झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौं, १६ साउन । बंगलादेशमा मेडिकल शिक्षा अध्ययनरत छात्राको आचरणप्रति अमर्यादित टिप्पणी गर्ने व्यवसायी दुर्गा प्रसाईं र पूर्व कानुनमन्त्री शेरबहादुर तामाङप्रति सरकारको आधिकारीक धारणा नआए आन्दोलनमा उत्रने नेप्लिज मेडिकल स्टुडेन्ट एसोसिएसन, बंगलादेशका विद्यार्थीहरुले चेतावनी दिएका छन् । एसोसिएसनका अध्यक्ष नवीन यदवको नेतृत्वको टोलीले मंगलबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेललाई ज्ञापनपत्र बुझाउँदै पूर्व मन्त्री शेरबहादुर तामाङ र व्यवसायी दुर्गा प्रसाईंले बंगलादेशमा मेडिकल शिक्षा अध्ययनरत छात्रामाथि अत्यन्त अमर्यादित, अशिष्ट, र अराजक टिप्पणी गरेकाले यसले आफूहरुलाई चोट पुगेको बताउँदै उनीहरुमाथि कारबाहीको माग गरेका छन् । आजको नागरिक दैनिकमा खबर छ ।

Read More

गौरादह, १६ साउन । गौरादह नगरपालिकाका जनप्रतिनिधिले स्थानीय निकाय तथा गाउँ समाजमा भएका कुरालाई यथार्थ बुझेर मात्र नागरिकहरु समक्ष लैजान सल्लाह दिएका छन् । उनीहरुले सञ्चारमाध्यमले तथ्यपरक कुराहरु जनता समक्ष पु¥याउन भूमिका निर्वाह गर्नुपर्ने समेत जोड दिएका छन् । एफ.एम प्लस गौरादहले आयोजना गरेको स्थानीय निकायमा सञ्चारको भूमिका विषयक अन्तरक्रियामा बोल्दै जनप्रतिनिधिहरुले वडाभित्र गरेका विकास निर्माणका कामहरुलाई नागरिकहरु समक्ष पु¥याई सकारात्मक सन्देश दिन सञ्चार माध्यम अगाडि बढ्नु पर्नेउल्लेख गरे । एफ.एम प्लसको साक्षात्कार कक्षमा सञ्चालन गरिएको अन्तरक्रियामा रेडियोका प्रबन्ध निर्देशक युवराज भट्टराईले यस क्षेत्रमा हुने गरेका कार्यहरुको यथार्थ विवरणलाई जनता समक्ष लैजान रेडियोले भूमिका निर्वाह गर्दै आएकोमा जनप्रतिनिधि, नगरबासी र…

Read More

प्रदीप परियार राजगढ, १६ साउन । विवाहको प्रलोभन परेर यौन शोषणमा परेकी झापा राजगढकी एक किशोरीले मानसिक सन्तुलन गुमाएकी छन् । सामान्य जीवनमै रहँदा उनले स्थानीयलाई समेत विवाह गर्ने भएकाले आफुहरुविच सम्वन्ध रहेको सुनाएकी थिइन् । विवाह गर्ने विश्वासमा दुईवर्षदेखि उनीहरुविच शारिरीक सम्पर्क हुदै आएको थियो । बाह्रदशी गाउँपालिका–१ सिप्ताबस्तीकी मुस्लिम किशोरीलाई स्थानीय ४८ वर्षीय अमिन मियाले विवाह गर्ने प्रलोभनमा पारेर यौन शोषण गर्दै आएको पीडितको भनाई छ । मिया विवाहित पुरुष हुन् । गाउँमा पशुचौपायको व्यवसाय गर्दै आएका अमिनले १८ वर्षीय किशोरीलाई बेलाबखत सरसहयोग गर्देै विवाह गर्ने विश्वास दिलाएको स्थानीयवासी बताउँछन् । स्थानीयका अनुसार दुई वर्षअघि देखि उनीहरुको विचमा…

Read More

गौरादह, १६ साउन । झापाको गौरादहमा लैङ्गिक हिंसा सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । महिला तथा बालबालिका कार्यालय भद्रपुर झापाले आयोजना गरेको लैङ्गिक हिंसा मुल प्रवाहीकरण सम्बन्धी अन्र्तक्रिया कार्यक्रममा गौरादह नगरपालिकाका जनप्रतिनिधि तथा सरोकारवालासहित ६० जना सहभागिता रहेको थियो । कार्यक्रममा विभिन्न बक्ताहरुले महिला माथि हुने हिंसा र त्यसबाट बच्नको लागि अपनाउनु पर्ने सरकार, प्रदेश सरकार तथा स्थानीय तहमा व्यवस्था भएका कानुनी उपचार बारे जानकारी गराइएको थियो । वडा नं. १ को वडा कार्यालयको सभा हलमा जिल्ला कानुनी सहायता समिति झापाका अधिवक्ता खेमनाथ भट्टराइले सहभागिहरुलाई नेपालको संविधान २०७२ मा उल्लेख भएका महिला तथा बालबालिकाको हक, अंशबन्डा र…

Read More

सान नेपाल गौरादह, १६ साउन । गौरादह नगरपालिका वडा नं. ७ स्थित स्वास्थ्य चौकी जुरोपानीको भवन निर्माण कार्य सम्पन्न हुन लागेसँगै स्थानीयहरु हर्षित भएका छन् । तत्कालीन जुरोपानी गा.वि.स को ग्वालडुब्बामा स्वास्थ्य चौकी भवन निर्माणका लागि आवश्यक जग्गाको व्यवस्था नभएकाले भवन निर्माण गर्न सकिएको थिएन । स्वास्थ्य चौकी भवन निर्माणका लागि स्थानीयबासीले निःशुल्क जग्गा प्रदान गरेसँगै भवन निर्माणले गति लिएको हो । स्थानीय रोसन श्रेष्ठ, प्रदिप श्रेष्ठ ४ कट्ठा र अमर बहादुर विष्ट ३ कट्ठा सहित जम्मा ७ कट्ठा जग्गा निःशुल्क प्राप्त भएको थियो । स्वास्थ्य चौकी भवन निर्माण गर्न शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलामले १…

Read More

बिर्तामोड, १५ साउन । घुस नखाई कुनै काम नहुने झापाको विर्तामोडमा रहेको यातायात व्यवस्था कार्यालय मेचीका कर्मचारी घुस लिदालिदै रंगेहात फेला परेका छन् । दमकस्थीत ग्लोबल अटो सेन्टर र प्यासिफक इन्टरप्राइजेजले नामसारी र ट्रलि जडान गर्न लगेका ४ वटा ट्रयाक्टरमा लेखाशाखाकी लेखा अधिकृत कल्पना न्यौपानेले १८ हजार रुपैयाँ घुस रकम लिएका हुन् । ट्रयाक्टर सोरुम सञ्चालन गर्दै आएको सेन्टर र इन्टरप्राइजेजसँग ट्रयाक्टर नामसारी र ट्रलि जडान गर्न यातायातका कर्मचारीले रकम माग्ने गरेको इन्टरप्राइजेजका सञ्चालक असोक कुमार थापाले गुनासो गरेका थिए । ९ महिनादेखि काम नभएको ४ वटा ट्याक्टरको नामसारी गरी ट्रली जोड्ने काम मंगलबार प्राविधिक शाखाका कर्मचारीलाई ४ हजार र…

Read More

लण्डन । रसियामा सम्पन्न विश्वकप फुटबलमा चर्चामा रहेका क्रोएसियाका मिडफिल्डर इभान राकिटिक फेरि चर्चामा आएका छन् । क्रोएसियाका धेरैजसो खेलाडी आ–आफ्ना क्लबमा फर्किसकेका छन् । तर, राकिटिक भने अहिले श्रीमती राक्वेल माउरीसँग बिदा मनाइरहेका छन् । विश्वकप समाप्त भएको लगभग दुई साता हुन लाग्दा पनि राकिटिकले श्रीमतीसँग पछिल्लो एक सातादेखि विभिन्न सहरमा मस्ती गरिरहेका फोटाहरू इन्स्टाग्राममा पोस्ट गरिरहेका छन् । राकिटिकले पोस्ट गरेका तस्बिरहरूमा अहिलेसम्म एक लाखभन्दा बढीले लाइक गरिसकेका छन् । उनकी श्रीमती माउरीले भने श्रीमानसँगको रमाइलो गरिरहेको क्षणका तस्बिरहरू पोस्ट गरेकी छैनन् । लामो ब्रेक र विश्वकपपछि श्रीमान्सँग बिदा मनाउने अवसर पाएपछि माउरी निकै दंग देखिन्छिन् । एजेन्सी

Read More

सोलु, १५ साउन । सोलु दूधकुण्ड नगरपालिका¬–७ का सञ्जीव भुजेलको ट्रेकिङका क्रममा मृत्यु भएको छ । विदेशी पर्यटकसहित चीनको तिब्बतमा ट्रेकिङ गएका २३ वर्षीया भुजेलको लेक लागेर मृत्यु भएको छिमेकी भानुभक्त श्रेष्ठले जानकारी दिनुभयो । केही दिनअगाडि आफ्नै बुबा र काकाको साथमा ट्रेकिङ गएका भुजेलको आइतबार राति मृत्यु भएको मृतकका बुबा मानबहादुर भुजेलले जानकारी दिनुभयो । उनी सहितको टोली शिवम् ट्राभल लाजिम्पाटबाट केही दिनअगाडि तिब्बत गएको बुझिएको छ । रसुवागढी नाकामा पहिरोले सडक अवरुद्ध गरेपछि मृतकको शव ल्याउन समस्या भएको बताइएको छ । अवरुद्ध सडक खुलेसँगै उनको शव नेपाल ल्याएपछि हेलिकप्टरमार्फत जन्मस्थान ल्याउने पहल भइरहेको स्थानीय बासिन्दा श्रेष्ठले बताउनुभयो ।…

Read More

काठमाडौँ, १५ साउन । उपराष्ट्रपति कप राष्ट्रिय लिग महिला फुटबल प्रतियोगिताको उपाधि विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबले हात पारेका छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ ९एन्फा०को खेल मैदानमा आज भएको खेलमा एपिएफले त्रिभुवन आर्मी क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै उपाधि हात पारेको हो । जीतसँगै एपिएफले १२ अंक बटुल्यो । प्रतियोगितामा एपिएफ अपराजित टोली हो । एपिएफले यसअघि नेपाल पुलिस क्लब, काठमाडौँ फुटबल संघ र रौतहट फुटबल संघलाई पराजित गरेका थियो । एपिएफको जीतमा सावित्री भण्डारीले ह्याट्रिक पूरा गरिन् । उसका लागि खेलको ४१औँ मिनेटमा पहिलो गोल गर्दै खाता खोलिन् । खेलको पहिलो हाफसम्म १–० को अग्रता…

Read More

भद्रपुर, १५ साउन । नेपाली कांग्रेसका दुई प्रभावशाली नेताले सरकारले बहुमतको दम्भ देखाएर बलजफ्ती गर्न खोजेको आरोप लगाएका छन् । नेपाली कांग्रेस झापाले भद्रपुरमा आयोजना गरेको विरोध प्रदर्शन कार्यक्रममा उनीहरुले सरकारले बहुमतको दम्भ देखाएको आरोप लगाएका हुन् । उनीहरुले सरकारकै कारण जनताले सास्ती पाने अवस्था आएको बताएका छन् । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको दम्भको श्रीपेच नहटेसम्म नेपालीले सुखको सास फेर्न नसक्ने बताए । शर्माले दुईतिहाईको आडमा प्रधानमन्त्री ओलीले प्रतिपक्षी दललाई मात्र नभई नेपाली नागरिक माथि सरकारको कर्तव्य समेत भुलेको बताए । कम्युनिष्ट नेता मदन भण्डारीको प्रशंसा गर्दै शर्माले नेकपाले मदन भण्डारीको नाममा बाटो खने पनि मदन…

Read More