
प्रदीप परियार
बिर्तामोड, १ भदौ । सार्वजनिक निकायमा राजनीतिक पार्टीको झण्डा र कुनै पनि धार्मिक संकेत उल्लेख गर्न नपाउने व्यवस्थालाई सेन्ट जेभियर्स स्कुलले ठाडो उल्लंघन गरेको छ ।
झापा गाउँपालिका–२ सडकवारीमा ०७० सालमा स्थापना भएको सो विधालयले मुख्य प्रवेशद्धारमा इसाई धर्मको क्रुस राखेको छ । बालबालिकालाई शिक्षा दिन स्थापना गरिएको विधालय हेर्दा धार्मिक संस्था स्पष्ट रुपमा झल्किरहेको छ । इसाईहरुकै सहयोगमा निर्माण भएको सो विधालयलाई हालै झापा गाउँपालिकाले कक्षा ५ सञ्चालनको अनुमति दिएको थियो । सोहि अनुसार कक्षा ५ समेत विधालयले सञ्चालन शुरु गरेको छ । सन्थाल,दलित,आदिवासी,जनजाति र विपन्न परिवारको बसोवास रहेको क्षेत्रमा स्थापना गरिएको सो विधालयले सबै जाति र धर्म मान्ने बालबालिकालाई पठनपाठन गर्दै आएको छ ।

शैक्षिक संस्थाको प्रवेशद्धारमा धार्मिक संकेत गरेर विधालयले धर्मको प्रचार गरिरहेको छ । विपन्न र पिछडिएको समुदाय बसोवास गर्ने क्षेत्रमा क्रिश्चियन धर्मको प्रभाव जमाउन खोजिएको पाइएको छ । क्रिश्चियन धर्मको प्रचार गरिरहेको सन्दर्भमा अभिभावक भने बेखवर छन् । उनीहरुले धर्मको प्रचार भन्दा पनि आफ्नो सन्तानलाई शुलभ शुल्कमा अध्ययन गर्ने वातावरण पाएका छन् । अन्य नीजि विधालयको तुलनामा कम शुल्क लिएर विधार्थी पढाउँदै घुमाउरो तरिकाबाट धर्मको प्रभाव जमाउन खोजेको विधालयका प्रधानाध्यापक फादर विजयको भनाईबाट पुष्टि हुन्छ । उनले क्रिश्चियन संस्था भएकाले खुल्ला रुपले धर्मको प्रचार नगरिने तर्क गरेका छन् । साप्ताहिक रुपमा सोहि क्षेत्रका इसाइ धार्मिकस्थल चर्चहरुमा प्रधानाध्यापक फादर विजयले शिक्षा दिदैं आएको उनको भनाई छ । उनले इजलाससँग भने,–‘म सहितको टिम नयाँ हो,हामी भर्खरै आएका हौ, यसबारे मलाई थाहा छैन ।’ आफुले जिम्मेवारी सम्हाल्नुभन्दा पहिले नै इसाईको प्रतिक निर्माण भएको भनाई छ । उनले प्रवेशद्धारमा भएको धार्मिक प्रतिकले मनोविज्ञानमा असर पर्नेबारे अन्यौलता प्रकट गरेका छन् । इसाई धर्मको धर्म गुरु भएको स्विकार गर्दै उनले थपे,– विधालयमा शिक्षा दिन्छु,विधालय बाहिर धार्मिक शिक्षा दिन्छु ।
कक्षा ५ सम्म पढाइ हुने विधालयमा ३ सय १४ जना विधार्थी अध्ययन गरिरहेका छन् । उनीहरुलाई धर्मका बारेमा कुनै प्रचार नगरिने बताए पनि २ जना फादर क्रिश्चियन धर्म गुरुकै पहिरनमा काम गरिरहेका छन् । मुख्यद्धारमा क्रिश्चियन धर्मको प्रतिक,भित्र पहिरनवाला शिक्षिकाका कारण बालबच्चामा मानसिक असर पर्ने स्थानीय अगुवाको भनाई छ ।
झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाहले शैक्षिक संस्थामा कुनै धर्म झल्किन नहुने बताएका छन् । उनले तत्काल विधालयको अवस्थाबारे जानकारी लिएर हटाउन पहल गर्ने बताए । सोहि विधालयमा कक्षा नर्सरीमा छोरी पढाइरहेका मराङ हस्ताले विधालयका बारेमा धेरै बोल्न चाहेनन् । उनका अनुसार सो विधालयका ३ जना फादरले स्थानीय सडकबारी चर्चमा बाइवल पढाउँदै आएका छन् ।
प्याब्सन,एन–प्याब्सनसँग आबद्ध नरहेको विधालय क्षेत्रीय शिक्षा निर्देशनालय र तत्कालिन जिल्ला शिक्षा कार्यलयमा दर्ता रहेको विधालय प्रशासनले जनाएको छ । एन–प्याब्सन झापाका अध्यक्ष सञ्जिब राईले कुनै एउटा धर्मलाई पे्ररित गर्न नहुने बताउँछन् । विधालय साझा फुलवारी भएकाले सबै धर्मलाई समान रुपमा हेर्नुपर्ने उनको धारणा छ । सो किसिमको वातावरणले विधार्थीमा प्रभाव पार्ने उनको भनाई छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
