झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बलिउड अभिनेत्री प्रियंका चोपडाले सलमान खानपछि सञ्जय लीला भंसालीको फिल्म पनि अन्तिम समयमा छाडेकी छन् । उनले हलिउड फिल्मका लागि भंसालीको फिल्मबाट छाडेकी हुन् । पिंकविलाको रिपोर्ट अनुसार, भंसालीले प्रियंकालाई आफ्नो फिल्म ‘गंगूबाई कोठेवाली’का लागि कास्ट गरेका थिए । दुवै चाँडै यो फिल्मलाई फाइनल गर्ने तयारीमा थिए । प्रियंकाले आफ्नो हलिउड फिल्म ‘काउ ब्वाई निन्जा भाइकिङ्ग’ का कारण ‘बाजीराव मस्तानी’ फेम्ड निर्देशकको फिल्म अन्तिम समयमा छाडेकी हुन् । उनले फिल्म छाडेसँगै भंसालीले यो प्रोजेक्टको काम तत्काललाई लागि रोकेका छन् ।

Read More

काठमाडौँ, २२ साउन । गृहमन्त्री रामबहादुर थापाले मानव तस्करी, बेचबिखन र यससम्बन्धी अन्तरदेशीय अपराधलाई नेपालले गम्भीररुपमा लिएको बताउनुभएको छ । इण्डोनेसियाको बालीमा सोमबारबाट जारी ‘मानवतस्करी, बेचबिखन र अन्तरदेशीय अपराध’ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई आज त्यहाँ सम्बोधन गर्दै गृहमन्त्री थापाले ठूलो संख्यामा नेपाली वैदेशिक रोजगारीमा जाने गरेका कारण पनि यो विषयलाई आफूहरुले गम्भीररुपमा लिएको बताउनुभयो । उहाँले दिगो मानव विकास, कानूनी शासन र नागरिक सुरक्षाका लागि मानव तस्करी र बेचबिखन बाधकका रुपमा देखा परिरहेको टिप्पणी गर्नुभयो । गृहमन्त्री थापाले मानव तस्करी, बेचबिखन र अन्तरदेशीय अपराधसम्बन्धी विषयमा राष्ट्रहरुबीच सूचना आदानप्रदान र कानून कार्यान्वयन गर्ने निकायबीच सहकार्य गर्न जारी सम्मेलनले सहजता प्रदान गर्ने विश्वास…

Read More

वीरेन्द्रनगर, २२ साउन । सुर्खेतको वीरेन्द्रनगरदेखि पश्चिम जामुकी एक किशोरीको सर्पदंशबाट मृत्यु भएको छ । पञ्चपुरी नगरपालिका–१० जामुकी १४ वर्षीया हरिकला उपाध्यायलाई सर्पले डस्दा आज बिहान मृत्यु भएको हो । जामुस्थित बाढीपीडितको शिविरमा पालमुनि बस्दै आउनुभएकी हरिकलालाई सर्पले डसेपछि झारफुक गर्दागर्दै मृत्यु भएको थियोे । बिहान ५ बजेतिर उनलाई सर्पले डसेपछि उपचार गर्नुको सट्टा झारफुकमै बढी ध्यान दिँदा ८ बजे मृत्यु भएको पञ्चपुरी नगरपालिका–१० का वडा सदस्य नैनसिंह विकले जानकारी दिनुभयो । बाढीपीडित विस्थापित शिविरमा बस्दै आएकी हरिकलालाई बिहान शौचालय गएको बेला सर्पले डसेको थियो । उनी स्थानीय जनज्योति आधारभूत विद्यालय जामुमा कक्षा ८ मा अध्ययनरत थिइन् । –––

Read More

काठमाडौँ, २२ साउन ।युवा तथा खेलकूद मन्त्रालयले अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर १० जना युवालाई ‘राष्ट्रिय युवा प्रतिभा सम्मान’बाट सम्मान गर्ने भएको छ । अन्तर्राष्ट्रिय युवा दिवस यही साउन २७ गते ९अगस्ट १२० का दिन मन्त्रालयले वार्षिक कार्यक्रमअन्तर्गत युवा तथा युवाको क्षेत्रमा काम गर्ने संस्था तथा व्यक्तिलाई सम्मान गर्न लागेको हो । मन्त्रालयका अनुसार शिक्षा, उद्यमशीलता, विज्ञान प्रविधि, सामाजिक रुपान्तरण, कृषि, कला संस्कृति, साहित्य सिर्जना, समाज सेवा, कृषि र उद्यमशीलता तथा सूचना प्रविधि र सञ्चार विधामा १० जनालाई सम्मान गर्न लागेको हो । सम्मानको राशि जनही रु एक लाख रहेको छ । राष्ट्रिय युवा प्रतिभा सम्मान कार्यविधि २०७२ बमोजिम राष्ट्रिय…

Read More

काठमाडौँ, २२ साउन । उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल र अमेरिकाबीचको सैनिक सम्बन्धलाई ठोस र व्यवस्थित ढङ्गले कार्यक्रममा आधारित बनाउनुपर्ने बताउनुभएको छ । सिंहदरबारस्थित रक्षा मन्त्रालयमा अमेरिकी इण्डो–प्यासिफिक कमाण्डका डेपुटी कमाण्डर ब्रायन फेन्टनसँगको भेटमा रक्षामन्त्री पोखरेलले नेपाली सेनाको तालीम र कुशलता अभिवृद्धिका लागि अमेरिकी सहयोग महत्वपूर्ण हुने बताउनुभयो । सो अवसरमा डेपुटी कमाण्डर फेन्टनले नेपाल र अमेरिकाबीच ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (राज्य साझेदारी कार्यक्रम) सञ्चालन गर्ने नीतिबारे नेपाललाई पहिलो प्राथमिकता दिइएको बताउनुभयो । नेपाली सेना र अमेरिकी सेनाले हाल सञ्चालन गरिरहेको संयुक्त तालीम अत्यन्त प्रभावकारी छ भन्दै उहाँले विश्व शान्ति स्थापनाका लागि नेपाली सेनाको अद्वितीय योगदान रहेको बताउनुभयो । डेपुटी कमाण्डर फेन्टनले…

Read More

कालिका खड्का काठमाडौँ, २२ साउन । हालसम्म सगोलको सम्पति बच्चा जन्मिएपछि मात्र भाग लगाउने गरिन्थ्यो तर अब भने बच्चाले आमाको गर्भमा रहँदा नै अंश पाउने भएका छन् । आगामी भदौ १ देखि लागू हुन लागेको मुलुकी देवानी (संहिता), २०७५ र त्यससम्बन्धी कार्यविधिमा अंशबण्डा गर्दाका बखत कुनै महिला अंशियार गर्भवती भएमा ती महिलाले जन्माउने शिशुलाई पनि अंश छुट्टयाउनुपर्ने नयाँ व्यवस्था गरिएको हो । सगोलको सम्पत्तिमा पति, पत्नी, बाबु, आमा, छोरा, छोरी अंशियार हुने व्यवस्था हाल व्यवस्था थियो । तर अब आमा अंशियार भए गर्भको बच्चालाई पनि अंश छुट्टयाउनुपर्ने भएको छ । समान अंशका लागि र खासगरी छोरीलाई कानूनीरुपमा नै अंश दिलाउन…

Read More

भद्रपुर, २२ साउन । इलाका प्रहरी कार्यालय कन्काईको गाडीको ठक्करबाट एक सर्वसाधारणको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका–१ बुधबारेका २७ वर्षीय पंकज कोइराला रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । पूर्व–पश्चिम राजमार्गको कन्काई नगरपालिका–१ दुर्गापुरमा सोमबार साँझ पश्चिमबाट मे ८ प १२२३ नम्बरको स्कुटीमा पूर्वतर्फ आइरहेका कोइरालालाई विपरीत दिशाबाट गइरहेको इप्रका कन्काईको मे १ ज ५८६ नम्बरको गाडीले ठक्कर दिएको थियो । प्रहरीको गाडीको ठक्करबाट घाइते भएका कोइरालाको उपचारकै क्रममा आज बिहान उहाँको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More

इलाम, २२ साउन । इलाम नगरपालिकाले डिजेल र पेट्रोल प्रयोग गरेबापत प्रतिलिटर ५० पैसा कर लगाएको छ । नगरपालिकाले डिजेल र पेट्रोल हाल्ने उपभोक्ताबाट प्रतिलिटर ५० पैसा कर उठाउन थालेको हो । नगरपालिकाले नेपाल आयल निगमलाई पत्र नै लेखेर त्यस्तो कर लिइने भएकाले सहयोग गरिदिन भनेर अनुरोध गरेको छ । इलाम नगरपालिकाको आर्थिक व्यवस्थापन ऐन, २०७५ मा प्रतिलिटर एक रुपैयाँ इन्धनमा कर लिने व्यवस्था गरिएको भए पनि हाललाई ५० पैसा मात्र उठाउने निर्णय गरिएको उक्त पत्रमा जनाइएको छ । नगरपालिकाले डिजेल र पेट्रोलमा लिइने शुल्कलाई प्रदूषण नियन्त्रण शुल्क भनेको छ । नगरपालिकाको सचिवालय बैठकले ५० पैसा प्रदूषण नियन्त्रण शुल्क लिने…

Read More

श्रीमतीले श्रीमानलाई नपुंसक भनेपछि श्रीमानले अनौठो तरिकाले त्यसको जवाफ दिएका छन् । भारतको हैदरावादमा श्रीमतीले श्रीमानलाई नपुंसकताको आरोप लगाएपछि श्रीमानले सोच्दै नसोचेको काम गर्दै श्रीमतीलाई जवाफ दिएका छन् । महेश (नाम परिवर्तन)ले आफूलाई नपुंसक भनेपछि अर्कै एक महिलासँग पोर्न भिडियो बनाएर आफ्ना सासु ससुरालाई पठाएका थिए । उनले श्रीमतीको रिसले सासु ससुरालाई पोख्दै अर्कै महिलासँग पोर्न भिडियो बनाएर पठाएका थिए । उनका सासु ससुराले ज्वाइँको कर्तुतबारे प्रहरीलाई जानकारी दिए र महेशलाई अहिले प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुको विवाह २०१६ मा भएको थियो । महेशको विवाह कनिका (नाम परिवर्तन)सँग भएको थियो । विवाहपछि उनीहरु मात्र १५ दिनसँगै बसे । दुवै…

Read More

यौनसम्पर्क गर्न नमान्दा थाइल्यान्डमा पूर्वसुन्दरीको गोली हानी हत्या भएको छ । क्लबका मालिकसँग यौन सम्पर्क गर्न उनले अस्वीकार गरकी थिइन् । पूर्वसुन्दरी पविना नेमुइनग्रकमाथि ४ गोली टाउको र छातीमा प्रहार भएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । एकदिन अगाडि पविनाको जन्मदिन भएको र आफना साथीहरूसँग बर्थडे मनाउन क्लबमा पुगेका बेला गोली प्रहार भएको द सनले जनाएको छ । गोली प्रहार गर्ने क्लबका मालिक पान्या यिंर्गेगको खोजी भइरहेको स्थानीय प्रहरीले जानकारी दिएको छ । एजेन्सी

Read More