झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

इटहरी, २६ साउन । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले बिरामीको चापलाई ध्यानमा राख्दै आफ्नो स्वामित्वमा धरानको छाताचोकमा रहेको करीब एक बिगाहा १४ कट्ठा जग्गामा १०० श्ययाको अस्पताल सेवा विस्तार गर्ने भएको छ । प्रतिष्ठान प्रशासनले सरोकारवालासँंग आवश्यक समन्वय गरी अस्पताल सेवा विस्तारका लागि अनुकूल वातावरण बनाउन प्रतिष्ठानका उपकुलपति प्रा डा राजकुमार रौनियारले प्रतिष्ठानका कर्मचारी कल्याण समाजका अध्यक्ष सुजेन्द्र तामाङलाई जिम्मेवारी दिएपछि औपचारिकरुपले अस्पताल सेवा विस्तारको तयारी शुरु भएको हो । पुरानो अस्पताल भवनसमेत रहेको उक्त स्थानको भौतिक पूर्वाधारको उपयोगसहित अस्पताल सञ्चालनको जिम्मेवारी विगतमा जिल्ला जनस्वस्थ्य मातहतमा रहेको स्थानीय तहमा समायोजन भएको स्वास्थ्य चौकी र यसअन्तर्गत सञ्चालित पाँच श्ययाको बर्थिङ…

Read More

गो‌मा भट्टर‌ाई मानव सभ्यताको‌ काल खण्डमा अध्ययान गनेर्‌ हो‌ भने‌ महिलाहरुलाई दो‌श्रो‌ दर्जाको‌ रुपमा हे‌रि‌ने‌ गरि‌न्थ्यो‌ । त्यसकार‌ण महिलाको‌ हक अधिकार‌को‌ निम्ति अग्रणी महिलाहरुले‌ बुलन्द आवाज उठाउदै‌ आउनु भएको‌ छ । वि सं १९७४ सालमा दिव्यादे‌वी को‌इर‌ालाको‌ सकृयतामा एउटा समिति गठन गर‌ी महिलाहरुलाई एकतृत गर‌ी विभिन्न कार्यहरु सुरुवात गर‌े‌को‌ पाइन्छ । सो‌ समितिमा अग्रिणी महिलाहरु यो‌ग माया दे‌वी, चन्द्रकान्ता, लक्ष्मी दे‌वी, तुलसा शर्मा, मे‌लवा दे‌वी, द्वारि‌का दे‌वी चन्द ठकुर‌ानी समे‌त हुनुहुन्थ्यो‌ । १९९८ साल आषाढ २१ गते‌ समाजिक सुधार‌को‌ लागि संगठित भई यो‌गमाया दे‌वी न्यौ‌पाने‌को‌ ने‌तृत्वमा ६८ जना महिलाले‌ जल समाधि गर्नु भयो‌ । २००३ सालमा आदार‌णीय ने‌ता गिरि‌जाप्रसाद को‌इर‌ालाको‌ ने‌तृत्वमा विर‌ाटनगर‌ जुटमिलमा भएको‌ मजदुर‌…

Read More

काठमाडौं, २६ साउन । सुन तस्करबारे छानविन गर्नबनेको छानविन समितिले ३३ किलो सुन काण्डबारे तयार पारेको प्रतिवेदन अहिले गुमनाम पारिएको छ । समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हालै प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदनबारे अहिलेसम्म चाइँचुइँ भएको छैन । करिब तीन महिनासम्म देशको चर्चित प्रमुख खबर नै उक्त सुन काण्ड बनेको थियो । तर सो प्रकरणमा नेकपा र नेपाली कांग्रेसका उच्च तहको नेताको संलग्नता रहेको खुल्दै गएपछि प्रतिवेदनकै चर्चा हुन छाडेको छ । समितिले ३ सय भन्दा धेरैमाथि थप अनुसन्धान गर्नुपर्ने प्रतिवेदनमा औंल्याएको कुरा बाहिर आएको थियो । केही चर्चित व्यक्ति समेत फस्ने भएपछि यसलाई गुपचुप राख्न खोजिएको जानकारहरुको आरोप…

Read More

काठमाडौं, २६ साउन । अख्तिायार दुरुपयोग अनुसन्धान आयेगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीले सर्वोच्च अदालतमा आफूहरुविरुद्धको मुद्दा जिताइदिन तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीलाई १० करोड गोडधुवा दिन खोजेको खुलासा भएको छ । पूर्वप्रधानन्यायाधीश सुशीलाका पति दुर्गा सुवेदीको शुक्रबार प्रकाशित पुस्तक विमान विद्रोह मार्फत लोकमानले घुसको प्रलोभन दिएको खुलेको हो । ुटोलीमा आएको एकजनाले मलाई सुनायो, चाँदीको खुड्केलोमा राखेर गोडा धुने रे १ अर्कोले मलाई छेउमै बोलाएर भन्यो, बाहिर गेटमा रोकिएको गाडीमा १० करोड गोडधुवा छ ।ु सुवेदीको पुस्तकमा उल्लेख छ, ुलोकमान भन्ने मान्छे कति खतरनाक र खुराफाती रहेछ भन्ने मलाई थाहा भयो ।ु पुस्तकको यो प्रसंगले ठूलो मुद्दामा प्रधानन्यायाधीश र न्यायाधीशलई…

Read More

काठमाडौं, २६ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तल्ला कमिटीको एकीकरण दुई पार्टीको सांगठनिक शक्ति सम्मानजनक समायोजित हुने गरी टुंगो लगाइने भएको छ । भदौ पहिलो साताभित्र प्रदेश, जिल्ला र जनसंगठनहरूको एकीकरण टुंग्याउने गरी अधिकांश कार्यदलले दस्ताबेज, समायोजन हुने संख्या र नामसमेत करिब–करिब टुंगो लगाएका छन् । यद्यपि, मूल नेतृत्वबारे औपचारिक निर्णय हुन बाँकी छ । सकभर जिल्ला, प्रदेश र जनसंगठनको नेतृत्व सर्वसम्मत टुंग्याउन निर्देशन दिइए पनि कार्यदलका नेताहरूले निष्कर्ष निकाल्न सकेका छैनन् । उनीहरूले कमिटीको नाम, अध्यक्ष र सचिवका दाबेदारको नाम केन्द्रीय सचिवालयमै सिफारिस गर्दै छन् । आजको नयाँ पत्रिकामा खबर छ ।

Read More

काठमाडौं, २६ साउन । अब स्थानीय तहले जनगुनासो सुन्न अनिवार्य रुपमा अडियो नोटिस बोर्ड राख्नुपर्ने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहलाई पत्राचार गर्दै स्थानीय तहमा जनगुनासो व्यवस्थापन र सेवाग्राही सुविधाका लागि अडियो नोटिसबोर्ड राख्न निर्देशन दिएको हो । मन्त्रालयले स्थानीय तहहरुलाई लेखेको पत्रमा कार्यालयका विभिन्न सूचना एवं जानकारी अडियो नोटिस बोर्डबाट निःशुल्क डायल गरी सुन्न सकिने उल्लेख छ। स्थानीय तहहरुले नोटिसबोर्डको सम्पूर्ण व्यवस्थापन नेपाल टेलिकमले निःशुल्क रुपमा उपलब्ध गराउने मन्त्रालयले जनाएको हो। मन्त्रालयका अनुसार स्थानीय तहहरुले अडियो नोटिस बोर्ड राखेपछि कार्यालयका विभिन्न सूचना जानकारी दिनुका अतिरिक्त यसले सुशासनमा समेत टेवा पुग्नेछ। नोटिसबोर्डका…

Read More

काठमाडौँ, २६ साउन । साहित्यकार एवं लोकप्रिय प्रसारक दाहाल यज्ञनिधिको निधनले सांस्कृतिक रुपान्तरणका क्षेत्रमा अपुरणीय क्षति पुगेको विभिन्न संस्थाले जनाएका छन् । क्रान्तिकारी र अग्रगामी सोच र व्यवहारका धनी दाहालले साहित्य र पत्रकारिता क्षेत्रमा लेखनका माध्यमबाट सामाजिक जागरण ल्याउनुका साथै चेतनासमेत बढाउनुृ भएकामा ती संस्थाले उहाँप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोक सन्तप्त परिवारमा समवेदना व्यक्त गरेका छन् । मिर्गौला प्रत्यारोपणपछि दुई दशकयता नियमित डायलोसिस गर्दै आउनुभएका दाहालको मस्तिष्काघातका कारण शुक्रबार साँझ ललितपुरको सुमेरु अस्पतालमा निधन भएको थियो । प्रगतिशील लेखक संघका अध्यक्ष मातृका पोखरेलले दाहालले लोकतान्त्रिक साहित्यिक आन्दोलनमा स्रष्टालाई सङ्गठित गर्दै सामाजिक एवं सांस्कृतिक रुपान्तरणमा महत्वपूर्ण योगदान दिनुभएको बताउनुभयो । दाहाल…

Read More

चितवन, २६ साउन । चितवनको नारायणगढ­मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ स्थित जुगेडी पुलबाट एउटा भारतीय ट्रक खस्दा दुई जनाको मृत्यु भएको र अर्का एकजना गम्भीर घाइते भएका छन् । आज बिहान ४ः४० बजे भारतबाट काठमाडाँै जाँदै गरेको एमएच ४२ टी ०३४३ नम्बरको चाउचाउ र पापड बोकेको भारतीय ट्रक जुगेडी पुलबाट अन्दाजी ५० मिटर खोल्सामा खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा परी ट्रक चालक भारतको बलरामपुर बस्ने २५ वर्षीय जुबेर मोहम्मद र नाम थर नखुलेका अर्का एकजना पुरुषको मृत्यु भएको छ । चालकको उपचारका क्रममा कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा बिहान ५ः२० बजे मृत्यु भएको र अर्का…

Read More

भद्रपुर, २६ साउन । नेपाल विद्यालय कर्मचारी परिषद् झापाले आफूहरुका हक अधिकारहरुलाई राज्यले बेवास्था गरेको भन्दै प्रथम चरणको आन्दोलन अन्र्तगत एक दिने अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ । परिषद झापा अध्यक्ष जगेनलाल राजबंशीको अध्यक्षता तथा नेपाल शिक्षक महासंघ झापा अध्यक्ष बुद्धिमान् कार्कीको प्रमुख आतिथ्यतामा चन्द्रगढीमा सम्पन्न कार्यक्रममा परिषद कर्मचारीहरुका  सेवा सुविधा सम्बन्धि विभिन्न मागहरु सहित एक दिने अन्र्तरकृयात्मक कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा सहभागी नेपाल शिक्षक महासंघ  झापा अध्यक्ष प्रमुख अतिथि कार्की , संगठन सचिब उमेश साह ,तारा रुचाल लगाएतले वोल्दै परिषदका जायज मागहरुलाई  राज्यले  पुरा गर्नु पर्नेमा जोड दिए । सोही अवसरमा अन्र्तकृयावाट आएका सल्लाह ,सुझाव र केन्द्र…

Read More

झापा, २६ साउन । जिल्ला प्रहरी कार्यलय झापाका प्रमुख प्रहरी उपरीक्षक भीम प्रसाद ढकालले तस्करी,गुण्डागर्दी र दण्डहीनता विरुद्ध कठोर हुने बताएका छन् । उनले जिल्लाको सुरक्षाका लागि कुनै सम्झौता नगर्ने बताए । जिल्लाका राजनीतिक दलका प्रतिनिधिसँगको परिचायत्मक कार्यक्रममा बोल्दै प्रहरी प्रमुख ढकालले शान्ति सुरक्षाका लागि समन्वय र सहकार्य गर्न आग्रह समेत गरेका छन् । उनले कुनै पनि मुद्दा दलहरुको दवाव नमान्ने बताएका छन् । कानुनकोविरुद्ध कहिल्यै कसैको दवाव नमान्ने बताउँदै उनले भने, ‘दलहरु पनि यस विषयमा सहमति हुनुहुन्छ ।’ भर्खरै झापा प्रहरीको सुरक्षाको जिम्मेवारीमा आएका नयाँ एसपी ढकालले आयोजना गरेको कार्यक्रममा नेकपाका चिन्तन पाठक, विजय साम्पाङ, नेपाली कांग्रेस झापाका सभापति…

Read More