
नकूल काजी
झापा जिल्लावृत्तमा केन्द्रित भएर किंवा झापा सदरमुकाम, झापाका सबभन्दा ठूला शहरहरू क्रमशः विर्तामोड, दमक, गौरादह, धुलाबारी, काँकरभिट्टा इत्यादि मात्रका सेरोफेरोलाई लेखकीय आधार बनाउने हो भने देशमा प्रकीर्ण सबैखाले विकृति–बिसंगतिमा सुधार अवश्यै सजिलो छैन । सरकारी नियामक निकायहरू ऐन–कानूनका प्रति अभ्यन्तरबाटै जवाफदेही नभएसम्म परम्परादेखि कचल्टिदै आएका बैइमानी र ऐन–कानून गिजोलेर अबैध किसिमका काम मिलाई फत्ते गरादिने र त्यस बापत उपरी कमाइले लाद्रो भनेर् मानसिक दुव्र्यसनमा आमूल परिवर्तन ल्याई समयसापेक्ष नबनाएसम्म ऐन–कानूनका कुरा केवल शुरूमा तर्साउने ढ्याङ्रो मात्रमा सीमित हुने अवस्था छ । ऐन–कानून कुरा बखानेर तर्साएपछिको अवस्थामा दलाली गनेर् र लेनदेन बन्दोबस्त मिलाएपछि हुने कारोबार नै ‘मिलीभगत’ हो, यसैलाई ‘सेटिङ’–मा लघ्वीकरण ९बदचष्मनझभलत० भएको न हो । अहिले सरकारी मान्छे र मुनाफाखोर–कालाधन्ेहरूको सेटिङको कालो–बाक्लो पर्दापछि चल्ने अबैध धन्धाको चर्चा अविच्छिन्न चल्ने गरेको त जो छँदैछ ।

घुसखोरी, कमिशनखोरी, ऐन–कानून मिलाएर ऐन–कानूनमाथिनै थिचोमिचो गनेर् धन्धा इत्यादिको सुबोधगम्य संक्ष्प्तिीकृत ‘सेटिङ’–बाटै हुने सर्वव्यापी जनघाती विकृति कहाँ छैन ? कतिपय सरकारी कार्यालयभित्रै साना तहका कर्मचारीका माध्यमबाट भ्रष्टाचार गराएर माथिल्लो तहसम्म ‘जुँगा हेरी भाग’–को सेटिङ, अलिक ठूला खाले उद्योग–धन्धामा तिघ्रे–पाखुरे पालेर अबैध करोवार सुरक्षित गनेर् सेटिङ, नाम चलेका होटेलहरूमा जस्तै स्वास्थ्य सेवाको नाममा खुलेका कतिपय अस्पतालमा समेत गुण्डा ९दयगलअभचण् पालेर ती व्यवसायका आवरण ९अयखभच०– भित्र अनेक धन्धा (अबैध निकासी–पैठारी, सवारी साधन चोरी–विक्री इत्यादि)–को सेटिङ आदिका चर्चा अटुट चलिरहेकै छन् । यी इत्यादिको अवरोपण ९चयय यगत० गनेर् राज्यको संकल्पित प्रयास नभएसम्म जतिसुकै सुन्दर नीति–विधि निर्धारित भए पनि मुलुक र मुलुकीको हित–सम्बद्र्धन हुनसक्ने देखिंदैन । तर, यस्तो सुधारको अपेक्षा तुरून्त पूरा हुने होइन । परम्परादेखि पीँढी–दरपीँढी सदैर् आएको, झन्ने वंशानुगत रूपमा, बल्झिंदै उकुच पल्टिएको गाढे घाउ सहजै निको पार्न सकिन्न—साँचो हो । परन्तु यो कठिनाइका प्रति आम नागरिक तब नै संवेदनशील हुन सक्तछन् जब मौजूदा राज्य–व्यवस्थाले भ्रष्टाचार, घुस्याहा, कमिशनखोर जस्ता र सेटिङमा अनुबन्धित सरकारी समाजका कमाउकान्तेहरूका आडमा अंवाछित धन्धाबाट ‘राइज’ भएका दुई–चार कुकर्मीको काइटो बसाउन थाल्दछ । आम नागरिकबाट राज्यद्वारा यस्तो काम हुँदा बज्ने ताली चाहिँ बास्तव राज्यका प्रति नागरिकका हार्दिक समर्थन वा ९भलअयगचबनष्लन चभकउयलकभ० हुने हुन्छ ।

झापामा सेटिङका आडमा कालो कारोवारबाट ‘समृद्ध’ बनेको एउटा पात्र हुन्–संजीव घोष । उनलाई चिन्नेहरूले उनलाई यसरी नै चिन्छन् । नभन्दै, वषौर्ंदेखि सेटिङलाई नै पृष्ठशक्ति बनाएर कालो धन्धा रातोरात उकास्तै आएका संजीव घोषका वृहत तस्कर क्रियाकलापप्रति स्थानीय सरकारी नियकाहरूले रहस्यमय तरिकाबाट आँखा चिम्लिने गदैैर् आएको निकै लामै अन्तरालपछि हाल उनलाई पक्राउ गरी कारागारमा थुनेर कारवाही प्रक्रिया अगाडि बढेको छ । अझै पनि हाल प्रारम्भ भएको कारवाहीले के निष्कर्ष कोरल्ने हो, यसै भन्न सकिने स्थिति छैन । यसो किन पनि भन्नु परेको हो भने —कारवाहीको प्रारम्भिक हल्ला–चर्चाहरूको उधुम ‘उखरमाउलो’ भित्रभित्रै के मिलेर हो खर्लक्कै सेलाएर जाने गरेका ठूल्ठूला उदाहरण वर्तमान सरकार बनेको यो छ महिनाभित्रै झल्झल्ती देखिएका छन् । यातायात क्षेत्रलाई वषौर्देखि जकड्दै आएको सेन्डिकेटका कुरा, ‘भ्रष्टाचारविरूद्ध शून्य सहनशीलता’–को कर्णमधुर नारा विपरीत अत्यधिक बढेको भ्रष्टाचारको विगविगीका कुरा, ‘सुशासन’–को जनअपेक्षित सुखद नारा घन्किरहेको देशका विभिन्न भागमा भइरहेका हत्या– बलात्कार र सामाजिक अशान्तिका बढोत्तरी, आर्थिक अनुशासनका अवधारणाहरूमाथि नै भइरहेका स्वेच्छाचारी चलखेलका कुरा, साढे तेत्तीस किलो सुन तस्करी र सनम शाक्य हत्याकाण्ड जस्तो यो राजनीतिक सिजनकै सर्वाधिक चर्चित तस्कर काण्ड रहस्यमय किसिमले सेलाएको कुरा इत्यादिले जनाशामा डढेलो लागेको अवस्था हो अहिले । संजीव घोषमाथि भइरहेको कारवाहीले नागरिकले सोचे जस्तो–चाहे जस्तो निष्कर्ष टेक्न पाउँछ–पाउँदैन भन्ने सन्देह किन पनि उब्जेको छ भने—दुर्गा प्रसाईँको मैमत्याइँ र संजीव घोषलाई सहयोगी पुठ दिंदै आएका सूचना माध्यमहरू कुन राजनीतिक आस्थाका हुन् र तिनले घोष सम्बन्धी यत्रो चर्चित घटनालाई किन नजरअन्दाज गरिरहेका छन् ? उनैले दुर्गा प्रसाईंको भ्रमको जालोको पक्षपोषण गरिराखेका छन् ।
झापाको भद्रपुरमा ‘समाजसेवी’ पगरीले धन्य अर्का–अर्का पात्र पनि साधु विराले चालका काला बजारे राहुबाट अर्बपति–करोडपति साहू बनेका छन् । तिनको धन्धाको स्वरूप उधिनिन बाँकी छ ।त्यसै कालो धन्धे ग्याङको एउटा सदस्यले त नेपाली नागरिकता त्यागेर ‘भारत शरणम्’ भई आफ्नो धन्धा बर्करार राख्ने निःशंक छुट पाएको पनि छ । उसको घरबास भद्रपुर छ । अर्थात् हाल नेपाली नागरिक नहरेको ऊ व्यक्तिले नेपालभित्रका उसका अचल सम्पत्ति कसरी सल्टाएर उसकै अधीनस्त राखेको छ भन्ने पनि रहस्यकै गर्तमा छ । अन्य अनेक नयाँ–नयाँ विरोध सूचना प्रवाह गरी आफूलाई ‘डेन्जर’ देखाउँदै ‘झारिखाने’ व्यावसायिक सूचनाकारहरूको रगरगी भएका ठाउँमा यस्तो विषय चाहिँ किन ओझेलमा परेको छ ? खोजीको बाँकी विषय हो यो ।
संजीव घोष हालसम्म कानूनको नजरमा ‘तस्कर धन्धा’–को अभियुक्त मात्र हुन् । बस्, ‘उनी अपराधी होइनन्’ भनेर अथवा जेलमा केही दिन थुनेर बालकृष्ण ढुंगेललाई भन्दा पनि सजिलै मुक्त गराउने ठाउँ पनि रहेकै छ–आखिर ‘राम्रो चाल–चलनको व्यक्ति’ भनेर सरकारले नै सिफारिश गर्दा भइहाल्दो हो । ‘अनुसन्धान’–को परिभाषामा के– के पर्छन् त्यो यो लेखकलाई यकिन छैन । तर, अनुसन्धान जति लम्बिन्छ त्यति नै अभियुक्तका लागि खुकुलो हुने गरेको त जतजाहेर छ यस वर्तमानमा । राजस्व अनुसन्धान सरकारी निकाय हो । सरकारी निकायहरू यसबेला (अर्थात् दुई– तिहाइ बहुमतको सरकारको भोगचलनमा रहेको यो समयमा) ऐन–कानूनसँग भन्दा निदेर्शनसँग सरोकार राख्न बाध्य छन् भन्ने पनि बुझिएकै विषय हो । के पनि असंभाव्य छैन भने—संजीव घोषलाई अनुसन्धानबाटै सफाइ ९अभिबल अजष्त०–को सौभाग्य मिल्न पनि सक्तछ । र, उनका चेला–चपेटा, उनका नगद–नारायणको मायावी जालमा फँसेर आत्माभिमान स्खलित भएका चाटुकारहरू, उनले मुखमुखमा कोचरिदिने नून–भूसले मोटाउने बानी परेका ‘सेटिङबाजी खेलमा’ अनुबन्धित साँडेहरू र कमिशन नामका चोक्टाको लोभले झोलमा डुबुल्की मारिरहेका तत्वहरूको ठूलो जमात जेलको गेटमै पूmलमालाका साथ स्वागत गर्न पुगेका दृश्य राजस्व अनुसन्धानका इमान्दारहरूले दिल–दिमागको उनीहरूको इमानदारी कल्पाएर निरीह भई हेरिरहनु पनेर् अवस्था नआउन पनि सक्तैन । संजीव घोषको जुठो पैसामा बिकेका जुठेहरू संगठित भए भने के चाहिँ नहोला र ?
मंत्री शेरबहादुर तामाङलाई उनले बोलेका त्यति नै कुराको सजाय स्वरूप मंत्रीच्यूत हुनु तर त्यसभन्दा पनि बढी बोलेको दुर्गा प्रसाईँ विरूद्ध उजुरीको चाङ लाग्दा पनि ‘ठाँगेले नछुनु’ जस्ता ‘सुशासन’–का सरकारी नमूना नै बनेको छ । प्रसाई त झन् ‘नपाएको पगरी’ भन्ने कानूननिषिद्ध पगरी गुँथ्न समेत स्वतन्त्र छन् । अन्यथा, उयनले आफ्नो व्यापारिक अस्पताललाई ‘टिचिङ हस्पिटल’–का भ्रामक साइनबोर्डहरू बाटबाटै राख्न कसरी सक्रिय हुन पाउँथेे होला ? यस्ता ठगी गनेर् किसिमको धन्धा चलाउने छुट उनलाई कसरी प्राप्त भयो होला त ? यस्तो स्थिति र परिस्थितिमा संजीव घोषको मौलाइरहेको चर्चा कहाँ पुगेर दण्डनीय करार हुने हो वा मुलायम आसनको सम्मान पो प्राप्त हुने हो कि ! ……. आजलाई यति नै । शेष फेरि…
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
