
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
प्रदीप परियार बिर्तामोड, १ भदौ । सार्वजनिक निकायमा राजनीतिक पार्टीको झण्डा र कुनै पनि धार्मिक संकेत उल्लेख गर्न नपाउने व्यवस्थालाई सेन्ट जेभियर्स स्कुलले ठाडो उल्लंघन गरेको छ । झापा गाउँपालिका–२ सडकवारीमा ०७० सालमा स्थापना भएको सो विधालयले मुख्य प्रवेशद्धारमा इसाई धर्मको क्रुस राखेको छ । बालबालिकालाई शिक्षा दिन स्थापना गरिएको विधालय हेर्दा धार्मिक संस्था स्पष्ट रुपमा झल्किरहेको छ । इसाईहरुकै सहयोगमा निर्माण भएको सो विधालयलाई हालै झापा गाउँपालिकाले कक्षा ५ सञ्चालनको अनुमति दिएको थियो । सोहि अनुसार कक्षा ५ समेत विधालयले सञ्चालन शुरु गरेको छ । सन्थाल,दलित,आदिवासी,जनजाति र विपन्न परिवारको बसोवास रहेको क्षेत्रमा स्थापना गरिएको सो विधालयले सबै जाति र…
मोरङ, १ भदौ । बिराटनगरमा ट्रकको छतबाट खसेर एक जनाको मृत्यु भएको छ । डव्लुबी ५१९७ नम्वरको ट्रक रोकी छतमा सुतिरहेको अवस्थामा लडेर चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा भारत पटना घर भएका ४५ वर्षीय ललन राय हुन् । बिराटनगर महानगरपालिका–१५ स्थित भंसार कार्यालयको कम्पाउण्डमा ट्रक रोकी छतमा सुतिरहेको अवस्थामा बिहीबार राति अचानक लडेर घाइते भएका रायको कोशी अंचल अस्पताल बिराटनगरमा उपचार क्रममा मृत्यु भएको हो ।
सुरुङ्गा, १ भदौ । सरकारले तोकेको न्युनतम ज्याला पाँच सय १७ रुपैयाँ र विमा सहितको थप सुबिधा नदिए झापाका चिया मजदूरहरुले काम नगर्ने चेतावनी दिएका छन् । राज्यले लागू गरेको तलव बैंकबाट दिनुपर्ने, सञ्चयकोष र बर्षको २६ दिन विदा लगायतका सुबिधाको मागगर्दै दक्षिणि झापाको कुवाडीदेवी टि–स्टेटका मजदुरहरुले झापा बजारमा बिरोध ¥याली सहितकोणसभा गरेका हुन् । अखिल नेपाल चिया मजदुर संघको आयोजनामा भएको बिरोध कार्यक्रममा संघका प्रदेश नं. १ काइन्चार्ज भूपाल सापकोटाले लामो समयदेखि चिया मालिकद्धारा मजदुरमाथिगरिएको चरमरोषण अन्त्यभएको बताए । उनले चिया मालिकले मजदुरको माग सम्बोधन नगर्ने भए सरकारद्धारा लगाइएको ११ विगाहाको जमिन हदबन्दीकायम गरी आफ्नो जमिन जिम्मालिन र बाँकि…
सान नेपाल गौरादह, १ भदौ । पछिल्लो समय महिला तथा बालबालिका बढि हिंसामा परेको भन्दै युवा संघ तथा अनेरास्ववियु झापा जिल्ला कमिटी महिला विभागले संयुक्त रुपमा गौरादह नगरपालिका प्रमुख रोहित कुमार शाहलाई ध्यानाकर्षण गराएका छन् । उनीहरुले गौरादह नगरपालिका भित्र यस्तो हिंसा हुन नदिन नगरपालिकाले समयमानै चेतनामुलक काम गर्नुपर्ने सुझाव समेत दिएका छन् । नगर प्रमुख शाहलाई संयुक्त रुपमा बुझाईएको ध्यानाकर्षण पत्रमा नेपालको संविधानले समेत महिला तथा बालबालिका माथी हुने सबै खालका विभेद तथा हिंसाहरुको अन्त्य गर्ने भनी संवैधानिक व्यवस्था गरिएको भएता पनि व्यवहारमा नआएकाले अब व्यवहारमा उतार्दै समाजबाट महिला हिंसा पूर्ण रुपमा अन्त्य गर्न माग गरिएको छ । ध्यानकर्षण…
झापा, १ भदौ । प्रधानमन्त्री केपी ओलीको गृहनगरमा नेपाली कांग्रेसले शिक्षा नियमावली जलाएको छ । दमक नगरपालिकाले आफ्ना आसेपासेलाई मात्रै खुसी पार्ने उद्देश्यले शिक्षा नियमावली ल्याएको भन्दै कांग्रेसले नगरपालिका घेराउ गर्दै नियमावली जलाएको हो । कांग्रेसका नेता कार्यकर्तासहितको एक टोलीले नगरपालिकामा पुगेर ज्ञापनपत्र बुझाएपछि शिक्षा नियमावली जलाएका हुन्। शिक्षा नियमावलीले विद्यार्थी र अभिभावकमैत्री नभएको भन्दै कांग्रेसले पटक पटक नियमावली खारेजीको माग गर्दै आएको छ । कांग्रेसले उठाएका माग पूरा गर्ने तर्फ नगरपालिकाले चासो नदिएपछि सार्वजनिकस्थलमा नै नियमावली जलाउनु परेको कांग्रेस नेतृ तथा संघीय संसद सदस्य महेन्द्रकुमारी सुब्बाको भनाय छ । घेराउपछि आयोजित कोणसभामा कांग्रेस नगर सभापति रोशन विष्टले आफूहरु विकासको…
बलिउडका रियल कपल दिपिका पादुकोण र रणवीर सिंहले आगामी २० नोभेम्बरमा बिहे गर्दैछन् । उनीहरुको बिहे इटलीको ‘लेक कोमो’ हुने तय भइसकेको छ । यो बिहेमा मिडियालाई भने पहुँच दिइनेछैन । यति मात्र होइन, बिहेमा सहभागी हुने पाहुनाहरुलाई पनि मोबाइल तथा क्यामरा बोक्न नदिइने जनाइएको छ । बिहेमा करिब ३० जनालाई मात्र डाकिनेछ । भारतीय मिडियाका अनुसार, ‘रणवीर र दिपिका चाहँदैनन् कि उनीहरुको बिहेको तस्वीर अरु आफन्तले सामाजिक सञ्जालमा हालिदिउन् । उनीहरु आफ्नै एकाउन्टबाट मात्रै फोटो सार्वजनिक गर्न चाहन्छन् ।’ यसअघि बिराट कोहली र अनुश्का शर्मा तथा सोनम कपुर र आनन्द आहुजाको बिहेको तस्वीरहरु सामाजिक सञ्जालमा छ्याप्छ्याप्ति बनेका थिए ।…
आजबाट रिलिज भएका ४ सिनेमामध्ये एक हो, ‘ब्ल्याक’ । प्रदिप श्रेष्ठको निर्देशनमा आश्मा पाण्डेले लगानी गरेको यो चलचित्रको विशेष शो काठमाण्डौको कुमारी हलमा आयोजना भएको छ । कुमारी हलमा बिहानदेखि नै आजबाट रिलिज भएका ३ चलचित्र एकपछि अर्को शो राखिएको छ । चलचित्रको विशेष शोमा पुगेकी नायिका आँचल शर्माले मनमा डर बढेको बताइन् । पहिलो पटक नायक पल शाहविना नै पर्दामा देखिन लागेकी आँचलका लागि यो चलचित्र चल्न आवश्यक छ । यस्तै, नायक आकाश श्रेष्ठ पनि विशेष शोमा पुगेका थिए । उनका लागि पनि यो चलचित्र चल्न आवश्यक छ । लभ स्टोरी र एक्सनप्रधान यो चलचित्रलाई लिएर यसको निर्माणपक्ष आशावादी…
नगेन्द्र भण्डारी गौरादह नगरपालिका प्रवक्ता तथा वडा नं. १ का वडाध्यक्ष समेत हुनुहुन्छ । नेकपाका एक प्रभावशाली युवा नेताको रूपमा आफ्नो परिचय दिँदै आउनु भएका भण्डारी स्वतन्त्र र निर्भिक र तर्कपूर्ण विचार राख्न सक्ने व्यक्तिको रूपमा समेत चिनिनु हुनुहुन्छ । संघीय सरकारसँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्न सफल देखिनुभएका भण्डारी प्रधानमन्त्रीका प्रियपात्र समेत मानिनु हुन्छ । प्रस्तुत छ उहाँसँग झापा अनलाइनका सान नेपालले गर्नुभएको कुराकनी : तपाईं जननिर्वाचित हुनुभएको १ वर्ष पूरा भयो । वडाबासीहरु लाई कत्तिको खुशी देख्नु भएको छ ? हामी निर्वाचित भएर आएको एक वर्ष बितिसक्यो । एउटा बजेटको योजनामा पनि हामीले काम गरिसकेका छौँ । २० बर्षसम्म…
यो दुनियाँकै सबैभन्दा अद्भुत जीव हो । देख्दैमा अनौठो लाग्ने यस जीवको क्षमता झनै अकल्पनीय छ । यो जीवको अस्तित्व पत्ता लागेसँगै वैज्ञानिकहरु पनि नयाँ निष्कर्षमा पुग्न बाध्य भए । पृथ्वीमा प्रलय भएर एकदिन सबै जीवको अस्तित्व समाप्त हुनेछ भन्ने मान्यतालाई यो जीवले गलत सावित गरिदिनेछ । वैज्ञानिकहरुले यो जिवलाई अजम्बरी जीवको उपमा दिएका छन् । यो जीवको नाम वाटर रिज हो । यो जीव ब्रम्हाण्डमा पत्ता लागेका सबै ग्रहहरुमा सजिलैसँग बाँच्न सक्नेछ । कुनै पनि चिज नखाइकन यो जीव ३० वर्षसम्म बाँच्न सक्दछ । यतिमात्र होइन, यो जीव १ सय ५० डिग्री सेल्सियसको तापक्रममा पनि बाँच्दछ । समुद्रमा पाइने…
कालिका खड्का काठमाडौँ, ३० साउन । मुलुकी अपराध (संहिता) ऐन, २०७४ भोलि भदौ १ गतेदेखि लागू हुनेछ । तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले १९१० सालमा निर्माण गरेको ‘मुलुकी ऐन’ लाई प्रतिस्थापन गरी यो संहिता ल्याइएको हो । राणाले बेलायतको भ्रमणपछि प्रचलित धर्म, परम्परा, प्रचलन र रीतिलाई आधार बनाएर मुलुकी ऐन तर्जुमा गर्नुभएको हो । लागू भएको १६५ वर्षपछि यो ऐनलाई प्रतिस्थापन गरिएको छ । यद्यपि यो ऐनलाई २०२० सालमा संशोधन गरिएको थियो । मुलुकी अपराध संहिताअन्र्तगत मुलुकी अपराध संहिता, मुलुकी फौजदारी कार्यविधि, कसूर सजाय निर्धारण तथा कार्यान्वयन ऐन रहेका छन् । मुलुकी देवानी र फौजदारी कानून निर्माण गर्दा ६० प्रतिशत मुलुकी…