
मोरङ, १ भदौ । बिराटनगरमा ट्रकको छतबाट खसेर एक जनाको मृत्यु भएको छ ।
डव्लुबी ५१९७ नम्वरको ट्रक रोकी छतमा सुतिरहेको अवस्थामा लडेर चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा भारत पटना घर भएका ४५ वर्षीय ललन राय हुन् ।
बिराटनगर महानगरपालिका–१५ स्थित भंसार कार्यालयको कम्पाउण्डमा ट्रक रोकी छतमा सुतिरहेको अवस्थामा बिहीबार राति अचानक लडेर घाइते भएका रायको कोशी अंचल अस्पताल बिराटनगरमा उपचार क्रममा मृत्यु भएको हो ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

