झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २३ साउन । नेपाल भारत मैत्री संघ झापाको पाँचौं मैत्रीसभा भदौ ९ गते शनिबार हुने भएको छ । संघको मंगलबार बसेको बैठकले भद्रपुरमा भदौं ९ गते शनिबार नयाँ जिल्ला कार्यसमिति चयन गर्ने गरी मैत्रीसभा गर्ने निर्णय गरेको हो । संघका झापा अध्यक्ष हुलासचन्द्र सरियाको अध्यक्षतामा बसेको बैठकले हालसम्म संघले गरेको कार्यक्रमहरुको आयव्यय विवरणसमेत पास गरेको छ । समितिले नयाँ कार्यसमिति चयन गर्न एक निर्वाचन समिति चयन गरेको छ । झापा वारका अध्यक्ष सुरज खत्रीको संयोजकत्वमा गठित निर्वाचन समितिको सदस्यहरुमा माधव विद्रोही र गोपाल गिरीलाई चयन गरिएको संघका अध्यक्ष हुलासचन्द्र सरियाले बताए । उनका अनुसार संघको ५ वटा शाखा समिति…

Read More

बिर्तामोेड, २३ साउन । झापाको शैक्षिक क्षेत्र सुधार गर्न मंगलवार बृहत छलफल भएको छ । शैक्षिक क्षेत्रको सुधारका लागि भइरहेको आन्दोलनको विषयमा सर्वपक्षीय छलफल भएको हो । पछिल्लो समय जिल्लाका शैक्षिक क्षेत्रमा भइरहेको तालावन्दी र विकृति अन्त्य गर्न छलफल केन्द्रीत रहेको अनेरास्ववियु झापाका अध्यक्ष मनोज ताम्लीले जानकारी दिए । जिल्ला शिक्षा समितिको पहलमा भएको छलफलले विधार्थी संगठनले जिल्लाका विभिन्न विधालयमा गरेको तालावन्दी खोल्ने सहमति भएको अध्यक्ष सोमनाथ पोर्तेलले बताएका छन् । उनका अनुसार विधार्थी संगठनसँगको वार्ताबाट समाधानको लागि पहल गरिएको हो । विधार्थी संगठनले विधालय शुल्क निर्धारण निर्देशिका –२०७२ बमोजिक शुल्क निर्धारण नगरेको भन्दै संस्थागत विधालयका नेताले सञ्चालन गरेको विधालयमा…

Read More

बिर्तामोड, २३ साउन । मेयर पकेट बंगुर साटासाट कार्यक्रम अन्तरगत बिर्तामोड नगरपालिका–६ बुट्टाबारी दक्षिणमा १५ परिबारलाई ३० थान बंगुरका पाठा वितरण गरिएको छ । नगरपालिकाको पशुसेवा शाखाको आयोजनामा भएको कार्यक्रमको अध्यक्षता उप मेयर पबित्रा महतारा प्रसाईले गरेकी थिइन् भने कार्यक्रममा नगर प्रमुख ध्रुबकुमार शिवाकोटी, स्थानीय देबीप्रसाद नेपाल, बिष्णुप्रसाद भट्टराईले कार्यक्रमको उद्देश्यबारे मन्तब्य राखेको नगर पशुसेवा अधिकृत सानुमाया श्रेष्ठले जानकारी दिइन् ।

Read More

झापा, २२ साउन । एक महिनादेखि भारत निकासी ठप्प रहेको गोलभेँडा निकासी शुरु भएपछि यहाँका कृषक हर्षित छन् । संघीय सरकार र प्रदेश सरकारको पहलमा गोलभेँडा निकासी शुरु भएको प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले बताउनुभयो । उहाँका अनुसार तत्काललाई किसानले फलाएको गोलभेँडा बिक्री गर्नका लागि यहाँको नाकाबाट निकासी हुने प्रबन्ध मिलाइएको जानकारी दिँदै उहाँले भन्नुभयो, “सूचीमा पार्नका लागि वाणिज्य मन्त्रालयका सहसचिवको नेतृत्वमा रहेको समितिले काम अघि बढाएको हो ।” भारतीय पक्षले निकासी हुने सूचीमा गोलभेँडा नपरेको भन्दै रोकेपछि पूर्वी पहाडका विभिन्न जिल्लामा उत्पादन भएको गोलभेँडाको बिक्रीवितरण प्रभावित भएको थियो । केही दिनअघि बजार प्रवद्र्धन तथा…

Read More

जीतबहादुर भण्डारी पाँचथर, २२ साउन । भारतको सिक्किम सरकारले पश्चिम सिक्किममा रहेको सुन्दर उत्तरी भेगका गाउँलाई नेपालको सिमानामा रहेको चिवा भञ्ज्याङसँग जोड्न सडक निर्माण गर्न थालेको छ । नेपाल सिक्किमबीचको प्रवेशविन्दु चिवा भञ्ज्याङ समुद्र सतहदेखि १० हजार ५०० फिटको उचाइमा छ । उक्त सडकले सिक्किमको पर्यटन र व्यापारमा टेवा पु¥याउनाका साथै सिक्किम र नेपाल जोड्ने पहिलो स्तरीय सडक सम्पर्क हुने बताइएको छ । सय किमीसम्म सिमाना जोडिएको नेपाल र सिक्किमबीच हालसम्म कुनै गुणस्तरीय सडक सम्पर्क छैन । उत्तरी–चिवा भञ्ज्याङ मार्ग १८ किलोमिटर लामो हुनेछ । सिक्किम सडक तथा पुल विभागले २५ करोड भारु विनियोजन गरेको सोे सडक आगामी माघसम्म निर्माण…

Read More

बलिउड अभिनेत्री प्रियंका चोपडाले सलमान खानपछि सञ्जय लीला भंसालीको फिल्म पनि अन्तिम समयमा छाडेकी छन् । उनले हलिउड फिल्मका लागि भंसालीको फिल्मबाट छाडेकी हुन् । पिंकविलाको रिपोर्ट अनुसार, भंसालीले प्रियंकालाई आफ्नो फिल्म ‘गंगूबाई कोठेवाली’का लागि कास्ट गरेका थिए । दुवै चाँडै यो फिल्मलाई फाइनल गर्ने तयारीमा थिए । प्रियंकाले आफ्नो हलिउड फिल्म ‘काउ ब्वाई निन्जा भाइकिङ्ग’ का कारण ‘बाजीराव मस्तानी’ फेम्ड निर्देशकको फिल्म अन्तिम समयमा छाडेकी हुन् । उनले फिल्म छाडेसँगै भंसालीले यो प्रोजेक्टको काम तत्काललाई लागि रोकेका छन् ।

Read More

काठमाडौँ, २२ साउन । गृहमन्त्री रामबहादुर थापाले मानव तस्करी, बेचबिखन र यससम्बन्धी अन्तरदेशीय अपराधलाई नेपालले गम्भीररुपमा लिएको बताउनुभएको छ । इण्डोनेसियाको बालीमा सोमबारबाट जारी ‘मानवतस्करी, बेचबिखन र अन्तरदेशीय अपराध’ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई आज त्यहाँ सम्बोधन गर्दै गृहमन्त्री थापाले ठूलो संख्यामा नेपाली वैदेशिक रोजगारीमा जाने गरेका कारण पनि यो विषयलाई आफूहरुले गम्भीररुपमा लिएको बताउनुभयो । उहाँले दिगो मानव विकास, कानूनी शासन र नागरिक सुरक्षाका लागि मानव तस्करी र बेचबिखन बाधकका रुपमा देखा परिरहेको टिप्पणी गर्नुभयो । गृहमन्त्री थापाले मानव तस्करी, बेचबिखन र अन्तरदेशीय अपराधसम्बन्धी विषयमा राष्ट्रहरुबीच सूचना आदानप्रदान र कानून कार्यान्वयन गर्ने निकायबीच सहकार्य गर्न जारी सम्मेलनले सहजता प्रदान गर्ने विश्वास…

Read More

वीरेन्द्रनगर, २२ साउन । सुर्खेतको वीरेन्द्रनगरदेखि पश्चिम जामुकी एक किशोरीको सर्पदंशबाट मृत्यु भएको छ । पञ्चपुरी नगरपालिका–१० जामुकी १४ वर्षीया हरिकला उपाध्यायलाई सर्पले डस्दा आज बिहान मृत्यु भएको हो । जामुस्थित बाढीपीडितको शिविरमा पालमुनि बस्दै आउनुभएकी हरिकलालाई सर्पले डसेपछि झारफुक गर्दागर्दै मृत्यु भएको थियोे । बिहान ५ बजेतिर उनलाई सर्पले डसेपछि उपचार गर्नुको सट्टा झारफुकमै बढी ध्यान दिँदा ८ बजे मृत्यु भएको पञ्चपुरी नगरपालिका–१० का वडा सदस्य नैनसिंह विकले जानकारी दिनुभयो । बाढीपीडित विस्थापित शिविरमा बस्दै आएकी हरिकलालाई बिहान शौचालय गएको बेला सर्पले डसेको थियो । उनी स्थानीय जनज्योति आधारभूत विद्यालय जामुमा कक्षा ८ मा अध्ययनरत थिइन् । –––

Read More

काठमाडौँ, २२ साउन ।युवा तथा खेलकूद मन्त्रालयले अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर १० जना युवालाई ‘राष्ट्रिय युवा प्रतिभा सम्मान’बाट सम्मान गर्ने भएको छ । अन्तर्राष्ट्रिय युवा दिवस यही साउन २७ गते ९अगस्ट १२० का दिन मन्त्रालयले वार्षिक कार्यक्रमअन्तर्गत युवा तथा युवाको क्षेत्रमा काम गर्ने संस्था तथा व्यक्तिलाई सम्मान गर्न लागेको हो । मन्त्रालयका अनुसार शिक्षा, उद्यमशीलता, विज्ञान प्रविधि, सामाजिक रुपान्तरण, कृषि, कला संस्कृति, साहित्य सिर्जना, समाज सेवा, कृषि र उद्यमशीलता तथा सूचना प्रविधि र सञ्चार विधामा १० जनालाई सम्मान गर्न लागेको हो । सम्मानको राशि जनही रु एक लाख रहेको छ । राष्ट्रिय युवा प्रतिभा सम्मान कार्यविधि २०७२ बमोजिम राष्ट्रिय…

Read More

काठमाडौँ, २२ साउन । उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल र अमेरिकाबीचको सैनिक सम्बन्धलाई ठोस र व्यवस्थित ढङ्गले कार्यक्रममा आधारित बनाउनुपर्ने बताउनुभएको छ । सिंहदरबारस्थित रक्षा मन्त्रालयमा अमेरिकी इण्डो–प्यासिफिक कमाण्डका डेपुटी कमाण्डर ब्रायन फेन्टनसँगको भेटमा रक्षामन्त्री पोखरेलले नेपाली सेनाको तालीम र कुशलता अभिवृद्धिका लागि अमेरिकी सहयोग महत्वपूर्ण हुने बताउनुभयो । सो अवसरमा डेपुटी कमाण्डर फेन्टनले नेपाल र अमेरिकाबीच ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (राज्य साझेदारी कार्यक्रम) सञ्चालन गर्ने नीतिबारे नेपाललाई पहिलो प्राथमिकता दिइएको बताउनुभयो । नेपाली सेना र अमेरिकी सेनाले हाल सञ्चालन गरिरहेको संयुक्त तालीम अत्यन्त प्रभावकारी छ भन्दै उहाँले विश्व शान्ति स्थापनाका लागि नेपाली सेनाको अद्वितीय योगदान रहेको बताउनुभयो । डेपुटी कमाण्डर फेन्टनले…

Read More