको छ । प्रहरी अधिकारीहरुले जानकारी दिएअनुसार प्रहरी र आतङ्ककारीसँग यस्तो गोली हानाहान भएको थियो । प्रान्तीय राजधानी श्रीनगरबाट ८० किलोमिटर टाढा रहेको कुपवाडा जिल्लाको गालोरा गाउँमा सो गोलीकाण्ड भएको हो । रातभर यस क्षेत्रमा प्रहरी र आतङ्ककारीबीच दोहोरो झडपमा भएको बताइएको छ । यसमा परी दुई जना आतङ्ककारी मारिएका भारतीय सेनाका प्रवक्ता राजेश कालियाले बताउनुभएको छ । सो…
सागर गौतम अर्जुनधारा, २६ भदौ । एकीकृत शहरी विकास योजना प्रथम सरोकारवालाहरुको भेलाले अर्जुनधारा नगरपालिकाका बाट प्रमुख हरि कुमार रानाको अध्यक्षतामा २३ सदस्यीय नगर समन्वय समिति गठन भएको छ । नेपाल सरकार शहरी विकास मन्त्रालय शहरी विकास तथा भवन निर्माण विभाग बबरमहल, काठमाण्डौं,एकीकृत शहरी विकास योजना प्रथम सरोकारवालाहरुको अर्जुनधारा नरपालिकाको सभाकक्षमा सम्पन्न भेलाले प्रमुख रानालाई उक्त जिम्मेवारी दिएको हो । उक्त समितिले नगर क्षेत्रमा एकीकृत सहरी विकास योजना तर्जुमा गर्ने जिम्मेवारी पाएको परामर्श दातालाई काम गर्ने शिलशिलमा आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्ने नगरस्तरीय समिति गठन भएको प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडाले बताए । समितिको सदस्यहरुमा उप–प्रमुख कमला खतिवडा, प्रमुख…
उर्लाबारी, २६ भदौ । मोरङ जिल्लाका दुई छुट्टाछुट्टै स्थानमा आज बिहान भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । कानेपोखरी गाउँपालिका–७ स्थित पूर्वपश्चिम राजमार्गमा बा १९ च ६१२२ नं को कार अनियन्त्रित भई राजमार्ग किनारमा पल्टिँदा कारमा सवार धरान उपमहानगरपालिका– १ बस्ने ५५ वर्षीया ललिता अग्रवालको पथरी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको छ । कारमा सवार धरान–१ बस्ने ८१ वर्षीय दिखनाथ अग्रवाल, चितवन भरतपुर महानगरपालिका बस्ने ३० वर्षीया गीता अग्रवाल, कार चालक सोही ठाउँका ३२ वर्षीय अनिश अग्रवाल र नौ वर्षीय बालक बरुण अग्रवाल घाइते भएका छन् । घाइते सबैको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय पथरीले…
दमक, २६ भदौ । झापाको कमल गाउँपालिका–६ मङ्गलबारेका ३३ वर्षीय कपडा व्यापारी खेमराज पौडेल गौरीगञ्जमा मृत फेला पर्नुभएको छ । गौरीगञ्ज वडा नं– ६ बाहसुद्दीस्थित विनोद यादवको धानखेत नजिक नालामा आज बिहान उहाँको शव फेला परेको गौरीगञ्ज इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले जानकारी दिनुभयो । घटनास्थलमा मे ७ प १९०४ नं को मोटरसाइकल, मोबाइल, ब्याग समेत फेला परेको छ । सोमबार बेलुका पौडेल र उहाँकी श्रीमतीसँगै गौरीगञ्ज बजार आएका थिए । साँझ करीब ६ बजेतिर श्रीमतीलाई एक नास्ता पसलमा एक छिन बस्नु भनी हिँड्नुभएका पौडेल राति ९ बजे मात्र अपहरणमा परेको खबर आएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिनुभयो…
दमक, २६ भदौ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले नेपालको न्यायालय अझै पनि आम नागरिकको पहुँचभन्दा बाहिर रहेको बताउनुभएको छ । युथ नेटवर्क दमकले आज यहाँ आयोजना गरेको ‘न्यायामा आम नागरिकको पहुँच’ विषयक अन्तक्र्रियामा उहाँले न्यायालय अहिले पनि सीमित व्यक्तिको पहुँचमा मात्र रहेकाले न्यायालयले प्रदान गर्ने सेवा सुविधामा आमूलपरिर्वतनको खाँचो रहेको बताउनुभयो । आम नागरिकमा अहिले पनि न्यायप्राप्तिका विषयमा ज्ञान नहुँदा सीमित सङ्ख्यामा रहेका भूमाफिया र दलालका कारण न्यायमा समेत प्रभाव पार्नसक्ने चर्चा गर्दै उहाँले न्यायलयमा पनि अझै सुधारको खाँचो रहेको बताउनुभयो ।
विराटनगर, २६ भदौ । प्रदेश नं १ को प्रदेशसभामा प्रदेश वित्त व्यवस्थापन विधेयक, २०७५ सर्वसम्मतिले पारित भएको छ । प्रदेशसभाको आज बसेको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम १०८ बमोजिम प्रदेश वित्त व्यवस्थापन विधेयक, २०७५ पारित गरियोस् भनी प्रस्ताव पेश गर्नुभएको थियो । सभामा प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९९ बमोजिम प्रदेश वित्त व्यवस्थापन विधेयक, २०७४ मा प्राप्त संशोधनमाथि प्रदेशसभा सदस्य लक्ष्मण तिवारीले छलफल गर्नुभएको थियो । आठ प्रदेशसभा सदस्यले सो विधेयक संशोधनका लागि प्रस्ताव दर्ता गर्नुभएको थियो । संशोधित विधेयकलाई आर्थिक मामिलामन्त्री आङ्बोले स्वीकार गर्नुभएको…