झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौँ, ३० साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी भदौ २ देखि १७ गतेसम्म इण्डोनेशियामा हुने एशियाली खेलकूद प्रतियोगितामा भाग लिने नेपाली खेलाडीलाई राष्ट्रको प्रतिष्ठा उच्च राख्दै पूर्ण अनुशासित भएर स्पर्धा गर्न आह्वान गर्नुभएको छ । उक्त प्रतियोगितामा भाग लिने नेपाली खेलाडीलाई राष्ट्रपति कार्यालयमा आज आयोजित एक विशेष कार्यक्रममा शुभकामना व्यक्त गर्दै राष्ट्रपतिले खेलकूदको मर्म र भावनाअनुरुप प्रतिस्पर्धामा खरो उत्रन आग्रह गर्नुभयो । उहाँले देशभित्रै खेलकूदका पूर्वाधार निर्माण गर्न सकेमा अन्तर्राष्ट्रियस्तरका खेलकूद प्रतियोगिता नेपालमा आयोजना गर्न सकिने बताउँदै त्यसतर्फ सम्बन्धित निकायको ध्यान आकर्षित हुने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रपति भण्डारीले खेलाडीलाई जीवन निर्वाहका साथै उनीहरुको स्वास्थ्यका बारेमा पनि आवश्यक व्यवस्था गर्न…

Read More

उर्लाबारी, ३० साउन । खानेपानी ट्याङ्कीमा हालिएको विषादीका सम्बन्धमा अनुसन्धान तथा छानबिन गर्न जिल्ला प्रहरी कार्यालय मोरङले प्रहरी नायब उपरीक्षक निशान थापाको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । मोरङ लेटाङ नगरपालिका–९ जाँतेस्थित श्री माध्यमिक विद्यालयको खानेपानी ट्याङ्कीमा हालिएको विषादीयुक्त पानी खाँदा त्यहाँ अध्ययनरत २८ विद्यार्थी बिरामी परेको घटनाको छानबिन गर्न आज सो समिति गठन गरिएको हो । समितिलाई घटनाका बारेमा छानबिन गरेर जतिसक्दो चाँडो वास्तविकता पत्ता लगाउँदै दोषीलाई कारवाहीको दायरामा ल्याउने जिम्मेवारी दिइएको मोरङका प्रहरी उपरीक्षक मनोजकुमार केसीले जानकारी दिनुभयो । समितिले घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान तथा छानबिन शुरु गरिसकेको जनाएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा…

Read More

काठमाडौँ, ३० साउन । नेपाल निर्माण व्यवसायी महासंघले आगामी भदौ १ गतेबाट लागू हुने मुलुकी अपराध (संहिता) ऐनका केही प्रावधानले सम्पूर्ण निर्माण क्षेत्रलाई नै धराशायी बनाउने भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघले यहाँ आज पत्रकार सम्मेलन गरी निर्माण व्यसायीले गलत काम गरेको स्थितिमा व्यवसायीलाई कारबाही गर्न हालको विद्यमान कानून नै पर्याप्त रहेको अवस्थामा नयाँ कानून ल्याउनुको कुनै अर्थ नरहेको जनाएको छ । कार्यक्रममा महासंघका अध्यक्ष विष्णुभाई श्रेष्ठले ऐनका त्यस्ता प्रावधान फिर्ता नभए देशभरका व्यवसायीले आ–आफ्नो अनुमतिपत्र सरकारलाई बुझाउने चेतावनी दिनुभयो । निर्माण कार्यमा कमजोरी देखिनुमा व्यवसायीको मात्र दोष नरहेको भन्दै अध्यक्ष श्रेष्ठले दोषी रहेका अन्य सबै पक्षलाई पनि…

Read More

सन्तोष शर्मा झापा, ३० साउन । झापामा नेपाल कम्युनिष्ट पार्टी एकीकरणको प्रक्रिया अघि बढेको छ । नेपाल कम्युनिष्ट पार्टी केन्द्रबाट जिल्ला तहमा एकीकरण भइरहेको अवस्थामा झापामा पनि एकता प्रक्रिया अघि बढेको हो । एकता प्रक्रियाका लागि एमाले र माओवादी केन्द्र झापाबीच साउन २८ देखि काठमाडौँको गौशालामा शुरु भएको संयुक्त बैठक आज निष्कर्षमा पुगेको माओवादी केन्द्र झापाका अध्यक्ष विजय साम्पाङ (मणि)ले जानकारी दिनुभयो । ‘पार्टीको विधान, नियमावली र निर्देशनलाई आत्मसात गरी दुवै पार्टीका प्रतिनिधि बस्यौँ’, उहाँले भन्नुभयो, ‘पार्टी एकता मात्र नभई भावनात्मक एकतालाई पनि जोड दिएका छौँ ।’ बैठकमा जिल्ला कमिटीमा सहभागिता, पदाधिकारी, स्थानीय कमिटीमा सहभागिता र पार्टी कार्यालय कहाँ राख्ने…

Read More

नयाँदिल्ली, ३० साउन । भारतीय प्रधानमन्त्री नेरेन्द्र मोदीले सेनामा महिलाहरुले पनि पुरुषसरह समान अधिकार पाउने घोषणा गरेका छन् । साथै उनले सन २०२२ सम्ममा स्वतन्त्रताको ७५ वर्षगाँठका अवसरमा मानवसहित गगनयान अन्तरिक्षमा जाने बताए । भारतको ७२ औं स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री मोदीले बुधबार लाल किल्लामा ८२ मिनेट लामो भाषण गर्दैदुईवटा ठूला घोषणा गरेका हुन । साथै शर्ट सर्विस कमिशनमा पनि अब महिलाले स्थायी रुपमा नियुक्ती पाउने बताए । यसअघि सो आयोगमा पुरुषलाई मात्रै सुविधा उपलब्ध थियो । सम्बोधनका क्रममा मोदीले भने, ‘मेरो सौभाग्य हो आज यो पावन अवसरमा मलाई देशका लागि एउटा अर्को खुशीको खबर घोषणा गर्ने अवसर मिल्यो ।…

Read More

भद्रपुर, ३० साउन । अघिल्लो साता भद्रपुरका व्यवसायी सञ्जीव घोष फर्जी भ्याट बिल प्रयोग गरी कारोबार गरिरहेको आरोपमा पक्राउ परे । इटहरीस्थित राजश्व अनुसन्धान, क्षेत्रीय कार्यालयले साउन १३ गते लत्ताकपडा बोकी काठमाडौंबाट भद्रपुरतर्फ आउँदै गरेको मारुती कार्गो भेन सहित २ जनालाई इटहरीमा नियन्त्रणमा लिएपछि अनुसन्धानको सिलसिलामा भन्दै घोषलाई भोलिपल्ट भद्रपुरस्थित घरबाट गिरफ्तार गरिएको भनिए पनि आफ्नो सामान पक्राउ पर्नुको कारण बारे बुझ्न जाँदा उनलाई कार्यालयमै राखिएको बुझिएको छ । उक्त सामानसहितको भेन डीएसपी चिमरिया कमाण्डको टोलीले पक्राउ गरेको र राअका.मा बुझाएको थाहा भएको छ । राअका.का अनुसार– भद्रपुरस्थित शिव स्टोरका सञ्चालक सञ्जीव घोषले नक्कली भ्याट बिलको प्रयोग गर्दै व्यवसाय गर्दै…

Read More

ओठ मानिसको सुन्दरताको प्रतिरुप हो। विशेषगरी महिलाहरु ओठ सुन्दर बनाउन विभिन्न उपाय अपनाउछन्। लिपिस्टिक, बाम, मोस्चराइजर आदि अनेक प्रकारका साधन लगाउँछन्। सुन्दर बनाउन लगाइएका यस्ता कुराले उल्टै ओठ कालो बनाइरहेका हुन्छन्। यसले महिलाहरुलाई निराश बनाइरहेको हुनसक्छ। आउनुहोस्, ओठको कालोपन हटाउन प्रयोग गर्न सकिने प्राकृतिक उपायबारे थाहा पाउनुहोस् : १– कोको बटर : दुई टेबलचम्चा कोको बटर, आधा चिया चम्चा मधु वाक्स लिनुहोस्। उमालेको पानी एउटा भाडामा वाक्स हालेर पगाल्नुहोस्। यसमा कोको बटर हाल्नुहोस्। यो मिश्रणलाइ चिसो भएपछि ब्रसको मद्दतले ओठमा लगाउनुहोस्। यसले ओठ नरम हुनेछ र कालोपन पनि हट्नेछ। २– दूधको तर : ओठको सुख्खापन हटाउँन थोरै तर ९मलाई० मा…

Read More

काठमाडौँ,३० साउन । डा. गोविन्द केसीले त्रिवि शिक्षण अस्पतालको निर्देशक नियुक्तीका क्रममा चलखेल भइरहेको भन्दै आपत्ती जनाएका छन्। डा केसीले कार्यकारी निर्देशक नियुक्तिका लागि सर्च कमिटि बनाउँदादेखि नै चलखेल सुरु भएको भन्दै उक्त समिति खारेज गर्दै नयाँ बनाउन माग गरेका छन्। डा केसीले आज विज्ञप्ती जारी गर्दै वरिष्ठता र योग्यताका स्थापित आधारमा नभई दलीय वफादारी र भागवण्डाका आधारमा नियुक्तिका लागि नामहरु सिफारिश गर्ने प्रयास भइरहेको भन्दै ध्यानाकर्षण भएको बताएका छन्। वरिष्ठ प्राध्यापकहरुमध्येबाट बनाउनुपर्नेमा त्यसो गरिएन र सह प्राध्यापकले वरिष्ठ प्राध्यापकहरुको मुल्यांकन गर्ने अमिल्दो अवस्था सिर्जना गरियोु, विज्ञप्तिमा भनिएको छ, ुत्यसैले सो सर्च कमिटिलाई खारेज गरेर प्राध्यापकहरुमध्येबाट अर्को कमिटि बनाउन भनेर…

Read More

भदौ २२ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘रोजी’मा नायक प्रदिप खड्काको ४ चरित्र रहेको निर्माणपक्षले जानकारी दिएको छ । सार्वजनिक ४ फरक चरित्रले प्रदिपको अभिनयमा विविधतालाई झल्काएको छ । सार्वजनिक भएका प्रदिपका ४ फरक मुडमा उनको मनस्थिती र मनोदशालाई देखाइएको छ । ्रपहिलोमा उनी सामान्य तर सोझा युवक, दोस्रोमा विद्यार्थी, तेस्रोमा नोस्टाल्जिक र चौंथोमा कुनै एक अपराधी टाइपको देखिएका छन् । प्रदिपले भने(‘मेरा लागि यो अवसर पनि हो, चार चरित्र चित्रण गर्नु मेरा लागि च्यालेन्ज र पनि हो । प्रत्येक क्यारेक्टरका आफ्नै अर्थ र सन्देश छन् ।’ निरक पौडेलले निर्देशन गरेको यो चलचित्रले एक सोझो युवकको क्राइमतर्फको यात्रा र उतारचढावलाई…

Read More

नकूल काजी झापा जिल्लावृत्तमा के‌न्द्रित भएर‌ किंवा झापा सदर‌मुकाम, झापाका सबभन्दा ठूला शहर‌हरू क्रमशः विर्तामो‌ड, दमक, गौ‌र‌ादह, धुलाबार‌ी, काँकर‌भिट्टा इत्यादि मात्रका से‌र‌ो‌फे‌र‌ो‌लाई ले‌खकीय आधार‌ बनाउने‌ हो‌ भने‌ दे‌शमा प्रकीर्ण सबै‌खाले‌ विकृति–बिसंगतिमा सुधार‌ अवश्यै‌ सजिलो‌ छै‌न । सर‌कार‌ी नियामक निकायहरू ऐ‌न–कानूनका प्रति अभ्यन्तर‌बाटै‌ जवाफदे‌ही नभएसम्म पर‌म्पर‌ादे‌खि कचल्टिदै‌ आएका बै‌इमानी र‌ ऐ‌न–कानून गिजो‌ले‌र‌ अबै‌ध किसिमका काम मिलाई फत्ते‌ गर‌ादिने‌ र‌ त्यस बापत उपर‌ी कमाइले‌ लाद्रो‌ भनेर्‌ मानसिक दुव्र्यसनमा आमूल परि‌वर्तन ल्याई समयसापे‌क्ष नबनाएसम्म ऐ‌न–कानूनका कुर‌ा के‌वल शुरूमा तर्साउने‌ ढ्याङ्र‌ो‌ मात्रमा सीमित हुने‌ अवस्था छ । ऐ‌न–कानून कुर‌ा बखाने‌र‌ तर्साएपछिको‌ अवस्थामा दलाली गनेर्‌ र‌ ले‌नदे‌न बन्दो‌बस्त मिलाएपछि हुने‌ कार‌ो‌बार‌ नै‌ ‘मिलीभगत’ हो‌, यसै‌लाई ‘से‌टिङ’–मा लघ्वीकर‌ण…

Read More