झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

प्रेमिकासँग मनमुटाव भएको आवेशमा गम्भीर प्रकृतिका आपराधिक घटना हुने गरेको तपाईं र हामीले सुन्दै आएका छौँ । हत्यादेखि चरित्र हत्या गरेकोसम्मका खबर समाचारका रुपमा आइरहन्छन् । तर भारत पुणेस्थित पिंचरी–चिंचवाडका निलेश खेडेकर नामका एक युवकले आफ्नी प्रेमिकासँग मागेको माफी शहरभर चर्चाको विषय बनेको छ । नहोस् पनि किन ? खेडेकरले आफ्नी प्रेमिकासँग माफी माग्दै पिम्पले सौदागर, वाकड र रहतानीका सडकमा ३ सय होर्डिङ बोर्ड राखेका छन् । त्यो पनि एकैरातमा । उनले प्रेमीसँग माफी माग्दै टाँसिएको सडकका होर्डिङ बोर्डमा लेखिएको छ–Shivade, I am Sorry !! सञ्चारमाध्यमहरुले यसबारे खबर प्रकाशनमा ल्याएपछि अहिले यो शहरको तातो विषय बनेको छ । घटनालाई लिएर…

Read More

भीष्मराज ओझा काठमाडौँ, ५ भदौ । नेपालको संविधानले व्यवस्था गरेबमोजिम अब प्रदूषणबाट पीडित व्यक्तिले तोकिएबमोजिम क्षतिपूर्ति पाउने भएका छन् । त्यसको लागि सरकारले वातावरणीय प्रदूषण वा ह्रासबाट हुने क्षतिबापत पीडितलाई प्रदूषकबाट कानूनबमोजिम क्षतिपूर्ति पाउने व्यवस्था गर्न ‘वातावरण संरक्षण ऐन, २०५३ मा आवश्यक संशोधन गर्ने तयारी थालेको छ । पीडितलाई प्रदूषकबाट क्षतिपूर्ति पाउने व्यवस्था गर्न वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले ‘वातावरण संरक्षण ऐन, २०५३ लाई संशोधन गर्न बनेको विधेयक’ सङ्घीय संसद् सचिवालयमा दर्ता गराउनुभएको हो । सो प्रावधान लागू गर्न मन्त्रालयले मूल ऐनको दफा १७ मा संशोधनको प्रस्ताव गरेको जनाएको छ । प्रस्तावअनुसार कसैले वातावरण ऐन विपरीत प्रदूषण वा फोहरमैला गरेको…

Read More

बलिउडमा नायक–नायिकाहरुबीच अफेयर र ब्रेकअपको घटना सामान्य हुन् । कहिले कोसित अफेयर चल्छ र कहिले ब्रेकअप हुन्छ भन्न सकिँदैन । ब्रेकअपपछि कतिपयले सम्वन्ध पूर्णरुपमा तोडेर बस्छन् भने कतिले चाहिँ साथीको सम्वन्ध कायम राख्छन् । अभिनेत्री ऐश्वर्या रायको कुरा गर्ने हो भने उनी पूर्व प्रेमी सलमान खानसँग ब्रेकअपपछि कहिल्यै बोलेकी छैनन् । तर, सलमान र उनकी अर्की प्रेमिका कट्रिना कैफबीच भने अहिले पनि राम्रो सम्वन्ध छ । यता ऐश्वर्याका पति अभिषेक बच्चनको उनीभन्दा अगाडि थुप्रै युवतीहरुसँग अफेयर थियो । जसमध्ये एक थिइन् रानी मुखर्जी । रानीलाई छोडेर अभिषेक करिश्मा कपुरसँग सल्केका थिए । करिश्मा र अभिषेकबीच ईंगेजमेन्टसमेत भइसकेको थियो । तर,…

Read More

काठमाडौँ, ५ भदौ । लुका मोडरिक, क्रिष्टियानो रोनाल्डो र मोहम्मद सलाह यूईएफए प्लेयर अफ दि इयरको अन्तिम तीनमा परेका छन् । लिओनल मेस्सी अन्तिम १० बाटै बाहिरिएका छन् भने नेइमार मनोनयनमा नै परेका थिएनन् । अब ८० प्रशिक्षक र ५५ पत्रकारको मतबाट रियल मड्रिडका मिडफिल्डर मोडरिक, युभेन्टसका रोनाल्डो र लिभरपुलका सलाह मध्येबाट एक जना विजेता बन्नेछन् । ३० अगष्टमा मोनाकोमा च्याम्पियन्स लिगको समूह चरणको ड्रका क्रममा विजेता घोषणा हुनेछ ।

Read More

विराटनगर, ५ भदौ । प्रदेश १ सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मंगलबार बिहान बसेको प्रदेश १ मन्त्रिपरिषद् बैठकले इस्लाम धर्मालम्बीहरुको पर्व बकर इदको अवसरमा भदौ ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । यसअघि प्रदेश २ ले पनि बकर इदको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । संघीय सरकारले सार्वजनिक बिदा कटौती गरेपछि प्रदेश सरकारले निर्णय गरेर विदा दिन थालेका छन् ।

Read More

उर्लाबारी, ५ भदौ । मिक्लाजुङ गाउँपालिकाले एचआइभी संक्रमितलाई उपचार खर्च उपलब्ध गराउने भएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाले सिफारिश गरी एआरटी औषधि खाँदै गरेका संक्रमितलाई वार्षिक रु १० हजार उपचार खर्च उपलब्ध गराउने निर्णय गरेको छ । सोमबर बसेको गाउँपालिकाको २८औँ कार्यपालिका बैठकले सो निर्णय गरेको गाउँपालिकाका प्रवक्ता एवं वडा नं ८ का अध्यक्ष नगेन्द्र कार्कीले जानकारी दिनुभयो । गाउँपालिकाको स्वास्थ्य शाखामा हाल १२ एचआइभी संक्रमित सम्पर्कमा आएका छन् । संक्रमितलाई उपचार खर्च उपलब्ध गराइने स्वास्थ्य शाखा प्रमुख चिन्तामणि पोखरेलले बताउनुभयो । गाउँपालिकाले गरेको कामबारे प्रत्येक वडामा सार्वजनिक सुनवाइ कार्यक्रम गर्ने तथा बाढीपहिरोको जोखिम भएको ठाउँमा तटबन्ध निर्माण गर्न रु…

Read More

इनरुवा, ५ भदौ । सुनसरीको कोशी टप्पु वन्यजन्तु आरक्षले आरक्षका जङ्गली जनावरबाट पीडित परिवारलाई क्षतिपूर्ती उपलब्ध गराएको छ । आर्थिक वर्ष २०७४÷७५ मा जङ्गली जनावरबाट पीडित परिवारलाई रु एक करोड १४ लाख १८ हजार क्षतिपूर्ति दिएको आरक्षका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले जानकारी दिनुभयो । आरक्षका जनावरको आक्रमणबाट मृत्यु भएका पाँच परिवारलाई प्रतिपरिवार रु १० लाखका दरले रु ५० लाख, घाइते १८ जनालाई रु १३ लाख ४३ हजार, घर गोठ र अन्न नष्ट भएका १९४ परिवारलाई रु १९ लाख ६६ हजार, बालीनाली नष्ट भएका ४६१ परिवारलाई रु ३१ लाख सात हजार क्षतिपूर्ति उपलब्ध गराएको हो ।

Read More

झापा, ५ भदौ । हल्दिबारी गाउँपालिकाले १० विद्यार्थीलाई रु २० लाखको छात्रवृत्ति प्रदान गरेको छ । पशु विज्ञान सम्बन्धी अध्ययनका लागि विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो । प्राविधिक जनशक्ति तयार गर्ने उद्देश्यले छात्रवृत्ति उपलब्ध गराइएको सो गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देनले जानकारी दिनुभयो । विद्यार्थीलाई आवासीय सुविधासहित पशु विज्ञान सम्बन्धी अध्ययन गर्न कमल गाउँपालिकामा रहेको सरस्वती मावि र प्राविधिक शिक्षालयसँग सम्झौता गरिएको उहाँले बताउनुभयो । “गाउँपालिकाभित्रै प्राविधिक जनशक्ति उत्पादन गर्ने हाम्रो लक्ष्य छ,” उहाँले भन्नुभयो । गाउँपालिकाले पाँच वडाबाट प्रतिवडा दुईका दरले विद्यार्थी छनोट गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले बताउनुभयो । विद्यार्थीलाई कृषि, भेटनरी र माछापालन सम्बन्धी शिक्षा दिइने…

Read More

काठमाडौँ, ५ भदौ । नेपालमै पहिलोपटक अपराधपीडितले राहत वा क्षतिपूर्ति पाउने कानून ल्याउन लागिएको छ । उक्त राहत वा क्षतिपूर्ति अपराधकर्ममा संलग्नबाट भराइनेछ । कसूरदार वा अभियुक्तले तिर्न नसक्ने प्रमाणित भई पीडितले तत्काल क्षतिपूर्ति वा राहत रकम नपाउने भएमा पीडित कोषले व्यहोर्नेछ । कानुनमन्त्री भानुभक्त ढकालद्वारा गत बिहीबार राष्ट्रियसभामा प्रस्तुत भएर सोमबार छलफल भएको अपराधबाट पीडितको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा यस्तो प्रावधान राखिएको हो । उक्त विधेयक पारित भएमा यस्तो कानून ल्याउनेमा नेपाल निकै अगाडि हुनेछ । उक्त विधेयक पारित भएपछि बन्ने ‘अपराधपीडित संरक्षण ऐन, २०७५’ मा पीडित कोषको व्यवस्था गरिएको छ । उक्त ऐनअनुसार पीडित कोष भनेको…

Read More

काठमाडौँ, ५ भदौ । वायुसेवाको नियमनकारी निकाय नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टर कम्पनीको चार्टर उडानमा भाडा दर तोक्ने भएको छ । सरकारको कुनै मापदण्ड नभएका कारण नेपाली हेलिकप्टर कम्पनीहरुले मनलाग्दी भाडा असुल्दै आएका थिए। प्राधिकरणका महानिर्देशक संजिव गौतमले चाँडै हेलिकप्टरले लिन पाउने न्यूनतमदेखी अधिकतम् चार्टर उडान भाडा तोक्ने बताए। ‘फर्जी उद्धार सम्बन्धि सरकारले गरेको अध्ययनको प्रतिवेदन पायौँ,’ महानिर्देशक गौतमले आइतबार बबरमहलस्थित प्राधिकरणमा आयोजित बजेट सार्वजनिक कार्यक्रममा भने, ‘हामी नियमनकारी निकाय भएकाले यो विषयबारे नियमन गर्नुपर्छ भन्ने महशुश भएको छ।’ भाडादरबारे हेलिकप्टर कम्पनीहरुको छाता संगठन वायुसेवा संचालक संघसँग पनि छलफल गरी तय गरिने महानिर्देशक गौतमले बताए। कार्यदलको प्रतिवेदनले औंल्याएका विषयमा प्राधिकरणले पनि…

Read More