झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ३० साउन । झापाको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा बिल तिर्न नसकेपछि एक बिरामीको बिचल्ली भएको छ । अस्पतालले ‘मनमोजी’ रुपमा रकम माग गरेपछि तिर्न नसक्दा ती बिरामीको बिचल्ली भएको हो । उपचारमा १६ लाख रुपैयाँको बिल उठेपछि बिरामी पुनः अस्पतालकै शैयामा लम्पसार परेका छन् । ३ लाख ‘डिपोजिट’ गर्न लगाएर १६ दिनसम्म उपचार गरी अस्पतालले एकैचोटि १६ लाख रुपैयाँको बिल तिर्न लगाएको पीडितको दाबी छ। अस्पतालले उपचार गरेको १६ दिनपछि ‘योभन्दा सुधार हुन्न, अन्तिम अवस्थाजस्तै हो’ भन्दै बिल तिर्न भनेको जनाइएको छ। गत साउन १३ गते इलामको बर्नेमा दुई मोटरसाइकल ठोक्किँदा इलामको रोङ–४ का ३३ वर्षीय अरुण तामाङ घाइते भएका…

Read More

काठमाडौँ, ३० साउन । सरकारले एनसेलको सेयर बिक्रिपछिको पुँजीगत लाभ कर असुलीका लागि नयाँ प्रक्रिया सुरु गरेको छ । कर असुलीका लागि सरकारले कम्पनीको समग्र सम्पत्ति तथा दायित्वको लेखापरीक्षण गर्न परामर्शदाता छनौट थालेको छ । एनसेल विक्री भएको दिनमा कम्पनीको सम्पत्ति र दायित्वको लेखापरिक्षण गरी त्यसबाट निस्कने मुल्यमा सरकारले लेखापरीक्षण प्रक्रिया अघि बढाईसकेको छ । व्यवस्थापिका ससदको अर्थसमितिको मंगलबारको बैठकमा अर्थमन्त्री युवराज खतिवडाले एनसेलसहित अन्य ठुला कम्पनीको समेत लेखापरीक्षण गरी कर लगउने तयारी भएको बताए ।, आजको कान्तिपुर दैनिकमा खबर छ ।

Read More

म्याग्दी, ३० साउन । कालीगण्डकी नदीले विद्यालय बगाएको छ । अन्नपूर्ण गाउँपालिका–४ कोप्चेपानीस्थित धवलागिरि आधारभूत विद्यालय आज कालीगण्डकीले बगाएको हो । कालीगण्डकीले धार परिवर्तन गरेपछि ६ कोठे भवन बगाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा खड्काले जानकारी दिनुभयो । कक्षा तीनसम्म पठनपाठन हुने उक्त विद्यालयमा २० विद्यार्थी अध्ययनरत छन् । केही दिनदेखि यहाँ निरन्तर वर्षा भइरहेको छ । कालीगण्डकीको बाढी करीब ४० मिटर बस्तीतर्फ पसेको छ । बाढीले लगातार जग्गा कटान गरिरहेको छ । पाँच दिनअघि कालीगण्डकीले आफ्नो धार परिवर्तन गरेर कटान शुरु गरेको हो । बाढीका कारण मुस्ताङ प्रवेश गर्ने पदमार्गमा पर्ने कोप्चेपानीको बस्ती जोखिममा रहेको वडाध्यक्ष चन्द्रप्रकाश फगामीले बताउनुभयो…

Read More

राजविराज, ३० साउन । मैथिली चलचित्रका निर्देशक धर्मेन्द्र यादव ‘धर्मात्मा’को निधन भएको छ । सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ मोहनपुरका २७ वर्षीय यादवको उपचारको क्रममा मंगलबार काठमाडौँस्थित सिभिल अस्पतालमा निधन भएको कलाकार भुपेन्द्रकुमार मण्डलले जानकारी दिनुभयो । उहाँ मधुमेह र रक्तचापको रोगी हुनुहुन्थ्यो । पछिल्लो समय उहाँ ‘कलंक’ नामक मैथिली चलचित्रको निर्माणमा व्यस्त हुनुहुन्थ्यो । यादव एक दशकदेखि मैथिली कलाक्षेत्रमा सक्रिय रहँदै आउनुभएको थियो । उहाँले एक दर्जनभन्दा बढी मैथिली चलचित्रको निर्देशन तथा अभिनय गर्नुभएको छ । उहाँले राधा सँग मोहन, जान सन, हिरो तोहर दिवाना, प्रेमरोगलगायत चलचित्र निर्माण गर्नुभएको छ । उहाँले ‘मैथिली खुशी’ युट्युव च्यानलमार्फत् मैथिली हास्यव्यंग्यका करीब दुई सय…

Read More

अनिलदेव राई धरमपुर, ३० साउन । अत्याधिक गर्मी र वर्षासंगै झापाको शिबसताक्षी नगरपालिकामा झाडापखला, टाइफाइड, ग्याष्टिक र छाला संम्बन्धी समस्याले आउने विरामीको संख्या बढ्दै गइरेको छ । नगरपालिकाको वडा नं २ मंगलबारे बजारमा रहेको धरमपुर स्वास्थ्य चौकीका प्रमुख धनकुमार विश्वकर्मका अनुसार गर्मी र वर्षामा हुने हैजा सम्बन्धी समस्याले दैनिक ६०–७५ जना विरामीहरु आइरहेका छन् । उनले स्वास्थ्य चौकीमा प्रेसर, सुगर र दम लगायतका समस्याले आउने विरामीहरुको संख्या पनि उतिकै रहेको बताए । यो नसर्ने रोग हो, विश्वकर्मले भने–सर्ने र नसर्ने रोग अन्र्तगत समस्याले विरामीहरु स्वास्थ्य चौकीमा आउने गर्छन् । उनले आदीवासी, जनजाति र सन्थाल समुदायमा यस्तो समस्याहरु भएपनि धामी र झाँक्रीको…

Read More

बिर्तामोड, २९ साउन । मोटर साइकल चोरीको आरोपमा झापाको बिर्तामोडबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिर्तामोड–७ का २५ वर्षीय विवेश चौधरी र बिर्तामोड–२ का साजन भन्ने यसराज राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । चौधरीले चलाइ रहेको मोटरसाइकल बिर्तामोड–३ स्थित सडक खण्डमा चेकजाँचका क्रममा शंका लागि सोधपुछ गर्दा कागजात देखाउन नसकेको पछि मोटरसाइकलमा सवार राजवंशी सहित उनीहरुलाई पक्राउ गरिएको हो । बिर्तामोड–५ का बिनोद भट्टराईको डेरा कोठा अगाडि आँगनमा पार्किङ गरी राखेको अवस्थामा मे. ९ प ९०४६ नम्बरको मोटरसाईकल हराएको थियो । उक्त मोटरसाइकल खोजतलास भइरहेको अवस्थामा २८ गते दिउँसो ३ बजे उनीहरु पक्राउ…

Read More

बनियानी (झापा), २९ साउन । पूर्वीनाका काँकरभिट्टाबाट नेपाली नक्कली नोटसहित दुई भारतीय नागरिकलाई आज प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत सिलिगुढीका ४० वर्षीय सतिस अग्रवाल र सोही स्थानका २४ वर्षीय हितेस अग्रवाल रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो । ‘नक्कली नोट लिएर दुई जना मानिस नेपालतर्फ आउँदै छन्’ भन्ने गोप्य सूचनाको आधारमा मेचीनगर–६ स्थित भन्सार गेट अगाडीबाट उनीहरुलाई पक्राउ गरिएको प्रनाउ बस्नेतले बताउनुभयो । प्रहरीले सतिसको साथबाट रू ३३ र हितेसको साथबाट रू १७ हजार गरी एक हजारका ५० थान नक्कली नोट बरामद गरेको छ । पक्राउ परेकालाई हिरासतमा राखेर…

Read More

काठमाडौँ, २९ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रको समृद्धि सुनिश्चित गर्न निजी क्षेत्र अझ सशक्त बन्ने विश्वास व्यक्त गर्नुभएको छ । सार्क उद्योग वाणिज्य सङ्घका पदाधिकारीसँग आज अपराह्न राष्ट्रपति कार्यालयमा भएको सामूहिक भेटमा उहाँले मुलुकको आर्थिक विकासमा नेतृत्वदायी भूमिकामा रहेर काम गर्दै आएको निजी क्षेत्रलाई आफूले सधँै उच्च प्राथमिकतामा राखेको बताउनुभयो । राष्ट्रपति भण्डारीले चीन र दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सदस्य राष्ट्रबाट नेपालमा लगानी भित्र्याउन महासङ्घलाई अगुवाइ गर्न आग्रह गर्नुभयो ।

Read More

सान नेपाल गौरादह, २९ साउन । इलाका प्रहरी कार्यालय गौरादहले भारतबाट अबैध रूपमा नेपाल भित्र्याउँदै गरेको १७ बोरा सुर्ती बरामद गरेको छ । गौरादह–१ र २ अन्तर्गत डिपुचोकबाट किश्ने खोला जाने बाटोबाट उक्त परिमाणमा सूर्ती बरामद गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक योगेन्द्र एक्तेनले जानकारी दिए । सूर्ती बरामद गरिएको ठाउँ गौरीगञ्ज छोटी भन्सारबाट करिब १४ किलोमिटर दूरीमा पर्छ । उक्त सामान कसको हो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ । सूचना प्राप्त भए पश्चात् माल धनीले उक्त सामान छोडेर भागेको हुन सक्ने प्रहरीको आशंका छ । बरामद गरिएको सूर्ती इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ भने सो विषयमा…

Read More

काठमाडौँ, २९ साउन । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सङ्घीयताको सफल कार्यान्वयन भएपछि मात्र लोकतन्त्र संस्थागत हुने बताउनुभएको छ । नेपाल बौद्धिक पेशाकर्मी महासङ्घले आज यहाँ आयोजना गरेको ‘नेपालमा सङ्घीयता कार्यान्वयन’ विषयक विचार गोष्ठीमा उहाँले सङ्घीयतालाई बलियो बनाउन सबै लाग्नुपर्ने बताउनुभएको हो । “सङ्घीयतालाई समाप्त पार्ने विभिन्न खेलहरु भइरहेको छ, सङ्घीयतालाई समाप्त पारे मुलुक ठूलो दुर्घटनामा जान सक्छ,” उहाँले भन्नुभयो । नेपालको विकासका लागि पनि सङ्घीयता आवश्यक रहेको उहाँको भनाइ थियो । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्षसमेत रहनुभएका यादवले स्थानीय तहदेखि केन्द्रसम्म विभिन्न समस्या देखिएको भन्दै समस्याको समाधानका लागि सम्बन्धित तहनै लाग्नुपर्ने बताउनुभयो । सबैलाई समेट्न र सबै…

Read More